कर्पोरेट

सडक दौडमा छोरेपाटन माविको वर्चस्व

पोखरा-पोखरा(१७ घारीपाटन स्थित छहारी टोल विकास संस्थाले आयोजना गरेको सडक दौड प्रतियोगितामा छोरेपाटन स्कुलले वचश्व जमाएको छ । खुल्ला ५ किलोमिटर पुरुष दौडमा प्रथम तेनजोन रोक्का मगर छोरेपाटन मावि, द्वितीय युवराज मल्ल घारिपाटन टोल विकास संस्था, तृतीय चेतना चालिसे, चौथो किशोर थापा हिमालयन म्युजियम टोल विकास संस्था र पाँचौ कृतन श्रेष्ठ हुनुभएको छ । त्यस्तै पाँच किलोमिटर महिला खुल्ला तर्फ प्रथम नारायणी भण्डारी छोरेपाटन मावि, द्वितीय मेनुका अधिकारी माच्छापुच्छे टोल संस्था, तृतीय बिमला थापा श्री रामजानकी आमा समुहचौथो विष्णु बराल… पुरा पढौ

शनिबार सडक दौड

पोखरा-भोलि शनिबार पोखरा महानगरपालिका वडा नं १७ मा विद्यालयस्तरीय छात्र तथा छात्रा दौड हुने छ । महानगपालिका वडा नं १७ को आर्थिक सहयोग तथा छहारी टोल विकास संस्थाको आयोजनामा वडाभित्रका विद्यालयका छात्र तथा छात्राको ३ किलोमिटर दौड हुने छ । विद्यालयस्तरीय छात्र तथा छात्रासँगै ५ किलोमिटर टोली सुधार समिति तथा युवा क्लब बीच महिला तथा पुरुष दौड प्रतियोगिता समेत आयोजना गरिएको छहारी टोली विकास संस्थाका अध्यक्ष दीपकबहादुर गोदारले जानकारी दिए । विद्यालयस्तरीय छात्र तथा छात्रा दौड भने आखाँ अस्पताल चोकबाट… पुरा पढौ

प्रचण्ड कप राष्ट्रिय महिला भलिबल जेठ अन्तिमसाता

पोखरा-यही जेठ अन्तिम साता पोखरामा फेरी अर्को राष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना हुदैं छ । अखिल नेपाल खेलकुद महासंघ तथा नेशनल स्पोर्टस एकेडेमीको आयोजनामा जेठ २७ गतेदेखि पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुदैं छ । पोखरा रंगशालामा गत माघमा टाईगर कप भलिबल आयोजना गरियो । त्यसपछि लायन्स क्लबले अन्तराष्ट्रियस्तरको भलिबल प्रतियोगिता आयोजना गर्यो । बैशाखमा आयोजनापछि नेपाल भलिबल संघले जेठको दोस्रो नै नवौं प्रधानमन्त्रीकप एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिता आयोजना समापन भएको दुईसातापछि फेरी प्रचण्ड… पुरा पढौ

नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन बुधबारदेखि

पोखरा-चौथो संस्करणको मोहन मेमोरियल नेपाल खुला राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता–२०८२ बुधबार देखि पोखरामा शुरु हुदैं छ । मोहन भूगोल ब्याडमिन्टन फाउण्डेसन र फिट नेपाल स्पोट्र्स प्लेक्सको आयोजनामा यही जेठ २१ गते देखि उक्त प्रतियोगिता हुने भएको आज (सोमबार) पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । ३ वटा उमेर समुह र पोखरा महानगरपालिका वडास्तरीय इभेण्टमा हुने उक्त प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको फाउण्डेसन तथा फिट नेपालका संस्थापक अध्यक्ष भुगोल गुरुङले बताए । जेठ २४ गतेसम्म फिट नेपाल स्पोट्र्स प्लेक्सको ब्याडमिन्टन… पुरा पढौ

अम्मरसिंहलाई ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा क्रिकेटको दोहोरो उपाधी

पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजना तथा किडासाको मुख्य सहयोगमा पोखरामा सम्पन्न पाँचौं संस्करणको ब्रेकिङ्ग बाउण्ड्रिज अन्तर विद्यालय छात्र–छात्रा टी–२० क्रिकेट प्रतियोगितामा दुवैतर्फको उपाधी अम्मरसिंह माविले जितेको छ । सोमबार पोखरा रङ्गशालामा भएको फाइनल खेलमा दुवै तर्फको प्रतिद्वन्दी बाराही माविलाई पराजित गर्दै अमरसिंहले दोहोरो उपाधि चुमेको हो । छात्रतर्फको फाइनल खेलमा उसले बाराहीलाई दुई विकेटले पराजित गर्दै विजेता बन्न सफल भयो । प्रतिस्पर्धात्मक खेलमा जितका लागि अन्तिम बलमा आवश्यक चौका प्रहार गर्दै अमरसिंहले रोचक जित निकालेको हो । टस जितेर ब्याटिङ गरेको… पुरा पढौ

