⚽ फुटबल

विद्यालयस्तरीय यु १४ छात्रा तथा छात्रा फुटबल प्रतियोगिता

पोखरा-कास्की जिल्ला फुटबल संघको आयोजनामा आगामी भदौ १२ गतेदेखि अन्तर विद्यालयस्तरीय यु १४ छात्रा तथा छात्र फुटबल प्रतियोगिता हुदैं छ । अखिल नेपाल फुटबल संघको वार्षिक क्यालेण्डर अनुसार कासकी जिल्ला फुटबल संघले भदौ १२ गतेदेखि एन्फा यु १४ छात्रा तथा छात्र विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो । फुटबल संघले भदौ ५ गतेसम्म टिम दर्ताको लागि विद्यालयलाई आह्वान गरेको छ । संघका अध्यक्ष उज्वल रन्जितका अनुसार प्रतियोगिताको नियमावली तथा अन्य सम्पूर्ण जानकारी केही दिनमै दिईने छ । प्रतियोगितामा… पुरा पढौ

कास्कीबाट यु १७ को ३७ खेलाडी छनोट

पोखरा-कास्की जिल्ला फुटबल संघले यु १७ को बन्द प्रशिक्षणबाट ३७ जना खेलाडी छनोट गरेको छ । दुईदिनको प्रशिक्षणपछि ती खेलाडीहरु छनोट गरिएको हो । छनोट भएका खेलाडीहरु केन्द्रीय छनोट प्रतियोगितामा सहभागिता जनाउने छन् । संयोजक तथा कास्की जिल्ला फुटबल संघका उपाध्यक्ष नरेन्द्रजंग गुरुङका अनुसार साउन ९ र १० गते झण्डै डेढसय जना खेलाडीबाट छनोट गरिएको हो ।रु केन्द्रीय छनोट प्रतियोगितामा सहभागिता जनाउने छन् । पुरा पढौ

अर्को साता हेमजामा अन्तरवडास्तरीय भेट्रान्स फुटबल

हेमजा - “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न।२५ हेमजामा अवस्थित हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा यही जेष्ठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को आयोजना गरिएको छ । खेलकुदको माध्यमबाट एकता भाईचार बढाउदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका मध्यम बाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान(गैरी) स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका… पुरा पढौ

असार अन्तिम साता गण्डकी कप महिला फुटबल हुने

पोखरा – गण्डकी प्रदेश फुटबल संघको आयोजनामा आगामी असारको अन्तिम साता गण्डकी कप महिला फुटबल प्रतियोगिता हुने भएको छ । गण्डकी प्रदेशमा पहिलो पटक राष्ट्रिय स्तरको महिला फुटबल प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले समेत मिति दिएको छ । एन्फाले आज गण्डकी प्रदेश फुटबल संघको नाममा पत्र काट्दै असार २८ देखी साउन ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्न मिति दिएको हो । एन्फाको स्वीकृतसंगै गण्डकी प्रदेश फुटबल संघले प्रतियोगिताको तयारी समेत थालेको छ । उक्त प्रतियोगितामा कुल ८ टिमको… पुरा पढौ

पोखरा थन्डर्सद्वारा उपविजेता ट्रफी महानगरलाई हस्तान्तरण

पोखरा-नेपाल सुपर लिग उपविजेता पोखरा थन्र्डसले प्राप्त गरेको ट्रफीलाई पोखरा महानगरपालिका प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरेको छ ।प्रमुख आचार्यलाई पोखरा थन्डर्सका मुख्य प्रशिक्षक सुमन श्रेष्ठ लगायत पोखरा थन्डर्सका पदाधिकारीले ट्रफी हस्तान्तरण गरेका हुन् । सोमबार पोखरा रंगशालामा आयोजित बधाई तथा स्वागत कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख आचार्यले आगामी सिजनको सुपर लिगलाई पोखरामा पनि आयोजना गर्ने तर्फ सरोकार निकायसँग छलफल भइरहेको बताए । उनले आगामी सिजनको केही खेललाई पोखरामा खेलाउने विषयमा शनिबार फाईनल खेलको बेला छलफल गरिएको उल्लेख गरे । प्रमुख आचार्यले… पुरा पढौ

