खेल संस्था

एएसपी भक्तराज ओभरअल विजेता

पोखरा-मेजर लक्ष्मीप्रसाद गुरुङ ले जनवरी महिनाको मन्थ्ली मेडल गल्फको पुरस्कार जित्दा ओभरअल मन्थ्ली मेडलको उपाधि भने एएसपी भक्तराज गुरुङ ले जितेका छन् । गुरुङ ले २५ स्कोरसहित ओभरअल वार्षिक उपाधि आफनो नाममा लेखाए । जनवरी महिनको मन्थ्ली मेडलको उपविजेता भने सन्देश श्रेष्ठ भए । पोखरा मझेरीपाटनस्थित पार ६९ को हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित प्रतिस्पर्धामा ग्रस तर्फ क्लब च्याम्पियन भने मेजर मदनकुमार गुरुङ भए । उनले ८० स्कोर गरे । उपविजेता भने क्याप्टेन बद्री राई भए । राईले ८२ स्कोर… पुरा पढौ

कास्की क्रिकेट लिगः पोखरा र कास्की विजयी

पोखरा-पोखरा क्रिकेट क्लबले पहिलो जित निकाल्ने क्रममा अरण्यज्योति क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको छ । शनिबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धा अरण्यज्योतिले दिएको ५२ रनको लक्ष्यलाई पोखरा क्रिकेट क्लबले एक विकेटको क्षतिमा पुरा गर्यो । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित प्रतियोगितामा टस जितेको अरण्यज्योतिले पहिलो इनिङमा केवल ५१ रनमै समेटियो । नवौं नम्बरमा आएका मुकेश गुप्ताले सर्वाधिक १५ रनको योगदान दिए । सुवास भण्डारी र प्रेम गुरुङले समान तीन तीन विकेट लिएपछि अरण्यज्योति सामान्य लक्ष्यमा सीमित हुन पुग्यो ।… पुरा पढौ

राईजिङ र लेकसाईड विजयी

पोखरा-लेकसाईड क्रिकेट क्लबले लेखनाथ युथ क्रिकेट क्लबलाई ६५ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालित कास्की जिल्ला टी–२० क्रिकेट लिगमा पहिलो खेलमा लेखनाथ युथ क्रिकेट क्लबलाई ४७ रनमा समेट्दै लेकसाईडले पहिलो जित दर्ता गर्यो । टस जितेर व्याटिङ रोजेको लेकसाईडले निर्धारित २० ओभरमा ११२ रन बनायो । ओपनर सन्तोष जोशी गोल्डेन डकआउट भए । अर्का ओपनर केशव सुनारले २० रन बनाए । पाँचौ नम्बरमा आएका नविन खनालले २९ रन बनाउँदै टोलीलाई उकास्ने प्रयास गरे । दोर्जे… पुरा पढौ

सिक्किमे टोलीसँग संकटा पराजित

पोखरा-सिक्किमे टोली थण्डरबोल्ट नर्थ युनाईटेडले संकटा क्लबमाथि ३–१ गोलले पराजित गर्दै २४ औं संस्करणको आहा रारा गोल्डकपको क्र्वाटर फाईनल प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थामा सिक्किमे टोलीले दोस्रो हाफमा दुई गोल थप्दै जित आत्मसात गर्यो । पहिलो हाफमा बराबरी गोल फर्काउँदै दोस्रो हाफमा थप दुई गोल गरेपछि संकटालाई बराबरीमा फर्किने सम्भावना कमै थियो । १७ औं मिनेटमा संकटाले गोल गर्दै अग्रता लियो । मनिष पौडेलले गोल गर्दै दिलाएको अग्रता पहिलो हाफसम्म टिकेन् । खेलको ३४ औं मिनेटमा… पुरा पढौ

एनआरटी सेडन डेथको शिकार

पोखरा-एनआरटीलाई सडन डेथमा पराजित गर्दै चर्च ब्वाईज युनाईटेड २४ औं आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाईनल प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थालाई बराबरी गरेको चर्च ब्वाईजको भाग्य सडन डेथमा उदायो । एनआरटी भने सडन डेथमा पराजित हुन पुग्यो । एनआरटीले खेलको २५ औं मिनेटमा अग्रता लियो । तर दोस्रो हाफमा पेनाल्टीको सामना गरेपछि एनआरटीले निर्धारित समय चर्च ब्वाईजसँग १—१ को बराबरीमा टुग्यायो । रिचार्ड विल्सनले २५ औं मिनेटमा गोल गर्दै लिएको अग्रतालाई चर्च ब्वाईजले पेनाल्टी मार्फत बराबरी… पुरा पढौ

