⚽ फुटबल

अपराजित हुँदै एपिएफले उपाधि उचाल्यो, एपिएफसँग आर्मी पुनः स्तब्ध

काठमाडौं, फागुन ७ । विभागीय टिम एपीएफ क्लबले अपराजित यात्रालाई अन्तिम खेलमा पनि शुक्रबार निरन्तरता दिँदै राष्ट्रिय महिला लिग फुटबलको उपाधि उचालेको छ । त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा भएको खेलमा सावित्रा भण्डारी विना मैदान उत्रिएको एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० ले स्तब्ध बनाउँदै अन्तिम खेलमा पनि जितलाई निरन्तरता दिएको हो । यस अघि एपिएफले दुई खेल अगावै उपाधि जित्ने समिकरण पूरा गरेको थियो । एपीएफलाई जित दिलाउन सरु लिम्बुले दुई गोल गर्दा एक गोल अनिता केसीको नाममा… पुरा पढौ

अन्तिम खेलमा च्याम्पियन एपिएफ र आर्मी भिड्दै

काठमाडौं, फागुन ७ । राष्ट्रिय महिला लिग फुटबलमा दुई खेल हुँदा लिगकाे समापन हुँदै छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नेपाल पुलिस क्लबले चौदण्डीगढी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ भने दिनकाे दाेस्राे खेल च्याम्पियन एपिएपफ र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदै छ । पुलिस र चौदण्डीबीचको खेल बिहान १० बजे सुरु हुनेछ । एपिएपफ र आर्मीबीचकाे खेल दिनकाे २ बजे हुनेछ । पुलिस चौदण्डीलाई हराएर लिगको तेस्रो स्थान पक्का गर्न चाहन्छ भने चाैदण्डीगढी लिगमा खाता खाेल्न चाहन्छ । पुलिस ११… पुरा पढौ

महिला लिग फुटबलमा वालिङको सुखद अन्त्य

काठमाडौं- महिला राष्ट्रिय लिगमा बिहीबार चन्द्रपुर नगरपालिकामाथि ३–० को सहज जित निकाल्दै वालिङ नगरापालिकाले लिगमा सुखद अन्त्य गरेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघको मुख्यालय मैदानमा सम्पन्न खेलमा वालिङलाई जित दिलाउन हिमा रावत, अमिशा कार्की र मेथो रुथले एक एक गोल गरे । १७ औं मिनेटमा मिडफिल्डर हिमा रावतले गरेको गोलमा वालिङले अग्रता लिएको थियो ।४७ औं मिनेटमा मिथो रुथले बललाई जाली चुमाउदै वालिङकाने अग्रता दोब्बर पारेकी थिइन । त्यसको ७ मिनेटपछि अमिशा कार्कीले वालिङको अग्रता ३–० मा… पुरा पढौ

‘सी’ डिभिजन लिग तालिका सार्वजनिक

काठमाडौं- अखिल नेपाल फुटबल संघ ९एन्फा० ले सहिद स्मारक ’सी’ डिभिजन लिग फुटबलको खेल तालिका सार्वजनिक गरेको छ । जारी गरेको तालिका अनुसार ‘सी’ डिभिजन लिग चैत १ गतेबाट २४ गतेसम्म एन्फास्थित मुख्यालयको मैदानमा सम्पन्न हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजना हुने लिगमा १४ टिमले प्रतिस्पर्धा गर्दैछन् । लिगको पहिलो दिन २ खेल हुनेछ । जसमा पहिलो खेलमा खालीबारी युथ क्लब र झापा एफसीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा ओसिस क्लब र चर्च ब्वाइज युनाईटेडबीच खेल हुनेछ । पुरा पढौ

च्याम्पियन्स लिगमा एफसी पोर्टोसँग युभेन्टस स्तब्ध

एजेन्सी, फागुन ६ । च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमुण्डले सेभिल्लालाई पराजित गर्दा अर्काे खेलमा पाेर्टाेसँग युभेन्टस स्तब्ध भएकाे छ । च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा युभेन्टस स्तब्ध भएको हाे । अवे मैदानमा भएको खेलमा इटालियन क्लब युभेन्टस पोर्चुगिज क्लब एफसी पोर्टोसँग २–१ ले पराजित भएको हो । क्रिष्टियानो रोनाल्डोसहितको युभेन्टसले प्रदर्शन राम्रो गरे पनि जितका लागि आवश्यक गोल गर्न सकेन । पोर्टोले दुवै हाफको पहिलो मिनेटमा गोल गरेको हो । उसका लागि मेहदी तारेमीले खेलको पहिलो… पुरा पढौ

