⚽ फुटबल

हेटौंडा र आर्मीको उपाधि भेट

हेटौंडा-पहिलो सहभागिता जनाएको विदेशी टोली अफ्रिकन रुट्स एसोसिएसन क्यामरुनलाई १–० गोलअन्तरले पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लब हेटौंडामा आयोजित शहीदस्मृति अन्तराष्ट्रिय गोल्डकपको फाईनल प्रवेश गरकेो छ । उपाधिको लागि आर्मीक्लबले शनिबार हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय गोल्डकप तेस्रो संस्करण प्रतियोगिताको फाइनलमा आयोजक टोली रिगल हेटौंडा रिसोर्ट मकवानपुरसँग शनिबार प्रतिस्पर्धा गर्ने छ । आयोजक हेटौडा रिसोर्ट मकवानपुर साविक विजेता समेत हो । आर्मीका लागि आशीष शाक्यले गोल गरे । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा त्रिभुवन आर्मी क्लबका तर्फबाट दोस्रो हाफको… पुरा पढौ

साबिक विजेताको फाईनल यात्रा

हेटौंडा-साबिक विजेता रिगल हेटौंडा रिसोर्ट मकवानपुर, हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । बुधबार भएको प्रतियोगिताको पहिलो सेमिफाइनलमा ‘ए’ डिभिजनको मच्छिन्द्र क्लबलाई हराउँर्दै मकवानपुरले फाइनलमा स्थान बनाएको हो । हेटौंडा–१० स्थित बनविज्ञान अध्ययन संस्थान (फरेष्ट्री) खेलमैदान भएको खेलमा मच्छिन्द्रलाई आयोजक टोली मकवानपुरले ४–३ गोलले हराउँदै प्रतियोगिताको फाइनल प्रवेश गरेको हो । मकवानपुरलाई जित दिलाउन अमिर श्रेष्ठले दुई, रुपेश केसी र रञ्जन बिष्टले एक–एक गोल गरेका थिए भने मच्छिन्द्रका सुजन उपरकोटी, अशोक थापा… पुरा पढौ

चितवन एफसीको मार्की खेलाडी भरत, केसी प्रशिक्षक

काठमाडौं- नेपाल सुपर लिग(एनएसएल) फ्रेन्चाईज टिमले धमाधम मार्की खेलाडी सार्वजनिक गरिरहेका छन् । फ्रेन्चाईज टिम एफसी चितवनले बुधबार नेपाली फुटबल टोलीका स्ट्राईकर भरत खवासलाई मार्की खेलाडीको रुपमा अनुबन्धित गरेको छ । । बुधबार चितवनले मार्की खेलाडीको रुपमा सम्झौता गर्दै सार्वजनिक गरेको हो । भरतसँग सम्झौतापछि । सोही अवसरमा चितवनको टोलीले प्रशिक्षकमा मेघराज केसीलाई अनुबन्ध गरेको छ । सहायक प्रशिक्षकमा शैलेस कर्माचार्य रहेको समेत एफसी चितवनले जनाएकोछ । नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना गर्ने पहिलो संकरणको प्रतियोगितामा चितवनका मालिक सञ्जित ढकालले बुधबार… पुरा पढौ

क्यामरुन सेमीफाइनल प्रवेश

हेटौंडा-हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा मंगलबार अन्तर्राष्ट्रिय क्लब अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुबल क्यामरुनले सर्लाहीकोे बागमतीलाई हराउँदै सेमीफाइनल प्रवेश गरेको छ । बागमतीलाई २–१ गोलअन्तरले हराउँदै अफ्रिकन क्यामरुन सेमीफाइनल प्रवेश गरेको हो । खेलको पहिलो हाफको २५ औं मिनेटमा बागमतीका लागि विदेशी खेलाडी स्टेफेन समिरले पहिलो गोल गरेका थिए । तर, ८९ औं मिनेटमा अफ्रिकन क्यामरुनका बास्सेकले गोल गर्दै खेललाई बराबरीमा फर्काए । ९२ औं मिनेटमा अफ्रिकन क्यामरुनका लुइसले गोल गर्दै टिमलाई जित दिलाए ।… पुरा पढौ

धादिङ समाजको फराकिलो जित

नेपालगञ्ज- एन्फा प्रेसिडेन्ट लिग–२०७७ मा मंगलबार भएको पहिलो खेलमा प्रदेश नम्बर ३ को लिग च्याम्पियन धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको छ । एन्फा प्रेसिडेन्ट लिगको दोस्रो खेलमा धादिङको तर्फको कप्तान अमिर श्रेष्ठले सर्वाधिक ४ गोल गरे । उनी खेलको म्यान अफ द म्याचबाट सम्मानित हुँदै नगद ५ हजार जित्न सफल भए । अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए । यसैगरी धादिङको तर्फबाट अन्य गोल शिशिर… पुरा पढौ