सांग्रिला र कास्की विजयी

पोखरा-सांग्रिला क्रिकेट क्लब र कास्की क्रिकेट क्लबले क्रमश अरण्यज्योति र पोखरा क्रिकेट क्लबलाई पराजित गरेका छन् ।बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा कास्की जिल्ला टी—२० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिब्रिन श्रेष्ठको कसिलो बलिङ प्रेरित सांग्रिला क्रिकेट क्लबले अरण्यज्योतिलाई १०४ रनको फराकिलो अन्तरले गरेको छ । टस जितेको सांग्रिलाले निर्धारित २० ओभरमा १५५ रनको स्कोर खडा गर्यो । विराट दुवाडीले ओपनरको रुपमा २६ रन बनाए । अर्का ओपनर ६ रनमा पभेलियन फर्किएपछि दबावमा परेको सांग्रिलालाई सुदिप पौडेलले सम्हाले । दोस्रो… पुरा पढौ

खेलकुदमा राजनीति जोडिनुहुन्न

पोखरा-गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक आर्थिक प्रतिवेदन, समिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । मन्त्री थापाले खेलकुद पूर्वाधारको विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल क्षेत्रको समग्र प्रवद्र्धनलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै खेलाडीहरूका हकहित संरक्षण तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिका लागि विभिन्न नीति तथा कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी… पुरा पढौ

राईजिङ र माछापुच्छ्रे क्रिकेट क्लब विजयी

पोखरा-माछापुच्छ्रे क्रिकेट क्लबले दोस्रो जित निकाल्ने क्रममा बिहीबार लेकसाईड क्रिकेट क्लबलाई ७६ रनले पराजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजना सञ्चालित कास्की जिल्ला टी—२० क्रिकेट लिग अन्तर्गत बिहीबार टस जितेर व्याटिङ रोजेको माछापुच्छ«े क्रिकेटले १७५ रनको विशाल लक्ष्य प्रस्तुत गर्यो । ओपनर मनोज कोईरालाईले पहिलो विकेट गुमाएपछि इनिङ सम्हाल्दै ३२ बलमा ६१ रनको पारी खेले । उनले १० चौका र एक छक्का प्रहार गरे । सुमित श्रेष्ठले २२ रन बनाईआउट हुदाँ प्रमोद बास्तोलाले भने १८ रनको योगदान दिए… पुरा पढौ

मछिन्द्र क्वार्टरफाईनल प्रवेश

पोखरा-विभागीय क्लब सशस्त्र प्रहरी बललाई २-० गोलले पराजित गर्दै मछिन्द्र फुटबल क्लब २४ औं आहा रारा पोखरा गोल्डकपको अन्तिम आठमा प्रवेश गरेको छ । बुधबार दिउँसो पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा मछिन्द्रले दुवै गोल दोस्रो हाफमा सम्भव बनायो । पहिलो हाफ दुवै टोलीको प्रदर्शन लोभलाग्दो रहेन् । उत्कृष्ट अवसर दुवै टोलीबाट सृजना भने भएन् । पहिलो मिनेटमा आयुष घालानलाई फउल गरेपछि प्राप्त फ्रिकिको अवसर मछिन्द्रले पायो । ओमोलाजा नुरेन करीमको प्रहार सशस्त्रका गोलकिपरले बचाउ गरे । ३५ औं मिनेटमा अर्को फ्रिकिकलाई… पुरा पढौ

सांग्रिला र कास्की क्रिकेट विजयी

पोखरा-कास्की क्रिकेट क्लबले अर्जुन कुमालको अविजित ९४ रनको योगदानमा अरण्यज्योति क्रिकेट क्लबलाई ७ विकेटले पराजित गरेको छ । टस जितेर व्याटिङ गरेको अरण्यज्योतिले चौथो नम्बरमा आएका प्रविन पौडेलले अविजित शतकीय पारीको योगदानमा १६३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । १० चौका र ८ छक्काको सहयोगमा ५२ बल खेलेका पौडेलले १०५ रनको शतकीय पारी खेले । तर उनको शतक हारले ओझेलमा पार्यो । प्रिजन श्रेष्ठले २४ रन बनाए । अन्य व्याटरको योगदान खासै राम्रो रहेन् । नितेश गिरीले ४ओभरमा ३… पुरा पढौ