खेल संस्था

नेपाल मुआथाई संघको शुभकामना आदानप्रदान

पोखरा-नेपालमा मुआथाई भित्रिएको झण्डै १८ वर्ष बित्यो । खेलको शुरुवात पोखराबाट भयो । जसलाई नेपाल भित्र्याउने श्रेय दिपकबहादुर गोदारलाई जान्छ । उनै गोदारले भित्र्याएको मुआथाई १८ वर्ष बसन्त पार गर्यो । नेपाल मुआथाई संघको रुपमा दरियो । भित्रिएको १८ वर्षपछि पोखरामा पहिलो पटक संघले आउँदो दशैं, तिहार र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राख्यो । संघमा आवद्ध भएका मुआथाई क्लबहरु एकत्रित बने । क्लबहरुले विभिन्न ठाँउमा प्रशिक्षण गराउँदै आएका छन् । उनीहरुलाईै एकत्रित गर्दै पोखरा रंगशालाभित्र मुआथाई संघले… पुरा पढौ

विश्व पर्यटन दिवसमा दोस्रो पुम्दी–भुम्दी पर्वतीय दौड

पोखरा-असोज ११ गते हुने पर्वतीय दौडमा एकसय धावकले सहभागिताको लागि नाम दर्ता गरेका छन् । आयोजकका अनुसार सहभागि धावक विभिन्न जिल्लाका छन् । दोस्रो संस्करणको पुम्दीभुम्दी पर्वतीय दौडमा सहभागिता जनाउने अझै केही दिन रहेको उल्लेख गरेको आयोजकले जनाएको छ । प्रतियोगिता संयोजक दीननाथ बरालका अनुसार असोज ११ गते हुने ८ किमी दूरीको उक्त प्रतियोगितामा दुईसय धावकको सहभागिताको अपेक्षा गरिएको छ । खेल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा प्रवर्धन केन्द्र र पोखरा क्लिक प्रालिको संयुक्त आयोजनामा हुने छ । पोखरा–२२ स्थित… पुरा पढौ

धारा नेपालगन्ज म्याराथनको एयरलाइन्स पार्टनर यती एयर

नेपालगन्ज– विगत ११ बर्षदेखि निरन्तर सन्चालन हुँदै आएको धारा नेपालगन्ज म्याराथन र नेपालको अग्रणी यति एयरलाइन्सबीच सहकार्य हुने भएको छ । यही मंसिर ६ गते शनिवार हुने ११औं संस्करणको धारा नेपालगन्ज म्याराथन र यसका अन्य भगिनी इभेन्टहरुमा यति एयरलाइन्सले सघाउनेगरी सम्झौता भएको हो । यति एयरलाइन्सका बिजनेस डेभलपमेन्ट अफिसर युवराज बिष्ट र धारा नेपालगन्ज म्याराथनका प्रोगाम म्यानेजर कपिल थापाले सम्झौतापत्र आदानप्रदान गरे । यो सम्झौतासँगै यति एयरलाइन्स धारा नेपालगन्ज म्याराथनको अफिसियल एयरलाइन्स पार्टनर हुनेछ । वल्र्ड रनिङको साझा साझा संस्था… पुरा पढौ

माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फको उपाधि जीवरामलाई

पोखरा-पोखराको हिमालयन गल्फ कोर्षमा मंगलबार आयोजित माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ प्रतियोगिताको उपाधि ग्रस तर्फ इन्स्पेक्टर जीवराम गुरुङले जित्नुभएको छ । पार ७० को कोर्षमा स्टेबल फोर्ड ३÷४ ह्याण्डीक्यापमा खेलिएको प्रतिस्पर्धामा जीवारामले २६ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् । इन्जिनियर सन्तोष गुरुङ २४ स्कोरसहित उपविजेतामा चिक्त बुझाउनुभयो । १८ होलको मात्रै प्रतिस्पर्धा गराइएको थियो । नेट तर्फको इभेण्टमा एएसपी भक्तराज गुरुङले जित्न सफल भएका हुन् । गुरुङ आफनो ह्याण्डीक्यापमा ३५ स्कोरसहित उपाधि उचाल्दा एएसपी लिलाजंग गुरुङ भने ३३ स्कोरसहित उपविजेतामा… पुरा पढौ

वाङचु तामाङलाई नेपाल खुला स्नूकर प्रतियोगिताको उपाधि

पोखरा-काठमाण्डौंका वाङचु तामाङले दोस्रो संस्करणको नेपाल खुला स्नूकर प्रतियोगिता–२०८२ को उपाधि जितेका छन् । खेलकुदको शहर पोखरामा आज (मंगलबार) सम्पन्न भएको फाइनल खेलमा तामाङले काठमाण्डौंकै फुर्वा दोर्जे शेर्पालाई ६–४ को सेटमा पराजित गर्दै उपाधि हात पार्न सफल भएका हुन् । वेष्ट अफ इलाभेनको आधारमा भएको फाइनल खेलमा जित हासिल गर्दै तामाङले नगद २ लाख २ हजार २ सय २ रुपैया साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्दा उपविजेता भएका शेर्पाले भने ८० हजार प्राप्त गरे । प्रतियोगितामा तामाङ र शेर्पाले… पुरा पढौ

