⚽ फुटबल

म्यानचेस्टर सिटी र वाट्फोर्डको सहज जित

काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्ट सिटीले ब्राइटनलाई र वाट्फोर्ड र एभर्टनलाई पराजित गरेका छन् । ब्राइटनको घरेलु मैदानमा आतिथ्यता गरेको म्यानचेस्टर सिटीले उसैको मैदानमा ४–१ ले स्तब्ध बनाउँदा अर्कौ खेलमा वाट्फोर्डले पनि एभर्टनको घरेलु मैदानमा ५–२ को फराकिलो जित निकालेको हो । सिटीको जितमा फिल फोडेनले दुई गोल आफ्नो नाममा लेखाउँदा इल्के गुन्डोगान र रियाद महारेजले एक÷एक गोल गरे । ब्राइटनका एलेक्सिस माकले एक गोल फर्काए । १३ औं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई… पुरा पढौ

प्रदेश सरकारको दोहोरियो प्रतिबद्धता, तटबन्धको लागि आएन बजेट

पोखरा-छेवैमा खोला छन् । दुई खोलाको कटान वर्षेनी छ । खोलाकै दोभानमा रहेको मैदानमा फिफाको ड्रिम प्रोजेक्ट छ । कटान रोक्न तटठबन्धको लागि ठुलै बजेट चाहिन्छ । बजेट अहिलेसम्म सरकारले छुट्टाउन सकेको छैन् । गण्डकी प्रदेश सरकारले पटकपटक तटबन्धको लागि प्रतिबद्धता जनाएपछि रकम निकासा नहुदाँ ड्रिम प्रोजेक्टले सार्थकता पाउन सकस भएको छ । गण्डकी प्रदेश सरकारका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पनि कास्कीको माछापुच्छ्रे गाँउपालिकाको भेडाबारीस्थित निर्माण गरिने भनिएको एन्फा टेक्निकल सेन्टरको अवलोकन गरेका थिए । अवलोकनकै क्रममा तटबन्धको लागि गण्डकी… पुरा पढौ

नेपाल र इन्डोनेसियाबीचको मैत्रीपूर्ण आज

काठमाडौं । ताजाकिस्तान भ्रमणमा रहेकाे नेपाली यू-२३ राष्ट्रिय फुटबल टिमले आज इन्डोनेसियाको यू-२३ टिमसँग मैत्रीपूर्ण खेल खेल्दैछ । ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा इन्डोनेसियाको सामना गर्नेछ । नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे हुनेछ । एएफसी यू-२३ एसियन कप छनोटको तयारी स्वरूप नेपालले इन्डोनेसियासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । छनोटमा नेपाल समूह 'बी' मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान रहेका छन् । नेपालले समूह चरणको पहिलो खेलमा इरानसँग अक्टोबर २५ मा खेल्नेछ । यस्तै दोस्रो… पुरा पढौ

लिभरपुल र एट्लेटिको मड्रिड भिड्दै

एजेन्सी-आज मध्यरातमा च्याम्पियन्स लिग अन्तर्गत प्रिमियर लिग क्लब लिभरपुलले स्पेनिस क्लब एट्लेटिको मड्रिडसँग खेल्दै छ । च्याम्पियन्स लिगमा लिभरपुल ६ अंकसहित समूहको शीर्ष स्थानमा छ । मड्रिड ४ अंकसहित दोस्रो स्थानमा छ । एट्लेटिको मड्रिडलाई आजको च्याम्पियन्स लिगको खेल निकै महत्वपूर्ण छ । जितसँगै शीर्षस्थानमा उक्लेर दोस्रो चरण प्रवेशको बाटो सहज बनाउने प्रयत्न गर्दा लिभरपुल भने मड्रिडलाई पराजित गरेर शीर्षस्थान बलियो पकड बनाउने अभियानमा छ । गत सिजनको च्याम्पियन्स लिगमा लिभरपुल दुवै भेटमा एट्लेटिको मड्रिडसँग पराजित भएको तथ्यांक छ ।… पुरा पढौ

६ गतेदेखि काठमाडौंमा मेयरकप भेट्रान्स फुटबल प्रतियोगिता

पोखरा-फुटबलर्स मिसन टुगेदर्सले मेयरकप भेट्रान्स फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । काठमाडौंस्थित दशरथ रंगशालामा यही कार्तिक ६ गतेदेखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने छ । प्रतियोगितामा ४० वर्ष माथिको उमेर समूहको प्रतिस्पर्धा हुने छ । २१ टोलीले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । तीन खेलाडी ३५ वर्ष मुनिका खेलाडीलाई समावेश गर्न पाईने प्रावधान छ । उदघाटन खेल नेपाल आर्मीको भेट्रान्स टोलीले फुटबल फेलोसिपसँग प्रतिस्पर्धा गर्ने छ । आयोजकले जनाकारी दिए अनुसार समूह एमा नेपाल आर्मीको भेट्रान्स, फुटबल फेलोसिप र… पुरा पढौ

