मुख्य समाचार

भलिबल खेलाउन शुल्क तिरेर सम्झौता

पोखरा-माघ १२ गतेदेखि पाँचौ संस्करणको राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगिताको पूर्वसन्ध्यामा भलिबल कोर्टको मर्मत सम्भार अन्तिम चरणमा छ । भलिबल कोर्ट मर्मत सम्भारमा जुटेको टाईगर ग्रुपले कोर्ट प्रयोग वापत जिल्ला खेलकुद विकास समिति कास्कीलाई शुल्क स्वरुप १ लाख रुपैयाँ बुझाएको छ । समितिले व्यवसायिक प्रयोजनाको लागि कोर्टको शुल्क दैनिक ४० हजार तोकेको छ । तोकिएको शुल्क बुझाएपछि मात्रै टाईगर ग्रुपले सम्झौतासँगै कोर्टलाई अन्तिमरुप दिने संघारमा जुटेको हो । ‘कोर्टको दैनिक शुल्क ४० हजार… पुरा पढौ

पोखरामा फेन्सिङको लेभल वान तालिम

पोखरा-गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको आयोजनामा पोखरामा पहिलो पटक लेभल वानको दुई दिने तालिम गरिएको छ । तालिममा नवलपुर, गोरखा, स्याङ्जा र कास्की जिल्लाका १६ जना खेलाडीहरुको सहभागिता रहेको थियो । तामिलका सहभागीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले प्रमाण पत्र बितरण गरेका थिए । उपाध्यक्ष गुरुङले श्रोत साधनको कमिका बाबजुत पनि यस फेन्सिङ संघले खेलाडी उत्पादन तथा प्रशिक्षणमा जोड दिईरहेको बताए । उनले प्रदेश खेलकुद परिषदको साथ सँधै रहने भएकोले दशौं राष्ट्रिय खेलकुदको लागि… पुरा पढौ

गण्डकी प्रदेशमा तीन विदेशी खेलाडी

पोखरा-माघ दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित ३ खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिब संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए । फाहिमसहित केन्याका निकोशल मातुयी र कंगोका यानिक सेशालाई गण्डकीले टोलीमा अनुबन्ध गरेको हो । अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुङले बताए । गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि… पुरा पढौ

मोसेस र विनिता फुलकन्ट्याक्ट कराँते च्याम्पियन

पोखरा-मोसेस कुमाल र विनिता घर्तीमगर २४ औं माछापुच्छ्रे फुलकन्ट्याक्ट कराँते च्याम्पियन बनेका छन् । क्योकुशिन कान कराँते संघ कास्कीको आयोजनामा ढुंगेसाँघुको मेलामा आयोजित प्रतियोगितामा मोसेसले म्याग्दीका जलन पुनलाई पराजित गर्दै च्याम्पियन बने । उता विनिता घर्तीमगरले म्याग्दीकै दिक्षा रानामगरलाई हराउँदै ट्रफी उचालिन् । ४० केजी पुरुष तर्फ कास्कीका सत्कार प्रतेल, कास्कीका सयम कुमाल दोस्रो हुदाँ सर्लाहीका प्रेम साह र बाग्लुङका रक्यान मगर तेस्रो स्थानमा रहे । ४५ केजी तौल समूहमा जनकपुरका अरमान साफीले स्वर्ण पदक जित्दा कास्कीका रिजन मगरले रजत… पुरा पढौ

नविनलाई फेयरवेल टेनिसको उपाधि

पोखरा-गुरुङ भिलेज टेनिस कोर्टमा आयोजित फेयरवेल टेनिसकपको उपाधि नविन श्रेष्ठले जितेका छन् । मंगलबार भएको फाईनलमा नविनले धरमबहादुर लामिछानेलाई सोझो सेटमा पराजित गर्दै उपाधि जितेका हुन् । पहिलो सेट निकै प्रतिस्पर्धात्मक बन्यो । टाईब्रेकरमा पुगेर टुंगिएको सेट ७-६(७/४) को सेटमा पराजित गर्दै नविनले अग्रता लिए । तर दोस्रो सेट भने ६-३ ले लिदैं उपाधि आफनो बनाए । प्रतियोगितामा बेष्ट प्लयेरबाट राजन पौडेल पुरस्कृत भए । १६ वर्षदेखि टेनिस खेलको विकास र विस्तारमा योगदान पुर्याउँदै आएका पदम गुरुङलाई दोसल्ला ओढाएर सम्मान… पुरा पढौ

