खेल संस्था

थापालाई डिसेम्बर मन्थ्ली मेडल

पोखरा-हिमालयन गल्फ कोर्षमा आयोजित डिसेम्बरको मन्थ्ली मेडलको उपाधि बलराम थापाले जितेका छन् । उनले पार ६९ को १८ होलको कोर्षमा थापाले दुई अण्डर ३८ को स्कोरसहित उपाधि जितेका हुन् । स्टेबल फोर्ड ३÷४ ह्याण्डी क्यापको फर्मयाटमा भएको प्रतिस्पर्धा लेभल पार ३६ खेल्दै लिलाजंग गुरुङ उपविजेत ाबने । ग्रस तर्फको पुरस्कार भने प्रज्वल गुरुङले पाए । उनको स्कोर ३१ रह्यो । २२ जना गल्फरले प्रतिस्पर्धा गरेका थिए । प्रदेश गल्फ संघका अध्यक्ष इन्द्रधारा विष्टले पुरस्कार प्रदान गरेका थिए । पुरा पढौ

शीर्ष बरियताका प्रदीप माछपुच्छ्रे कप टेनिसको फाईनलमा

पोखरा-उत्कृष्ट कमब्याक गर्दै नेपालका शीर्ष बरियता टेनिस खेलाडी प्रदीप खड्काले भारतीय खेलाडीमाथि जित निकाल्दै फाईनल प्रवेश गरेका छन् । पोखरा रंगशाला टेनिस कोर्टमा आयोजित २० औं माछपुच्छ्रे कप टेनिस प्रतियोगिताको सेमिफाईनलमा प्रदीपले भारतीय खेलाडी अभिनंशु बोर ठाकुरलाई पराजित गर्दै फाईनल सुरक्षित गरे । उनले अब उपाधिको लागि संरक्षक भुषण बज्रचार्यसँग खेल्ने छन् ।पहिलो सेटमा ३–६ ले गुमाएका खड्काले दोस्रो सेट आफनो पक्षमा लिदैं उत्कृष्ट कमब्याक गरे । पहिलो सेटमा आफनो सर्भिस प्वाइन्टलाई भारतीय खेलाडी ठाकुरले ब्रेक गरेपछि खड्का पहिलो सेट… पुरा पढौ

खेलकुदका लागि जीम अनिवार्य

पोखरा-स्वाथ्यका लागि खेलकुद । खेलकुदका लागि जीम । जीम खेलकुदको अनिवार्य सर्त हो । जीम विना स्वाथ्यको परिकल्पना गर्न सकिन्न । त्यसैले जीम खेलकुदको लागि अपरिहार्य छ ।युवापुस्ताले जीमलाई शारीरिक सुगठन तर्फ केन्द्रीत गर्दै आएका छन् । तर सबै प्रकृतिका खेललाई जीम नभई हुदैन् । बलिष्ठ शरीर बनाउनेले मात्रै जीम गर्छन भन्ने आम मानसिकता छ । तर जीम सबै एथलेट्सले गर्नै पर्छ । जीम विशेष जुन सुकै खेलका खेलाडीले पावर टे«निङको लागि नभई हुदैन् । पोखरा रंगशालाभित्र धेरै खेलका पूर्वाधार… पुरा पढौ

समितिको प्रतिवेशनपछि पोखरा रंगशाला बाहेकका पूर्वाधारको भोगाधिकार टुंगिने

पोखरा-राष्ट्रिय खेलकुद परिषद(राखेप)ले गण्डकी प्रदेशभित्र रहेका खेलकुदका भौतिक पूर्वाधारको अध्ययन निरिक्षण गर्न आवश्यक कार्यदल गठन गरेको छ । गठित कार्यदलले प्रदेशभित्रका खेलकुदका सम्पूर्ण भौतिक पूर्वाधारको अवस्थासहित अध्ययन गरेर रिपोर्ट तयार गर्ने छ ।जिल्लामा रहेका भौतिक पूर्वाधारलाई बर्गिकरण गरेर परिषद, प्रदेश खेलकुद परिषद गण्डकी र स्थानीय सरकारसँग छलफल गरेर निचोड निकाल्ने छ । कार्यदलले खेलकुदसँग सरोकार पक्षसँग समन्वय र सम्वाद गरी २१ दिनभित्रमा प्रतिवेदन पेश गर्नुपर्ने राष्ट्रिय खेलकुद परिषदको पत्रमा उल्लेख छ । परिषदले त्यसको जिम्मेवारी बोर्ड सदस्य राजेश गुरुङको संयोजकत्वमा… पुरा पढौ

