कर्पोरेट

मेयरकप साईकल दौडको लागि खेलाडीको दर्ता शुरु

पोखरा-आगामी दुईसातापछि पोखरामा मेयरकप साईकल दौड प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगिताको लागि खेलाडी दर्ता शुरु भईसकेको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा रुट पोखरा २१ स्थित युवावर्ष आधार विद्यालय फुस्रेखोलाको पुल नजिकबाट शुरु हुने छ । पुलबाट सिधै मट्टीखान रिसोर्ट पुग्नुपर्ने छ । पुलदेखि रिसोर्टसम्म २५ किलोमिटरको दुरी छ । ईलाटई तर्फको प्रतिस्पर्धीले दुई ल्याप गर्नुपर्ने छ । भने ४० वर्षमाथिको उमेर समूहको प्रतिस्पर्धीलाई एक ल्याप मात्रै गर्नुपर्ने साईक्लिङ संघका अध्यक्ष शंकर भण्डारीले जानकारी दिए । विजेतालाई… पुरा पढौ

पाँचौ अभियान भलिबल प्रतियोगिता पुषको ७ गतेदेखि

पोखरा-अभियान युवा क्लवको आयोजनामा हुने पाँचौ अभियान पुरुष भलिबल प्रतियोगिता पुषको ७, ८ र ९ गते हुने भएको छ । पोखरा ५ मालेपाटन खेलमैदानमा हुने क्लव स्तरिय उक्त भलिबल प्रतियोगितामा १२ टिम मात्र सहभागिता रहने क्लब अध्यक्ष तथा प्रतियोगिता संयोजक राजु गिरीले जानकारी दिए । युवाहरुलाई खेलकुद प्रति आकर्षण गर्न र उदीयमान खेलाडीको प्रोत्साहन गर्न प्रतियोगितालाई नियमित गरिएको संयोजक गिरीले बताए । उनका अनुसार प्रथम हुने टिमले ८० हजार रुपैयाँ नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै… पुरा पढौ

रोशन र पल्लबी च्याम्पियन

पोखरा- लेखनाथ क्योकुशिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण जितेका छन् । पुरुष ४५ के.जी तर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिशेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे । पुरुप ४० के. जी तर्फ बसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पार्दै स्वर्ण जिते भने किस्मत परियार र आयुष सुनारले कास्य जिते । ३५के.जी तौल समुह पुरुष तर्फ अमर थापाले प्रतिक… पुरा पढौ

आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको उपसमिति गठन

पोखरा-आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता–२०७९ को विभिन्न उपसमिति गठन गरिएको छ । आयोजक सहारा क्लब पोखरा अध्यक्ष हरिराम गुरुङ ‘सुरज’ को अध्यक्षतामा ५ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । प्रतियोगिता संयोजक वरिष्ठ उपाध्यक्ष केशवराज बराल चयन भए भने मूल आयोजक समिति सदस्यसचिवमा क्लब महासचिव रामजीप्रसाद अधिकारी छन् ।यस्तै, अर्थ संकलन समिति संयोजकमा सुनिल गुरुङ, प्रचारप्रसारमा दीपेन्द्र श्रेष्ठ, स्वयंसेवक परिचालन संयोजकमा प्रकाश शेरचन, शन्तिसुरक्षामा खेमबहादुर गुरुङ, खेलमैदान व्यवस्थापनमा तोरणबहादुर बानियाँ, आवास व्यवस्थापनमा मुछेत्र गुरुङ, अतिथि सत्कारमा… पुरा पढौ

आगामी पुस १३ गते पोखरामा स्पानिस फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता

पोखरा-पोखरामा आगामी पुस १३ गते स्पेनिस फुटबल क्लबसँग मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुदैं छ । स्पानिस फुटबल क्लब(सिपी कासेरेनो) र गण्डकी प्रदेशको टिम बीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने छ । स्पानिस फुटबल क्लबलाई पोखरामा ल्याउने पहल कास्की जिल्ला फुटबल संघले गरेको हो । नेपालमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता प्रस्ताव भने स्पेनस्थित लुम्बिनी गार्डेन फाउण्डेशनले गरेको हो । शान्तिका लागि फुटबल भन्ने नारासहित आगामी पुस १३ गते पोखरा र आगामी पुस १५ गते काठमाडौंमा नेपाली राष्ट्रिय टोली विरुद्ध मैत्रीपूर्ण खेल हुने तय भएको… पुरा पढौ

