⚽ फुटबल

मेस्सी पिएसजी जाने सम्भावना

एजेन्स-बार्सिलोनाको सम्बन्धबाट टाढिएका लियोनेल मेस्सीलाई पेरिस सेन्ट जर्मेन(पिएसज)ले भित्र्याउने तयारी गरेको छ । पिएसजीले मेस्सीलाई तीन वर्षको सम्झौताको अफर गर्दै राजधानी पेरिस ल्याउने तयारी गरेको छ । गरिएको तयारी भने सकारात्मक रहेको पिसएजीसँगै मेस्सीका प्रतिनिधिले जनाएका छन् । पिएसजीका प्रशिक्षक मौरिसियो पोचेटिनोले ३४ वर्षिय मेस्सीलाई सम्झौता गरेर भित्रयाउने सम्भावना रहेको जिकिर गरेका छन् । आगामी सोमबारभित्रमा मेस्सीलाई सम्झौता गर्ने विषयमा टुंगिने सम्भावना रहेको पिएसजीका प्रशिक्षक पोचटिनोले बताएको इएसपिएनले उल्लेख गरेको छ । थप छलफल मेस्सीको पिता तथा एजेन्टसँग भईरहेको छ… पुरा पढौ

किर्तिमान मूल्यमा सिटीले भित्र्यायो ग्रियलिसलाई

एजेन्सी-एष्टन भिल्लाका खेलाडी ज्याक ग्रियलिसलाई म्यानचेष्टर सिटीले अनुबन्धन गरेको छ । ग्रियलिसलाई सिटीले ब्रिटिसकै सर्वाधिक मूल्यमा भित्रयाएको हो । सिटीले ग्रियलिसलाई भित्र्याउन १०० मिलियन पाउण्ड खर्चिएको छ । युरोकप २०२० मा ब्रिटिस खेलाडी ग्रियलिसको प्रदर्शन लोभालाग्दो थियो । त्यही लोभलाग्दो प्रदर्शन देखेर नै उनलाई सिटीले किर्तिमान मूल्यमा भित्र्याएको हो । पुरा पढौ

आर्थिक समस्याकै कारण मेस्सीसँग सम्झौता गर्न अमसर्थ

एजेन्सी-अर्जेन्टिनियन स्टार खेलाडी बार्सिलोनाका खम्बा लियोनेल मेस्सीले अन्तत बार्सिलोना छाडेका छन् । बार्सिलोनासँगको सम्झौता सकिएपछि सम्झौताको पखाईमा रहेका मेस्सीले बार्सिलोनाको सम्झौता नविकरणका गरेका छैनन् । सम्झौता नविकरण नगर्नुको मुख्य कारण आर्थिक रहेको छ । बार्सिलोना पछिल्लो समय आर्थिक संकटग्रस्त बन्दै गएको छ । कोभिड–१९ को महामारीसँगै बार्सिलोनाले खेलाडीलाई दिदैं आएको पारिश्रमिकमा समेत कटौती गर्दै आएको थियो । बार्सिलोनाले मेस्सीसँगको सम्झौता नहुनुको मुख्य कारण नै आर्थिक समस्या देखाएको छ । क्लबले उदघोष गरेको छ कि नयाँ सम्झौताको लागि आर्थिक समस्याकै कारण… पुरा पढौ

खेलाडीलाई खोप लगाएपछि उपल्लो मुस्ताङ खेलकुद प्रतियोगिता

पोखरा-अरु जिल्लामा खेलकुद सुनसान छ । तर हिमालपारीको जिल्ला मुस्ताङमा भने खेलकुदको रौनक छ । अरुतिर कोरोना विरुद्धको खोपको अभियानमा रहँदा माटोको शहर लोमान्थाङबासी भने खेलकुदमा रमाएका छन् । स्थानीयबासीमा खेलकुदको उत्साह छ । बिहीबारदेखि लो–घेकर दामोदरकुण्ड गाउँपालिका २ ढाकमारमा ‘तेस्रो छोक्याल जिङ्मी स्मृति कप’ खेलकुद प्रतियोगिता शुरु भएको छ । उदघाटन गण्डकी प्रदेशका सदस्य इन्द्रधारा विष्टले गरे । आयोजकको जिम्मेवारी जनचेतना युवा क्लबको काँधमा छ । आयोजना वर्षेनी फरक फरक युवा क्लबले गर्दै आएको छ । प्रतियोगिता आयोजना गर्न… पुरा पढौ

पोखराको फुटबल मैदान मनाङ मस्र्याङ्दीको होम ग्राउण्ड

पोखरा-अखिल नेपाल फुटबल संघले शहीद स्मारक लिग गर्ने तयारीमा जुटेको छ । क्लब भने घरेलु मैदान(होम ग्राउण्ड) खोज्न व्यस्त छन् । लिगमा सर्वाधिक सफल मध्येको क्लब मनाङ मस्र्याङ्दीले पोखरा रंगशालाको फुटबल मैदानलाई होम ग्राउण्ड बनाउने प्रस्ताव अघि बढाएको छ । यद्यपी प्रस्तावको निर्णय भईसकेको छैन् । गण्डकी प्रदेशकै सफल क्लब मनाङ मस्र्याङ्दीलाई पोखरा रंगशाला फुटबल मैदानलाई होम ग्राउण्ड बनाउने विषयमा छलफल समेत भईसकेको छ । क्लबका पदाधिकारी तथा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखराका पदाधिकारी बीच छलफल भएको छ ।… पुरा पढौ

