पोखरा-टिपटप न्युडायण्डलाई ३–१ को सेटमा पराजित गर्दै विभागीय क्लब नेपाल पुलिसले नवौं पिएम कप एनभिए महिला भलिबल प्रतियोगिताको उपाधि उचालेको छ । गणतन्त्र दिवसको दिन बिहीबार पोखरा रंगशाला बहुउद्देश्यीय कभर्ड हलमा भएको फाईनल प्रतिस्पर्धामा पुलिसले न्युडायमण्डलाई २५–२०, २२–२५, २८–२६ र २५–१४ को सेटमा पराजित गर्दै उपाधि उचाल्यो । नेपाल भलिबल संघको आयोजनामा सञ्चालित प्रतियोगितामा एभरेष्ट भलिबल क्लबले तेस्रो स्थानमा चित्त बुझाउने क्रममा विभागीय क्लब सशस्त्र प्रहरी बलको एपीएफलाई उस्तै सेटमा पराजित गर्यो । विदेशी(थाईल्याण्ड)का तीन खेलाडीलाई टोलीमा समावेश गर्दै बनेको…
पुरा पढौ