कर्पोरेट

पोखरामा वडास्तरीय फुटबल प्रतियोगिता सुरू

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा अन्तर वडास्तरीय फुटबल प्रतियोगिता सुरू भएको छ । महानगरपालिकाका ३३ मध्ये ३० वटा वडा सहभागी प्रतियोगिताको शनिबार महानगर प्रमुख धनराज आचार्यले उद्घाटन गरे । जेठ ११ गतेसम्म चल्ने प्रतियोगिताका खेल पोखरा रंगशाला र पोखरा–१९ लामाचौरस्थित गोस्ते खेल मैदानमा हुने छ । प्रतियोगिताको पहिलो दिन ७ खेल भए । आयोजकका अनुसार वडा नम्बर २६ ले वडा नम्बर ३ लाई १०–१ ले, वडा नम्बर २५ ले वडा नम्बर ४ लाई ९–० ले, वडा नम्बर ५ ले… पुरा पढौ

जेठ २० अन्नपूर्ण दिवसमा ‘तेस्रो अन्नपूर्ण म्याराथन’

पोखरा-यही जेठ २० गते अन्नपूर्ण आरोहण दिवसको अवसरमा तेस्रो अन्नपूर्ण म्याराथनको तयारी गरिएको छ । दुई संस्करण आयोजनासँगै कोभिडले रोकिएको अन्नपूर्ण म्याराथनको तेस्रो संस्करण जून ३ तारिख(जेठ २० गते) आयोजना गरिने अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले जनाएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समिति तथा घान्द्रुक पर्यटन व्यवस्थापन समितिले जेठ १७ देखि २० गतेसम्म तेस्रो अन्नपूर्ण म्याराथन÷अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० गर्ने तयारीमा जुटेको छ । ‘पर्यटनका लागि सबै मौसम’ भन्ने नारासहित अन्नपूर्ण पदयात्रा क्षेत्रको विकास र विस्तारमा टेवा पु¥याउने उद्देश्यसहित समितिले अन्नपूर्ण… पुरा पढौ

अरण्यज्योति कपः आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनलमा

पोखरा-अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् । पोखरा रंगशालाको क्रिकेट मैदानमा ३ दिनदेखि जारी प्रतियोगितामा आयोजकले तीनवटै खेल जितेर समूह विजेता हुँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । ३ खेलमा २ खेल जितेर समूह उपविजेता हुँदै बागलुङ क्रिकेट क्लबले आफूलाई सेमिफाइनलमा सुरक्षित पारेको छ । बुधबार किङ्सलाई ४६ रनले पराजित गरेको उसले दोस्रो दिन माछापुच्छे«को चुनौती पन्छाएको थियो । योसँगै समूह ए बाट… पुरा पढौ

१६ औं राष्ट्रब्यापी कृष्णमोहन स्मृती खुल्ला ब्याडमिन्ट जेष्ठ २१ देखि

काठमाडौं-नेपाल सशस्त्र प्रहरी बलको आयोजनामा प्रथम महानिरीक्षक कृष्णमोहन श्रेष्ठको स्मृतीमा आयोजना हुने राष्ट्रब्यापी खुल्ला ब्याडमिन्ट प्रतियोगिताको १६ औं संस्करण जेष्ठ २१ देखि २४ गते सम्म हुने भएको छ । नेपाल एपिएफ क्लब ९कृष्णमोहन स्मृती भवन हलचोकमा आयोजना हुने प्रतियोगिताका बारेमा आज पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलका प्रवक्ता बरिष्ठ उपरिक्षक राजेन्द्र खड्काले उक्त जानकारी गराएका हुन् । राष्ट्रिय बरियता प्रतियोगिता समेत रहेको प्रतियोगितामा पुरुष÷महिला एकल र युगल, मिक्स युगल, पुरुष यु–१२ र यु–१९, भेट्रान्स युगल ४५ र ५५ बर्ष माथि… पुरा पढौ

लुम्बिनी विकास बैंक अरण्यज्योति कप सुरु

पोखरा- अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा सोमबारदेखि लुम्बिनी विकास बैंक अरण्यज्योति कप टि–२० सुरु भएको छ । किङ्स क्रिकेट क्लबलाई ५७ रनले पराजित गर्दै माछापुच्छे« क्रिकेट क्लबले विजयी शुरुवात गरेको छ । टस हारेर ब्याटिङको निम्तो पाएको माछापुच्छे«ले पूरै १६ ओभरमा ४ विकेट गुमाउँदै १३० रनको लक्ष्य पस्केको थियो । काठमाडौंको किङ्स ७२ रनमा अलआउट हुन पुग्यो । प्लेयर अफ दि म्याच माछापुच्छे«का राजु गुरुङ बने । अर्को खेलमा आयोजक विजयी भयो । बागलुङ क्रिकेट क्लबलाई १२ रनले पराजित गर्दै आयोजकले… पुरा पढौ

