पोखरा-आगामी फागुन अन्तिम साता बाग्मती प्रदेशले पहिलो पटक अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता गर्ने निर्णय गरेको छ । अन्तरप्रदेश खेलकुद प्रतियोगितामा १४ वटा खेललाई समावेश गरिएको छ । आगामी फागनु २४ गतेदेखि ३० गतेसम्म अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा खेलाडीको कोटा समेत तय गरिएको छ ।सातै प्रदेशका सदस्य सचिवको बागमती प्रदेश राजधानी हेटौडामा प्रदेशस्तरीय राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णयलाई मूर्त रुप दिइएको हो । बागमती प्रदेशले पहिलो संस्करणको आयोजनाको जिम्मेवारी लिएको हो । पहिलो संस्करणमा आईटिएफ तेक्वान्दो, उसु, जुडो, फुटबल,भलिबल, क्रिकेट,…
पुरा पढौ