⚽ फुटबल

खुमलटार र ब्वाइज युनियनलाई सफलता

काठमाडौं, फागुन १६ । महेश राईले तेस्रो मिनेटमा गरेको गोल निर्णायक बन्दा खुमलटारले झम्सिखेल युथ क्लबमाथि आइतबार ‘बी’ डिभिजिन लिगमा साँघुरो जित निकाल्दा अर्को खेलमा मिलन लिम्बूको ह्याट्रिकबाट ब्वाइज युनियनले नयाँ वस्ती युवा क्लबमाथि ३–० को सहज जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा खुमलटारले जारी लिगमा छैटौं जित निकालेको हो । प्रतिस्पर्धात्मक बनको खेलमा खुमलटारले पहिलो हाफमा लिएको अग्रतालाई जोगाएर महत्वपूर्ण तीन अंक लिग तालिकामा अंक जोड्न सफल भएको हो ।… पुरा पढौ

विरेन स्मृति १४ औं बि.टी कप’ सुरु

पोखरा-बुद्धटोल युवा क्लब बगरको आयोजनामा पुरानो टुडिखेलमा ‘चौथोे विरेन स्मृति १४ औं बि.टी कप सेभेन ए साईड नकआउट अन्तर क्लब फुटबल प्रतियोगिता सुरु भएको छ । नारायण गोपाल एजुकेशन एफसीलाई ५–० को फराकिलो गोल अन्तरले हराउदै उद्घाटन खेलबाट बिटी निलो दोस्रो चरणमा प्रवेश गर्याे । बिटी निलोको जीतमा सगुन शर्माले ह्याट्रिकको योगदान दिए भने दिपक तामाङ र आटिया तामाङले समान १÷१ गोल गरे । त्यस्तै दोस्रो खेलमा मयुर टाईन्म न्यूजलाई चाउथे एफसीले २–१ गोल अन्तरले पराजित गरेको प्रचारप्रसार संयोजक अमृत… पुरा पढौ

चैत दोस्रो साता पोखरामा ३ लाख नगद राशीको फुटसल

पोखरा-पोखरामा सर्वाधिक पुरस्कार राशीको फुटसल प्रतियोगिता आगामी चैत दोस्रो साता आयोजना हुने भएको छ । स्र्पोटस क्यासल पोखरा–४ गैह्रपाटनको आयोजना तथा राजन ब्रदरहुडको प्रस्तुति(प्रायोजन)मा ३ लाख नगद राशी पुरस्कारको फुटसल प्रतियोगिता हुने भएको हो । आगामी चैत १० देखि १२ गतेसम्म स्पोर्टस क्यासलको फुटसल एरिनामा हुने छ । फुटबल र फुटसलको विकास गर्ने उद्देश्यसहित राजन ब्रदुरहुडको प्रायोजनमा पुरस्कार राशीको प्रतियोगिता आयोजनाको तयारी गरिएको ब्रदरहुडका अध्यक्ष राजन गुरुङले सुनाए । ‘पोखरामा फुटबल र फुटसलको क्रेज छ । त्यो क्रेजलाई ध्यान राख्दै… पुरा पढौ

बाँसबारीले दोस्रो स्थानमा उक्लिने मौका गुमायो

काठमाडौं- श्री कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिएको बाँसबारी युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग तालिकाको दोस्रो स्थानमा उक्लिने मौका गुमाएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा तेस्रो स्थानमा रहेको बाँसबारी आठौं स्थानको कुमारी क्लबसँग गोल रहित बराबरीमा रोकिँदा स्थान सुधार गर्ने मौका गुमाएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा बाँसबारीले दर्जनौ अवसर सिर्जना गरे पनि बाँसबारीको अग्रतपंक्ति सदुपयोग गर्न चुकेको थियो । सम्हालिएको प्रदर्शन गरेको कुमारीको पनि सोही अवस्था… पुरा पढौ

ब्रदरवुडलाई देश्ना स्मृति भेट्रान्स फुटबलको उपाधि

पोखरा- ‘दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ को उपाधि ब्रदरवुड भेट्रान्सले जितेको छ । ईन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजनामा पुरानो टुडिखेलमा आज (शनिबार) सम्पन्न फाईनल खेलमा गार्डेन भेट्रान्सलाई ट्राईबेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै ब्रदरवुड च्याम्पियन बनेको हो । च्याम्पियन बनेसँगै ब्रदरवुडले शिल्ड, मेडल सहित नगद रु ७० हजार प्राप्त गर्याे । भने उपविजेता बनेको गार्डेनले शिल्ड, मेडल सहित ४० हजारमा चित्त बुझायो । कुल १८ टिमको सहभागिता रहेको सो प्रतियोगिताबाट सर्वाेत्कृष्ट खेलाडीका रुपमा ब्रदरवुडका… पुरा पढौ

