मुख्य समाचार

सहारा एकेडेमी मैदान रग्बीको लागि निरिक्षण

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी स्वरुप खेल व्यवस्थापन समितिले पोखरा भित्र निर्माणाधिन खेलकुद पूर्वाधारको अध्ययन शुरु गरेको छ । खेल व्यवस्थापन समितिले शनिबार पहिलो पूर्वाधारको रुपमा सुर्यबहादुर केसी स्मृति सहारा एकेडेमी खेल मैदान अवलोकन गरेर फर्किएको छ । खेल व्यवस्थापन समितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङ, समितिका सचिव एवं पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका प्रशिक्षण विभाग प्रमुख कृष्णप्रसाद तिमिल्सिना, लेखा प्रमुख डिबी नेपाली लगायतको टोली अवलोकन गरेर फर्किएको थियो । ३९ वर्षपछि पोखरामा आयोजना हुने नवौं… पुरा पढौ

पोखरामा भदौ तेस्रो साता विद्यालयस्तरीय टच रग्बी प्रतियोगिता

पोखरा-कास्की जिल्ला रग्बी संघले आगामी भदौ तेस्रो साता विद्यालयस्तरीय छात्र तथा छात्रा टच रग्बी प्रतियोगिता गर्ने निर्णय गरेको छ । शुक्रबार पोखरा रंगशालामा बसेको विशेष साधारण सभाले विद्यालयस्तरीय टच रग्बी प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको कास्की जिल्ला रग्बी संघका अध्यक्ष सुवास खड्काले जानकारी दिए । विद्यालयस्तरमा खेललाई टच र ट्याग रग्वीका रुपमा खेल्ने गरिन्छ । टच रग्वीमा खेलाडीहरुले बिपक्षी खेलाडीहरुलाई धकेल्न र जुध्न पाउदैनन् । शरीर(टाउको भन्दा तलको भागमा छुन पाईन्छ), कपडा वा बलको कुनै भागमा हात प्रयोग गरेर छुन… पुरा पढौ

पोखरामा एयर स्पोर्टसको विकल्प ‘वाटर स्पोर्टस’

पोखरा-पोखराबाट एयर स्पोर्ट्स भविष्य औन्यलमा छ । कारण, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल सञ्चालन । जनवरी १ सम्म एयर स्पोर्टसलाई पोखराबाट हटाउन निर्देशन भईसकेको छ । अन्तराष्ट्रिय विमानस्थल सञ्चालनपछि पोखराको साहसिक ‘प्रडक्ट’ पोखराबाट गुमनाम बन्ने जोखिम छ । एयर स्पोर्ट्स (प्याराग्लाईडिङ, अल्ट्रालाईट) लाई व्यवसायीले विस्थापन होईन व्यवस्थापन गर्नुपर्ने आवाज उठाउँदै आएका छन् । एयर स्पोर्टस पोखराको साहसिक ‘प्रडक्ट’को रुपमा छ । एयर स्पोर्टसको विकल्प पोखरामा ‘वाटर स्पोर्टस’ बन्ने सम्भावना छ । अब वाटर स्पोर्टसलाई साहसिक ‘प्रडक्ट’ रुपमा विकास गर्नुपर्ने त्यससँग सरोकार… पुरा पढौ

जिमन्याष्टिकलाई खेल सामानकै अभाव

पोखरा-घरमै(पोखरा) राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुदैं छ । राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहँदा जिमन्याष्टिकलाई भने सामान जुटाउनै सकस परेको छ । राष्ट्रिय प्रतियोगिता अन्तर्गत जिमन्याष्टिकमा महिला दुई र पुरुष तर्फ छ इभेण्टमा प्रतिस्पर्धा हुदैं आएको छ । तर आठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा महिला तर्फ फ्लोर म्याट र भल्टिङ हर्स र पुरुष तर्फ चार इभेण्ट फ्लोर म्याट, भल्टिङ हर्स, प्यारलल बार, पोमेल हर्समा प्रतिस्पर्धा गराईएको थियो । वर्षेनी सामानको अभावसँगै जिमन्याष्टिकका इभेण्ट घट्दै गएको छ । नेपालगन्जमा आयोजित आठौं संस्करणको प्रतियोगितामा… पुरा पढौ

सुटिङ, रग्बी, हक्की र पौडीलाई खेलस्थलको पीरलो

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको चर्चा चलिरहँदा केही खेललाई भने कहाँ खेलाउने भन्ने पीरलो छ । पोखरा रंगशालाभित्र धेरै खेलका पूर्वाधार छन् । तर पूर्वाधार भएर पनि ती खेल खेलाउन कठिनाई छ । पौडी, हक्की, सुटिङ र रग्बी खेलको ठ्याक्कै पूर्वाधार छैनन् । पोखरा रंगशालाभित्र सुटिङ रेन्ज र पौडी पोखरी बनाउने राष्ट्रिय खेलकुद परिषदको योजना कोरोना अघि देखिको हो । तर कोरोनाकै कारण देखाउँदै आलटाल भएपछि पौडी र सुटिङ प्रतियोगितालाई भेन्युुको पीरलो छ । रग्बी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा समावेश गरिएको… पुरा पढौ

