खेल संस्था

एकदिवसीय क्रिकेटः सांग्रिलाको लगातार दोस्रो जित

पोखरा- प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिला क्रिकेट क्लबले लगातार दोस्रो जित निकालेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिताको शुक्रबार भएको खेलमा सांग्रिलाले लेकसाइड क्रिकेट क्लबलाई १३४ रनले हराउँदै दोस्रो जित निकालेको हो । लेकसाइडले बलिङतर्फ उत्कृष्ट प्रदर्शनी गरेपनि ब्याटिङमा भने निकै कम्जोर देखियो । १८७ रनको विजयी लक्ष्य पाएपनि लेकसाइड १७ ओभरमा ५२ रनमै अलआउट हुन पुग्यो । लेकसाडका केशव सुनार र सुमित रौनियार बाहेक अन्य ब्याटरले खासै अंक… पुरा पढौ

दुई विभागीय र न्यु डायमन्डको सुखद विजयी

पोखरा- घरेलु कोर्टमा गण्डकी प्रदेशले विभागीय टोली सशस्त्र प्रहरी बललाई उदघाटन खेल सुम्पिदैं छैटौं एनसेल टाईगर कप महिला तथा पुरुष क्लब च्याम्पियसिप भलिबल प्रतियोगिताको शुरुवात गरेको छ । टाईगर ग्रुफ अफ पोखरा नेपालको आयोजनामापोखरा रंगशाला भलिबल कोर्टमा शुक्रबार भएको प्रतिस्पर्धामा पुरुष तर्फ गण्डकी सशस्त्र प्रहरीसँग ३—१ को सेटमा पराजित हुदैं अर्को खेल जितको परीक्षामा रह्यो । लगातार दुई सेटले पछि परेको गण्डकी तेस्रो सटमा कम्ब्याक हुन पुग्यो । तर चौथो सेटमा फितलो प्रदर्शनलाई दोहोर्याएपछि उदघाटन सशस्त्र प्रहरलाई सुम्पिन पुग्यो ।… पुरा पढौ

पवर्तका गुरुङ अर्मलाकोट पर्वतीय दौड च्याम्पियन

पोखरा-अर्मलाकोट युथ क्लबको आयोजनामा शुक्रबार बसन्त पञ्चमीको अवसरमा आयोजित बाह्र किलोमिटर पर्वतीय दौडको उपाधि पर्वतका सुवास गुरुङले जितेका छन् । उनले दुरीलाई ५० मिनेट १० सेकेण्डमा पुरा गर्दै नगद २५ हजार रुपैयाँ पुरस्कार जिते । काठमाडौंका टंक कार्कीले ५० मिनेट २८ सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा रहे । उनले बीस हजार रुपैयाँ प्राप्त गरेका छन् । तनहुँका टोपबहादु कुमालले ५० मिनेट ४७ सेकेण्डमा पुरा गर्दै तेस्रो बन्दै १५ हजार नगद पुरस्कार थापे । सिन्धुपाल्चोकका मिङमार सिङ्गी चौथो बने । उनले… पुरा पढौ

गण्डकी र सशस्त्र बीच उदघाटन खेल

पोखरा- टाईगर ग्रुफ अफ नेपाल पोखराको आयोजनामा आजदेखि पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा छैटौं संस्करणको एनसेल छैटौं टाईगर कप आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिता शुरु हुदैं छ । विहान ११ बजेदेखि खेल हुने छ । उदघाटन गण्डकी प्रदेश भलिबल संघले विभागीय टोली सशस्त्र प्रहरी बलसँग प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ टिपटन न्यु डायमण्डले त्रिभुवन आर्मीसँग खेल्दै शुरुवात गर्ने छ । विहान ११ बजे पहिलो खेल भने त्रिभुवन आर्मीले विदेशी टोली माल्दिभ्ससँग प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ… पुरा पढौ

आजदेखि आर्दश कप, कास्की र नेपाल प्रहरी बीच उदघाटन

पोखरा-भण्डारढीक खेल मैदानमा आजदेखि छब्बीसौं संस्करणको आदर्श कप फुटबल प्रतियोगिता शुरु हुदैं छ । आदर्श क्लबको आयोजना तथा फष्ट च्वाईस फुड्स प्रालिको मुख्य प्रायोजन तथा आदर्श हार्डवयर एवं छत्रधर आत्रेयको सह प्रायोजनमा हुने प्रतियोगिताको उदघाटन कास्की ११ ले नेपाल प्रहरीको गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । कास्की ११ साविक विजेता समेत हो । प्रतियोगितामा गन्नी एफसी पर्वत, तनहुँ जिल्ला फुटबल संघ, म्यादी जिल्ला खेलकुद विकास समिति म्याग्दी र सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनीको मुख्यालयको टोली प्रतिस्पर्धा गर्ने छ । राष्ट्रियस्तरको… पुरा पढौ

