कर्पोरेट

एक किलोमिटरमा १२ वर्षमुनिकाको प्रतिस्पर्धा

पोखरा-पोखरामा शनिबार आठौं संस्करणको गोरेटो दौड(ट्रेल रेस) शुरु हुदैं छ । पोखरा ट्रेलरेस रनिङ क्लबको आयोजनामा हुने यो आठौं संस्करण हो । आठौं संस्करणको दौडमा क्लबले वर्षमा चार पटक ट्रेलरेसको सिरिज आयोजना गर्दै आएको छ । शनिबार रेस पोखराको मेथ्लाङ–सराङकोट २५ किलोमिटरको हुने छ । यो वर्षको यो दोस्रो प्रतियोगिता समेत हो । दौडमा स्वदेशी तथा विदेशी धावकहरुले प्रतिस्पर्धा गर्ने छन् । क्लबका संस्थापक अध्यक्ष विकास गुरुङका अनुसार आठौं संस्करणको २५ किलोमिटर दौडमा १४ जना विदेशी धावकको सहभागिता रहेको छ… पुरा पढौ

व्यायामशाला बढे, खेलाडी बढेनन

पोखरा-स्वास्थ्यका लागि खेलकुद । खेलकुदका लागि जिम । पछिल्लो समय युवापुस्ताको जमात जिम(व्यायामशाला)मा भेटिन्छन् । शहरी जीवन व्यस्त छ । तर पनि स्वास्थ्यप्रतिको सचेतता बढ्दै गएको आभाष व्यायामशालामा उपस्थिति सर्वसाधारणको भीडले देखाउँछ । वर्षेनी जिम सेन्टर थपिने क्रममा छन् । तर जिमका व्यावसायिक खेलाडी भने घट्दै गएको जिम सञ्चालक स्वीकार्छन् । पोखरामा २०४० सालदेखि जिम गर्ने परिपाटी शुरु भएको इतिहास छ । पोखरा व्यायामशालाको स्थापनासँगै व्यवसायिक जिमको शुरुवात भएको हो । ५० को दशकमा आईपुग्दा जिम सेन्टर १० को हाराहारीमा… पुरा पढौ

प्रथम एमेच्युअर फुटसल प्रतियोगिता

पोखरा-खेलकुद विकास मञ्च पोखराको आयोजनामा आगामी शुक्रबार र शनिबार याम(राम) बहादुर थापा स्मृति प्रथम एमेच्युअर फुटसल प्रतियोगिता हुने भएको छ । पोखरा ४ गणेशटोल स्थित स्पोट्र्स क्यासलको फुटसल कोर्टमा प्रतियोगिताको आयोजना गरिएको हो । पोखरा महानगरपालिका वडा नं। १८ सिमाना मार्ग तथा आसपासका क्षेत्रमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ फुटसल प्रतियोगिताको आयोजना गर्न लागिएको शनिबार आयोजित रनिङ्ग शिल्ड सार्वजानिक तथा पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष विक्रम थापाले जानकारी दिए । वडाबाट प्रतिभावान खेलाडी उत्पादन गर्नुका साथै खेलाडीहरु बीच भाइचाराको सम्बन्ध विस्तार… पुरा पढौ

कमल र गणेशको जोडी सेमिफाईनलमा

काठमाडौं-पूर्व उप–प्रधानमन्त्री कमल थापा र गणेश थापाको जोडी मदन स्मृती ब्याडमिन्टन प्रतियोगिता २०८० को सेमिफाईनलमा प्रवेश गरेका छन् । ललितपुरस्थित रिभाईभ रिक्रियसन सेन्टरमा भएको प्रतियोतिामा थापा दाजुभाईले पञ्च बहादुर गुरुङ्ग र ठाकुर गैरेको जोडीलाई २१–८, २१–१४ ले पराजित गर्दै सेमिफाईनलमा स्थान बनाएका हुन् । अव थापा दाजुभाईले उपाधीका लागि पूर्व मुख्यमन्त्री राजेन्द्र कुमार राई र लिल बहादुर थापाको जोडी संग प्रतिस्पर्धा गर्ने छन् । राई र थापाको जोडीले राजकाजी महर्जन र प्रकाश रावलको जोडीलाई २१–४, १७–२१, २१–११ ले पराजित गर्दै… पुरा पढौ

बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन–महानगर प्रमुख

पोखरा-पोखरा महानगरपालिकाले आफनो १३ औं नगर सभामा आफनो नीति तथा कार्यक्रम सार्वजनिक गर्दै बेगनास तालमा वाटर स्पोर्टस गर्ने उल्लेख गरेको छ । पोखरालाई खेलकुदको शहरको रुपमा विकास गर्ने उद्देश्यसहित वाटर स्र्पोटस गर्ने उल्लेख गरेको हो । आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सम्बोधन गर्दै महानगर प्रमुख धनराज आचार्यले बेगनास तालमा वाटर स्पोर्टसको सम्भाव्य अध्ययन गर्ने सुनाए । ‘वाटर स्पोर्टस मार्फत पर्यटन प्रवद्र्धनमा जोड दिईने छ।’ उनले भने–‘आवश्यक सम्भाव्य अध्ययन गरिने छ ।’ उनले विशेष गरी तालहरुमा हुने वाटर स्पोर्टसका… पुरा पढौ

