⚽ फुटबल

म्यानचेस्टर सिटीलाई १० अंकको अग्रता

एजेन्सी । एभर्टनलाइ हराएर लिग लिडर म्यानचेस्टर सिटीले १० अंकको अग्रता कायम गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा एभर्टनलाई ३–१ ले पराजित गरेर सिटीले अग्रता बढाएको हो । अवे मैदानमा भएको खेलमा सिटीलाई जिताउन ३२ औँ मिनेटमा फिल फोडिन, ६३ औँ मिनेटमा रियाद महरेज तथा ७७ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरे । घरेलु टोली एभर्टनका लागि ३७ औँ मिनेटमा रिचार्लिसनले एक गोल फर्काएका थिए । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५६… पुरा पढौ

सलाह र मानेको गोलमा लिभरपुलको सहज जित

एजेन्सी, फागुन ५ ।  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई हराएको छ । लिभरपुलले लाइपजिगलाई घरेलु मैदानमा २–० ले हराएको हो । लिभरपुलका मोहमद सलाह र साडियो मानेले गोल गरे । लिभरपुलका लागि खेलको ५३ औं मिनेटमा सलाह र ५८ औं मिनेटमा मानेले गोल गरेका थिए ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले गोल गरेको थियो । ५३ औं मिनेटमा सलाहले र र ५८ औं मिनेटमा मानेले… पुरा पढौ

एमबाप्पे चम्किएकाे खेलमा पीएसजीसँग बार्सिलोना स्तब्ध

एजेन्सी, फागुन ५ । घरेलु मैदानमा स्पेनिस क्लब बार्सिलाेना भ्रमणकारी टाेली फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा पराजित भएकाे छ । मंगलबार राती भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै भ्रमण सफल पारेकाे हाे । युवा फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पीएसजीले बार्सिलोनालाई उसैको मैदानमा हराएको हो । क्याम्प नाउमा सुरुवाती अग्रता बार्सिलोनाले बनाएको थियो । खेलको २७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई… पुरा पढौ

सावित्रा ६ देखी ९ महिना मैदान बाहिर

काठमाडौं-एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी चोटग्रस्त हुदाँ करिब ६ देखी नौ महिना मैदान बाहिर रहने छन् । राष्ट्रिय महिला लिगमा पुलिस विरुद्धको खेलमा घाइते भएकी सावित्राको घुँडाको शल्यक्रिया गनुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रिया गर्नुपर्ने भएकै कारण उनी लामो समय मैदान बाहिर रहने भएकी हुन् । एपिएफका टिमका व्यवस्थापक अमित मल्लले घुँडाको लिगामेन्ट च्यातिएको र तत्काल शल्यक्रिया गर्नु पर्ने भएको जानकारी दिए । ‘स्ट्राइकर सावित्राको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट ९एसिएल०, पोस्टेरियर क्रुसिएट लिगामेन्ट ९पिसिएल० र मिनिस्कसमा समस्या देखिएको छ,’ एपिएफका व्यवस्थापका… पुरा पढौ

आर्मीको सहज जित

काठमाडौं- रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा आठौं जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि ६–१ को जित निकाल्दै आठौं जित निकाल्न सफल भएको हो ।एक तर्फी जस्तो देखिएको खेलमा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गर्दा विमला चौधरीले दुई गोल गरिन् । यस्तै चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काइन् । आइतबार एन्फा कम्प्लेक्समा भएको… पुरा पढौ

महिला लिग फुटबलः वालिङ र आर्मीलाई सफलता

काठमाडौं, माघ २९ । क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५ गोलको मद्दतमा वालिङ नगरपालिकाले राजधानीमा जारी महिला राष्ट्रिय फुटबल लिगमा बिहीबार सुखद नतिजा निकाल्दा अर्को खेलमा आर्मी विजयी भएको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालको मैदानमा सम्पन्न दिनको पहिलो खेलमा वालिङले चौदण्डीगढी नगरपालिकालाई ७–१ हराएको हो । जित सँगै वालिङले जारी लिगमा चौंथो जित निकालेको छ । उता पराजित चौदण्डीगढीको जारी लिगमा यो लगातार नवौ हार हो । वालिङको जितमा क्यामरुनी खेलाडी मेथो रुथले ह्याट्रिकसहित ५… पुरा पढौ