म्यानचेस्टर सिटीलाई १० अंकको अग्रता

एजेन्सी । एभर्टनलाइ हराएर लिग लिडर म्यानचेस्टर सिटीले १० अंकको अग्रता कायम गरेको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा एभर्टनलाई ३–१ ले पराजित गरेर सिटीले अग्रता बढाएको हो । अवे मैदानमा भएको खेलमा सिटीलाई जिताउन ३२ औँ मिनेटमा फिल फोडिन, ६३ औँ मिनेटमा रियाद महरेज तथा ७७ औँ मिनेटमा बेर्नार्डो सिल्भाले गोल गरे । घरेलु टोली एभर्टनका लागि ३७ औँ मिनेटमा रिचार्लिसनले एक गोल फर्काएका थिए । जितपछि शीर्ष स्थानको म्यानचेस्टर सिटीको २४ खेलबाट ५६… पुरा पढौ

सलाह र मानेको गोलमा लिभरपुलको सहज जित

एजेन्सी, फागुन ५ ।  यूईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा इंग्लिस क्लब लिभरपुलले जर्मन क्लब आरबी लाइपजिगलाई हराएको छ । लिभरपुलले लाइपजिगलाई घरेलु मैदानमा २–० ले हराएको हो । लिभरपुलका मोहमद सलाह र साडियो मानेले गोल गरे । लिभरपुलका लागि खेलको ५३ औं मिनेटमा सलाह र ५८ औं मिनेटमा मानेले गोल गरेका थिए ।  पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा लिभरपुलले गोल गरेको थियो । ५३ औं मिनेटमा सलाहले र र ५८ औं मिनेटमा मानेले… पुरा पढौ

एमबाप्पे चम्किएकाे खेलमा पीएसजीसँग बार्सिलोना स्तब्ध

एजेन्सी, फागुन ५ । घरेलु मैदानमा स्पेनिस क्लब बार्सिलाेना भ्रमणकारी टाेली फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम-१६ को पहिलो लेगमा पराजित भएकाे छ । मंगलबार राती भएको खेलमा पीएसजीले स्पेनिस क्लब बार्सिलोनालाई ४-१ गोल अन्तरले पराजित गर्दै भ्रमण सफल पारेकाे हाे । युवा फरवार्ड केलियन एमबाप्पेले ह्याट्रिक गरेपछि पीएसजीले बार्सिलोनालाई उसैको मैदानमा हराएको हो । क्याम्प नाउमा सुरुवाती अग्रता बार्सिलोनाले बनाएको थियो । खेलको २७ औं मिनेटमा कप्तान लियोनल मेस्सीले पेनाल्टीमा गोल गर्दै टोलीलाई… पुरा पढौ

सावित्रा ६ देखी ९ महिना मैदान बाहिर

काठमाडौं-एपिएफकी स्ट्राइकर सावित्रा भण्डारी चोटग्रस्त हुदाँ करिब ६ देखी नौ महिना मैदान बाहिर रहने छन् । राष्ट्रिय महिला लिगमा पुलिस विरुद्धको खेलमा घाइते भएकी सावित्राको घुँडाको शल्यक्रिया गनुपर्ने चिकित्सकले बताएका छन् । शल्यक्रिया गर्नुपर्ने भएकै कारण उनी लामो समय मैदान बाहिर रहने भएकी हुन् । एपिएफका टिमका व्यवस्थापक अमित मल्लले घुँडाको लिगामेन्ट च्यातिएको र तत्काल शल्यक्रिया गर्नु पर्ने भएको जानकारी दिए । ‘स्ट्राइकर सावित्राको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट ९एसिएल०, पोस्टेरियर क्रुसिएट लिगामेन्ट ९पिसिएल० र मिनिस्कसमा समस्या देखिएको छ,’ एपिएफका व्यवस्थापका… पुरा पढौ

आर्मीको सहज जित

काठमाडौं- रश्मी घिसिङको ह्याट्रिकको मद्दतमा रौतहटको चन्द्रपुर नगरपालिकालाई हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लबले राजधानीमा जारी महिला राष्ट्रिय लिगमा आठौं जित निकालेको छ । ललितपुर स्थित अखिल नेपाल फुटबल संघ ९एन्फा० मुख्यालयको मैदानमा सम्पन्न खेलमा आर्मीले चन्द्रपुर नगरपालिकामाथि ६–१ को जित निकाल्दै आठौं जित निकाल्न सफल भएको हो ।एक तर्फी जस्तो देखिएको खेलमा आर्मीलाई जित दिलाउन रश्मी घिसिङले ह्याट्रिकसहित ४ गोल गर्दा विमला चौधरीले दुई गोल गरिन् । यस्तै चन्द्रपुरकी रजनी थोकरले सान्त्वना गोल फर्काइन् । आइतबार एन्फा कम्प्लेक्समा भएको… पुरा पढौ