⚽ फुटबल

भारतसँगको मैत्रिपूर्ण खेलको प्रशारण अधिकार एडप्याडलाई

काठमाडौ- त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हनुे नेपाल र भारतबीचको दुई मैत्रीपूर्ण खेलको प्रशारण अधिकार एडप्याडले पाएको छ ।अखिल नेपाल फुटबल संघ (एन्फा)ले एडप्याडसँग आज प्रशारण अधिकारको सम्झौता गरेको छ । एन्फाका महासचिब इन्द्रमान तुलाधर र एडप्याडका प्रबन्ध निर्देशक सुरज गिरिले सम्झौता गरे । सम्झौता अनुसार २५ लाख १० हजारमा उडप्याडले प्रशारण अधिकार किनेको छ । अर्को साता हुने दुई मैत्रीपूर्ण खेललाई हिमालय टेलिभिजनले प्रत्यक्ष प्रसार गर्ने छ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भदौ १७ र २० गते भारतसँग मैत्रीपूर्ण… पुरा पढौ

पाउँदुरकोट युवा क्लबले सी डिभिजन लिग खेल्दै

पोखरा-कास्कीको ढिकुरपोखरी पोखराको बजार देखि २५किलोमिटर टाढा पर्छ । टाढा भएपनि फुटबलमा आफनो यात्रा सी डिभिजनबाट शुरु गर्ने योजना बनाएको छ । अन्नपूर्ण गाँउपालिकाको पाँउदुरकोट युवा क्लबले अखिल नेपाल फुटबल संघको तालिका अनुसार आयोजित सी डिभिजन लिग खेल्ने निर्णयसँगै खेलाडी प्रशिक्षणमा व्यस्त छन् । आफनो क्षमता र बलबुताले भ्याएसम्म खेलाडीले तयारी गरेका छन् । दुरदराजको क्लबले सी डिभिजन खेल्ने जमर्को गरेको हो । प्रशिक्षण गर्दै पाउँदुरकोट युवा क्लब ढिकुरपोखरीका खेलाडीहरु । गाँउपालिकामा पोखरामा जस्तो फुटबल मैदान छैन् । माछापुच्छ्रे शिक्षा… पुरा पढौ

छानविन समितिले सदस्य सचिवलाई प्रतिवेदन बुझायो

काठमाडौं -राष्ट्रिय खेलकुद परिषद्ले फुटबल संघ भित्रको बिवाद समाधानका लागि परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित “ बिवाद समाधान छानविन समितीले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुधवार बुझाएको छ । युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघको बर्तमान अवस्थामा संघ भित्र भएको बिवाद समाधानका लागि छानविन समिति गठन गर्न अनुरोध भएकोमा राखेपको कार्यकारी समितिको मिति २०७८ श्रावण १९ गतेको निर्णयानुसार सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम… पुरा पढौ

भारतसँग खेल्न २५ खेलाडीको सूची, अभिषेक टोली बाहिर

काठमाडौंं-भारतसँग हुने मैत्रीपुर्ण खेल र साफ च्याम्पियनसिपका लागि राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीको सूची तयार पर्दा स्ट्राइकर अभिषेक रिजाल टोलीबाट बाहिरिएका छन् । पोखरामा प्रशिक्षण गरिरहेको टिमबाट स्ट्राइकर अभिशेख रिजाल, गोलकिपर अर्पण कार्की सहित शिशिर लेखीलाई टोलीबाहिर राखेर प्रशिक्षकले २५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेका हुन । दक्षिण एशियाली खेलकुद प्रतियोगिता सागको स्वर्ण दिलाउँदा उत्कृष्ट खेल प्रदर्शन गरेका अभिशेख टोलीबाट बाहिरिएका हुन । भदौ १७ र भदौ २० गते नेपालले भारतसँगको मैत्रीपुर्ण खेल काठमाडौंमा खेल्दै छ… पुरा पढौ

महिला राष्ट्रिय टोलीको घोषणा

काठमाडौं-उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार बन्द प्रशिक्षणमा रहेका २८ खेलाडीबाट २३ सदस्यीय टिमको घोषणा गरेका हुन । घोषणा भएको टोलीमा अमिशा कार्की, अञ्चली वाइबा, हिमा चौधरी, मनिषा राउत र शर्मिला थापा टोलीबाट बाहिरिएका छन् । यस्तै अखिल नेपाल फुटबल संघ ९एन्फा० ले घोषणा गरेको टोलीमा ६ नयाँ खेलाडीले मौका बनाएका छन् । नयाँ अनुहारमा मिडफिल्डर प्रिती राई, फरवार्ड रश्मी घिसिङ, सबिता राना, रजनी… पुरा पढौ