आर्मी र माल्दिभ्स बीच प्रतिस्पर्धा

पोखरा-टाईगर ग्रुप अफ नेपाल पोखराको आयोजनामा शुक्रबारदेखि शुरु हुने छैटौं एनसेल टाईगर कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको खेल तालिका अनुसार शुक्रबार विहान ११ बजे पहिलो खेल त्रिभुवन आर्मी क्लबले पाहुना टोली माल्दिभ्ससँग खेल्ने छ । आर्मीले पाहुना टोलीसँगै खेल्दै प्रतियोगिताको शुरु हुदाँ स्पष्ट जितको नजिता आत्मसात गर्ने गरी पोखरा रंगशाला भलिबल कोर्टमा उत्रिने छ । त्यसैगरी दिउँसो दुई बजे गण्डकीले अर्को विभागीय टोली सशस्त्र प्रहरी बलसँग प्रतिस्पर्धा गर्ने छ । महिला तर्फ टिपटन न्यु… पुरा पढौ

माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो

पोखरा-प्रधानमन्त्री कप (पिएम) कास्की जिल्ला क्लब स्तरीय एक दिवसीय क्रिकेटमा माछापुच्छ्रेले गण्डकीलाई हराएको छ । पिएम कप राष्ट्रिय लिगको जिल्ला छनोटको रुपमा रहेको प्रतियोगितामा बुधबार माछापुच्छ्रे क्रिकेट क्लबले गण्डकी स्पोट्र्स क्लबमाथि २२१ रनको फराकिलो जित हासिल गरेको हो । २७२ रनको विजयी लक्ष्य पाएको गण्डकी निरिह देखियो । २१.१ ओभरमा ५० रन बनाउँदै गण्डकीका सबै खेलाडी अलआउट हुन पुगे । श्रीराम प्रजापतिले ११ र विवेक अधिकारीले ९ बाहेक अन्य व्याटरले गतिलो रन बनाउन सकेनन् । माछापुच्छे्रका लागि रितेश बरालले ५.१… पुरा पढौ

सिब्रिनको शतकीय पारीमा सांग्रिलाको फराकिलो जित

पोखरा-सांंग्रिला क्रिकेट क्लबले एभरेष्ट क्रिकेट क्लबलाई ३ सय छब्बीस रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको क्लबस्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा सांग्रिलाको फराकिलो जितमा सिब्रिन श्रेष्ठको व्याटिङ उत्कृष्ट रह्यो । टस जितेर व्याटिङ गरेको सांग्रिलाले ओपनर सिब्रिनले ७९ बलमा १२१ रन बनाउँदै उत्कृष्ट शुरुवात दिलाए । सन्जय नेपालले ३४ रन बनाई खेले भने रिकेश गुप्ताले ४१ बलमा ३३ रन बनाए । ४७ ओभर दुई बल खेल्दै सवै विकेट गुमाउने क्रममा सांग्रिलाले ३… पुरा पढौ

अरण्यज्योतिद्वारा लेकसाइड १६ रनले पराजित

पोखरा- पोखरामा जारी एक दिवसीय क्रिकेटमा अरण्यज्योति क्रिकेट क्लब १६ रनले विजयी भएको छ ।कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता अन्तरगत समूह ए तर्फ मंगलबार भएको खेलमा अरण्यज्योतिले लेकसाइड क्रिकेट क्लबलाई १६ रनले हराउन सफल भएको हो । २१५ रनको विशाल विजयी लक्ष्य पाएको लेकसाइड ४४.५ ओभरमा १९८ रनमा अलआउट हुन पुग्यो । लेकसाइडका लागि सरोज धामी चौधरीले १३६ बलमा ८२ रनको योगदान दिएपनि जितका लागि पर्याप्त हुन सकेन । यस्तै हरिशंकर तिवारीले ३७ रन जोडे ।अरण्यज्योतिका लागि अब्दुल… पुरा पढौ

ईन्डिया कपमा नेपाललाई दुई स्वर्ण सहित पाँच पदक

काठमाडौं-मित्र राष्ट्र भारतको सोनिपतमा आयोजना भएको ईन्डिया कप नेचुरल स्ट्रोङ्ग पावरलिफ्टिङ्ग मा नेपाललाई दुई स्वर्ण र तीन रजत सहित पाँच पदक प्राप्त भएको टिम लिडर एवं खेलाडी ज्ञानेन्द्र नकर्मीले दिल्लीबाट जानकारी गराएका छन् । राष्ट्रिय खेलकुद परिषद्का पूर्व शारीरिक सुगठनका प्रशिक्षक समेत रहेका ज्ञानेन्द्रले जानकारी गराए अनुसार यहि माघ २ देखि ४ गते ९ जनवरी १६ देखि १८, २०२६० सम्म आयोजना भएको प्रतियोगितामा ज्ञानेन्द्र नकर्मीले मास्टर्स ५ तर्फको विधामा स्वर्ण पदक प्राप्त गरेका हुन् । यस्तै मास्टर्स ४ तर्फको विधामा… पुरा पढौ