कर्पोरेट

आगामी मंसिर दोस्रो साता नवौं नेपालगन्ज म्याराथन

नेपालगन्ज–नवौं धारा नेपालगन्ज म्याराथन आउँदो ९ मंसिर, २०८० शनिबार आयोजना हुने भएको छ । म्याराथन आयोजक क्रियटिभ ह्याण्ड्सको बोर्ड बैठकले नवौं संस्करणको मिति तय गरेको हो । नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको दिन ५ मंसिर २०६३ को स्मरणमा हरेक वर्ष मंसिरको पहिलो शनिबार हुँदै आएको नेपालगन्ज म्याराथन यस बर्ष ९ गते शनिवार हुनेछ । क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १… पुरा पढौ

स्पोर्टस अवार्डबाट एकलाख बचत

पोखरा-गत बैशाखमा आयोजित सातौं पोखरा स्पोर्टस अवार्डबाट खेलकुद पत्रकार मञ्च गण्डकीले एकलाख रुपैयाँ बचत गरेको छ ।मञ्चले सार्वजनिक गरेको आयव्यय अनुसार एकलाख ११ हजार रुपैयाँ बचत गरेको हो । स्पोर्टस अवार्डमा मञ्चले २६ लाख ९९हजार १२ रुपैयाँ विभिन्न शीर्षकमा आम्दानी गरेका जनाएको छ । त्यसैगरी २५ लाख ८७ हजार २ सय ५५ रुपैयाँ खर्च भएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले जानकारी दिए । मञ्चको पाँचौ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सातौं संस्करणको स्पोर्ट्स अवार्डको समीक्षा समेत गरिएको थियो… पुरा पढौ

ई. सन्तोषलाई जुलाई मन्थ्ली मेडल गल्फ ट्रफी

पोखरा-हिमालयन गल्फ कोर्षको जुलाई(२०२३)को मन्थ्ली मेडल गल्फ च्याम्पियनसिपको ट्रफी ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । स्ट्रोक प्लेको आधारमा खेलाईएको प्रतिस्पर्धामा इन्जिनियर सन्तोषले ५ आण्डर ६४ को कार्डसहित ट्रफी उचालेका हुन् । पार ६९ को कोर्षमा सन्तोषले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि आफनो नाममा लेखाएका हुन् । उनी हिमालयन गल्फ क्लबको १५ औं ह्याण्डीक्यापका एमेच्योर गल्फर हुन् । नेटतफको प्रतिस्पर्धाको उपविजेता भने क्याप्टेन गणेश गुरुङ बने । ८ ह्याण्डीक्याप रहेको गणेशले २ ओभर ७१ को कार्ड बनाए । त्यसैगरी तेस्रो स्थानमा भने… पुरा पढौ

लामाचौर तीज महोत्सव, महिला भलिबलको तयारी

पोखरा- तीज आउन झण्डै डेढ महिना बाँकी छ । डेढमहिना बाँकी रहँदै लामाचौरमा तीजे महोत्सवको तयारी शुरु गरिएको छ । तीजे महोत्सवमा विशेष गरी नव आदर्श सामुदायिक विकास समाजले राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दै आएको छ । महोत्सवमा राष्ट्रिय महिला तथा पुरुष भलिवल, अन्तर महिला समुह तिज गित प्रतियोगिता, अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता, नरबहादुर बानिया स्मृति प्रदेशस्तरीय सितेरियो कराँते साथै राष्ट्रिय कलाकारहरूद्वारा साँस्कृतिक कार्यक्रम समेत गरिने छ । । २०५४ साल देखि नै “मौलिक सस्कृतिको जगेर्ना गरौँ” भन्ने… पुरा पढौ

एक किलोमिटरमा १२ वर्षमुनिकाको प्रतिस्पर्धा

पोखरा-पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैं छ । पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो । आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आएको छ । शनिबार रेस पोखराको मेथ्लाङ–सराङकोट २५ किलोमिटरको हुने छ । यो वर्षको यो दोस्रो प्रतियोगिता समेत हो । दौडमा स्वदेशी तथा विदेशी धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । क्लबका संस्थापक अध्यक्ष विकास गुरुङका अनुसार आठौं संस्करणको २५ किलोमिटर दौडमा १४ जना विदेशी धावकको सहभागिता रहेको छ… पुरा पढौ