फुटबल एकेडेमी सञ्चालनमा आउने

काठमाडौं-फुटबल खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ काठमाडौं किकर्स प्रालिले काठमाडौंमा फुटबल एकेडेमी सञ्चालनमा ल्याउने भएको छ । आयोजक काठमाडौं किर्कसले मंगलबार पत्रकार सम्मेलन गरी प्रशिक्षक र काठमाडौं फुटबल क्लिनिकको सञ्चालनमा ल्याउने घोषणा गरेको हो । सोही कार्यक्रममा काठमाडौं किर्कसले स्कटल्याण्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका स्कटिस प्रशिक्षक लि मेनसनलाई अनुबन्ध पनि गरेको छ । बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० मा रहेको कपअन स्पोर्ट्स सेन्टरमा एकेडेमी सञ्चालनमा ल्याउने काठमाडौं किर्कस प्रालिका अध्यक्ष नविन पाण्डेले बताए । ६… पुरा पढौ

एन्फा प्रेसिडेन्ट लिग, सुदुरपश्चिमको स्टार सिटी विजयी

नेपालगन्ज-नेपालगन्जमा सोमबारदेखी एन्फा प्रेसिडेन्ट लिग–२०७७ प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज रंगशालामा सुरु भएको प्रतियोगिताको पहिलो खेलमा सुदुर पश्चिमको स्टार सिटी युवा क्लब कैलालीले प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहटलाई ३–० ले पराजित गरेको छ । स्टार सिटी युवा क्लबको तर्फबाट रुप बहादुर लामाले २ गोल र दिपक राज सिंह ठकुरीले १ गोल गरे । खेलको म्यान अफ द म्याच बनेका रुप बहादुरले ३ मिनेट र ८१ मिनेटमा गोल गरेका थिए । दिपक सिंह ठकुरीले ४६ मिनेटमा गोल… पुरा पढौ

लिग विजेता मच्छिन्द्र सेमीफाइनलमा

हेटौंडा-राजेश परियारको निर्णायक गोल गरेपछि ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्र क्लब हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति गोल्डकप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । राजेश परियारको गोल नै निर्णायक बनेपछि संकटा संकटमा परेको हो । २४ औं मिनेटमा परियारको उत्कृष्ट गोलसँगै मच्छिन्द्र क्लब विजयी भएको हो । खेलमा जित हात पारेको मच्छिन्द्र प्रतियोगिताको सेमीफाइनल प्रवेश गरकोे छ । मच्छिन्द्रका परियार नै प्रतियोगिताको म्यान अफ दी म्याच घोषित भए । गोल गरेलगत्तै नेपाली फुटबल टोली तथा मच्छिन्द्रका खेलाडी… पुरा पढौ

कोषाध्यक्षद्वारा राजीनामा

पोखरा-कास्की जिल्ला फुटबल संघकी कोषाध्यक्ष विजयाकुमारी गुरुङले आफनो जिम्मेवारीबाट राजीनामा दिएकी छन् । तीन वर्ष अघि निर्वाचित कास्की जिल्ला फुटबल संघको कार्यसमितिले गुरुङलाई मनोनयन गर्दै कोषाध्यक्षको जिम्मेवारी सुम्पिएको थियो । जिम्मेवारी सम्हालेको वर्षदिनपछि नै कास्की जिल्ला फुटबल संघको नेतृत्व विशेष गरी अध्यक्ष मिलन गुरुङसँगको विवाद शुरु भएको थियो । कोषाध्यक्ष गुरुङ पोखरा–१ बगरस्थिति बिटी क्लबको अध्यक्ष समेत हुन् । कोषाध्यक्षले आफुलाई राजीनामा दिन अध्यक्षले आग्रह गरेपछि राजीनामा दिएको खुलासा गरिन् । ‘आफनै क्लबले आयोजना गरेको फुटबलमा व्यस्त थिएँ । फुटबलमा… पुरा पढौ

संकटा मकवानपुर गोल्डकपको क्वाटरफाईनलमा

हेटौंडा-नेपाल पुलिस क्लबलाई १—० ले पराजित गर्दै संकटा क्लब स्थानीय तह शहीद स्मृति गोल्डकपको क्वार्टरफाइनल प्रवेश गरेको छ । हेटौंडा–१० स्थित बनविज्ञान खेलमैदानमा जारी प्रतियोगिताअन्तर्गत् शनिबार ३१ औं मिनेटमा विदेशी खेलाडी एकियो कालेले गोल गरेका थिए । नेपाल पुलिस क्लबको खेल उत्कृष्ट रहे पनि गोल गर्नबाट चुकेपछि संकटा अन्तिम आठमा प्रवेश गर्यो । गोल गर्ने मौका पुलिसले थुप्रैपटक गुमाएको थियो । खेलमा उत्कृष्ट प्रदर्शन गरेका संकटाका नितिन थापा म्यान अफ दी म्याच घोषित भए । उनले १० हजार रुपिया प्राप्त… पुरा पढौ