⚽ फुटबल

जापानको उत्कृष्ट कमब्याक जित, जर्मन स्तब्ध

पोखरा-विश्वकप विजेता जर्मनी जापानसँग स्तब्ध बनेको छ । जर्मनीले पनि अर्जेन्टिनाजस्तै नियति भोग्यो । अग्रता लिएरपनि जोगाउन नसकेको अर्जेन्टिना साउदी अरेबियासँग पराजित भएको चर्चा सेलाउन नपाउँदै उस्तैगरी जर्मनी जापानसँग पराजित हुन पुग्यो । जापानले दोस्रो हाफमा आक्रमक तर सुधारिएको प्रदर्शन गरेपछि उत्कृष्ट कमब्याक जित निकाल्यो । पहिलो हाफमा पेनाल्टीबाट पछि परेको जापानले दोस्रो हाफमा दुई गोल गर्दै जर्मनीमाथि २-१ गोलले पराजित गर्दै ऐतिहासिक जित दर्ता गर्यो । बुधबार विश्वकप अन्तर्गत समूहचरणको प्रतिस्पर्धामा खेलको ३३ औं मिनेटमा जर्मनीले अग्रता लियो ।… पुरा पढौ

अर्जेन्टिना साउदी अरेबियासँग स्तब्ध

पोखरा-अर्जेन्टिनामाथि साउदी अरेबियाले ऐतिहासिक जित निकालेको छ । फिफा विश्वकपमा साउदी अरेबियाले महत्वपूर्ण तीन अंक जोेडेको छ । साउदी अरेबियाले मंगलबार अर्जेन्टिना विरुद्ध उत्कृष्ठ कमब्याक गर्दै २-१ गोलले पराजित गर्दै उत्कृष्ठता नमूना पेश गर्यो । खेलको पहिलो गोल गर्दै अर्जेन्टिनाले साउदी अरबमाथि दबाव सृजना गर्यो । खेलको ८ औं मिनेटमा अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । भिडियो असिस्टेण्ट रेफ्री(भिएआर)को सहयोगमा प्राप्त पेनाल्टीलाई मेस्सीले खेलको १० औ. मिनेटमा गोल गरेका थिए । तर अर्जेन्टिनाको अग्रता दोस्रो हाफमा… पुरा पढौ

कतार ईक्वेडरसँग पराजित

पोखरा-कतारमाथि महत्वपूर्ण जित निकाल्दै ईक्वेडरले फिफा विश्वकपमा सुखद शुरुवात गरेको छ । आयोजक कतारमाथि २-० गोलले पराजित गर्दै ईक्वेडरले समूह चरणको खेलमा तीन अंक मात्रै जोडेन इतिहास समेत कोर्यो । तेस्रो मिनेटमा गोल गर्दै घरेलु टोली कतारमाथि अग्रता लिएको ईक्वेडरलाई भिडियो एसिसेन्ट रेफ्री (भिएआर)ले मान्यता दिएन् । तर खेलको १६ औं मिनेटमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै ईक्वेडरले घरेलु टोली कतारमाथि महत्वपूर्ण अग्रता लियो । पेनाल्टीलाई एनर भ्यालेन्सियाले गोल गर्र्दै फिफा विश्वकप २०२२ मा आयोजक कतारमाथि दबाव सृजना गर्यो । पहिलो… पुरा पढौ

एन्फा टेक्निकल सेन्टरबारे स्थानीयसँग छलफल गर्छौ–बरिष्ठ उपाध्यक्ष खड्का

पोखरा-कास्कीको माछापुच्छ्रे गाँउपालिका भिंडाबारी निर्माणाधिन एन्फा टेक्निकल सेन्टरको विषयमा अखिल नेपाल फुटबल संघ(एन्फा)का बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले सेन्टरको यथार्थ बुझ्न स्थानीयसँग छलफल गर्ने बताएका छन् । उनले योजना रद्द भईनसकेको जनाउँदै स्थानीय सरोकारवालासँग बसेर छलफल गरेर अगाडि बढ्ने स्पष्ट पारे । ‘एन्फा टेक्निकल सेन्टर योजना रद्द भएको छैन् । तर दुई खोलाको बाढीको त्रासको हल्ला छ’ उनले शनिबार पोखरामा बि.जी फुटबल एकेडेमीको उदघाटन गर्दै भने–‘स्थानीयसँग बसेर छलफल गरेर अगाडि बढ्छौं ।’ कास्कीको धितालस्थित भिंडाबारीमा तीन वर्ष अघि एन्फा टेक्निकल सेन्टर… पुरा पढौ

पूर्व राष्ट्रिय खेलाडी गौचनको फुटबल एकेडेमी सञ्चालनमा

रिठेपानी, पोखरा-लामो समय जापान बस्दै आएका पूर्व राष्ट्रिय खेलाडी बसन्त गौचनले पोखरा २७ रिठेपानीमा फुटबल एकेडेमी सञ्चालनमा ल्याएका छन् । व्यक्तिगत १५ रोपनी क्षेत्रफल जग्गा भाडामा लिएर गौचनले बि.जी फुटबल एकेडेमी सञ्चालनमा ल्याएका हुन् । एकेडेमीको शनिबारदेखि विधिवत रुपमा उदघाटन गरिएको हो । एकेडेमीको उदघाटन गर्दै अखिल नेपाल फुटबल संघका बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले फुटबल एकेडेमीलाई एन्फाले आवश्यक प्रशिक्षक तथा खेल सामाग्री सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले एकेडेमीले आवश्यक पर्ने प्रशिक्षक र खेल सामाग्री माग गरे उपलब्ध गराउने स्पष्ट… पुरा पढौ

