⚽ फुटबल

तेश्रो वेगनास कपको तयारी अन्तिम चरणमा

लेखनाथ-विकास, अनुशासन र गतिशीलता भन्ने उद्देश्यका साथ वेगनासताल किनारमा यहि फागुन १६ गते देखि २२ गतेसम्म हुने तेश्रो संस्करणको बेगनास कप सेभेन ए साईड फुटवल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक बेगनास युवा क्लवले सोमबार एक पत्रकार सम्मेलनको आयोजना गरि प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा प्रतियोगिताको लागि फुटबल मैदान मर्मत, विभिन्न क्लवहरुलाई पत्राचार, खेल सामग्रीको व्यवस्थापन लगायतका कामहरु सकिएको क्लवका अध्यक्ष निनेन लालचनले जानकारी दिए । युवालाई लगानी गरौं भन्ने सोच लाई… पुरा पढौ

गुरुकुल विद्यासदन र इन्फोम्याटिक्सलाई फुटसलको उपाधि

पोखरा-हिसान गण्डकी प्रदेशस्तरी फुटसलको उपाधि गुरुकुल विद्यासदनले जितेको छ । कास्की मोडनाइज एकेडेमीलाई २–१ गोल अन्तरले हराउदै उपाधि हात पारेको हो । गुरुकुलको जितमा सुलभ थापा र सुमित मल्लले गोल गरे । कास्की मोइनाइजका लागि इसान्त पुनले एक गोल गरे । उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा भएको तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता गुरुकुल विद्यासदन उपाधि सगँ नगद १ लाख, मेडल र ट्रफि जित्न सफल भयो । उपविजेता बनेको कास्की मोडनाइज एकेडेमीले नगद… पुरा पढौ

हिसान फुटसलमा कास्की मोडनाइज, गुरुकुल फाइनलमा

पोखरा-उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा तेस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा कलेज फुटसल प्रतियोगिता पोखरामा जारी छ । मंगलबार भएको विद्यालय तर्फको खेलमा बिजयी कास्की मोडनाइज, गुरुकुल विद्यासदन फाइनल प्रबेश गरेका छन् । त्यसै गरी कलेज तर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट र इन्फोम्याटिक्स कलेज फाइन प्रबेश गरेका छन् । स्कुल तर्फ कास्की मोडनाइज एकेडेमीले सगरमाथा सेकेन्डरी स्कुललाई ३–१ गोल अन्तरले हराउदै फाइन प्रबेश गरेको छ । अर्को खेलमा गुरुकुल विद्यासदनले अरनिको इङलिस बोडिङ स्कुल तनहुँलाई ८–४… पुरा पढौ

उदघाटन खेल संगम विरुद्ध हेमजा युनाईटेड

पोखरा-भोलि बुधबारदेखि पोखरा रंगशालामा फेरी क्लबस्तरीय फुटबल प्रतियोगिता शुरु हदैं छ । कास्की जिल्ला फुटबल संघमा आवद्ध क्लबहरु बीचको फुटबल प्रतियोगिता शुरु हुदैं छ । आयोजना भने संगम क्लबले गर्ने छ । संगम कप फुटबल प्रतियोगिताको ९ औं संस्करणको प्रतियोगिताको उदघाटन खेल आयोजक संगम क्लबले हेमजा युनाईटेडसँग प्रतिस्पर्धा गर्ने छ । पूर्व राष्ट्रिय खेलाडी विल तामाङको स्मृतिमा संगम कप आयोजना गर्दै आएको छ । क्लबले कास्की जिल्ला फुटबल संघमा आवद्ध १२ क्लब बीच प्रतिस्पर्धा हुने छ । संघमा आवद्ध १२… पुरा पढौ

उज्वेकिस्तानका सातारोभ उत्कृष्ट खेलाडी

पोखरा-२४ औं आहा रारा पोखरा गोल्डकपको उपाधि उचालेको उज्वेकिस्तानी टोली ब्ल्याक बुल्सले व्यक्तिगत विधामा पनि उत्कृष्ट रह्यो । बुल्सका साभकातजोन सातारोभले सर्वोत्कृष्ट खेलाडी घोषित हुद्यं टेल्जी स्कुटर प्राप्त गरे । उनी सर्वाधिक गोलकर्ताका पुरस्कार समेत प्राप्त गरे । त्यस्तै जसुरबेक राजाबोभले बेष्ट गोलकिपरको पुरस्कार पाए । बुल्सकै अलुजोन एलिजोनोभले बेष्ट डिफेन्डरको पुरस्कार थापे । त्यस्तै अजिजवेक खुर्सनबोईभले बेष्ट फरवार्ड पुरस्कार प्राप्त गरेका छन् । बेष्ट मिडफिल्डरको पुरस्कार भने नेपाल पुलिस क्लबका राम वाजेले पाए । अनुशासित टोलीबाट सिक्किमको थण्डरबोल्ट्स नर्थ… पुरा पढौ

