मुख्य समाचार

धर्मश्रीलाई काठमाण्डौ महानगरको साथ

काठमाडौं-खेलकुद क्षेत्रमा नेपालकै सवै भन्दा पुरानो संस्था नेपाल ब्यायाम मन्दिरले आयोजना गर्ने १६ औं धर्मश्रीका लागि काठमाण्डौ महानगरपालिकाको मुख्य प्रायोजन रहने भएको छ । नेपाल ब्यायाम मन्दिरले काठमाण्डौ महानगरपालिकाले धर्मश्रीको लागि मुख्य प्रायोजन गर्ने जानकारी गराएको हो । यस्तै अन्य विभिन्न संघ संस्थाले पनि प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी गराईयो । यस्तै २३ र २४ गते आयोजना हुने प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको समेत आयोजकले पत्रकार सम्मेलनमा जानकारी गराए । १६ औं धर्मश्रीका बिजेताले नगद १० लाख प्राप्त गर्ने छन्… पुरा पढौ

खेलकुदको विकास अजेण्डामै सीमित

पोखरा-राजनीतिक दलहरु भातृ संगठन बिस्तारमा निकै अघि छन्। सबैजसो राजनीतिक दलले आफना भातृ संगठन बनाएका छन। युवाहरुलाई लक्षित गरेर खेलकुदका संगठन पनि बनाएका छन्। नेकपा एमालेको खेलकुद महासंघ, नेपाली काँग्रेसको लोकतान्त्रिक खेलकुद तथा माओवादी केन्द्रको पनि छुट्टै संगठन छ। तर संगठन बनाई पार्टी बलियो बनाउने ध्येय बोकेका राजनीतिक दलले भने खेलकुदका अजेण्डालाई प्राथमिकतामा राख्नै सकेका छैनन्। राजनीतिक दलहरुले चुनावमा चर्का नारा लगाउँछन्। तर खेलकुद विकासको लागि दलहरुले आफनो चुनावी अजेण्डाभित्र छिराउन कन्जुस्याँई गर्दै आएका छन्। यतिबेला चुनावी रौनक छ। चुनौवी… पुरा पढौ

गण्डकी र पुलिसको विजयी सुरुवात

पोखरा-गण्डकी प्रदेश भलिबल क्लब र नेपाल पुलिस क्लब छैटौं आर.बि.बि, एन.भि.ए। राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिग २०७९ मा पुरुष तर्फ विजयी सुरुवात गर्न सफल भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा संचालन भएको पहिलो खेलमा गण्डकीले ३ – १ को जित निकाल्यो । गण्डकीले ढोरपाटन स्पोर्टस् क्लब माथि २५–१६, २३–२५, २५–१९, २६–२४ को जित निकाल्दै महत्वपूर्ण ३ अंक बटुल्न सफल भयो ।यस्तै आफ्नो पहिलो खेलमा नेपाल पुलिस क्लबले पनि महत्वपूर्ण ३ अंकलाई आफ्नो खातामा राख्न सफल भयो… पुरा पढौ

एशियाली खेलकुदका लागि ब्याडमिन्टनको छनौट

काठमाडौं-चीनको हाङझावमा भदौ २५ देखि असोज ९ गतेसम्म हुने १९ औं एसियाली खेलकुदका लागि भएको ब्याडमिन्टनको छनौटगरिएको छ ।नेपाल ब्याडमिन्टन संघले बैशाख १५ गते देखि तीन दिन सम्म ललितपुरको रिभाईभ लिजर पार्कको कभर्डहलमा गरेको छनौटबाट उच्च १० बरियता प्राप्त खेलाडीबाट पुरुष र महिला तर्फ ७, ७ खेलाडीको चयन गरेको संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठले जानकारी गराए । उनले कोटा निर्धारण पश्चात यहि छनौट भएका खेलाडीबाट एशियाली खेलकुदका लागि बरियताका आधारमा खेलाडी छनौट गर्ने जानकारी गराए । छनौट प्रतियोगिताबाट पुरुष तर्फ… पुरा पढौ

राष्ट्रिय प्रतियोगिता तयारीका लागि बजेट छैन–मन्त्री मनाङ्गे

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक तयारी गर्न बजेट प्रदेशमा बजेट आईसकेको छैन। बजेट नआउँदा जिल्ला छनोट, प्रदेश छनोटसँगै क्याम्प सञ्चालन गर्न अन्यौल बढेको छ। गण्डकी प्रदेश आयोजक हो। तर आयोजकसँग सल्लाह नै नगरेर राष्ट्रिय खेलकुद परिषद र मन्त्रालयले निर्णय गरेको आरोप गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले लगाएको छ। ‘सल्लाह गरेर निर्णय गरेको छैन्। त्यसमा पनि बजेट आएकै छैन्। बजेट नआउँदा कसरी सम्भव छ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न समस्या छ,’ गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ… पुरा पढौ