लिग निर्धारित मितिमा गर्न क्लब सहमत

काठमाडौं-असोज ३ गतेबाट तय भएको सहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाका लागि १४ क्लब सहमत भएका छन् । आइतबार सातदोबाटो स्थित एन्फा मुख्यालयमा बसेको ‘ए’ डिभिजनका १४ क्लबका प्रतिनिधिसँग छलफलमा क्लब सहमत भएका हुन । छलफलमा सबै क्लबले लिग खेल्न सहमत भएको तर खेलाडीको स्वास्थ्य र सुरक्षाको विषयमा भने चिन्ता व्यक्त गरेका छन् । ब्रिगेड ब्वाइज क्लबका अध्यक्ष लाल कुमार पुनले लिग खेल्ने क्रममा खेलाडीको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्ने धारण राख्दा थ्री स्टार क्लबका महासचिव सञ्जिब शिल्पकारले एन्फालाई बुझाएको पुरानो ज्ञापन… पुरा पढौ

साफ च्याम्पियनसिप आयोजना गर्न एन्फालाई प्रस्ताव

काठमाडौं-दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले १३औं साफ च्याम्पियनसिप आयोजना गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)लाई औपचारिक प्रस्ताव गरेको एन्फाले बताएको छ ।साफका महासचिव अनवारूल हकले एन्फा महासचिव इन्द्रमान तुलाधरलाई पत्र लेख्दै साफ आयोजनाको औपचारिक प्रस्ताव गरेको एन्फाले जनाएको हो । महासचिव तुलाधरले साफ आयोजनाका लागि नेपालले बिस्तृत प्रस्ताव तयार गरि अनुमोदनका लागि साफलाई पठाउने बताएका छन् । प्रस्ताव पठाएसँगै आयोजनाका लागि अगस्ट पहिलो साता बस्ने कार्यकारी बैठकबाट निर्णय हुनेछ । यस अघि जुलाई २३ मा सदस्य राष्ट्रहरुबीच साफ च्याम्पियनसिप… पुरा पढौ

अर्जेन्टिना अष्ट्रेलियासँग स्तब्ध

पोखरा-दशखेलाडीमा समेटिएको अर्जेन्टिनालाई ओलम्पिक २०२० अन्तर्गत यु २३ फुटबलमा अष्ट्रेलियाले २-० गोलले पराजित गरेको छ । पहिलो हाफको इन्जुरी समयमा दश खेलाडीमा समेटिएको अर्जेन्टिनालाई पहिलो हाफ अघि र दोस्रो हाफमा एक एक गोल गर्दै अष्टर्ेलियाले जित दर्ता गरेको हो । पहिलो हाफको इन्जुरी समयमा फ्रान्स्सिको ओर्टेगाले रातो कार्ड खाँदै मैदान छाडेपछि खर्जेन्टिना दश खेलाडीमा समेटिएको थियो । अष्ट्रेलियाले पहिलो हाफमै अग्रता लिएको थियो । खेलको १४ औं मिनेटमा लाचलान वालेसले पहिलो गोल गर्दै अष्ट्रेलियालाई अग्रता दिलाएका थिए । मिचेल डुकेको… पुरा पढौ

प्रशिक्षकको आपत्ती

लन्डन-(एएफपी)– इटालीविरुद्ध पेनाल्टी सुटआउटमा गोल गर्न असफल तीन खेलाडीमाथि भएको रंगभेदी दुब्र्यवहारलाई लिएर प्रशिक्षक ग्यारेथ साउथगेटले अक्षम्य भन्दै कडा आपत्ती जनाएका छन् । युरोकप फुटबल अन्तर्गत आइतबार भएको फाइनल खेलमा घरेलु टोली इङ्ल्यान्डका लागि मार्कस रसफोर्ड, जाडोन सान्चो र बाकुयो साकाले पेनाल्टी सुटआउटमा गोल गर्न चुकेका थिए । रसफोर्डको बल साइड बारमा लागेर फर्किएको थियो भने सान्चो र बाकुयोको बल इटालीका गोलकिपरले रोकेका थिए । पेनाल्टी प्रहारमा चुकेका उनीहरुलाई समर्थकले रंगभेदी दुव्र्यवहार गरेका हुन् । सामाजिक सञ्जालमा उनीहरुविरुद्ध रंगभेदी टिका… पुरा पढौ

खेलाडीलाई नगद पुरस्कारसहित सम्मान

काठमाडौं-घरेलु रंगशालामा थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि जितेको नेपाली राष्ट्रिय फुटबल टोलीलाई आइतबार नेपाल सरकारले नगद सहित सम्मान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेश, किर्गिस्तान र नेपाल सम्मिलित थ्री नेसन्स कपको विजेता नेपाली टोलीलाई फाइनल खेलको दिन घोषणा गरेको पुरस्कार प्रदान गरेका हुन । २३ खेलाडी र ३ प्रशिक्षकलाई सरकारले नगद सहित सम्मान पत्र प्रदान गरेको हो । गत चैत १६ भएको फाइनल खेलमा घरेलु टोली नेपालले बंगलादेशलाई दशरथ रंगशालामा २–१ ले पराजित गर्दै… पुरा पढौ