⚽ फुटबल

मिया सान मियालाई एट ए साईडको उपाधि

पोखरा-बगर भाइखलकद्वारा आयोजित एट ए साइड भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौको मिया सान मिया एफसीले जितेको छ । शनिबार पोखराको पुरानो टुडिखेलमा आयोजित फाईनल खेलमा डिफेण्डिङ च्याम्पियन टी बर्गर ललितपुरलाई ४–१ ले पराजित गर्दै उपाधि जितेको हो । उपाधिसँगै मिया साान मियाले रनिङ शिल्ड सहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता टि वर्गरले नगद ५५ हजार ५ सय ५५ रुपैयाँमा चित्त बुझायो । खेलमा पहिलो गोलको खाता खेलकौ १६ औै मिनेटमा मिया सान… पुरा पढौ

आहामा आठ टिम

पोखरा-चारदिन पछि धकेलिएको आहा रारा गोल्डकपमा घरेलु क्लबसहित आठ टोलीले प्रतिस्पर्धा गर्न छन् । सहारा क्लबले आगामी चैत २१ गतेदेखि आयोजना गर्ने १९ औं सस्करणको आहा रारा गोल्डकपमा घरेलु टोली सहारा क्लब पोखरासहित ८ टोलीले उपाधि प्रतिस्पर्धा गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । क्लब सहभागितामा कम भएपछि आयोजक सहारा क्लबले चार दिन पछि सार्र्दै पोखरा रंगशालामा २१–२८ गतेसम्म सञ्चालन गर्ने छ । प्रतियोगितामा यस वर्ष डिफेण्डिङ च्याम्पीयन मनाङमस्र्याङ्दी क्लवसहित गत वर्षको उपबिजेता नेपाल पुलिस क्लव, थ्रीस्टार क्लव, सशस्त्र… पुरा पढौ

भगवती र कुमारीको बी डिभिजन लिगमा सुखद अन्त्य

काठमाडौं- सहिद स्मारक ’बी’ डिभिजन लिग अन्तर्गत आफ्नो अन्तिम लिग खेलमा श्री भगवती क्लब र श्री कुमारी क्लबले सुखद अन्त्य गरेका छन् ।अखिल नेपाल फुटबल संघको मुख्यालय मैदानमा सम्पन्न खेलमा श्री भगवतीले ब्वाइज युनियन क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दा अर्को खेलमा कुमारीले टुसाल युथ क्लबलाई ४–० ले पराजित गर्दै लिगमा सुखद अन्त्य गरेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र प्रज्वल थापा मगरले एक एक गोल गरे । ब्वाइजका टंक बहादुर स्याङतानले सान्तोवना गोल… पुरा पढौ

ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटोको पहिलो हार

काठमाडौं-खुमलटार दशौं खेलमा श्री भगवतीसँग २–१ ले पराजित भएपछि ए डिभिजनमा बढुवा भइसकेको सातदोबाटो युथ क्लबले राजधानीमा जारी सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलमा पहिलो हार बेहोरेको छ । सोमबार भएको खेलमा मध्यपुर युथ एसोसियसनसँग २–१ गोल अन्तरले पराजित हुँदै सातदोबाटोले पहिलो हार व्यहोरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा मध्यपुरलाई जित दिलाउन कैलाश लामिछाने खत्री र सन्नी लामाले एक÷एक गोल गरे भने सातदोबाटोका माल्डिना आङथुपुले एक गोल फर्काएका थिए । खेलको २९ औं मिनेटमा कैलाशको गोलबाट मध्यपुरले अग्रता लिएको थियो… पुरा पढौ

म्यानचेष्टर डर्बीमा युनाईटेडको महत्वपूर्ण जित

एजेन्सी-ईग्लिस प्रिमियर लिग अन्तर्गत गएराती भएको म्यानचेष्टर डर्बीमा युनाईटेडले जित निकाल्दै लिग लिगर सिटीसँगको दुरी कम गरेको छ । म्यानचेष्टर डर्बी म्याचमा पराजित भएपनि सिटी ११ अंकले अघि छ । युनाईटेड ५४ अंकमा दोस्रो स्थानमा रहदाँ सिटी भने ६५ अंकसहित शीर्षस्थानमा यथावत छ । सिटीको घरेलु मैदानमा युनाईटेडले महत्वपूर्ण जित निकाल्दै तीन अंक जोड्यो । इत्तिहाड स्टेडियममा दोस्रो मिनेटमै सिटी आफनै मैदानमा पछि परेको थियो । दोस्रो मिनेटमै ब्रुनो फर्नाण्डेजले पेनाल्टीमा गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । पहिलो हाफ एक… पुरा पढौ