गेटाफे पराजित, रियल दोस्रोस्थानमा उक्लियो

एजेन्सी-गेटाफेलाई पराजित गर्दै रियल मड्रिड स्पेनिस ला लिगामा दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनासँग समान ४३ अंक सहित तेस्रो स्थानमा रहेको रियलले गेटाफेमाथि शतप्रतिशत जितको नजिता निकालेपछि बार्सिलोनालाई पछाडि छोड्दै दोस्रो स्थानमा उक्लिएको हो । लिग लिडर एथलेटिका मड्रिडसँगको दुरी समेत घटाएको छ । गेटाफेमाथि जित दर्ता गर्न दोस्रो हाफमा गोलको सम्भब बनाएको थियो । दोस्रो हाफमा करिम बेन्जेमा र फेरल्याण्ड मेण्डीले गोल गोलगरेपछि रियलले बार्सिलोनालाई पछि पार्ने योजना सफल भएको हो । २-० गोलले पराजित गर्ने क्रममा बेन्जेमाले ६०… पुरा पढौ

एपिएफको अपराजित यात्रा कायमै

काठमाडौं-सावित्रा भण्डारी एक्लैले टोलीका लागि ८ गोल गर्दा विभागीय टोली एपिएफले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा चौदण्डीगढी नगरपालिकामाथि १४–० को फराकिालो जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा जारी लिगमा कमजोर देखिएको चौदण्डीगढीमाथि गोलको वर्षा गरेको हो । फराकिलो जित निकालेको एपीएफले क्लबले राष्ट्रिय महिला लिग फुटबलमा आफ्नो अपराजित यात्रालाई सोमबार पनि कायम नै राखेको छ । फराकिलो जित निकाल्दा सावित्राका अलावा अनिता बस्नेत र अनिता केसीले समान २/२ गोल गर्दा अनु… पुरा पढौ

शीर्ष स्थानकाे म्यानचेस्टर सिटीसँग लिभरपुल पराजित

एजेन्सी, माघ २६ । इङ्ग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटी विजयी भएको छ । चौँथो स्थानमा रहेको लिभरपुललाई ४-१ गोलले पराजित गर्दै म्यानचेस्टर सिटी विजयी भएको हो । लिभरपुलको मैदानमा म्यानचेस्टर सिटीलाई जिताउन इल्के गुण्डोगानले दुई तथा रहिम स्ट्रर्लिङ र फिल फोडेनले एक/एक गोल गरे ।  जितसँगै म्यानचेस्टर सिटीको ५० अङ्क भएको छ । यस्तै पाँचौँ स्थानमा रहेको चेल्सीले सेफिल्ड युनाइटेडलाई २–१ गोलले पराजित गरेको छ । तेस्रो स्थानमा रहेको लिसेस्टर सिटी र उल्भर ह्याम्पटन वान्डरसबीचको खेल… पुरा पढौ

विराटनगरले जित निकाल्दा पुलिस वालिङसँग पराजित

काठमाडौं-रजनी थोकरको निर्णायक गोलको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकाले विराटनगर महानगरपालिकामाथि रोमाञ्चक जित निकाल्दा अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब स्याङ्जा नगरपालिकासँग स्तब्ध भएको छ । अखिल नेपाल फुटबल संघ एन्फा मुख्यालयको मैदानमा भएको दिनको पहिलो खेलमा चन्द्रपुरले विराटनगरलाई १–० ले पराजित गर्दै जारी लिगमा दोस्रो जित निकालेको हो । पहिलो हाफ गोल रहित बराबरीमा सकिएको खेलमा चन्द्रपुरले दोस्रो हाफमा गोल गर्न सफल भएको थियो । ७०औं मिनेटमा रजनी थोकरले गरेको गोल निर्णायक बन्दा चन्द्रपुरले जारी लिगमा दोस्रो जित दर्ता… पुरा पढौ