नेपाली यु–२३ राष्ट्रिय फुटबल टोलीको नाम सार्वजनिक

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले एएफसी यू–२३ एसियन कप छनोट खेल्ने नेपाली यु–२३ राष्ट्रिय फुटबल टोलीको नाम सार्वजनिक गरेको छ । उज्वेकिस्तानमा सन २०२२ मा आयोजना छनोट खेलका लागि राष्ट्रिय टोलीमा अटाएका मनिष डाँगी, सुमन अर्याल, आयुष घलानलाई समेट्दै मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले २३ सदस्सीय नेपाली टिमको घोषणा गरेका हुन । छनोट अन्तर्गत नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा ताजिकिस्तान, लेबनान र इरान समावेश छन् । ताजिकिस्तानमा हुने छनोट खेल आगामी अक्टोबर २३ देखि… पुरा पढौ

साफ च्याम्पियनसिपमा नेपाल उपविजेता

काठमाडाैं । पहिलो पटक साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाल भारतसँग पराजित भएको छ । माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा शनिबार नेपाललाई ३-० पराजित गर्दै भारत आठौं पटक साफ च्याम्पियन बनेको छ । फाइनलमा पराजित हुँदै नेपाल उपविजेतामा सिमित भएको छ । फाइनलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा आक्रामक सुरुवात गरेको भारतले सुरुवातमै २ गोल गरेको थियो । दुई गोलले पछि परेपछि आक्रामक रणनीति अपनाएको नेपालले गोल गर्न भने सकेन। अन्त्यमा गोल थप्दै भारतले आठौं उपाधि सुनिश्चित गरेको थियो ।… पुरा पढौ

नेपाल पहिलो पटक फाइनलमा प्रवेश

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपाल पहिलो पटक फाइनल प्रवेश गरेको छ । मालेस्थित राष्ट्रिय रंगशालामा बंगलादेशलाई १–१ को बराबरी रोक्दै नेपाल इतिहासमै पहिलो पटक फाइनल प्रवेश गर्न सफल भएको हो । नेपालले दश खेलाडीमा सिमित भएको टोलीविरुद्ध नेपालले पेनाल्टीबाट बराबरी फर्काउँदै फाइनलमा पुगेको हो । पहिलो हाफमा बंगलादेशका सुमन रेजाको गोल बंगलादेशले अग्रता लिएको थियो । दोस्रो हाफमा उच्च प्रदर्शन गरिरहेका बंगलादेशका गोलरक्षक अनिसुर रहमानले रातो कार्ड खाएपछि नेपालले खेलमा फर्कने अवसर पाएको थियो । अन्जन विष्टले ८८… पुरा पढौ

रोमाञ्चक बन्यो फाइनल पुग्ने समिकरण

काठमाडाैं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफल च्याम्पियनसिपमा नेपाल नयाँ इतिहाँस रच्ने लक्ष्यमा रहेको छ । सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग अन्तिम ८ मिनेट सम्हालिन नसक्दा स्तब्ध हुन पुग्यो । भारतसँग आइतवार पराजित भएसँगै साफ च्याम्पियनसिपमा शीर्ष दुईमा उक्लिने चार राष्ट्रबीचको प्रतिस्पर्धा थप रोचक बन्न पुगेको छ । साफ च्याम्पियनसिपको सर्वाधिक सफल टोली भारतसँग नेपाल अन्तिम ८ मिनेट सम्हालिन नसक्दा एक खेल अगावै फाइनल पुग्ने लक्ष्य आइतबार अधुरै रह्यो । नेपाली मुलका खेलाडी… पुरा पढौ

फेरी पनि नेपाल भारतसँग पराजित

काठमाडाैं । साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग पराजित भएको छ । गएराति भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको हो । माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा भारतका लागि कप्तान सुनिल क्षेत्रीले खेलको ८२ औँ मिनेटमा गरेको एक गोल नै  निर्णायक बन्यो । जितसँगै ३ खेलमा ५ अंक जोडेको भारत तेस्रो स्थानमा पुगेको छ । प्रतियोगितामा नेपालको यो पहिलो हार हो । नेपाल ३ खेलमा ६ अंक जोडेर दोस्रो स्थानमा छ । ६ अंक जोडेको माल्दिभ्स शीर्ष स्थानमा उक्लिएको… पुरा पढौ