कर्पोरेट

दुई सय मिटर प्रतिस्पर्धामा चिनिया टोली शीर्षस्थानमा

पोखरा-पोखरामा शुक्रबारदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ शुरु भएको छ । दुईदिनसम्म चल्ने बोट रेस महोत्सवमा चीन, नेपाल र सिंगापुरका गरी ८ बोटको सहभागिता रहेको छ । पोखरा महानगरपालिका, नेपालस्थिति चिनिया दूतबास र नेपाल पर्यटन बोर्डको आयोजनामा फेवातालमा शुरु भएको बोट रेसमा पहिलो दिनको दुई सय मिटर प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिम(पहेंलो) चीन शीर्ष स्थानमा छ । दुई चरणमा भएको दुई सय मिटरको प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिमले एक मिनेट ४८.८१ सेकेण्डको समयमा पुरा गर्दै शीर्ष स्थानमा छ ।… पुरा पढौ

कास्की अन्तर पालिका भलिबलको उपाधि अन्नपूर्णलाई

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो कास्की जिल्ला अन्तर पालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा माछापुच्छ्रेगाउँपालिकालाई ३–१ को सेटमा हराउँदै अन्नपूर्ण ‘ए’ च्याम्पियन बनेको हो । उपाधिसँगै अन्नपूर्ण गाउँपालिकाको टिमले ६० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामाछापुच्छ्रे५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । रूपा गाउँपालिका ‘बी’लाई ३–० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको (रातो जर्सी) टिम तृतीय भयो ।… पुरा पढौ

पोखरा महानगर रातो र माछापुच्छ्रे गाँउपालिका सेमिफाईनलमा

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि पोखरा रंगशाला भलिबल एरिनामा कास्की पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । बुधबार भएको प्रतिस्पर्धामा पोखरा महानगरपालिका रातोले मादी गाँउपालिका बीलाई २—० सेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । त्यसैगरी माछापुच्छ्रे गाँउपालिकाले अन्नपूर्ण गाँउपालिका बी लाई २—१ को सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको छ ।प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ । माछापुच्छ्रेगाँउपालिका बाहेक अन्य पालिकाहरुको दुई दुई टिमको सहभागिता रहेको छ । विजेताले पुरस्कारस्वरुप ६० हजार रुपैयाँ प्राप्त गर्ने… पुरा पढौ

बस्नेतलाई लेखनाथ हाफ म्याराथनको उपाधि

पोखरा-लेखनाथ हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जितेका छन् । २१.९८ किलोमिटरको दुरीलाई बस्नेतले १ घण्टा १३ मिनेट ३३ सेकेण्डको समयमा पुरा गर्दै पहिलो पटक आयोजित लखेनाथ हाफ म्याराथनको उपाधि जितेका हुन् । शनिबार पोखरा–२९ भण्डारढीकस्थित प्रस्तावित लेखनाथ रंगशालाबाट शुरुभएको दौड खल्याँड लेखनाथ साना तथा शहरी खानेपानी, बेगनासताल, पार्किङबाट ड्यामहुदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेटहुदै कालीगण्डकी चोक पुग्ने छ । त्यसपछि खास्टेताल चोक, बुढीबजार सिमलमार्ग लक्ष्मीमावि हुदैं लेखनाथ चोक, डाडाँनाकबाट तालचोक, शिशुवा, नौविसे आदर्शचोक निस्केर भण्डारढीकस्थित लेखनाथ रंगशालामा पुगेर दौड टुंगिएको… पुरा पढौ

राना मे महिनाको हिमालयन गल्फ क्लब च्याम्पियन

पोखरा-हिमालयन गल्फ कोर्षमा आयोजित मे महिनाको हिमालयन गल्फ क्लब मन्थ्ली मेड्ल ट्रफी याम रानाले जितेका छन् । पोखराको छिनेडाडाँस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा भएको प्रतिस्पर्धामा रानाले ४५ स्कोरसहित ट्रफी जितेका हुन् । फूल ह्याण्डीक्याप स्टेबल फोर्ड आधारमा खेलिएको प्रतिस्पर्धामा डा. अमरिश शुक्लाले ४० स्कोर गर्दै उपविजेता बने । त्यस्तै ३८ स्कोरसहित बसन्त गौचन(साकुरा) भने तेस्रो स्थानमा रहे । ग्रस तर्फ जीवाराम गुरुङले ट्रफी प्राप्त गरे । उनले २८ स्कोर हिर्काए । प्रतियोगितामा लङगेष्ट ड्राइभ कृष्ण पुनले हिर्काए ।… पुरा पढौ

