⚽ फुटबल

डिफेन्डिङ च्याम्पियनलाई पहिलो गाँसमै ढुङ्गा

एजेन्सी । डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी इङ्लिस प्रिमियर लिगमा टोटनह्यामसँग १–० ले पराजित भएको छ । गएराती आफ्नै मैदानमा भएको खेलमा टोटनह्यामले डिफेन्डिङ च्याम्पियनलाई १–० ले स्तब्ध बनाएको हो । घरेलु टोलीलाई विजयी गराउनसन हिउङ मिनले ५५ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । नयाँ प्रशिक्षक नुनो इस्पीरितो सान्तोको प्रशिक्षणमा टोटनह्यामले सिजनको पहिलो खेलमा साविक विजेता म्यान्चेस्टर सिटीलाई स्तब्ध बनाएको हो । यो जितसँगै टोटनह्यामले चर्चित स्ट्राइकर ह्यारी केन बिना पनि उत्कृष्ट प्रदर्शन गर्न सक्ने सन्देश दिएको छ । केनलाई… पुरा पढौ

लिड्समाथि म्यानचेस्टर युनाइटेडद्वारा गोल वर्षा

एजेन्सी । बुर्नाे फर्नान्डेजको ह्याट्रिकको सहयोगमा म्यानचेस्टर युनाइटेडले लिड्स युनाईटेडमाथि ५–१ को फराकिलो जित निकाल्दै प्रिमियर लिगमा सुखद सुुरुआत गरेको छ । ओल्ड ट्राफोर्डमा पाहुना टोली लिड्समाथि रबाफिलो जित निकाल्दै म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगमा विजयी यात्रा आराम्भ गरेको हो । युनाइटेडलाई फराकिलो जित दिलाउनका लागि पाउल पोग्बाको खेल उत्कृष्ट खेल रह्यो । लिड्सविरुद्ध फराकिलो जित निकाल्दा पोग्बा एक्लैले चार गोलका एसिस्ट गरे । ब्रुनो फर्नान्डेजसले ह्याट्रिकबाट प्रिमियर लिगको सुरुआत गरेका छन् । यस्तै मासन ग्रीनउड र फ्रेडले एक/एक गोल आफ्नो… पुरा पढौ

ब्रेन्टफोर्डसँग आर्सनलको अप्रत्यासित हार

एजेन्सी । ७४ वर्ष पछि शीर्ष डिभिजनमा बढुवा भएको ब्रेन्टफोर्डले बलियो प्रतिद्वन्द्वी आर्सनललाई २–० ले हराउँदै नयाँ सिजनको प्रिमियर लिगमा सुखद सुरुआत गरेको छ । शुक्रबार राति भएको पहिलो खेलमा आर्सनल नवप्रवेशी क्लब ब्रेन्टफोर्डसँग पराजित हुँदा नयाँ सिजनको प्रिमियर लिगमा आर्सनलले खराब सुरुआत गरेको छ । ब्रेन्टफोर्डलाई जित दिलाउन सेर्गी कानोस र क्रिस्टियन नोएर्गार्डले एक एक गोल आफ्नो नाममा लेखाए । घरेलु मैदानमा खेलको २२ औं मिनेटमा सेर्गीले गोल गर्दै ब्रेन्टफोर्डलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३ औं… पुरा पढौ

नेपाली राष्ट्रिय फुटबल टोलीको पोखरामा प्रशिक्षण

पोखरा- मंगलबार पोखरा आईपुगेको राष्ट्रिय फुटबल टोलीले बिहीबारदेखि पोखरा रंगशालामा प्रशिक्षण शुरु गरेको छ । बिहीबार दिउँसो टोलीले प्रशिक्षण शुरु गरेको हो । प्रशिक्षणमा कप्तान किरण चेम्जोङ तथा प्रशिक्षक अब्दुल्लाह अल्मुताईरी भने उपस्थिति रहेनन् । दुवै जना विहीबार नै पोखराबाट काठमाडौं प्रस्थान गरेका थिए । अखिल नेपाल फुटबल संघ(एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ र नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अल्मुताइरीबीचको विवादको समााधान गर्न गठित समितिले छानविन शुरु गरेको थियो । छानविनकै क्रममा चेम्जोङ र अल्मुताईरीको बयान लिइएको हो… पुरा पढौ

ए डिभिजन क्लबमा पोखरेली खेलाडीको सहभागिता घट्दै

पोखरा-पोखराको फुटबल गतिविधि शून्यमा छ । एकातिर कोभिडको लहर छ । अर्कोतिर कास्की जिल्ला फुटबल संघ निष्क्रिय छ । आर्थिक पारदर्शीता नभएको ठहर्दै अखिल नेपाल फुटबल संघ(एन्फा)को छानविनमा परेको छ । छानविनले रिपोर्ट तयार पारेपनि सार्वजनिक गरिएको छैन् । फुटबल संघ कास्कीको एकातिर निष्क्रियता र अर्कोतिर फुटबलको गतिविधि शून्यताले पोखराबाट ए डिभिजन लिग खेल्ने खेलाडीहरु विस्तार घट्दै गएका छन् । खेलकुदको शहरको परिचय बोकिरहँदा पोखराबाट नयाँ खेलाडीले फुटबल दरिलो उपस्थिति देखाउन सकेका छैनन् । त्यसो त कास्की जिल्ला फुटबल संघलाई… पुरा पढौ