लुम्बिनी विकास बैंकद्धारा सहारा एकेडेमीलाई आर्थिक सहयोग

पोखरा-लुम्बिनी विकास बैंकले सहारा क्लवले सञ्चालन गरेको सहारा फुटबल एकेडेमीलाई २ लाख २० हजार रुपैया सहयोग गरेको छ । एकेडेमीमा रहेका २४ जना बालकहरुलाई एक वर्षका खाजाका लागि आवश्यक रकम बैंकले २ लाख २० हजार रुपैया सहयोग गरेको हो । बैकका तर्फबाट सञ्चालक रामचन्द्र सिग्देल, बैंकका मुख्य प्रबन्धक दिपक खनाल, प्रमुख सञ्चालक सुकदेब पहारी, पोखरा रामबजार शाखाका प्रवन्धक बालकृष्ण बन, न्यूरोड शाखाका शाखा प्रबन्धक बलबहादुर ढकाल, लेखसाइड शाखा शाखा प्रबन्धक महेन्द्रकुमार श्रेष्ठ लगाएतले सहारा क्लबका अध्यक्ष केशब थापालाई चेक हस्तान्तरण… पुरा पढौ

मध्यपुरको पहिलो जित, सातदोबाटोको शीर्षता कायमै

काठमाडौं- राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिगमा शुक्रबार सातदोबाटो युथ क्लबले खुमलटार युथ क्लबलाई पराजित गर्दा दिनको दोस्रो खेलमा मध्यपुर युथ एसोसियसनले टुसाल युथ क्लबालाई हराउँदै जारी लिगमा पहिलो जित निकालेका छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा सातदोबाटोले खुमलटार युथ क्लबलाई ३–२ ले पराजित गर्दा अर्को खेलमा मध्यपुरले टुसाल क्लबलाई २–० ले पराजित गरेर जारी लिगमा पहिलो जित निकालेको हो । निकै रोमाञ्चक भएको दिनको पहिलो खेलमा सातदोबाटोको जितमा दार्जे… पुरा पढौ

देश्ना स्मृति कपः ब्रदरवुड र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने

पोखरा -पोखरा महागरपालिका १ पुरानो टुडिखेलमा जारी ‘ दोस्रो देश्ना चन्द स्मृति भेट्रान्स सेभेन ए साईड नयाँगल्ली कप २०७७’ मा ब्रदरवुड भेट्रान्स र गार्डेन भेट्रान्स उपाधिका लागि भिड्ने भएको छ । आज (शुक्रबार) सम्पन्न सेमीफाईनल खेलबाट विजयी बनेको दुई टिम शनिबार पुरानो टुडिखेलमा दिउँसो १ बजे उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिता संयोजक हिटलर घलेले जानकारी दिए । उनका अनुसार आज (बिहिबार) सम्पन्न पहिलो सेमीफाईनल खेलमा सँगम एफसीलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो । उक्त खेलमा… पुरा पढौ

ब्वाइज युनियनले फराकिलो जित निकाल्दा विनोदको ह्याट्रिक

काठमाडौं- झम्सीखेल युथ क्लबमाथि ४–० को फराकिलो जित निकालेको ब्वाइज युनियन क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा बिहीबार जित निकाल्दा अर्को खेलमा रानीपोखरी कर्नर टिम (आरसिटी)ले नयाँ वस्ती युवा क्बलाई ४–२ ले हराएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा बिहीबार सम्पन्न दिनको दोस्रो खेलमा ब्वाइज युनियनले झम्सीखेल युथ क्लबलाई ४–० को फराकिलो जित निकाल्दा जारी लिगमा तेस्रो जित हात पारेको हो । निकै रोमाञ्चक बनेको खेलमा ब्वाइज युनियनलाई सफलता दिलाउन विनोद राईले ह्याट्रिक गर्दा टंक… पुरा पढौ

बाँसबारी र श्री कुमारी क्लबलाई सफलता

काठमाडौं, फागुन १२ । टुसाल युथ क्लबलाई ३–१ ले हराउँदै बाँसबारी युथ क्लब राजधानीमा जारी सहिद स्मारक ‘बी’ डिभिजन लिग तालिकाको तेस्रो स्थानमा उक्लिँदा दिनको दोस्रो खेलमा श्री कुमारी क्लबले भगवती क्लबलाई ४–१ हराएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा बाँसबारीलाई जित दिलाउन भीष्मराज घिमिरेले दुई गोल गर्दा अनिल गुरुङले एक गोल गर्न सफल भए । टुसालका सुनिल धामीले एक गोल गरे बाँसबारीको अन्तर घटाएका थिए । दुई गोल गरेका भीष्मराजले… पुरा पढौ