आहा राराको २१ औं सस्करण पुस १२ गतेदेखि

पोखरा-आहा रारा गोल्डकपको २१ औं सँस्करण आगामी पुसको दोस्रो साताादेखि पोखरा रंगशालामा शुरु हुने छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले मोफसलका नकाउट फुटबल प्रतियोगितालाई मिति तय गर्ने सन्दर्भमा नेपालकै प्रतिष्ठित फुटबल प्रतियोगितालाई पुसको १२ गतेदेखि आयोजना गर्ने गरी घोषणा गरेको हो । कास्की जिल्ला फुटबल संघले क्लबको पत्रलाई आधार मान्दै गोल्डकपको लागि पुस १२ गतेदेखि आयोजना गर्ने गरी मागेको मितिलाई नै एन्फा समक्ष पत्रचार गरेको थियो । “खेलकुदको विकासमा सहकार्य गर्रौ, पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं” भन्ने अभियानका… पुरा पढौ

बगरभाइ खलक र हिमालयन ब्रअरी बीच पाँच वर्षे सम्झौता

पोखरा-पोखरामा भेट्रान्स एट ए साईड फुटबल प्रतियोगिताको शुरुवात गरेको बगर भाइखलकले झण्डै एकदशकपछि मुख्य प्रायोजक पाएको छ । ‘स्वास्थ्यका लागि एक घण्टा व्यायाम’ अभियानसँगै भेट्रान्स फुटबल प्रतियोगिताको जग बसालेको बगर भाइखलकलाई हिमालयन ब्रुअरीले मुख्य प्रायोजकको रुपमा सम्झौता गरेको छ । ब्रुअरी र बगर भाइखलक बीच पाँच वर्षे सम्झौता भएको हो । मंगलबार सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । बगर भाइखलकले उमेर ढल्कदै गएपछि स्वास्थ्यप्रति सचेत रहनुपर्छ भन्ने सन्देशसँगै युवापुस्तालाई खेलकुदप्रति अभिप्रेरित गर्दै आएको छ । चौधरी ग्रुपको मुख्य उत्पादन हिमालयन… पुरा पढौ

नेपालले जित्यो ५९ लाख पुरस्कार

पोखरा-नेपालले २०२२ पब्जी मोवाइल प्रो लिग साउथ एशिया च्याम्पियनसिपमा ५९ लाख पुरस्कार रासी जित्न सफल भएको छ ।नेपालबाट सहभागी भएका डिआरएस गेमिङ्ग र स्काईलाइट्ज गेमिङ्गले उक्त पुरस्कार जितेका हुन् । १ लाख ५० हजार डलर पुरस्कार रासीको उक्त च्याम्पियनमा डिआरएसले दोश्रो स्थान प्राप्त गर्दै ३६ लाख ९३।६ मिलियन० र स्काईलाइट्जले तेश्रो स्थान प्राप्त गर्दै २३ लाख ९२।३ मिलियन० जितेका हुन् । ४ दिन सम्म संचालन भएको २४ म्याचको च्याम्पियनसिपमा मङ्गोलियाको गडलाइक स्टलवार्टले पहिलो स्थान हासिल गर्न सफल भएको छ ।… पुरा पढौ

ए.बि.सी एटए साईडको उपाधि फ्रिडम ढोलाहिटीलाई

पोखरा,-प्रथम ए.बि.सी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि काठमाडौंको फ्रिडम ढोलाहिटीले जितेको छ । ४५ वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धाको शनिबार पोखराको अमरसिंह माविको खेलमैदानमा सम्पन्न फाईनलमा फ्रिडमले नाईटकिंग्स सानो गौचरनलाई २–० गोल अन्तरले पराजित गर्दै १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ नगदसहितको उपाधि जितेको हो । अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रतियोगिताको फाईनल निकै प्रतिस्पर्धात्मक बन्ने अपेक्षा दर्शकले गरेका थिए । पहिलो हाफमै पाएको पेनाल्टीले फ्रिडमलाई अग्रताको लियो । ६ मिनेटमा सानो गौचरनका प्रदीप लामाले फ्रिडमका… पुरा पढौ

सेमिफाईनल समीकरण पुरा

पोखरा-अमरसिंह ब्वाईज क्लबको आयोजनामा सञ्चालित प्रथम ए.बि.सी एट ए साईड राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिताको शुक्रबार सेमिफाईनल समीकरण पुरा भएको छ । शुक्रबार पोखराको अमरसिंह माविको खेल मैदानमा भएको पहिलो क्वार्टरफाईनलमा एक्स पोखरालाई १–० गोलले पराजित गर्दै हेटौडा भेट्रान्स अन्तिम चारमा प्रवेश गरेको हो । खेलको २८ औं मिनेटमा अनुप लामाको गोल निर्णयक बन्यो । उनी खेलको म्यान अफ दि म्याच घोषित भए ।दोस्रो क्र्वाटर फाईनल खेलमा काठमाडौंको नाईटकिङ्स सानो गौचरनले चितवन भेट्रान्सलाई ३–१ गोलले हराउँदै सेमिफाईनल सुरक्षित गर्यो । खेलमा… पुरा पढौ