फ्रि ट्रान्सफरमा मेसी पिएसजीसँग दुई वर्ष जोडिए

एजेन्सी- लियोनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्धित भएका छन ।पीएसजीले अर्जेन्टिनाका कप्तान मेस्सीलाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको छ । ३४ वर्षीय मेस्सीले पीएसजीसँग दुई वर्षको सम्झौता गरेका छन् भने सम्झौता थप गर्नका लागि विकल्प समेत दिईएको छ । सुरक्षाकर्मी माझ अभिवादन गर्दै । बार्सिलोनाबाट खेल्दा १० नम्बर जर्सी लगाएका मेसीले पिएसजीमा ३० नम्बर जर्सी लगाउने छन् । ६ पटकको बालोन डी ओर विजेता मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएपछि पीएसजीमा आबद्द भएका हुन । वित्तीय… पुरा पढौ

साफ माल्दिभ्समा हुने

काठमाडौं- १३ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अक्टोबर १ देखी १३ सम्म माल्दिभ्समा आयोजना हुने भएको छ । सोमबार बसेको दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले प्रतियोगिता आयोजनाको जिम्मा माल्दिभ्सलाई दिने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)का महासचिव इन्द्रमान तुलाधारले जानकारी दिए । १३ औं साफ च्याम्पियनसिपमा नेपाल, भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकाले खेल्ने पक्का भईसकेको छ भने भुटानले तीन दिनपछि निर्णय दिने जनाएको एन्फाले जानकारी दियो ।वर्ष दिन पछि धकेलिएको प्रतियोगिता यस अघि सेप्टेम्बर… पुरा पढौ

सिटीलाई हराउँदै लेष्टरले उचाल्याे कम्युनिटी शिल्डको उपाधि

एजेन्सी । लेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ । वेम्बली स्टेडियममा शनिबार भएको फाइनलमा म्यानचेस्टर सिटीलाई १-० ले पराजित गर्दै लेष्टरले उपाधि जितेको हो । लेष्टरलाई उपाधि दिलाउन केलिची इहिनाचोले निर्णायक गोल गरे । केलिचीले खेलको ८९ औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरे । सिटीका नाथन एकेले पेनाल्टी क्षेत्रमा केलिचीलाई फाउल गरेपछि लेष्टरले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो । जसमा केलिचीले सहजै गोल गरे । लेष्टरले दोस्रो पटक कम्युनिटी शिल्डको उपाधि जितेको हो । सिटी भने सातौं पटक उपाधि जित्नबाट बन्चित भएको… पुरा पढौ

मेस्सी पिएसजी जाने सम्भावना

एजेन्स-बार्सिलोनाको सम्बन्धबाट टाढिएका लियोनेल मेस्सीलाई पेरिस सेन्ट जर्मेन(पिएसज)ले भित्र्याउने तयारी गरेको छ । पिएसजीले मेस्सीलाई तीन वर्षको सम्झौताको अफर गर्दै राजधानी पेरिस ल्याउने तयारी गरेको छ । गरिएको तयारी भने सकारात्मक रहेको पिसएजीसँगै मेस्सीका प्रतिनिधिले जनाएका छन् । पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले ३४ वर्षिय मेस्सीलाई सम्झौता गरेर भित्रयाउने सम्भावना रहेको जिकिर गरेका छन् । आगामी सोमबारभित्रमा मेस्सीलाई सम्झौता गर्ने विषयमा टुंगिने सम्भावना रहेको पिएसजीका प्रशिक्षक पोचटिनोले बताएको इएसपिएनले उल्लेख गरेको छ । थप छलफल मेस्सीको पिता तथा एजेन्टसँग भईरहेको छ… पुरा पढौ

किर्तिमान मूल्यमा सिटीले भित्र्यायो ग्रियलिसलाई

एजेन्सी-एष्टन भिल्लाका खेलाडी ज्याक ग्रियलिसलाई म्यानचेष्टर सिटीले अनुबन्धन गरेको छ । ग्रियलिसलाई सिटीले ब्रिटिसकै सर्वाधिक मूल्यमा भित्रयाएको हो । सिटीले ग्रियलिसलाई भित्र्याउन १०० मिलियन पाउण्ड खर्चिएको छ । युरोकप २०२० मा ब्रिटिस खेलाडी ग्रियलिसको प्रदर्शन लोभालाग्दो थियो । त्यही लोभलाग्दो प्रदर्शन देखेर नै उनलाई सिटीले किर्तिमान मूल्यमा भित्र्याएको हो । पुरा पढौ