पोखरा-यही चैत १० गते शुक्रबार पोखरामा दोस्रो मिष्टर पोखरा हुने भएको छ। कास्की बडिविल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा हुने दोस्रो मिष्टर पोखरामा चारवटा प्रदेशका खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। पोखराको नयाँबजारस्थित सिटी जिम सेन्टरको मुख्य प्रायोजन रहेको दोसो मिष्टर पोखरामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदुर पश्चिम प्रदेशका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने एशोसियसनका उपाध्यक्ष दिपक बास्तोलाले जानकारी दिए। ६ वटा तौल समूहमा प्रतिस्पर्धा हुने छ। तौल समूह विजेताले ओभर च्याम्पियनको लागि अन्तिम प्रतिस्पर्धा गर्ने छन्। प्रतिस्पर्धामा चार प्रदेशका एकसय भन्दा बढी खेलाडीहरुले सहभागिता…
पुरा पढौ