पोखरेली गल्फर गुरुङलाई टप अफ दि वल्र्ड क्लासिक गल्फ उपाधि

कास्की-हिमालीपारीको जिल्ला मुस्ताङको लोमान्थाङ गाउँपालिकामा शनिबार पहिलो पटक एकैदिन गल्फरले १८ होलको प्रतिस्पर्धा गरे । ४६ सय ४५ मिटरको उचाईस्थित लोवाथाङको मुस्ताङ गल्फ कोर्षमा गल्फरले १८ होल पुरा गर्न ६ घण्टा बढी समय लगाए । साहसिक गल्फ प्रतियोगिताको उपाधि पोखरेली गल्फर भक्तराज गुरुङले जितेका छन् । उनले काउण्ट व्याकमा ३५ स्कोरसहित उपाधि जित्न सफल भएका हुन् । त्यसैगरी देव पुन उपविजेतामा चित्त बुझाए । ३५ स्कोरसहित टाई हुदाँ उनी काउण्ट व्याकमा पछि पर्दै उपविजेतामा चिक्त बुझाउन बाध्य भए । ग्रस… पुरा पढौ

लोमान्थाङमा चौथो संस्करणको गल्फ प्रतियोगिता शुरु

पोखरा-टी फर क्लाईमेट नारासहित शनिबार लोमान्थाङमा गल्फ प्रतियोगिता शुरु भएको छ । चार व्यवसायिक खेलाडीसहित २२ जना गल्फरले प्रतिस्पर्धा गरेका छन् । १६ जना एमेच्योर र दुई जना महिला गल्फर सहभागि छन् । पोखरा, काठमाडौं, धरान र एनआरएनएका गल्फरको सहभागिता रहेको छ । फ्रन्ट नाईन र व्याक नाईन गरी पार ७२ को मुस्ताङ गल्फ कोर्षमा एकैदिनमा टुग्याउने सम्भावना रहेको सहभागि गल्फर भूबहादुर गुरुङले जानकारी दिए । पार थ्रीको १५० यार्डको दुरीको होल नम्बर तीनमा होल ईन वान राखिएको छ ।… पुरा पढौ

काठमाडौंका महर्जन आर्म रेष्लिङ च्याम्पियन

पोखरा-काठमाडौंका रोमन महर्जन पोखरामा आयोजित सर्वाधिक पुरस्कार राशीको आर्म रेष्लिङ च्याम्पियन बन्नुभएको छ । । ओभरअल प्रतिस्पर्धामा समेत च्याम्पियन बन्दै उहाँले नगद १ लाख रुपैयाँ प्राप्त गर्नुभयो । उहाँले आफनो ८० केजी तौल समूहमा समेत प्रथम हुदैं नगद ५० हजार जित्न सफल हुनुभएको थियो । कास्की जिल्ला आर्म रेष्लिङ संघको आयोजनामा सञ्चालित प्रतियोगिताको ६० केजी तौल मुनिको प्रतिस्पर्धामा भक्तपुरका सुमन नापित प्रथम, काठमाडौंका सिदार्थ श्रेष्ठ दोस्रो र काठमाडौंकै सुदिप तामाङ तेस्रो भए । उहाँले क्रमश ५०, २५ र १० हजार… पुरा पढौ

आगामी बुधबार माछापुच्छ्रे आमन्त्रित मैत्रीपूर्ण गल्फ

पोखरा-यही सेप्टेम्बर १० मा पोखराको हिमालयन गल्फ कोर्षमा माछापुच्छ्रे आमन्त्रित गल्फ प्रतियोगिता हुदैं छ । पोखरा मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षको आयोजना तथा एनआरएनए स्पोर्टस एण्ड टीएण्ड एस कर्पोरेसनको प्रायोजनमा हुने प्रतियोगितामा विभिन्न गल्फ क्लब तथा एनआरएन गरी ५० गल्फरले प्रतिस्पर्धा गर्ने छन् । पार ७० को कोर्षमा गल्फरले १८ होलमा प्रतिस्पर्धा गर्ने कोर्षका व्यवस्थापक भुवन गुरुङले जानकारी दिए । स्टेबल ३्र्४ ह्याण्डीक्यापमा हुने प्रतिस्पर्धामा विजेता गल्फरले ट्रफी प्राप्त गर्ने छन् । पोखरा, धरान र काठमाडौंका गल्फरको सहभागिता रहने छ । पुरा पढौ

सहारा खेलकुद पत्रकारिता पुरस्कार पाठकलाई

पोखरा-सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्वमा गठित प्रतिभा छनोट समितिको बैठकले पत्रकार पाठकको नाम सिफारिस गरेकोमा कार्यसमितिको बैठकले अनुमोदन गरेको हो । फुटबलमार्फत सामाजिक सेवामा क्रियाशील यस क्लबले खेलकुद गतिविधिलाई प्राथमिकता दिएर समाचार सम्प्रेषण गर्नेमध्ये एकजना पत्रकारलाई योगदान आधारमा बर्सेनी पुरस्कार प्रदान गर्दै आएको छ । पुरस्कारको राशि नगद २५ हजार ५५५ रुपैयाँ र सम्मानपत्र रहेको छ… पुरा पढौ