खेल संस्था

विभागीय डर्बीमा पुलिसमाथि सशस्त्रको जित

पोखरा-पहिलो दिन सशस्त्र प्रहरी बलसँग पराजित हुदैं घाईते बनेको त्रिभुवन आर्मी क्लबले तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको दोस्रो दिन पाहुना टोलीमाथि सोझो सेटको जित निकाल्दै पुरुष भलिबलमा आफनो साखलाई कायमै राखेको छ । टाईगर ग्रुपको आयोजनामा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा सञ्चालित प्रतियोगिताको दोस्रो दिन सोमबार पाहुना टोली एसटिआई श्रीलंकाको टोलीलाई ३–० को सोझो सेटमा पराजित गर्दै लिग तालिकामा तीन अंक जोडेको छ । पहिलो सेट प्रतिस्पर्धात्मक बन्ने देखिएपनि श्रीलंकाली टोलीको प्रदर्शन लोभलाग्दो देखिएन् । नयाँ कोर्टमा विभागीय क्लबसँग उत्रिएको… पुरा पढौ

बाह्रौं पुष्पलाल स्मृती ब्याडमिन्टन विराटनगरमा हुने

काठमाडौं- राष्ट्रिय खेलकुद महासंघ अन्तरगत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनमा १२ औं संस्करणको पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता २०२३ विराटनगरमा हुने भएको छ । फागुण २ देखि ७ गते सम्म आयोजना हुने प्रतियोगिताको सह–आयोजकमा मोरङ्ग जिल्ला ब्याडमिन्टन संघ रहेको छ भने मुख्य प्रायोजकमा ब्याडमिन्टन खेल सामाग्री उत्पादन संस्था लिनिङ्ग रहेको छ । लिनिङ्गको प्रायोजन पश्चात प्रतियोगिताको नाम ‘लिनिङ्ग १२ औं पुष्पलाल स्मृती राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिता – २०२३’ रहने छ । नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोग रहने प्रतियोगितामा शिर्ष १६… पुरा पढौ

गण्डकी,आर्मी र सशस्त्र प्रहरीको जित

पोखरा-टाईगर कपको पहिलो संस्करणको विजेता गण्डकी प्रदेशले नेपाल पुलिस क्लबलाई सोझो सेटमा पराजित गर्दै सुखद शुरुवात गरेको छ । स्पाईक,ब्लक र प्लेसिङमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकीले पुरुष तर्फको प्रतिस्पर्धामा आईतबार नेपाल पुलिस क्लबलाई ३–० सोझो सेटमा पराजित गर्दै तीन अंक जोड्यो । रवि केसी, हरि पाण्डे र नितिनको कम्बिनेसन देखिएको खेलमा गण्डकीले पहिलो सेट आफनो पक्षमा पार्न प्रतिस्पर्धा नै गर्नुपर्यो । पहिलो सेट २५–२३ को सेटमा गण्डकीले आफनो पक्षमा पार्दै पुलिसमाथि दबाव सृजना गर्यो । दोस्रो सेटमा पुलिस अझै कमजोर… पुरा पढौ

आर्मी र सशस्त्र प्रहरीको जित

पोखरा-सशस्त्र प्रहरी बलले उत्कृष्ट कमब्याक गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित दर्ता गर्दै तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिपको शुरुवात गरेको छ । टाईगर ग्रुप पोखराको आयोजनामा आईतबारदेखि पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रमा भएको क्लबस्तरीय भलिबल च्याम्पियनसिपमा सशस्त्रले उत्कृष्ट कमब्याक गर्दै ३–१ को सेटमा जित आत्मसात गर्यो । पहिलो सेट गुमाएको सशस्त्रले पछिल्लो तीनै सेट आफनो पक्षमा पार्दै विभागीय डर्बीमा आर्मीमाथि जित निकाल्यो । पहिलो सेट २५–२० मा लिएको आर्मीले दोस्रो, तेस्रो र चौथो सेटमा भने आफनो लय कायम… पुरा पढौ

