⚽ फुटबल

बैकिल्पक खेलाडीको निर्णायक गोलमा चर्च ब्वाईज अन्तिम चारमा

पोखरा-बैकल्पिक खेलाडी चम्किदाँ अपी पावर चर्च ब्वाईज युनाईटेड सेमिफाईनल सुरक्षित हुदाँ त्रिभुवन आर्मी क्लब २४ औं संस्करणको आहा रारा गोल्डकपबाट विदाई लियो । पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा राजु भुषालले खेल सकिन एक मिनेट बाँकी रहँदाँ गोल गरेपछि चर्च ब्वाईजले सेमिफाईनल यात्रा तय गर्यो । अतिरिक्त समयमा धकेलिने सम्भावना रहेको खेलमा चर्चले पाएको अन्तिम कर्नरलाई सदुपयोग गर्दै आर्मीको गोल्डकप यात्रालाई विट मार्न पर्याप्त बन्यो । नविन लामाले कर्नर किक हाने । कर्नरबाट आएको बललाई भुषालले सेकेण्ड बारमा हेड गर्दै गोल गरे… पुरा पढौ

हिमालयन बोर्डिङलाई वडा अध्यक्ष कप फुटवलको उपाधि

पोखरा-पोखराको हिमालयन बोर्डिङ स्कुलले शनिबार पोखरामा सम्पन्न भएको चौथो सस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ को उपाधि जितेको छ । पोखराको ड्याम साइड क्लवको आयोजनामा गण्डकी प्रदेश प्रहरी गण (ड्यामसाइड) को खेल मैदानमा आज (शनिबार) भएको फाइनल खेलमा हिमालयनले एल.पी. देवकोटा मेमोरियल स्कुललाई २—० को गोल अन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । हिमालयनको जितमा रितेस आले र म्यान अफ दी म्याच घोषित संगम गुरुङले एक÷एक गोलको योगदान गरे । तेश्रो स्थानको लागि शनिबार भएको… पुरा पढौ

मछिन्द्र पेनाल्टी सुटआउटमा पराजित

पोखरा-मछिन्द्र क्लबको चुनौतिलाई पेनाल्टी सुटआउटमा पन्छाउँदै थ्रीस्टार क्लब २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेश गरेको छ । सहारा क्लबको आयोजनामा पोखरा रंगशालामा आईतबार भएको प्रतिस्पर्धामा मछिन्द्रलाई पेनाल्टी सुटआउटमा ४(२ गोलले पराजित गर्दै थ्रीस्टारले अन्तिम चारमा प्रवेश गर्यो । निर्धारित समय र अतिरिक्त समयमा गोलरहित बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा मछिन्द्रका विशाल घलान र आदित्य शाक्यको प्रहार गोलमा परिणत नभएपछि गोल्डकपको यात्रा टुंगिएको थियो । दिवाकर चौधरी र सनिष श्रेष्ठले गोल गरेका थिए… पुरा पढौ

सिक्किमे टोलीसँग संकटा पराजित

पोखरा-सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडले संकटा क्लबमाथि ३–१ गोलले पराजित गर्दै २४ औं संस्करणको आहा रारा गोल्डकपको क्र्वाटर फाईनल प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थामा सिक्किमे टोलीले दोस्रो हाफमा दुई गोल थप्दै जित आत्मसात गर्यो । पहिलो हाफमा बराबरी गोल फर्काउँदै दोस्रो हाफमा थप दुई गोल गरेपछि संकटालाई बराबरीमा फर्किने सम्भावना कमै थियो । १७ औं मिनेटमा संकटाले गोल गर्दै अग्रता लियो । मनिष पौडेलले गोल गर्दै दिलाएको अग्रता पहिलो हाफसम्म टिकेन् । खेलको ३४ औं मिनेटमा… पुरा पढौ

एनआरटी सेडन डेथको शिकार

पोखरा-एनआरटीलाई सडन डेथमा पराजित गर्दै चर्च ब्वाईज युनाईटेड २४ औं आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाईनल प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थालाई बराबरी गरेको चर्च ब्वाईजको भाग्य सडन डेथमा उदायो । एनआरटी भने सडन डेथमा पराजित हुन पुग्यो । एनआरटीले खेलको २५ औं मिनेटमा अग्रता लियो । तर दोस्रो हाफमा पेनाल्टीको सामना गरेपछि एनआरटीले निर्धारित समय चर्च ब्वाईजसँग १—१ को बराबरीमा टुग्यायो । रिचार्ड विल्सनले २५ औं मिनेटमा गोल गर्दै लिएको अग्रतालाई चर्च ब्वाईजले पेनाल्टी मार्फत बराबरी… पुरा पढौ