मे महिनाको मन्थ्ली मेडल एएसपी भक्तराजलाई

पोखरा-हिमालयन गल्फ क्लबमा शनिबार आयोजित मे महिनाको मन्थ्ली मेडलको उपाधि गल्फर एएसपी भक्तराज गुरुङले जितेका छन् । स्टेबल फोर्ड फुल ह्याण्डीक्यापमा खेलाइएको प्रतिस्पर्धामा उनले ३४ स्कोरसहित उपाधि जित्न सफल भए । एएसपी लिलाजंग गुरुङ भने उपविजेता बने । उनी काउण्ट ब्याकमा ३१ स्कोरसहित उपविजेतामा चित्त बुझाएका हुन् । पोखरा मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा क्लब सदस्य गल्फरहरुको सहभागिता रहेको थियो । विजेता तथा उपविजेतालाई गोर्खा वेलफेयर सोसाईटी लमजुङका अफिसर सुवास घलेले पुरस्कार प्रदान गरेका थिए । पुरा पढौ

पाँचौ एनसेल टाईगरकप भलिबलमा २१ लाख बचत

पोखरा-पाँचौ एनसेल टाईगरकप आमन्त्रित क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगितामा आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले २१ लाख रुपैयाँ बचत गरेको छ । गत माघ १२ गतेदेखि २० गतेसम्म पोखरा रगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजित प्रतियोगिताको बुधबार पोखरा रंगशालामा आयव्यय गर्दै २१ लाख रुपैयाँ बचत भएको सार्वजनिक गरिएको हो । एक करोड ७१ लाख ८९ हजार रुपैयाँ आम्दानी भएको प्रतियोगितामा १ करोड ५० लाख रुपैयाँ ८८ हजार रुपैयाँ खर्च भएको विवरण पत्रकार सममेलनमा प्रस्तुत गरियो । प्रतियोगितालाई एनसेलले मुख्य प्रायोजन… पुरा पढौ

अर्को साता हेमजामा अन्तरवडास्तरीय भेट्रान्स फुटबल

हेमजा - “युवा एकता र विकासका लागि खेलकुद ” भन्ने मूल नाराका साथ पोखरा महानगरपालिका वडा न।२५ हेमजामा अवस्थित हेमजा यूनाईटेडको आयोजनामा तथा पोखरा महानगर एवं २५ नं वडा कार्यालयको संरक्षणमा यही जेष्ठ १० देखि १७ गते सम्म ३५ वर्ष भन्दा माथि उमेर समूहको “अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता–२०८२”को आयोजना गरिएको छ । खेलकुदको माध्यमबाट एकता भाईचार बढाउदै खेलकुदमा अभिरुचि जगाई खेलकुदका मध्यम बाट स्वास्थ्य राख्ने साथै गौरीशङ्कर खेल मैदान(गैरी) स्तरोन्नति तथा संरक्षण गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको क्लबका… पुरा पढौ

खेलाडी तथा अफिसियललाई निशुल्क आखाँ शिविर

पोखरा-पोखरा रंगशालाभित्र पहिलो पटक खेलाडीहरुको आखाँको निशुल्क परीक्षण गरियो । मदन भण्डारी स्पोर्टस एकेडेमीले शनिबार पोखरा रंगशालामा खेलाडी, अफिसियल तथा अभिभावकहरुको आखाँको निशुल्क परीक्षण गरियो । पोखरा रंगशालामा यस अघि २०७६ सालमा कोभिडको समयमा कोरोनाको खोप लगाउने काम गरिएको थियो । पोखराको हिमालय आखाँ हस्पिटलको प्राविधिक सहयोगमा विभिन्न खेलमा आवद्ध खेलाडीहरुले आफनो आखाँलाई परीक्षण गराएका थिए ।आखाँ निशुल्क परीक्षण शिविरमा ७ जना खेलाडीलाई मोतिया बिन्दु भएको भेटिएको दृष्टि विशेषज्ञ अनिष अधिकारीले बताए ।उनका अनुसार मोतियाविन्दु भएका खेलाडीहरुलाई हिमालयन आखाँ अस्पतालमा… पुरा पढौ

एम्स बैठक र अन्तर्राष्ट्रिय सम्मेलनसँगै २४ जेठमा नेपाल हेरिटेज रन हुने

पोखरा-रेस नेपालको आयोजनामा यही जेठ २४ गते शनिबार काठमाडौँ र ललितपुरका सम्पदा जोड्नेगरी नेपाल हेरिटेज रन हुने भएको छ ।विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस ९एम्स०को बोर्ड बैठक नेपालमा आयोजना हुनलागेको सन्दर्भ पारेर हेरिटेज रन सुरु गर्न लागिएको हो । विश्व सम्पदा सूचीमा परेका सम्पदाहरु जोड्नेगरी २५ किमी दुरीको दौडको रुट तयार गरिएको छ । नेपालमा पहिलो पटक हुनलागेको हेरिटेज रनले खेलाडीलाई उत्साह थप्ने अपेक्षा आयोजक रेस नेपालले लिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु… पुरा पढौ