एशियन गेम्सको तयारी, आर्चरीको बन्द प्रशिक्षण

पोखरा-चीनको बेईजिङमा आयोजना हुने १९ औं एशियन गेम्सको लागि आर्चरीका खेलाडी यतिबेला बन्द प्रशिक्षणमा छन् । राष्ट्रिय खेलकुद परिषदले आर्चरीका लागि १२ जना मध्येबाट ६ जना छनोट गर्न दिएको निर्देशन अनुसार छ जनालाई बन्द प्रशिक्षणमा राखिएको नेपाल आर्चरी संघका केन्द्रीय सचिव एवं कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए । बन्द प्रशिक्षणमा कम्पाउण्ड तर्फ पुरुषमा मीनप्रसाद गौचन र महिला तर्फ पर्सदा आचार्य रहेकी छन् । त्यस्तै गरी रिकर्भ अन्तर्गत पुरुष तर्फ नेपाली सेनाका रोशन नगरकोटी, नेपाल पुलिस क्लबका… पुरा पढौ

हक्की महिला तथा पुरुषमा आर्मी च्याम्पियन

पोखरा–नेपाल हक्की संघको आयोजनामा पोखरामा पहिलो पटक सिक्स ए साईड इण्डोर हक्की प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब च्याम्पियन बनेको छ । आर्मीले महिला तथा पुरुष टोलीले सुदुर पश्चिमको टोलीलाई पराजित गर्दै च्याम्पियन बनेको हो । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आईतबार भएको फाईनलमा पुरुष तर्फ आर्मीले सुदुुर पश्चिमलाई २–० गोलले पराजित गर्दै च्याम्पियन बनेको हो । पहिलो हाफ सकिन दुई मिनेट अघि आर्मीले गोल गर्दै अग्रता लिएको थियो । खेलको १३ औं मिनेटमा राजैन्द्र कार्कीले गोल गर्दै अग्रता दिलाएका… पुरा पढौ

कभर्ड हलमा आगलागी, आधाघन्टाभित्र नियन्त्रण

पोखरा-देशकै ठुलो पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा विजुली सर्ट हुदाँ आगलागी भएको छ । आगलागीबाट ठूलो क्षति हुन पाएन् । बेलैमा बारुणयन्त्र(दमकल)को सहयोगमा आगो नियन्त्रणमा लिइयो । पोखरा रंगशालास्थित कभर्ड हलमा महिला तथा पुरुष सिक्स ए साईड हक्की प्रतियोगिताको फाईनल चलिरहँदा हलको फल्स सिलिङ(जिप्सन)भन्दा माथि विजुलीको तार सर्ट भई आगलागी भएको थियो । आगलागी लगत्तै पोखरा रंगशालामा पुगेको बारुण यन्त्रले आगो नियन्त्रण गरेको थियो । बारुण यन्त्र आएपछि माथिल्लो क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न केही कठिनाई भएको थियो । भ¥याङको… पुरा पढौ

बाग्लुङ च्याम्पियन, कास्की कमजोर

पोखरा-असार सकिनै लाग्दा पोखरामा गण्डकी प्रदेशस्तरीय राष्ट्रपति रनिङशिल्ड आयोजना गरियो । विद्यालयदेखि नै खेलकुदको विकास गर्ने ध्येयसहित वर्षेनी राष्ट्रपति रनिङशिल्ड आयोजना हुदैं आएको छ । पोखरा प्रदेशको राजधानी । आफैंमा खेलकुदको पूर्वाधारले सजिएको छ । तर राष्ट्रपति रनिङशिल्डको नजिताले कास्कीलाई गिज्याएको छ । विगतमा च्याम्पियन बन्दै आएको कास्की यो वर्ष तेस्रो स्थानमा पनि अट्न सकेन् । गाँउपालिका, महानगर, जिल्ला हुदैं गण्डकी प्रदेशस्तरीयसम्म आईपुगेको कास्कीको प्रदर्शन प्रदेशका अन्य जिल्लाको भन्दा खराब प्रदर्शन रह्यो । बाग्लुङ च्याम्पियन बन्यो । बाग्लुङले १० स्वर्ण,… पुरा पढौ

पहिलो दिन एथलेटिक्समा कास्की स्वर्णविहीन

पोखरा-पोखरामा शुरु भएको गण्डकी प्रदेशस्तरीय छात्र÷छात्रा रनिङ शिल्ड प्रतियोगिता–२०७८को उदघाटन समरोहमा भएको एथलेटिक्स तर्फको इभेण्ट कास्की स्वर्णपदक विहीन बनेको छ । एथलेटिक्स अन्तर्गत छात्र तथा छात्रको १ सय ८ सय र १५ सय मिटरको दौडमा कास्कीले स्वर्णविहीनमा अवस्थामा बिहीबारको प्रतिस्पर्धा टुग्याएको छ । पहिलो दिन स्याङजाकी जानकी खरालले दुई स्वर्ण जित्दै इतिहास कोरिन् । छात्रातर्फ ८०० मिटरमा जानकीले २ मिनेट ४१.२ सेकेण्डमा पुरा गर्दै स्वर्ण पदक जित्न सफल भईन् । उनले १५०० मिटर दौडमा पनि स्वर्ण पदक जित्ने क्रममा ५… पुरा पढौ