मड्रिड डर्बी बराबरीमा अंक बाँडे

एजेन्सी-खेल सकिन दुई मिनेट बाँकी रहँदा करिम बेन्जेमाले गोल गरेपछि मड्रिड डर्बीमा रियल एथलेटिको अंक बाँडेकोे छ । वान्दा मेट्रो पोलिटिनो मैदानमा ला लिगा अन्तर्गत गएराती भएको खेलमा रियलका लागि बेन्जेमाले ८८ औं मिनेटमा बराबरी गोल गर्दै डर्बी म्याचमा हारबाट जोगाएका थिए । बार्सिलोनासँग अंक बराबरी गर्ने अवसरलाई गुमाएको छ । बार्सिलोना ५६ अंकसहित दोस्रो स्थानमा रहँदा रियल ५४ अंक सहित तेस्रो स्थानमा छ । लिग लिगर एथलेटिका मड्रिड भने ५९ अंक छ । खेलको १५ औं मिनेटमा लुईज स्वारेजले… पुरा पढौ

चौथो विरेन स्मृति बिटी कपको उपाधि एम-१२ लाई

पोखरा-बुद्धटोल युवा क्लब पोखराद्वारा आयोजित ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिताको उपाधि एम टुवेलले जितेको छ । पोखरा महानरपालिका १ स्थित पुरानो टुडिखेलमा आज (शनिबार) सम्पन्न फाईनल खेलमा कमलपोखरी क्लबलाई ४–० को फराकिलो गोल अन्तरले पाराजित गर्दे एम टुवेलले उपाधि जितेको हो । एम टुवेलको जीतमा म्यान अफ द म्याच बनेका मनिस क्षेत्री, अविनाश तामाङ, सरोज तामाङ र मनोज गुरुङले समान १ गोलको योगदान दिए । उपाधिसँगै एम टुवेलले शिल्ड, मेडल… पुरा पढौ

खुमलटार श्री भगवती युथ क्लबसँग पराजित

काठमाडौं- उपाधि होडमा रहेको खुमलटार युथ क्लब श्री भगवती युथ क्लबसँग पराजित हुँदा ब्वाइज युनियनले टुसाल युथ क्लबलाई हराएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा भएका खेलमा खुमलटार श्री भगवती युथ क्लबसँग २–१ ले पराजित हुँदा ब्वाइज युनियनले टुसालल युथ क्लबमाथि १–० को संघर्ष पूर्ण जित निकालेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा खुमलटार पराजित भएको हो । खेलको २६ औं मिनेटमा सबिन केसीले गोल गर्दै खुमलटारलाई अग्रता दिलाएका थिए । तर, खेलको ४१ औं… पुरा पढौ

भगवतीको संघर्षपूर्ण जित,आरसिटी र कुमारीले अंक बाडे

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजिन लिगमा बिहीबार रानीपोखरी कर्नर टिम (आरसिटी) र श्री कुमारी क्लबले बराबरी खेल्दा श्री भगवती क्लबले झम्सीखेल युथ क्लबमाथि संघर्षपूर्ण जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको दोस्रो खेलमा आरसिटीले लिएको सुरुआती अग्रतालाई जोगाउन नसक्दा अंक बाँड्न बाध्य भएको हो । तेस्रो मिनेटमा अजित गुरुङले गोल गर्दै आरसिटीलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा कुमारीका युवराज राईले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । त्यसपछि दोस्रो… पुरा पढौ

खुमलटारको शीर्ष डिभिजनमा फर्किने सम्भावना जिवितै

काठमाडौं -राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियनलाई हराउँदै खुमलटार युथ क्लबले शीर्ष डिभिजनमा उक्लिने सम्भावनलाई जिवितै राखेको छ । लालितपुर स्थित अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा सम्पन्न खेलमा खुमलटारले ब्वाईज युनियनमाथि ३–० को जित निकाल्दै ‘ए’ डिभिजन लिगमा उक्लिने सम्भावनलाई जिवितै राखेको हो । खुमलटारले शीर्ष स्थानको सातादोबाटोसँग २२ अंकको बराबरी गर्दा सम्भावन जिवितै रहेको हो । यद्यपि एक खेल कम खेलेको सातदोबाटोको पनि समान २२ अंक नै रहेको छ । स्तरीय खेल देखाएको खुमलटारको… पुरा पढौ