व्यायामशाला बढे, खेलाडी बढेनन

पोखरा-स्वास्थ्यका लागि खेलकुद । खेलकुदका लागि जिम । पछिल्लो समय युवापुस्ताको जमात जिम(व्यायामशाला)मा भेटिन्छन् । शहरी जीवन व्यस्त छ । तर पनि स्वास्थ्यप्रतिको सचेतता बढ्दै गएको आभाष व्यायामशालामा उपस्थिति सर्वसाधारणको भीडले देखाउँछ । वर्षेनी जिम सेन्टर थपिने क्रममा छन् । तर जिमका व्यावसायिक खेलाडी भने घट्दै गएको जिम सञ्चालक स्वीकार्छन् । पोखरामा २०४० सालदेखि जिम गर्ने परिपाटी शुरु भएको इतिहास छ । पोखरा व्यायामशालाको स्थापनासँगै व्यवसायिक जिमको शुरुवात भएको हो । ५० को दशकमा आईपुग्दा जिम सेन्टर १० को हाराहारीमा… पुरा पढौ

प्रथम एमेच्युअर फुटसल प्रतियोगिता

पोखरा-खेलकुद विकास मञ्च पोखराको आयोजनामा आगामी शुक्रबार र शनिबार याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा प्रतियोगिताको आयोजना गरिएको हो । पोखरा महानगरपालिका वडा नं। १८ सिमाना मार्ग तथा आसपासका क्षेत्रमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको शनिबार आयोजित रनिङ्ग शिल्ड सार्वजानिक तथा पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विक्रम थापाले जानकारी दिए । वडाबाट प्रतिभावान खेलाडी उत्पादन गर्नुका साथै खेलाडीहरु बीच भाइचाराको सम्बन्ध विस्तार… पुरा पढौ

कमल र गणेशको जोडी सेमिफाईनलमा

काठमाडौं-पूर्व उप–प्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडी मदन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०८० को सेमिफाईनलमा प्रवेश गरेका छन् । ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोतिामा थापा दाजुभाईले पञ्च बहादुर गुरुङ्ग र ठाकुर गैरेको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । अव थापा दाजुभाईले उपाधीका लागि पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई र लिल बहादुर थापाको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । राई र थापाको जोडीले राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१–४, १७–२१, २१–११ ले पराजित गर्दै… पुरा पढौ

बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन–महानगर प्रमुख

पोखरा-पोखरा महानगरपालिकाले आफनो १३ औं नगर सभामा आफनो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बेगनास तालमा वाटर स्पोर्टस गर्ने उल्लेख गरेको छ । पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्ने उद्देश्यसहित वाटर स्र्पोटस गर्ने उल्लेख गरेको हो । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै महानगर प्रमुख धनराज आचार्यले बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन गर्ने सुनाए । ‘वाटर स्पोर्टस मार्फत पर्यटन प्रवद्र्धनमा जोड दिईने छ।’ उनले भने–‘आवश्यक सम्भाव्य अध्ययन गरिने छ ।’ उनले विशेष गरी तालहरुमा हुने वाटर स्पोर्टसका… पुरा पढौ

चीनको सिचुवान ड्रागन बोट रेस टिम च्याम्पियन

पोखरा-पोखरामा आयोजित ड्रागन बोट रेसको उपाधि चीनको सिचुवान ड्रागन बोट टिम(पहेंलो)ले जितेको छ । शुक्रबारदेखि शुरु भएको नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस महोत्सव अन्तर्गत शनिबार ५ सय मिटरको प्रतिस्पर्धा भएको थियो । पाँचसय मिटरको प्रतिस्पर्धामा सिचुवान टोलीले दुई चरणमा गरी ४ मिनेट ३८.३३ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बन्यो । टोलीले शुक्रबार दुई सय मिटरको प्रतिस्पर्धा एक मिनेट ४८.८१ सेकेण्डको समयमा पुरा गरेको थियो । नेपालको नारा ड्रागन बोट टिम दोस्रो स्थानमा रह्यो । पाँचसय मिटरको दोस्रो दिनको प्रतिस्पर्धामा नेपाली टोलीले… पुरा पढौ