मछिन्द्र क्वार्टरफाईनल प्रवेश

पोखरा-विभागीय क्लब सशस्त्र प्रहरी बललाई २-० गोलले पराजित गर्दै मछिन्द्र फुटबल क्लब २४ औं आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार दिउँसो पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा मछिन्द्रले दुवै गोल दोस्रो हाफमा सम्भव बनायो । पहिलो हाफ दुवै टोलीको प्रदर्शन लोभलाग्दो रहेन् । उत्कृष्ट अवसर दुवै टोलीबाट सृजना भने भएन् । पहिलो मिनेटमा आयुष घालानलाई फउल गरेपछि प्राप्त फ्रिकिको अवसर मछिन्द्रले पायो । ओमोलाजा नुरेन करीमको प्रहार सशस्त्रका गोलकिपरले बचाउ गरे । ३५ औं मिनेटमा अर्को फ्रिकिकलाई… पुरा पढौ

कर्नर गोलमा पुलिसको जित, आयोजक निराश

पोखरा-वर्षदिनको प्रतिक्षापछि पोखरामा फुटबलको रौनक शुरु भएको छ । सहारा क्लबको आयोजनामा २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको शुरुवातसँगै फुटबलको रौनकता शुरु भएको हो । फुटबलको रौनक शुरु हुदाँ आयोजक सहारा क्लब भने उदघाटन खेलमा निराश बन्यो । नेपाल पुलिस क्लबले पोखराको मैदानमा आफनो गर्विलो शाख जोगाउने क्रममा आयोजक सहारा क्लबलाई १-0 गोलले निराश बनाईदियो । खेलको पहिलो हाफमा कर्नर बलबाट भएको गोलले पुलिसको झोलीमा खुशीयाली थपिदाँ आयोजकको ९0 मिनेटको प्रयास विफल मात्रै भएन् निराशमा परिणत भयो । पहिलो… पुरा पढौ

फुटबलर सनिशलाई सर्वोत्कृष्ठ वर्ष खेलाडी सम्मान

पोखरा-फुटबलर सनिश श्रेष्ठलाई सम्मान गरिएको छ । २४ औं संस्करणको आहा रारा पोखरा गोल्डकपको उदघाटन समारोहका फुटबलर श्रेष्ठलाई सहारा सर्वोत्कृष्ठ खेलाडीबाट सम्मानित गरिएको हो । सहारा क्लबले वर्षेनी आयोजना गर्ने आहा रारा गोल्डकपमा सर्वोत्कृष्ठ वर्ष खेलाडी सम्मान गर्दै आएको छ । श्रेष्ठलाई नगद ५० हजार ५ सय ५५ रुपैयाँसहित दोसल्ला र सम्मानपत्रबाट सम्मानित गरिएको थियो । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, सहारा क्लब पोखराका अध्यक्ष केशव बराल लगायतले सम्मान गरेका थिए । सर्वोत्कृष्ठ वर्ष खेलाडी सम्मानलाई क्लबका मानार्थ सदस्य खेमबहादुर… पुरा पढौ

खेलाडी तथा अफिसियलले कार्ड पाए जरिवाना

पोखरा-दर्शकले भाग्यमानी पुरस्कार पाउँदा खेलाडी तथा अफिसियलले भने जरिवाना तिर्नुपर्ने छ । प्रत्येक खेलमा पहेलो कार्ड पाउने खेलाडी तथा अफिसियलले जरिवाना बुझाउनुपर्ने नियम सहारा क्लबले शुरु गरेको छ । आईतबार २४ औं आहा रारा पोखरा गोल्डकपको अन्तिम पत्रकार सम्मेलन गर्दै क्लबले प्रत्येक खेलमा खेलाडी तथा अफिसियलले पहेलो कार्ड पाए जरिवाना तिनुपर्ने नयाँ प्रावधान राखिएको छ । पहेलो कार्ड पाउनेले १ हजार रुपैयाँ बुझाउनुपर्ने छ भने दुई पहेलो कार्ड(रातो)ले दुई हजार जरिवाना शुल्क बुझाउनुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । तीन विभागीय… पुरा पढौ

आयोजक सहारा र नेपाल पुलिस बीच उदघाटन खेल

पोखरा-आयोजक सहारा क्लबले विभागीय क्लब नेपाल पुलिससँग उदघाटन खेल्दै २४ औं आहा रारा पोखरा गोल्डकपको शुरुवात गर्ने छ । सार्वजनिक भएको खेल तालिका अनुसार नेपाल पुलिस क्लबले आयोजक सहारासँग खेल्ने छ । प्रतियोगिता आगामी मंगलबारदेखि पोखरा रंगशाला फुटबल मैदानमा शुरु हुने छ । आयोजक सहारा र नेपाल पुलिस क्लब दुवैले जित निकाल्दै सुखद शुरुवात गर्ने योजनासहित मैदानमा उत्रिने छन् । माघ २३ गते दोस्रो खेल भने अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेल… पुरा पढौ