सहप्रायोजन गर्दै सहारासँग जोडियो जयश्री फुड्स

पोखरा-सहारा क्लबसँग सह प्रायोजकको रुपमा जयश्री फुड्स प्रालि जोडिएको छ । २४ औं सँस्करणको आहा रारा पोखरा गोल्डकपको पूर्व तयारीमा जुटिरहँदा क्लबले जयश्री फुड्स प्रालिसँग सह प्रायोजकको रुपमा शनिबार सम्झौता गर्दै सहकार्यको हात बढाएको हो । शनिबार क्लब भवनमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएपछि जयश्री फुड्स सहप्रायोजक बन्न पुग्यो । सम्झौता एक वर्षको लागि गरिएको जानकारी क्लबका अध्यक्ष केशव बरालले दिए । सहकार्य निरन्तरता रहने प्रतिबद्धता जनाउँदै जयश्री फुड्सका जनरल म्यानेजर अमित अग्रवालले क्लबसँग मार्फत जोडिदाँ आफनो व्यवसायको पनि… पुरा पढौ

टाईगर कप भलिबललाई एनसेलको मुख्य प्रायोजन

पोखरा-आगामी माघ दोस्रो साता आयोजना हुने पाँचौ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितालाई सञ्चार सेवा प्रदायक एनसेलले मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजन गरेसँगै प्रतियोगिताको नाम पनि एनसेल टाईगर कप हुने छ । टाइगर गु्रप अफ पोखराका सचिव डिबी नेपालीका अनुसार एनसेलले मुख्य प्रायोजन गर्ने सम्झौता गरेसँगै प्रतियोगिताको नाम समेत एनसेल टाईगर कप राखिएको हो । टाइगर गु्रप अफ पोखराको आयोजना हुने प्रतियोगिताको पुरस्कार राशी बृद्धि गरिएको छ । बिधागत तर्फको पुरस्कार… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने

पोखरा-कास्कीको माछापुच्छे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिकास्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ गर्ने भएको छ । खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए । माछापुच्छे«–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म चल्ने पुरुष भलिबल प्रतियोगिताको बिजेताले उपाधिसँगै नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलमा… पुरा पढौ

भण्डारी साइक्लिङ संघमा सर्वसम्मत

पोखरा-कास्की जिल्ला साईक्लिङको अधिवेशनले शंकर भण्डारीको अध्यक्षतामा नौ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरिएको छ । पोखरा रंगशालास्थित सभाहलमा शनिबार भएको अधिवेशनले चार वर्षको लािग भण्डारीको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत भएको हो । संघको उपाध्यक्षमा जगन विश्वकर्मा, सचिवमा तुलबहादुर गुरुङ, कोषाध्यक्षमा कमल नेपाली रहेका छन् । त्यसैगरी सदस्यहरुमा अशोक चालिसे, वामन चालिसे, एलिना सापकोटा, रविश्वर आचार्य, सोनिक क्षत्री रहेका छन् । संघका नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगितामा साईक्लिङले स्वर्ण पदक जित्ने विश्वास दिलाए । उनले जिल्ला खेलकुद विकास समिति… पुरा पढौ

विल स्मृति नवौं संगम कप फागुन पहिलो साता

पोखरा-आगामी फागुनको पहिलो साता पोखरा रंगशालामा क्लबस्तरीय संगम कप फुटबल प्रतियोगिताको ९ औं संस्करण आयोजना हुदैं छ । संगम क्लबले आफनो पूर्व राष्ट्रिय खेलाडी विल तामाङको स्मृतिमा संगम कप आयोजना गर्दै आएको छ । क्लबले कास्की जिल्ला फुटबल संघमा आवद्ध १२ क्लब बीच प्रतिस्पर्धा हुने छ । संघमा आवद्ध १२ क्लबले सहभागिता जनाउने पाउने प्रावधान रहेको उल्लेख गर्दै क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले राष्ट्रियस्तरका खेलाडी अनुबन्धन गरी समावेश गर्न सक्ने जनाए । सहभागि क्लबले ए डिभिजनसहित राष्ट्रियस्तरका कुनैपनि खेलाडीलाई अनुबन्धन गर्न… पुरा पढौ