मुख्य समाचार

मंसिर दोस्रो साता प्रथम पोखरा एन्डुरो अन्तराष्ट्रिय माउण्टेन बाईक प्रतियोगिता

पोखरा-पोखरामा आगामी मंसिर दोस्रो साता ‘प्रथम पोखरा एन्डुरो अन्तराष्ट्रिय माउण्टेन बाईक’ प्रतियोगिता हुने भएको छ । माउण्टेन बाईक कम्पनी डन टिल डस्कको आयोजना तथा कास्की जिल्ला साईक्लिङ संघको सहयोग र व्यवस्थापनमा आगामी मंसिर ७ देखि ९ गतेसम्म हुने छ । माउण्टेन बाईक प्रतियोगिता पोखरा महानगरपालिका वडा नं १३स्थित आर्वाविजयको डाँडामा हुने छ । झण्डै १४ सय मिटरको उचाईबाट डाउनहिल शैलीको पोखरा एन्डुरो हुने डन टिल डस्कका संस्थापक सुनिलचन्द्र शर्माले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पोखराको आर्वामा आयोजना गरिएको… पुरा पढौ

विधान अधिवेशन मार्फत कार्यकाल दुई वर्षे बनाउने निर्णय

पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीको पाँचौ साधारण सभा तथा विधान अधिवेशनले कार्यसमितिको कार्यकाल तीनवर्षबाट घटाई दुई वर्षे बनाउने निर्णय गरेको छ । मञ्चको विधान अधिवेशनमा तीन वर्षे कार्यकाल लामो भएको जनाउँदै दुई वर्षे बनाउने निर्णयलाई सर्वसम्मत पारित गरिएको छ । आगामी नयाँ कार्यसमितिको कार्यकाल अब दुईवर्षको हुने छ । मञ्चमा ७४ जना सदस्य छन् । विधान संशोधन समितिका संयोजक रञ्जन अधिकारी क्षेत्रीले प्रस्तुत गरेको विधान संशोधन प्रस्ताव र मापदण्डलाई व्यापक छलफल गरेर पारित गरिएको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।… पुरा पढौ

बाग्लुङमा गण्डकी प्रदेशस्तरीय ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता

पोखरा-बाग्लुङ क्रिकेट संघको आयोजनामा पहिलो पटक गण्डकी प्रदेशस्तरीय ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक २१ गतेदेखि २५ गतेसम्म बाग्लुङको बाङ्गेचौर बहुउद्देश्यीय खेल मैदानमा हुने छ । संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो । म्याटमा खेलाईने प्रतियोगिता लिगकम नकाउटमा सञ्चालन हुने बाग्लुङ क्रिकेट संघले जनाएको छ । ‘संघ गठनपछि पहिलो प्रतियोगिता हो । यस भन्दा अघि क्लबस्तरीय प्रतियोगिता आयोजना भने गरिरहेका थियौं’ बाग्लुङ क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले भने–‘अहिले प्रदेशस्तरीय प्रतियोगिताको तयारीमा जुटेका हौं… पुरा पढौ

मंसिर दोस्रो साता पोखरामा ‘फिस्टेल रेसिङ कप’

पोखरा–पोखरा रंगशालामा दोस्रो पटक मोटरबाईक रेस हुने भएको छ । नेपाल मोटर स्पोर्टस संस्था (नासा) संग आवद्ध भिआर–४६ मोटर स्पोर्टस प्रालिले आगामी मंसिर दोस्रो साता आयोजना गर्ने ‘फिस्टेल रेसिङ कप २०२३’ नेपालकै बृहत हुने दावी गरेको छ ।‘लामो ट्रयाक भएको बाईक रेस हो । त्यसैले हामीले नेपालकै बृहत भएको अनुमान गरेका छौं’ भिआर–४६ मोटर स्पोर्टसका प्रवन्ध निर्देशक माइकल थापाले भने–‘पहिला रंगशालाभित्रकै कालोपत्रेको पनि आधा बाटोलाई ट्रयाकको रुपमा प्रयोग गरेका थियौं । अहिले त्यसको दोब्बर हुन्छ ।’ पोखरालाई साहसिहक खेलकुदको उत्कृष्ट… पुरा पढौ

ट्यालेन्ट हन्टले स्याङजामा बढ्दै महिला क्रिकेट क्रेज

पोखरा-जहाँ क्रिकेट खेल्ने व्यवस्थित खेल मैदान छैन् । खोलाको किनार र फुटबल मैदान खोज्दै क्रिकेट खेल्नुपर्ने बाध्यता छ । तर जहाँ ईच्छा त्यहाँ उपाय । स्याङजामा क्रिकेटको मैदान नभएपनि महिला क्रिकेटमा छलाङ मारेको छ । स्याङजा जिल्ला क्रिकेट संघले नारा नै तय गरेको छ—‘क्रिकेटबाटै महिला सशक्तिकरण ।’ स्याङजाको क्रिकेटको मुहार फेरिएको लामो समय भएको छैन् । जतिबेला संघको नेतृत्वमा दिवाकर थापाले सम्हाले । त्यसपछि क्रिकेटको माहोल सृजना भयो । उनी आफैं पनि क्रिकेटर हुन् । त्यही भएर नै उनले स्याङजालाई… पुरा पढौ

