⚽ फुटबल

सविनको फराकिलो जित, राइजिङको पहिलो हार

पोखरा- राष्ट्रिय ए डिभिजन फुटसल लिगमा द राइजिङ क्लब धरानले पहिलो हार व्यहोर्दा सविन मेमोरियलले भने फराकिलो जित निकालेको छ । शुक्रवार पोखरा रंगशाल स्थित बहुउदेश्यीय कभर्डहलमा भएको खेलमा सविन मेमोरियलले झरना स्पोट्र्स क्लबलाई ७–१ को फराकिलो गोल अन्तरले पाखा लगायो । सविनको जितमा अभिनाष तामाङले ह्याट्रिक गरे । यस्तै मनिष सेडाईले २ तथा मनोज गुरुङले १ गोल गरे । झरनाका लागि जितेश गुरुङले एक गोल गरे । खेलको म्यान अफ दि म्याच सविनका अभिनाष तामाङ घोषित भए । धरानको… पुरा पढौ

घरेलु टोलीको प्रभावशाली जित

पोखरा-राष्ट्रिय ए डिभिजन फुटसल लिगमा बिहीबार दुई घरेलु टोलीले जित निकाल्दै आफुलाई उपाधि यात्रामा बलियो देखाएका छन् । तीन गोलले पछि परेको अवस्थालाई दोस्रो हाफमा उल्ट्याउँदै स्पोर्टस क्यासलले ढुकु फुटसल हबलाई निकै प्रतिस्पर्धात्मक रुपमा पराजित गर्दै जित निकाल्यो । उपाधिको दाबेदार मानिएको ढुकु फुटसल हबलाई पन्छाउन स्पोर्टस क्लासलले दोस्रो हाफसम्म धेर्यता देखायो । २० औं मिनेटमा विक्रान्तले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० को अग्रता दिलाए । निकै दबाबमा परेको क्यासलले दोस्रो हाफमा भने उत्कृष्ट खेल पस्किदैं जितको… पुरा पढौ

राइजिङ र शंखमुलको जित

पोखरा- रंगशालामा जारी राष्ट्रिय ए डिभिजन फुटसल लिग अन्तगर्त बुधबार भएको खेलमा द राइजिङ क्लब धरान र शंखमुल फुटसलले आ–आफ्नो खेलमा जित हात पारेका छन् । बुधवार बहुउदेश्यीय कभर्डहलमा भएको पहिलो खेलमा राइजिङले झरना स्पोट्र्स क्लबलाई ५–३ गोल अन्तरले पाखा लगायो । राइजिङको जितमा मिलन राइले २ तथा मिलन लिम्बु, रिवोस मास्के र विकु तामाङले समान १÷१ गोल गरे । झरनाका लागि कप्तान ओम प्रकाश थापा, मोहन बहादुर थापा र विवेक थापाले गोल गरे । खेलको म्यान अफ दी म्याच… पुरा पढौ

नेपाल बाहिरियो

काठमाडौं -बलियो टोली हङकङसँग बराबरी खेले पछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप–२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ । उज्वेकिस्तान आज भएको छनोट दोस्रो खेलमा नेपाल हङकङसँग गोल रहित बराबरी खेल्दै अंक बाँड्दा नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको हो । दुई खेलबाट १ अंक जोडेको नेपाल अघिल्लो चरण पुग्नका लागि हङकङविरुद्ध जित्नै पर्ने दबाब रहेको थियो । तर, नेपालले हङकङसँग बराबरीमा चित्त बुझाउँदा छनोटबाटै बाहिरिएको हो ।निकै प्रतिस्पर्धात्मक बनेको… पुरा पढौ

भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दै रियल शीर्ष स्थानमा

एजेन्सी । भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई उसैको मैदानमा २–१ गोलले हरायो । रियलले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ । रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जेमाले गोल गरे । भ्यालेन्सियाका हुगो डुरोले सुरुवाती गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा भ्यालेन्सियाले ६६औं मिनेटमा खाता खोलेको थियो । हुगो डुरोले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । खेलको सुरुवातदेखि… पुरा पढौ

