⚽ फुटबल

महिला राष्ट्रिय लिगः चौदण्डीगढी VS चन्द्रपुर (लाईभ भिडियो)

काठमाडौं । महिला राष्ट्रिय लिगमा अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा उदयपुरको चौदण्डीगढी नगरपालिका र रौतहटको चन्द्रपुर नगरपालिकाबीच प्रतिस्पर्धा हुँदै छ । यस अघिका खेलमा पराजय भोगेका टोलीद्वय चौदण्डीगढी र चन्द्रपुर जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिएका छन् । दुबै टोलीको समूह तालिकामा अंक विहिन छन् । चौदण्डी पहिलो खेलमा नेपाल पुलिस क्लबसँग ६–० ले पराजित भएको थियो । यस्तै पहिलो खेलमा चन्द्रपुर पनि एपीएफ क्लबसँग ६–० ले पराजित भएको थियो । पुरा पढौ

विमलाको ह्याट्रिकमा आर्मीको सहज जित

काठमाडौं-विमला चौधरीको ह्याट्रिक प्रेरित नेपाल आर्मीले राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा आईतबार वालिङमाथि फराकिलो जित निकालेको छ । अखिल नेपाल फुटबल संघ एन्फा कम्प्लेक्सको कृत्रिम मैदानमा आईतबार भएको पहिलो खेलमा आर्मीले वालिङ नगरपालिकामाथि ७–० को फराकिलो जित निकालेको हो । यो सँगै आर्मीले प्रतियोगितामा सुखद सुरुआत गरेको छ । मोफसलको टोली वालिङमाथि सुरुआतबाट नै दबाब राखेको आर्मीका लागि विमला चौधरीले ह्याट्रिक गरिन् । दीपा राई, शर्मिला थापा, हेमा चौधरी र भुजुङ्गा राईले एक–एक गोल आफ्नो नाममा लेखाए । पहिलो पटक… पुरा पढौ

बगर भाइ खलकलाई उपाधि

पोखरा-पोखराबाट शुरु भएको एट ए साईड भेट्रन्स फुटबल प्रतियोगिता देशका विभिन्न शहरमा आयोजना हुदैं आएको छ । शनिबार छैटौ संस्कणको हेटौडा भेट्रान्स छैटौ एट ए साइड फुटवलको उपाधि पोखराको बगर भाइखलकले जितेको छ । भाइखलक डिफेन्डिङ च्याम्पियन पनि हो । शनिबार बगर भाइ खलकले सानो गौचरन नाइट किङ भेट्रान्स क्लवलाई १–० ले पराजित गर्दै उपाधिमा आफनो नाम लेखाएको हो । मनोज गुरुङले निर्णायक गोलमा बगर भाइखलकलाई उपाधि रक्षा गर्न पर्याप्त बन्यो । गुरूङले दोश्रो हाफको १० औं मिनेटमा गोल गरेका… पुरा पढौ

उत्कृष्ट नजिताको लागि प्रशिक्षणमा व्यस्त

पोखरा-कतार विश्वकप २२ र चीनमा हुने एसियन कपको छनोट खेल अन्तर्गत नेपालले तीन खेल खेल्न बाँकी छ । अष्ट्रेलिया, जोर्डन र चाइनिज ताईपेईसँग खेल्ने छ । तीनै खेल नेपालले आफनो होम ग्राउण्डमा खेल्ने छ । होम ग्राउण्डमा हुने प्रतिस्पर्धाको लागि नेपाली टोली प्रशिक्षणमा व्यस्त छ । पोखरामा शुक्रबारदेखि प्रशिक्षणमा रहेको टोलीको अन्तिम छनोट भईसकेको छैन् । ३५ सदस्यीय खेलाडी टोली र ९ सदस्यीयअफिसियल टोली यतिबेला पोखरा रंगशालामा प्रशिक्षणमा व्यस्त रहेको छ । प्रशिक्षक बालगोपाल महर्जनका अनुसार माघ २१ गतेसम्म प्रशिक्षण… पुरा पढौ

नेपाली राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण

पोखरा-नेपाली फुटबलको राष्ट्रिय टोलीले पोखरामा शुक्रबारदेखि प्रशिक्षण शुरु गरेको छ । टोली बिहीबार साँझ पोखरा आईपुगेको हो । शुक्रबार दिउँसो ३ बजे पोखरा रंगशालामा फुटबल टोलीले प्रशिक्षण शुरु गरेको हो । ५० जना खेलाडीबाट पहिलो चरणमा छनोट गरिएको ३५ सदस्यीय टोली पोखरा आईपुगेको हो । पोखरामा दुईसाता प्रशिक्षण गरेर काठमाडौं फर्किने छ । फुटबल टोलीले पोखरामा माघ २१ गतेसम्म प्रशिक्षण गर्ने छ । पोखरा आईपुगेको टोलीमा ३५ खेलाडी छन् । ९ जना अफिसियल छन् । नेपाली टिमले सात दोबाटोस्थित एन्फा… पुरा पढौ