सहारा र हिमश्री फुड्स बीच पुनः दशवर्षे सम्झौता

पोखरा-सहारा क्लब पोखरा र हिमश्री फुड्स प्रालि बीच दशवर्षे सम्झौता भएको छ । क्लब र फुड्स बीचको सम्झौता यो तेस्रो पटक हो । हिमश्री फुड्ससँग पहिलो दशवर्षे सम्झौता भएपछि पोखरामा क्लबले आहा गोल्डकप शुरु गरेको थियो । आहा गोल्डकपको दशवर्षे सम्झौता सकिएपछि फुड्स प्रालिले दोस्रो पटक दशवर्षे सम्झौता गर्यो । दोस्रो सम्झौतापछि क्लबले आहा! रारा गोल्डकपको नामबाट फुटबल प्रतियोगिता सञ्चालन गर्यो । दुई दशकको सम्झौता टुंगिएपछि सहारा क्लब र हिमश्री फुड्स बीच तेस्रो पटक दशवर्षे सम्झौता भएको छ । सम्झौतापत्रमा… पुरा पढौ

गल्फ मन्थ्ली मेडल, गौचनलाई उपाधि

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पछि पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित मन्थ्ली मेडलको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन् । ६९ पारको हिमालयन कोर्षमा भएको प्रतिस्पर्धा फूल ह्याण्डीक्यापमा प्रतिस्पर्धा गराईएको थियो । प्रतिस्पर्धामा गौचनले बलराम थापालाई पराजित गर्दै उपाधि जितेका हुन् । उनले ५ ओभर ७४ स्कोरको कार्ड बनाउँदै उपाधि जित्दा थापा भने काउण्ट व्याकमा पराजित हुन पुगे । समान ७४को कार्ड बनाएपनि थापा काउण्ट व्याकमा पछि परेका हुन् । ग्रस तर्फको पुरस्कार भने लेफ्टिनेन्ट कर्णेल याम रानाले जिते ।… पुरा पढौ

यु १६ फुलकन्ट्याक्ट लेखनाथ जुनियर च्याम्पियनसिप

पोखरा-लेखनाथ क्योकिशन(कान कराते डोजोको आयोजनामा मंसिर १७ गते दोस्रो लेखनाथ डोजो जुनियर फुल कन्ट्याक्ट कराते च्याम्पियनसिप लेखनाथ पावरहाउसमा हुने भएको भएको छ । लेखनाथ रंगशाला भण्डारढिक र लेखनाथ पावरहाउस डोजोमा प्रशिक्षण लिइरहेका सोह्र वर्ष मुनिका ६०जना भन्दा बढि खेलाडीहरुले विभिन्न १० तौल समुहमा प्रतिस्पर्धा गर्ने छन । प्रतियोगितामा पुरुष तर्फ २५ के.जी, ३० के.जी,३५ के.जी, ४० के.जी, ४५ के.जी र ५० के।जी तौल समुह रहेका छन भने महिला तर्फ ३० के.जी मुनि ४० के.जी मुनि र ५० के।जी तौल समुहमा… पुरा पढौ

छात्रा प्रतियोगिताको उपाधि पश्चिमाञ्चललाई

पोखरा-पोखरा–४ गैहपाटनस्थित पश्चिमाञ्चल माविले पोखरामा भएको कास्की जिल्ला माध्यमिक विद्यालयस्तरीय छात्रा भलिवल प्रतियोगिताको उपाधि हात पारेको छ। शनिबार भएको फाइनल खेलमा पोखरा महानगरपालिका–१८ भकुन्डेको शान्त माविलाई सोझो सेटमा पराजित गर्दै पश्चिमाञ्चलले २० हजार रुपैयाँ पुरस्कार सहित उपाधि हात पा¥यो। पोखरा बहुमुखी क्याम्पसको ३६ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा सरकारी र निजी गरि १६ वटा विद्यालयले भाग लिएका थिए। ती मध्ये आठ वटा सरकारी र आठवटा निजी विद्यालय प्रतिश्पर्धामा भाग लिएका थिए। शनिबारको फाइलन खेलमा पश्चिमाञ्चलले शान्त माविलाई २५–२३, २५–१४ र… पुरा पढौ

सेनाका पविन दोश्रो चरणमा

काठमाडौं- नेपाली सेनाका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को दोश्रो चरणमा प्रवेश गरेका छन् । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकल तर्फ हुम्लाका दशरथ बुढालाई २१–१२, २१–९ को सोझो सेटमा पराजित गर्दै दोश्रो चरणमा स्थान बनाएका हुन् । बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकल तर्फ अन्य विजयी खेलाडीहरुमा ललितपुरका राजेन्द्र महर्जन, १६ फिदरका अमन महर्जन, कैलालीका चन्द्रिका कथरिया, सेनाका अनिल मल्ल, कैलालीका… पुरा पढौ