तेस्रो अन्नपूर्ण म्याराथनको उपाधि बुढा र भण्डारीलाई

पोखरा-तेस्रो अन्नपूर्ण म्याराथनको उपाधि नेपाल पुलिस क्लब(जुम्ला)का धिरबहादुर बुढाले जितेका छन् । उनले निर्धारित ४२.१९५ किलोमिटरको दुरीलाई ४ घण्टा १० मिनेट ५१ सेकेण्डमा पुरा गर्दै नगद १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी नेपाल आर्मीका होमलाल श्रेष्ठ दोस्रो भए । उनले निर्धारित दुरीलाई ४ घण्टा १२ मिनेट १९ सेकेण्डमा पुरा गरेका थिए । त्यसैगरी नेपाल आर्मीकै बेदबहादुर सुनुवार तेस्रो स्थानमा आए । उनले ४ घण्टा १६ मिनेट ४८ सेकेण्डको समयमा पुरा गरेका थिए । दौड ४ हजार… पुरा पढौ

जेठ अन्तिम शनिबार ‘लेखनाथ हाफ म्याराथन’

पोखरा-जेठको अन्तिम साता लेखनाथमा ‘लेखनाथ हाफ म्याराथन’ प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा एथलेटिक्स संघ कास्कीको प्राविधिक सहयोगमा जेठ २७ गते शनिबार पुरुष खुल्ला हाफ म्याराथन आयोजना गरिएको समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । हाफ म्याराथनसँगै महिला तथा पुरुष १० किलोमिटर दौड हुने छ । पोखरा महानगर खेलकुद विकास समितिले विद्यालयलाई समेट्न छात्रा तथा छात्र दौड समेत समावेश गरिएको सदस्य सचिवले सुनाए । ‘हाफ म्याराथनको लागि विभागीय क्लबसँगै विभिन्न संघसंस्थालाई पत्रचार गरिसकिएको… पुरा पढौ

महानगर खेलकुद अध्यक्ष गोदारलाई महानगर कप स्क्वासको उपाधि

पोखरा-पोखरा महानगर कप स्क्वासको उपाधि दिपकबहादुर गोदारले जितेका छन् । पोखरा रंगशालास्थित स्क्वास ¥याकेट संघ कास्कीको कोर्टमा आयोजित फाईनलमा गोदारले प्रयाग जोशीलाई ३–२ सेटमा पराजित गर्दै उपाधि जिते । पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष समेत रहेको गोदारले जोशीमाथि जित निकाल्न निकै संघर्ष गरे । बेष्ट अफ फाईभसम्म पुगेको खेल निकै प्रतिस्पर्र्धात्मक बन्यो । पहिलो सेट ९–११ ले गुमाउँदै पछि परेका गोदारले दोस्रो सेटमा भने कमब्याक गरे । दोस्रो सेट उनले ११–९ ले नै आफनो पक्षमा पारेपछि खेल बराबरीमा पुग्यो… पुरा पढौ

गोदार र आचार्य फाईनल प्रवेशका लागि भिड्ने

पोखरा-स्क्वास खेलाडी सुजन आचार्य र दिपकबहादुर गोदार दोस्रो महानगर कप खुल्ला स्क्वास प्रतियोगितामा सेमिफाईनलमा भिड्ने छन् । शुक्रबार भएको प्रतिस्पर्धामा आचार्यले नवराज श्रेष्ठ ११- ६, ८-११ र अन्तिम सेट ११-७ मा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा सञ्चालित प्रतियोगितामा शुक्रबार संघको एरिनामा भएको प्रतिस्पर्धामा दिपकबहादुर गोदारले राजु श्रेष्ठलाई ११-६, ११-९ को सेटमा पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । प्रतियोगितामा २४ जना खेलाडीको सहभागिता रहेको छ । तीनवटा इभेण्टमा प्रतिस्पर्धा गरिएको… पुरा पढौ

वडा नं १४ च्याम्पियन

पोखरा-झरीले ढिलो गरी शुरुभएको पोखरा महानगर वडास्तरीय फुटबल प्रतियोगिताको उपाधि पोखरा महानगर वडा नं १४ ले जितेको छ । बिहीबार पोखरा रंगशालामा भएको फाईनल खेलमा एकपक्षीय देखिएको खेलमा पोखरा वडा नं १५ माथि ४—० को फराकिलो गोल अन्तरले पन्छाउँदै वडा नं १४ च्याम्पियन बन्यो । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा भएको खेलमा वडा नं १४ ले पहिलो हाफमा दुई र दोस्रो हाफमा दुई गोल गर्दै एकपक्षीय नजिता निकाल्दै च्याम्पियन बन्न सफल भयो… पुरा पढौ