ट्रयाक हस्तान्तरण नहुदाँ प्रशिक्षणमा समस्या

पोखरा-एथलेटिक्समा गण्डकी प्रदेशको प्रदर्शन आसलाग्दो छैन् । प्रदेशका ११ जिल्लामा एथलेटिक्सको पूर्वाधार छैन । पोखरामा एथलेटिक्सको पूर्वाधार बनेको छ । तर प्रशिक्षण गराइएको छैन् । अन्तराष्ट्रिय मापदण्डको एथलेटिक्सको सिन्थेटिक ट्रयाक केवल प्रतियोगिताको लागि मात्रै उपयोग गर्नुपर्ने आवाज उठेको छ । प्रतियोगितालाई मात्रै उपयोग गर्ने हो भने पोखरामा एथलेटिक्सको प्रशिक्षण गराउने अर्को बैकल्पिक ट्रयाक छैन् । पोखरा रंगशालाभित्र निर्माण गरिएको सिन्थेटिक ट्रयाक राष्ट्रिय खेलकुद परिषदको मातहतमा आईसकेको छैन् । निर्माण कम्पनीले परिषदलेलाई हस्तान्तरण गरिसकेको छैन् । परिषदले कम्पनीलाई भुक्तानीवापतको रकम नदिदाँसम्म… पुरा पढौ

खेलकुदको शहर खेलकुदमै टुहुरो

धन बस्नेत,पोखरा-खेलकुदको शहर उपमा दिएपनि पोखरा खेलकुदमै टुहुरो छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको संघारमा रहदाँ पोखरा मात्रै होईन गण्डकी प्रदेश नै प्रशिक्षक नहुदाँ खेलाडी टुहुरा बनेका छन् । चार जिल्ला प्रशिक्षकविहनी छ । लमजुङमा जिल्लामा खेलकुद विकास समिति प्रशासनविहीन छ । पूर्वाधार छन् तर सिकाउने प्रशिक्षक छैनन् । नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल प्रतिस्पर्धा र २ खेल प्रदर्शनी गरी ३८ खेल समावेश गरिएको छ । जेठ २२ देखि २८ गतेसम्म गण्डकी प्रदेशमा राष्ट्रिय खेलकुद आयोजना गर्ने निर्णय भईसकेको छ… पुरा पढौ

पोखरामा यु-१९ राष्ट्रिय महिला टोलीको बन्द प्रशिक्षण

पोखरा- पोखरामा यु -१९ राष्ट्रिय महिला क्रिकेट टिमको बन्द प्रशिक्षण शुरु भएको छ । दुईदिन अघि मात्रै पोखरा आईपुगेको टोलीले आईतबारदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा प्रशिक्षण शुरु गरेको छ । नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीका मुख्य प्रशिक्षक जगत टमटाले प्रशिक्षण शुरु गरेका छन् । यु-१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन टिम हो । सुदुर पश्चिममा आयोजित मुख्यमन्त्री कप क्रिकेट प्रतियोगितामा गण्डकीले कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको थियो । बन्द प्रशिक्षणमा ४४ खेलाडी सहभागि छन् ।… पुरा पढौ

खेलकर्मीको ठम्याईः प्रतिकुल मौसम, छोटो समयसँगै हचुवामा निर्णय

पोखरा-आगामी जेठ २२ गतेदेखि २८ गतेसम्म नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । आयोजनाको निर्णय गरिरहँदा पोखराको मौसम अनुकुल नहुने ठम्याई खेलकर्मीले गरेका छन् । इण्डोर खेल खेलाउन सकिएपनि आउटडोर खेल खेलाउन प्रतिकुल मौसमले सकस हुने खेलकर्मी बताउँछन् । दुई महिनाभन्दा पनि कम छ । खेलाडीलाई तयारी नपुग्ने समेत ठम्याईएको छ । पालिकादेखि छनोट भएर आउनुपर्ने अवस्थामा हतारिएर राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिदाँ खेलाडी उत्पादनमा ठोस लक्ष्य हासिल नहुने जिकिर गरिएको छ । हचुवाकै भरमा आयोजनाले खेलकुदमा… पुरा पढौ

तारा खेलमा म्याग्दी च्याम्पियन

मनाङ-हिमालपारीको जिल्ला मुस्ताङ र मनाङमा तारा खेल(धनुष बाँण) ऐतिहासिक हो । ऐतिहासिक खेलको प्रवद्र्धन गर्न हिमालपारीको जिल्ला मनाङमा प्रतियोगिता शुरु गरिएको छ । तारा खास गरी हतियारको रुपमा प्रयोग गरिन्थ्यो । विस्तारै हतियारबाट प्रदर्शनको रुपमा अगाडि बढ्यो । खास गरी छन्त्याल समाज, थकाली सेवा समिति, मगर, मार्फा थकाली समाज, तीन गाँउले थकाली, पुन समाज, ताङ्वे सेवा समाज, बाह्रगाँउले, छुसाङ, गुरुङ लगायतका जातिले तारा खेल्ने गरेका छन् । त्यसपछि खेलको रुपमा विकास हुन पुग्यो । परम्परागत खेलको विकास, संरक्षण र प्रवद्र्धन… पुरा पढौ