टोटेनह्याममाथिको जितले चेल्सी शीर्ष स्थानमा उक्लियो

काठमाडौं । घरेलु टोली टोटेनह्यामलाई स्तब्ध बनाउँदै पाहुना टोली चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा आइतबार राति सहज जित निकालेको छ । टोटेनह्यामको मैदानमा भएको खेलमा चेल्सीले ३–० को जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । यस अघि लिभरपुल शीर्ष स्थानमा रहेको थियो । गोल अन्तरका आधारमा चेल्सीले लिभरपुलललाई उछिन्दै शीर्ष स्थानमा कब्जा जमाएको हो । टोटेनहमको मैदानमा चेल्सीलाई जित दिलाउन थियागो सिल्भा, एनगोलो कान्टे र एन्टोनियो रुडिगरले एक एक गोल गरे । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको… पुरा पढौ

सविन मेमोरियल ढुकुसँग पराजित

पोखरा- पोखरा रंगशाला बहुउदेश्यीय कभर्डहलमा जारी ए डिभिजन राष्ट्रिय फुटसल लिग अन्तर्गत आइतबार घरेलु टोली सविन मेमोरियल फुटसल क्लब ढुकु फुटसल हबसँग पराजित भएको छ । आइतबार भएको पहिलो खेलमा लुम्बिनी फुटसलले झरना स्पोट्र्स क्लबलाई ६–२ गोलले हरायो । लुम्बिनीको जितमा रुपेन बराइलीले २ तथा कप्तान अन्जन थापा, घेली शेर्पा, रेइफी महर्जन र रोजल दाहालले समान १–१ गोल गरे । झरनाका लागि मोहन बहादुर थापा मगर र अमित गुरुङले १–१ गोल गरे । जितसंगै लुम्बिनीले ३ अंक बटुलेको छ ।… पुरा पढौ

लिभरपुलले जित निकाल्दा सिटी बराबरीमा रोकियो

काठमाडौं । प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभपुरले क्रिस्टल प्यालेसलाई हराउँदा साविक विजेता म्यानचेस्टर सिटीले बराबरीमा रोकिएको छ । लिभपुलको घरेलु मैदान एन्फिल्डमा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेसलाई ३–० ले पराजित गर्दा अर्को खेलमा म्यानचेस्टर सिटी साउथ ह्याम्पटनसँग गोल रहित बराबरीमा रोकिएको हो । जितसँगै लिभरपुल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । निकै रोमाञ्चक बनेको खेलमा लिभपुललले साडियो मानेको गोलबाट सुरुआती अग्रता निकालेको थियो । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा मानेले गोल गर्दै पाहुना… पुरा पढौ

स्पोर्टस क्यासलको फराकिलो जित

पोखरा-धरानको राइजिङ फुटसल क्लबले राष्ट्रिय ए डिभिजन फुटसल लिग प्रतियोगितामा विजयी शुरुवात गर्दा स्पोर्टस क्यासलको फराकिलो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा शनिबारदेखि शुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा द राइजिङ क्लब धरानले स्काइ गोल्डमाथि पुनरागमन जित निकाल्यो । पहिलो हाफमा १–० गोलले पछि परेको धरान दोस्रो हाफमा भने निकै उत्कृष्ट लयमा फर्किदैै ५–४ गोलको नजितासँगै जित आत्मसात गर्यो । धरानको जितमा रिवोस मास्केले २ तथा मिलन लिम्बु र दोेर्जे तामाङले समान १–१ गोल गरे । मास्के खेलको… पुरा पढौ

अग्रता जोगाउन नसक्दा नेपाल पराजित

काठमाडौं-१०औं मिनेटमा लिएको अग्रता जोगाउन नसक्दा नेपालले फिलिपिन्स विरुद्ध ऐतिहासिक जित निकाल्नबाट चुकेको छ । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत पहिलो खेलमा नेपाल फिलिपिन्ससँग २–१ ले पराजित भएको हो । नेपालले १० मिनेटमा विमला चौधरीको हेडर गोलबाट अग्रता लिएको नेपालले अन्तिम मिनेटमा गोल खाँदा इतिहास कोर्ने मौकाबाट बञ्चित भएको हो । यस अघि सन १९९९ को एएफसी महिला च्याम्पियनसिपमा नेपाल फिलिपिन्ससँग ५–० ले पराजित भएको थियो । खेल बराबरी आएपछिको दुई मिनेट पछि इन्जुरी समयमा दोस्रो गोल गर्दै अग्रता… पुरा पढौ