तेस्रो एबिसी भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौडालाई

पोखरा-तेस्रो एबिसी भेट्रान्स ४५ वर्षमाथि एट ए साइड भेट्रान्स कप रनिङ शिल्डको उपाधि हेटौंडा भेट्रान्सले हात पारेको छ । अमरसिंह ब्वाइज क्लबले आयोजना बिहिबार पोखरा रंगशालामा सम्पन्न फाइनल खेलमा हेटौंडा भेट्रान्सले रुपन्देही ११ लाई २ – ० गोल अन्तरले पराजित गर्दै उपाधि उचालेको हो । उपाधि संगै हेटौंडाले नगद १ लाख ५५ हजार ५ सय ५५, शिल्ड, मेडल र प्राप्त गरे । उपबिजेता रुपन्देही ११ ले नगद ७७ हजार ७ सय ७७, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे । फाइनल… पुरा पढौ

रेफ्रीको निर्णयपछि बसेको गलत नजिर

पोखरा-फुटबलमा अविस्मरणीय घटना हुने गर्छन् । सकारात्मक र नकारात्मक दुवैले फुटबल अविस्मरणीय बन्छ । पोखरामा पनि यस्तै अविस्मरणीय घटना फुटबलमा घट्यो । सम्भवत यो घटना कास्कीको फुटबल इतिहासमा पहिलो हो । जुन फुटबलमा अन्यत्र घटेको छैन् घट्दैन पनि । घटनाले फुटबल तरंगित बनाईदियो कि आयोजकले प्रतियोगिता सम्पन्न गरेर पनि चैनको श्वास लिन सकेन् । मैदान भित्र भएको गतिविधिको जस र अपजस आयोजक स्वयंले लिनुपर्ने बाध्यताले हर्ष र विस्मातको अवस्थामा पुर्याईदियो । जुन निर्णयले पोखराको फुटबलमा कलकिंत बनेको छ । रेफ्रीको… पुरा पढौ

नेपाल सुपर लिगको ट्रफी टुर

पोखरा-नेपाल सुपर लिगको ट्रफीको पोखरा ल्याइएको छ । विभिन्न शहर भ्रमण गराउने योजनासहित शनिबार पोखरा रंगशालामा सार्वजनिक गरिएको छ । गण्डकी प्रदेश सामाजिक विकास एवं युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले ट्रफी सार्वजनिक गरे । ट्रफीलाई नेपालको विभिन्न शहरमा परिक्रमा गरिने कार्यक्रम रहेको छ । पुरा पढौ

तेस्रो संस्करणको एट ए साईड भेट्रान्स चैत अन्तिम साता

पोखरा-अमरसिंह ब्वाईज क्लबले यही चैत अन्तिम साता ८ ए साईड भेट्रान्स फुटबल प्रतियोगिताको तेस्रो संंस्करण आयोजना गर्ने तयारी गरेको छ । क्लबले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं क्लबले चैत २७ गतेदेखि ३० गतेसम्म आयोजना गर्ने सार्वजनिक गरेको हो । प्रतियोगितामा नेपालका विभिन्न १४ टिमको सहभागिता रहने क्लबका अध्यक्ष एवं संयोजक राजेश गुरुङले बताए । तेस्रो संस्करणको प्रतियोगितालाई क्लबले पोखरा रंगशालामा आयोजना गर्ने तयारी गरेको हो । यस अघिका दुई संस्करण पोखराको अमरसिंह चौरमा सम्पन्न गरेको हो । प्रतियोगितामा विजेताले… पुरा पढौ

फुटलबमा रमाउँदै बालबालिका

फुटबलः सेती नदी छेवैमा बगेको छ । साना बालबालिका भने बिच फुटबलमा रमाएका छन् । नदीको बहाव निकै कम छ । मध्यभागमा नदीले बगाएर ल्याएको बालुवा छ । त्यही बालुवामा उनीहरु फुटबलको मज्जा लिईरहेका छन् । गिटी बालुवा भने निकाल्ने काम भएपनि त्यो मध्यभागमा भने गिटी बालुवा ननिकाल्दा बालबालिकालाई खेल्ने मैदान बनेको छ । पुरा पढौ