पोखराको मैत्री पाठशालाले जित्यो उपाधि

पोखरा-पोखरामा आयोजित दोश्रो मोहन स्मृति राष्ट्रि«य विद्यालयस्तरीय व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराको मैत्री पाठशालाले जितेको छ । साविक विजेता काठमाडौंको ग्यालेक्सि पब्लिक स्कुललाई पछि पार्दै पोखराको मैत्री पाठशालाले उपाधि जितेको हो । मैत्री पाठशालाले एक स्वर्ण र एक कास्य पदकसहित च्याम्पियन बनेको हो । पोखरा महानगरपालिका खेलकुद विकास समिति र मोहन भुगोल व्याडमिन्टन फाउण्डेसनको संयुक्त आयोजनामा पोखरा रगंशालाको व्याडमिन्टन हल सम्पन्न प्रतियोगितामा निमावि छात्रा एकल तर्फ पोखराको मैत्री पाठशालाकी निभा राईले फाइनलमा बिद्या बिकासकी आस्ना श्रेष्ठलाई २१—१४, २१—१४ को सेटमा पराजित… पुरा पढौ

पोखरामा विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु

पोखरा-पोखरामा बुधबारदेखि विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको छ । पोखरा महानगर खेलकुद विकास समिति तथा मोहन भूगोल व्याडमिन्टन फाउण्डेशनको संयुक्त आयोजनामा बुधबारदेखि पोखरा रंगशालास्थित व्याडमिन्टन हलमा दोस्रो संस्करणको मोहन स्मृति विद्यालयस्तरीय राष्ट्रिय व्याडमिन्टन प्रतियोगिता शुरु भएको हो । ट्रेकिङको इकुपमेन्ट विक्री वितरण गर्दै आएको भाउदे नेपालको मुख्य प्रायोजनमा बुधबार हलको तीनवटा कोर्टमा भएको प्रतिस्पर्धा राउण्ड ३२ सम्मका खेलहरु टुंगिएका छन् । लोअर सेकेण्डरी छात्र तर्फको प्रतिस्पर्धामा खैरेनीटार मावि तनहुँका सन्देश कार्कीले विद्या ज्योतिका हिमाल थापालाई २१—१४, २१—१८ को सोझो… पुरा पढौ

जेठ १ गतेदेखि पोखरामा क्लबस्तरीय टी—२० क्रिकेट

पोखरा-आगामी जेठन १ गतेदेखि पोखरा रंगशाला क्रिकेट मैदानमा लुम्बिनी विकास बैंक अरण्यज्योति क्रिकेट कप २०८० शुरु हुदैं छ । लुम्बिनी विकास बैंकको मुख्य प्रायोजनमा क्लबस्तरीय टी—२० क्रिकेट प्रतियोगिता शुरु हुने छ । पोखरामा क्लबस्तरीय क्रिकेट प्रतियोगिता आयोजना नभईरहेको अवस्था अरण्यज्योति क्रिकेट क्लबले प्रतियोगिता गर्ने जमर्को गरेको हो । क्लबको जमर्कोलाई लुम्बिनी विकास बैंकले सहकार्य गरेको हो । प्रतियोगितालाई बैंकसँगै अन्नपूर्ण केवलकार प्रालि र कास्की जिल्ला क्रिकेट संघले प्राविधिक सहयोग गरेको छ । बन्जी सोसाईटीले समेत प्रतियोगितामा सहयोगी भूमिका खेलेको छ… पुरा पढौ

‘हिमालयन एक्सट्रिम ट्रायथोलन’को उपाधि चेकका पिटर र अमेरिकाकी तारालाई

पोखरा-निकै कठिन मानिने हिमालयन एक्स्ट्राई वल्र्ड टुर एक्सट्रिम ट्रायथोलनको उपाधि पुरुष तर्फ चेक रिपब्लिकका पिटर भाब्रोसेकले जितेका छन् । महिला तर्फको उपाधि अमेरिकाकी तारा मिराण्डा पार्सोन्सले जितेकी छन् । अन्तराष्ट्रिय ट्रायथोलनका हब पोखरामा शनिबार र आईतबार हिमालयन एक्सट्रिम ट्रायथोलन प्रतिस्पर्धा भएको थियो । शनिबार विहान फेवातालमा पौडीबाट शुरुवात भएको ट्रायथोलन आईतबार कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित काँडेमा समापन भएको थियो । फेवातालमा ३ दशमलव ८ किलोमिटर पौडी प्रतिस्पर्धा गरिएको थियो । पौडीपछि सहभागिले १७५ किलोमिटर साईक्लिङ गरे । साईक्लिङपछि ४३ किलोमिटर दौड… पुरा पढौ

क्रिकेटर करण र फुटबलर सावित्रा वर्ष खेलाडी

पोखरा-क्रिकेटर करण केसी र फुटबलर सावित्रा भण्डारी सातौं पोखरा स्पोर्टस अवार्डमा उत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको अवार्ड कार्यक्रममा वर्ष उदीयमान खेलाडीतर्फ क्रिकेटका सुवास भण्डारी सर्वोत्कृष्ट ठहरिए । वर्ष उत्कृष्ट प्रशिक्षक तर्फ आर्चरीका किशोर कुमार गुरुङले बाजी मारें । वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पारें । वर्ष उत्कृष्ट उदीयमान खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षक तर्फका विजेताले नगद ३५ हजार रुपैयाँको… पुरा पढौ