दोस्रो पटक विदेशियो गोल्डकपको उपाधि

पोखरा-पहिलो पटक सहभागिता । पहिलो सहभागितामै उपाधि । २० वर्षपछि सहाराको उपाधि दोस्रो पटक विदेशियो । पहिलो पटक अफ्रिकन युनाईटेडले विदेश लैजादाँ दोस्रो पटक भने उज्वेकिस्तान पुग्यो । शनिबार फाईनल खेलमा पाहुना टोली उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीले नेपाल पुलिस क्लबलाई ३-१ गोलमा पराजित गर्दै उपाधि उचाल्यो । अफ्रिकन युनाईटेडले चौथो संस्करणको उपाधि जितेको थियो । २४ औं आहा रारा गोल्डकपको संस्करणमा १२ औं क्लबको रुपमा भित्रिएको ब्ल्याक बुल्सले उपाधि उचाल्दै विदेशी भूमीमा पहिलो उपाधि लिएर फर्कियो । नेपाल पुलिस क्लब… पुरा पढौ

उपाधि भिडन्त स्वदेशी र विदेशी क्लब

पोखरा-नेपाल पुलिस क्लबले ११ औं पटक फाईनल खेल्दा उज्वेकिस्तानको ब्ल्याक बुल्स पहिलो पटक पोखराको मैदान फाईनल खेल्दै छ । शनिबार यी दुई बीच २४ औं संस्करणको आहा रारा गोल्डकप फाईनल हुदैं उपाधि छिनोफानो हुदैं छ । पुलिस पोखराको मैदानमा निकै भाग्यमानी छ । खेलले पनि भाग्यले साथ दिदैं आएको पुलिस शनिबार उपाधि जित्दै इतिहास रच्ने दाउ छ । उज्वेकिस्तानी टोलीले पनि विदेशी भूमिमा पहिलो पटक उपाधि उचालेर फर्किने लक्ष्यमा छ । दुवैको योजना र लक्ष्य भने शनिबारको फाईनल खेलले देखाउने… पुरा पढौ

ऐतिहासिक खेलमा नेपाल पुलिस विजयी

पोखरा-नेपाल पुलिस क्लबको ५० औं खेल । आहा रारा गोल्डकपको २५० औं खेल । यो ऐतिहासिक खेलमा पुलिस एक पटक पोखराको मैदानमा भाग्यमानी रह्यो । नेपाल पुलिस क्लबले ऐतिहासिक खेल जित्दै इतिहास रचेको छ । आहा राराको २४ औं संस्करणमा आईपुग्दा एघारौं पटक फाइनल प्रवेश गर्ने क्रममा पुलिसले गोल्डकपको २५० औ खेल जित्यो । त्यसो त पोखराको मैदानमा पुलिसले आफनो ५० औं खेल जित्दै सर्वाधिक सफल टोलीमा दरियो । चर्च ब्वाईज युनाईटेडलाई १-० गोलले पन्छाउँदै नेपाल पुलिस क्लब गोल्डकपको फाईनलमा… पुरा पढौ

सिक्किमे थण्डरबोल्ट उज्वेकिस्तानी ब्ल्याक बुल्ससँग पराजित

पोखरा-दुई विदेशी टोली । पहिलो पटक पोखराको मैदानमा भिडन्त । बाजी भने उज्वेकिस्तानी टोलील ब्ल्याक बुल्सले मार्यो । भारतको सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडलाई ३(० गोल अन्तरले पराजित गर्दै पहिलो पटक सहभागिता जनाएको उज्वेकिस्तानी टोली बुल्स २४ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । पहिलो हाफमा एक गोल । दोस्रो हाफमा दुई गोल । पोखरामा गोल्डकप खेल्न आईपुगेको टोली मध्ये बलियो देखिएको उज्वेकिस्तानको टोली ब्ल्याक बुल्सले अन्तिम चारमा भने थ्रीस्टारसँग खेल्ने छ । पहिलो सेमिफाईनल खेल भने… पुरा पढौ

सहारा एकेडेमीका छ खेलाडी ब्रिगेड ब्वाईजमा अनुबन्धन

पोखरा-सहारा क्लबले आफनो एकेडेमीबाट उत्पादित खेलाडीहरुलाई ललितपुरको ब्रिगेड ब्वाईजलाई हस्तान्तरण गरेको छ । आफना छ खेलाडीलाई आहा रारा गोल्डकपको दौरानमा ब्रिगेड ब्वाईजलाई सम्झौता गर्दै हस्तान्तरण गरेको हो । सम्झौतासँगै एकेडेमीका छ खेलाडीले ब्रिगेड ब्वाईजबाट बी डिभिजन लिग खेल्ने छन् । एकेडेमीका तेस्रो व्याचका विशाल नेपाली, मुकुन्द निउरे, अभिषेक रानामगर, भागवत चौधरी, सन्तोष शाही र अशोक रेग्मीलाई क्लबका अध्यक्ष केशवराज बराले ब्रिगेड ब्वाईजका विक्रम लामालाई हस्तान्तरण गरेका हुन् । सम्झौता पत्रको बारेमा भने सहारा क्लबले कुनै जानकारी दिएन् । खेलाडीलाई सेवा… पुरा पढौ