चीनको सिचुवान ड्रागन बोट रेस टिम च्याम्पियन

पोखरा-पोखरामा आयोजित ड्रागन बोट रेसको उपाधि चीनको सिचुवान ड्रागन बोट टिम(पहेंलो)ले जितेको छ । शुक्रबारदेखि शुरु भएको नेपाल–चीन फ्रेण्डसीप ड्रागन बोट रेस महोत्सव अन्तर्गत शनिबार ५ सय मिटरको प्रतिस्पर्धा भएको थियो । पाँचसय मिटरको प्रतिस्पर्धामा सिचुवान टोलीले दुई चरणमा गरी ४ मिनेट ३८.३३ सेकेण्डमा पुरा गर्दै च्याम्पियन बन्यो । टोलीले शुक्रबार दुई सय मिटरको प्रतिस्पर्धा एक मिनेट ४८.८१ सेकेण्डको समयमा पुरा गरेको थियो । नेपालको नारा ड्रागन बोट टिम दोस्रो स्थानमा रह्यो । पाँचसय मिटरको दोस्रो दिनको प्रतिस्पर्धामा नेपाली टोलीले… पुरा पढौ

दुई सय मिटर प्रतिस्पर्धामा चिनिया टोली शीर्षस्थानमा

पोखरा-पोखरामा शुक्रबारदेखि नेपाल–चीन फ्रेण्डसीप ‘ड्रागन बोट रेस महोत्सव’ शुरु भएको छ । दुईदिनसम्म चल्ने बोट रेस महोत्सवमा चीन, नेपाल र सिंगापुरका गरी ८ बोटको सहभागिता रहेको छ । पोखरा महानगरपालिका, नेपालस्थिति चिनिया दूतबास र नेपाल पर्यटन बोर्डको आयोजनामा फेवातालमा शुरु भएको बोट रेसमा पहिलो दिनको दुई सय मिटर प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिम(पहेंलो) चीन शीर्ष स्थानमा छ । दुई चरणमा भएको दुई सय मिटरको प्रतिस्पर्धामा सिचुवान ड्रागन बोट टिमले एक मिनेट ४८.८१ सेकेण्डको समयमा पुरा गर्दै शीर्ष स्थानमा छ ।… पुरा पढौ

कास्की अन्तर पालिका भलिबलको उपाधि अन्नपूर्णलाई

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो कास्की जिल्ला अन्तर पालिका पुरूष भलिबल प्रतियोगिताको उपाधि अन्नपूर्ण गाउँपालिकाले जितेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा माछापुच्छ्रेगाउँपालिकालाई ३–१ को सेटमा हराउँदै अन्नपूर्ण ‘ए’ च्याम्पियन बनेको हो । उपाधिसँगै अन्नपूर्ण गाउँपालिकाको टिमले ६० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेतामाछापुच्छ्रे५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । रूपा गाउँपालिका ‘बी’लाई ३–० को सोझो सेटमा हराउँदै आयोजक पोखरा महानगरपालिकाको (रातो जर्सी) टिम तृतीय भयो ।… पुरा पढौ

पोखरा महानगर रातो र माछापुच्छ्रे गाँउपालिका सेमिफाईनलमा

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा बुधबारदेखि पोखरा रंगशाला भलिबल एरिनामा कास्की पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । बुधबार भएको प्रतिस्पर्धामा पोखरा महानगरपालिका रातोले मादी गाँउपालिका बीलाई २—० सेटले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको छ । त्यसैगरी माछापुच्छ्रे गाँउपालिकाले अन्नपूर्ण गाँउपालिका बी लाई २—१ को सेटमा पराजित गर्दै सेमिफाईनल सुरक्षित गरेको छ ।प्रतियोगितामा ९ टोलीको सहभागिता रहेको छ । माछापुच्छ्रेगाँउपालिका बाहेक अन्य पालिकाहरुको दुई दुई टिमको सहभागिता रहेको छ । विजेताले पुरस्कारस्वरुप ६० हजार रुपैयाँ प्राप्त गर्ने… पुरा पढौ

बस्नेतलाई लेखनाथ हाफ म्याराथनको उपाधि

पोखरा-लेखनाथ हाफ म्याराथनको उपाधि रामजी बस्नेतले जितेका छन् । २१.९८ किलोमिटरको दुरीलाई बस्नेतले १ घण्टा १३ मिनेट ३३ सेकेण्डको समयमा पुरा गर्दै पहिलो पटक आयोजित लखेनाथ हाफ म्याराथनको उपाधि जितेका हुन् । शनिबार पोखरा–२९ भण्डारढीकस्थित प्रस्तावित लेखनाथ रंगशालाबाट शुरुभएको दौड खल्याँड लेखनाथ साना तथा शहरी खानेपानी, बेगनासताल, पार्किङबाट ड्यामहुदै बेगनास बसपार्क, शिशुवा, कविशिरोमणि गेटहुदै कालीगण्डकी चोक पुग्ने छ । त्यसपछि खास्टेताल चोक, बुढीबजार सिमलमार्ग लक्ष्मीमावि हुदैं लेखनाथ चोक, डाडाँनाकबाट तालचोक, शिशुवा, नौविसे आदर्शचोक निस्केर भण्डारढीकस्थित लेखनाथ रंगशालामा पुगेर दौड टुंगिएको… पुरा पढौ