पोखरा-पोखरामा ३४ वर्षपछि जिमन्याष्टिक प्रतियोगिता आयोजना गरियो । कास्की जिल्ला जिमन्याष्टिक संघको आयोजनामा प्रथम गण्डकी प्रदेशस्तरीय जिमन्याष्टिक महिला तथा पुरुष प्रतियोगितामा महिला तथा तर्फ सीताकुमारी खड्का र पुरुष तर्फ रोशन पुन च्याम्पियन बनेका छन् । फ्लोर इभेण्टमा गरिएको प्रतिस्पर्धामा महिला तर्फ सुवी भासिमाले रजत र कृति खत्रीले कास्य पदक जितिन् । पुरुष तर्फ कास्कीका विशाल पुनले रजत र बाग्लुङका कृष्ण कँडेलले कास्य पदक जिते । प्रतियोगतामा कास्कीसहित बाग्लुङ, म्याग्दी, तनहुँ, गोरखा, लमजुङका गरी ५० जना खेलाडीले फ्लोर इभेण्टमा प्रतिस्पर्धा गरेका…
पुरा पढौ