भोलिदेखि पोखरामा माछापुच्छ्रे ओपन टेनिस

पोखरा-माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा भोलि मंगलबारदेखि टेनिस कोर्टमा “२० औं माछापुच्छ्रे पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता २०८०” हुदैं छ । कास्की जिल्ला टेनिस संघको आयोजना पौष १० गतेबाट १४ गते सम्म पोखरा रंगशालाको टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा १३ महिला र २०३ जना पुरुष खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता अन्तर्गत मेन्स तथा उमेन्सका सिंगल्स र डबल्स तथा ३५, ४५, ५५, ६५ वर्ष माथी गरी विभिन्न उमेर सुमहमा १२ इभेन्टमा प्रतिस्पर्धा हुने भएको छ । भारत, बेलायत… पुरा पढौ

छब्बिसौं एनएसए कप पौडी बुधबार

काठमाडौं-नेपाल पौडी संघ र बागमती प्रदेश खेलकुद विकास परिषद्को संयुक्त आयोजनामा २६ औं एनएसए ९नेपाल पौडी संघ० कप राष्ट्रिय पौडी प्रतियोगिता बुधबार र बिहिबार हुने भएको छ । सातदोवाटोस्थित बातानुकुलित (हिटिङ्ग) पौडी पोखरीमा आयोजना हुने प्रतियोगितामा उमेर समूह र खुल्ला गरि कुल ५१ विधामा प्रतिस्पर्धा हुने नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले जानकारी गराएका छन् । उमेर समूह अन्तरगत १० बर्ष मूनी, १२ बर्ष मूनी, १४ बर्ष मूनी र १७ बर्ष मुनीको ५० मिटर फ्रिस्टायल, ब्याक स्ट्रोक, बटरफ्लाई र ब्रेष्ट… पुरा पढौ

कोल्मा क्रसकन्ट्री दौडमा आर्मीको बर्चश्व

पोखरा-स्याङजाको कोल्मामा आयोजित क्रसकन्ट्री दौडमा आर्मीका धावकको बर्चस्व रहेको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चले आयोजना गरेको चौथो संस्करणको क्रसकन्ट्री दौडमा आर्मीका गोपाल तामाङले उपाधि जिते । आर्मीकै सञ्जय श्रेष्ठ र शुसिलकुमार शाही उपविजेता र सेकेन्ड रनर अप बने । निर्धारित २५ किलोमिटरको दुरीलाई १ घण्टा ३१ मिनेट ५६ सेकेन्डमा पार गर्दै तामाङले उपाधि संगै नगद ५० हजार, ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरे । १ घण्टा ३३ मिनेट ४३ सेकेण्डमा पार गर्दै आर्मीकै सञ्जय श्रेष्ठ प्रतियोगिताका… पुरा पढौ

रसिला र प्रिन्सद्वारा उपाधी रक्षा

काठमाडौं-युवा ब्याडमिन्टन खेलाडीद्वय रसिला महर्जन र प्रिन्स दाहालले ललितपुर मेयर कपको उपाधी रक्षा गरेका छन् ।ललितपुर लिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सह आयोजनामा भएको प्रतियोगिताको पहिलो संस्करणका विजेता सेनाकी रसिला महर्जन र एपिएफका प्रिन्स दाहालले दोश्रो संस्करणको दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा विजय प्राप्त गर्दै उपाधी रक्षा गरेका हुन् । महिला एकल तर्फ रसिलाले आफ्नो क्लब सेनाकै अनुमाया राईलाई २१–९, २१–१५ ले तथा प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–१४, २१–१७ ले पराजित गरेका हुन् । महिला तर्फ… पुरा पढौ

भोलिदेखि मेयर कप विद्यालयस्तरीय खेलकुद प्रतियोगिता

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा भोलिदेखि राष्ट्रपति रनिङ शिल्ड तथा मेयर कप विद्यालयस्तरीय खेलकुद प्रतियोगिता हुदैं छ । प्रतियोगितामा २ हजार ७ सय विद्यार्थीले विभिन्न खेलको विभिन्न विधामा गरी ३ सय ५४ पदकको लागि प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगिता तीनदिन चल्ने छ । शनिबार आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार भलिबल छात्र तथा छात्रा, कबड्डी छात्र तथा छात्राको सहभागिता रहने छ । एथलेटिक्स अन्तर्गत ट्रयाक तर्फ एकसय, दुईसय, चारसय, आठसय, १५ सय मिटर दौडसँगै ३ हजार मिटर, एकसय तथा… पुरा पढौ

पुरस्कार राशीमा बृद्धि

पोखरा-आगामी माघको १ गतेदेखि शुरु हुने चौथो संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित भलिबल महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरस्कार राशीमा बृद्धि गरिएको छ । टाईगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुने प्रतियोगितामा दुई विदेशी टोलीले सहभागिता जनाउने छन् । महिला तर्फ हरियाणा पुलिस क्लब(भारत) र पुरुष तफ श्रीलंका आर्मी टिम(श्रीलंका)ले प्रतिस्पर्धा गर्ने छन् । पुरुष तर्फ गण्डकी प्रदेश, नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र हेल्प नेपाल स्पोर्टस क्लबले उपाधि प्रतिस्पर्धा गर्ने टाईगर ग्रुप अफ… पुरा पढौ