कास्की र गण्डकी प्रदेश गल्फ संघ गठन

पोखरा-तदर्थ समिति बनेको दशकपछि कास्की जिल्ला गल्फ संघ गठन गरिएको छ । तदर्थ समिति मार्फत नै गल्फका गतिविधि हुदैं आएपनि आधिकारिक रुपमा कास्की जिल्ला गल्फ संघ भने बल्ल गठन भएको छ । प्रथम अधिवेशन एवं वार्षिक साधारण सभाले जीवाराम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । संघको उपाध्यक्षमा भक्तराज गुरुङ,र बालाकाशी गुरुङ छन् । त्यस्तै सचिवमा प्रज्वल गुरुङ तथा कोषाध्यक्षमा लालबहादुर गुरुङ चयन भएका छन् । सदस्यहरुमा दिपक पहारी, विजय मोक्तान, लिलाजंग गुरुङ र टिका गुरुङ रहेका छन् ।… पुरा पढौ

८० किलोमिटर पन्चासे अल्ट्रा रेस कार्तिक तेस्रो साता

पोखरा-‘ओभर दि क्लाउड्स’(बादल भन्दा माथि) । सायद धावकहरु निकै उचाईमा पुग्नुपर्ने भएकोले नै होला नारा नै बादल भन्दा माथि तय गरिएको । नेपालकै पुरानो मध्येको ट्रेल रेसको आगामी कार्तिक १८ गते हुने संस्करणको नारा यही हो । धावकहरु मर्दी हिमाल टे«क अन्तर्गत बादलडाँडा पुगेर ओर्लिने छन् । बादल डाडाँ समुद्री सतहदेखि झण्डै ३३ सय मिटरको उचाईमा पर्छ । नेपालमा कर्णालीमा आयोजना हुने रारा ट्रेल रेस, रुकुममा हुने गोरिल्ला ट्रेल रेस निकै चर्चामा छन् । ती सँगै पोखरामा आयोजना हुने पोखरा… पुरा पढौ

प्रदेश परिषदद्वारा ‘गण्डकी खेलकुद पदक’ स्थापना तथा सञ्चालन कार्यविधि पास

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले ‘गण्डकी खेलकुद पदक’ प्रदान गर्न आवश्यक कार्यविधि २०८०लाई पास गरेको छ । कार्यविधि पास गरेसँगै पदक प्रदान गर्ने र सञ्चालन गर्ने विषयलाई अनुमोदनको लागि प्रदेश मन्त्रीपरिषद पठाइने छ । कार्तिकभित्रमा कार्यविधिलाई प्रदेशको क्याविनेटले पास गरेपछि कार्यान्वयनमा आउने प्रदेश खेलकुद परिषदले जनाएको छ । प्रदेशले गण्डकी खेलकुद पदक प्रदान गर्ने निर्णय गरेपनि कहिलेसम्मका खेलाडीलाई पदक वितरण गर्ने भन्ने ठोस निर्णय भने गरिसकेको छैन् । ‘नयाँ र पुराना खेलाडीलाई गण्डकी खेलकुद पदक प्रदान गरिने छ’ प्रदेश खेलकुद परिषदका… पुरा पढौ

फुटबलका महारथी श्याम थापाद्वारा सहारा एकेडेमी भ्रमण

पोखरा-श्याम थापा । दक्षिण एशियली फुटबलका महारथी । उनै फुटबलका दिग्गज श्याम थापाले पोखराको सहारा एकेडेमी भ्रमण गरेका छन् । आईतबार पोखरा–१७ दोविल्लास्थित सहारा एकेडेमीको अवलोकन गरेका छन् । अवलोकनपछि थापाले एकेडेमीका रहेको बालकहरुलाई फुटबलर बन्न प्रेरित गरे । उनले राष्ट्रिय फुटबल खेलाडी बन्न उत्प्रेरणा दिए । थापाले सहारा क्लबले खेलाउने गोल्डकपमा शसक्त टिम सहभागि गराउने प्रतिबद्धता समेत जनाए । एकेडेमी व्यवस्थापन उपसमिति संयोजक तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै एकेडेमीको उद्देश्यमाथि प्रकाश पारेका… पुरा पढौ

पोखरामा शनिबारदेखि अन्तर क्लव टी–२० क्रिकेट

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगरस्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पोखराका ८ वटा क्लवहरुको सहभागिता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने प्रतियोगितामा राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड क्रिकेट क्लवले सहभागिता जनाउने भएका हुन् । प्रतियोगितामा वितेजा, उप–विजेता तथा विभिन्न विद्यागत खेलाडीहरुले… पुरा पढौ