एट्लेटिकोको लगातार दोस्रो जित

एजेन्सी । म्याड्रिड-साविक विजेता एट्लेटिको म्याड्रिडले स्पेनि ला लिगामा लगातार दोस्रो जित निकालेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा एट्लेटिकोले इल्चेलाई १–० गोलले हरायो । एट्लेटिकोको जितमा अर्जेन्टिीनी स्ट्राइकर एन्जल कोर्रिया नायक बने ।एन्जलले ३९औं मिनेटमा रोड्रिगो डे पउलको पासमा गोल गरेका थिए । २६ बर्षीय एन्जलले एट्लेटिकोमा सानदार प्रदर्शन गरिरहेका छन् । उनले यस अघिल्लो खेलमा पनि दुई गोल गरेका थिए । लिगको पहिलो खेलका एन्जलकै दुई गोल सहयोगमा एट्लेटिकोले सेल्टाभिगोलाई २–१ गोलले स्तब्ध बनाएको थियो ।… पुरा पढौ

हाम्रो लक्ष्य नै फाईनल हो–अल्मुताईरी

पोखरा-नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले माल्दिभ्समा हुने साफ च्याम्पियनसिपमा नेपालको लक्ष्य नै फाईनल भएको बताएका छन् । उनले साफमा फाईनलको यात्रा तय गरेर नयाँ इतिहास कोने दावी गरे । ‘तार्गेट नै फाईनल हो । फाईनल पुगेर इतिहास बनाउन चाहन्छौं ’ उनले संक्षिप्त कुराकानीमा भने–‘फाईनल पुग्नु नै पहिलो लक्ष्य हुने छ ।’ नेपाली राष्ट्रिय टोली यतिबेला पोखरामा प्रशिक्षणरत छ । केहीदिनपछि राजधानी काठमाडौं फर्किने छ । काठमाडौंमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने कार्यक्रम तय भईसकेको छ । साफ च्याम्पियनसिपमा बंगलादेश,… पुरा पढौ

रियल बेटिस र क्याडिजको दोस्रो बराबरी

म्याड्रिड । बहुप्रतिष्ठित स्पेनिस ला लिगा अन्तर्गत दोस्रो चरणको खेल शुक्रबार रातिबाट सुरु भएको छ । दोस्रो चरणको खेलमा रियल बेटिस र क्याडिजले बराबरी खेल्दै अंक बाँडेका छन् । रियल बेटिसको घरेलु मैदान बेनिटो भिल्लामारिन स्टेडियममा भएको खेलमा बेटिस र क्याडिज १–१ गोलको बराबरीमा रोकिए । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलमा सुरुवाती अग्रता पाहुना टोली क्याडिजले लियो । ११औं मिनेटमा अल्भारो नेग्रेडोले पेनाल्टीमार्फत गोलको खाता खोले । डिबक्सभित्र बेटिसका गोलरक्षक रुई सिल्भाले क्याडिजका… पुरा पढौ

छानविनसमितिले प्रतिवेदन बुधबार बुझाउने

काठमाडौं । पुरुष राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ बीचको विवाद छानविन गर्न गठन भएको समितिले बुधबार प्रतिवेदन बुझाउने भएको छ । पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा बनेको समितिले सबै १४ जनासँग बयानको काम सकिएको र प्रतिवेदन अन्तिम चरणमा पुगेको भन्दै प्रतिवेदन बुधबार सम्म बुझाउने तयारी भएको समितिकी प्रवक्ता सुवर्ण केशरीले जानकारी दिइन् । ‘विवाद समाधान गर्न गठन भएको समितिले १४ जनासँगको बयान लिने काम सकिसकेको छ । सबैले उपस्थित… पुरा पढौ

महिला टोलीको वरियतामा नेगेटिभ सर्किट

काठमाडौं । विश्व फुटबलको सर्बोच्च निकाय फिफाले जारी गरेको महिला फुटबलको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । अगस्ट महिनाका लागि फिफाले जारी गरेको तालिका अनुसार नेपालको वरियता एक स्थान खस्किँदा समग्रमा १००औं बाट १ सय १औं स्थानमा पुगेको हो । एसियाली राष्ट्रको वरियतामा भने नेपाल २१ औं स्थानमा रहेको छ । एसियाली राष्ट्र मध्येबाट उत्तर कोरिया सबै भन्दा माथि नवौं स्थानमा रहेको छ । अस्ट्रेलिया ११औं, जापान १३औं, चीन १७औं, दक्षिण कोरिया १८औं स्थानमा अटाएका छन् ।… पुरा पढौ