चौदण्डीगढीको पोस्टमा पुलिसको आधा दर्जन गोल

काठमाडौं- विभागीय टोली नेपाल पुलिस क्लबले शुक्रबार मोफसलको टोली चौदण्डी नगरपालिकालालाई पराजित गर्दै राष्ट्रिय महिला लिग फुटबलमा विजयी शुरुवात गरेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० कम्प्लेसको मैदानमा भएको दिनको खेलमा नेपाल पुलिसले मोफसलको टोली चौदण्डीगढी नगरपालीका उदयपुरलाई ६–० को फराकिलो अन्तरले पराजित गर्यो । एक तर्फी जस्तो देखिएको खेलमा पुलिसका लागि रेखा पौडेल र सिर्जना खड्काले समान २÷२ गोल गर्दा अमृता जैशी र निर्मला बिकले एक÷एक गोल आफ्नो नाममा लेखाए । तुलनात्मक हिसाबमा कमजोर देखिएको उदयपुरविरुद्ध… पुरा पढौ

एन्फामा पदाधिकारी मनोनयन व्यवस्था खारेज

काठमाडौं-अखिल नेपाल फुटबल संघ(एन्फा)को साधारण सभाले पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचित प्रणालीलाई पारित गरेको छ । काठमाडौंमा मंगलबार सम्पन्न एन्फाको १९औं साधारण सभाले निर्वाचन प्रणालीबाट मात्र पदाधिकारी चयनको व्यवस्था सुरु गरेको हो । साधारण सभाले १७ सदस्यीय कार्यसमितीलाई बढाएर २१ सदस्यीय कार्यसमितिमा पु¥याउने निर्णय समेत गरेको छ । एन्फाका प्रवत्ता किरण राईले आगामी साधारण सभाबाट बन्ने कार्यसमितिमा संशोधित विधान लागू हुने बताए । निवौचनमार्फत आउने २१ सदस्यीय नयाँ कार्यसमितिमा २ जना महिला अनिवार्य… पुरा पढौ

गजराज जोशी स्मृति कपमा वडा नम्वर १ विजयी

काठमाडौं-टोखा नगरपालिका अन्तर वडा स्तरीय गजराज जोशी स्मृति कप फुटबल प्रतियोगितामा वडा नम्वर १ ले विजयी सुरुवात गरेको छ । प्रतियोगिताको दोस्रो दिन मंगलबार वडा नम्वर १ ले वडा नम्वर ४ माथि १–० को जित निकालेको हो । टोखास्थित भुतखेल मैदानमा वडा नम्वर १ को जितमा अनिल अधिकारीले ५०औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । त्यसअघि मंगलबार नै भएको खेलमा वडा नम्वर २ र वडा नम्वर ८ ले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । प्रतियोगितामा टोखा नगरपालिकाका ११… पुरा पढौ

एन्फाको साधारण सभा हेरिटेज गार्डेनमा जारी

काठमाडाैं, माघ ६ । अखिल नेपाल फुटबल संघ (एन्फा) को १९ औं साधारण सभा जारी छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा साधारण सभा विहानबाट जारी रहेकाे छ । साधारण सभामा विभिन्न एजेन्डा माथि छलफल हुँदैछन् । कंग्रेसकाे उद्घाटन युवा तथा खेलकुद मन्त्री दावा तामाङले गरे । कोरोना भाईरसको महामारीको कारण एन्फाको साधारण सभा पटक पटक स्थगित हुँदै आईरहेको थियाे । यस अघि भदौ १५ गते हुने भनिएको साधारण सभा स्थगित गरिएको थियो । साधारण सभामा कोषाध्यक्ष रविन्द्र जोशीले पेश गरेको आर्थिक… पुरा पढौ

आहा रारा गोल्डकप चैतमा गर्न समय माग

पोखरा-मोफसलकै प्रतिष्ठित गोल्डकप आहा रारा गोल्डकपको १९ औं सस्ंकरणको संघारमा छ । सहारा क्लब पोखराले १९ औं संस्करणको गोल्डकपको लागि आन्तरिक तयारी गरिरहेको छ । यद्यपी अखिल नेपाल फुटबल संघ(एन्फा)ले मिति उपलब्ध गराईसकेको छैन् । सहारा क्लबले आहा राराको १९ औं संस्करणलाई चैतको तेस्रो साता आयोजना गर्ने गरी तयारी गरिएको जनाएको छ । ‘माघमा आयोजना गर्ने योजनामा थियौं तर समय पर्याप्त नहुदाँ चैतको तेस्रो सातादेखि गर्ने योजना बनाएको छौं ’ सहारा क्लब पोखराका अध्यक्ष केशवबहादुर थापाले भने–‘एन्फाले मिति तोकिदिएको अवस्था… पुरा पढौ