च्याम्पियन बनेर फर्किएका खेलाडीलाई व्याडमिन्टन संघको सम्मान

पोखरा-कास्की जिल्ला व्याडमिन्टन संघले केहीदिन अघिमात्रै सम्पन्न यलम्बर कप राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा उमेर समूहमा च्याम्पियन बनेर फर्किएका कास्कीका खेलाडीलाई शनिबार सम्मान गरेको छ । त्यस्तै प्रथम राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा आफनो पुरस्कार राशी संघलाई सहयोग गरेका भेट्रान खेलाडी नरबहादुर गुरुङ र विशाल हिराचनलाई समेत सम्मान गरिएको थियो । यलम्बर राष्ट्रिय व्याडमिन्टन प्रतियोगितामा ४५ वर्षमाथिको उमेर समूहमा डबल्स इभेण्टमा प्रथम भएका राजेश गुरुङ र शम्भु श्रेष्ठलाई सम्मान गरिएको हो । त्यस्तै एपिआई स्पोर्टस जुनियर व्याडमिन्टन च्याम्पियनमा यु–१५ दिलाशा राना र यु–११ मा… पुरा पढौ

पुरुष तर्फ गण्डकी प्रदेश र नेपाल प्रहरी बीच उदघाटन खेल

पोखरा-पुरुष तर्फ गण्डकी प्रदेशले नेपाल पुलिस क्लबसँग उदघाटन खेल्दै पोखरामा आईतबारदेखि तेस्रो टाईगर कप भलिबल च्याम्पियनसिप शुरु हुदैं छ । गण्डकी प्रदेश पहिलो संस्करणको विजेता टोली समेत हो । टाईगर ग्रुप पोखराको आयोजना तथा नेपाल भलिबल संघको सहयोगमा पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा आयोजना हुने च्याम्यिनसिपमा स्वदेशीसँगै विदेशी क्लबले पनि उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिदैं टाईगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्माले विदेशी खेलाडीको उपस्थितिले स्वदेशी खेलाडीमा पनि केही उत्साह थपिने विश्वास लिईएको बताए ।… पुरा पढौ

गण्डकी प्रदेशस्तरीय हिसान फुटसल फागुन पहिलो साता

पोखरा-आगामी फागुनको पहिलो साता पोखरामा प्रदेशस्तरीय हिसान फुटसल प्रतियोगिता हुने भएको छ । हिसान गण्डकीको आयोजनामा पोखरामा प्रथम हिसान फुटसल प्रतियोगिता हुने भएको हो । प्रदेशस्तरीय फुटसलको लागि कास्कीमा शुक्रबारदेखि छनोट प्रतिस्पर्धा शुरु भएको छ । कास्कीबाट ८ र अन्य जिल्लाबाट ८ गरी १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक सन्तोष पराजुलीले जानकारी दिए । प्रतियोगिताको विजेताले नगद १ लाख, पदक, ट्रफि र उपविजेताले नगद ५० हजार, पदक र ट्रफि प्राप्त गर्ने छन् । पोखरा ४ गैह्रपाटनमा रहेको वि–… पुरा पढौ

खेल चलिरहँदा मैदानमा प्रभुको हेलिकप्टर अवतरण

पोखरा-फुटबल खेल चल्दै थियो । पहिलो हाफ हुन केही मिनेट मात्रै बाँकी थियो । ४० मिनेटमा खेल चलिरहेकै अवस्थामा खेलमैदानमै हेलिकप्टर अवतरण गर्यो । खेल स्थगित हुन पुग्यो । सबै आश्चर्यमा परे । स्याङजाको वालिङनगपाालिकास्थित मालेबगर खेलमैदानमा प्रथम वालिङ गोल्डकपको दोस्रो सेमिफाईनल खेल चलिरहेको थियो । बिहीबार दिउँसो दुई बजेर ३५ मिनेटमा प्रभुको हेलिकप्टर एकाएक अवतरण गर्यो । अवतरण पछि तीनजना युवा झरे । खेलाडी र आयोजक आश्चर्यमा परे । हेलिकप्टर अवतरण लगत्तै स्थानीय खेलमैदान छिरे । पाईलटलाई कुटपिट गरे… पुरा पढौ

टाईगर कप भलिबल खेल्ने श्रीलङकन टोली नेपालमा

पोखरा- पोखरामा आयोजना हुने तेश्रो टाईगर कप अन्तराष्ट्रिय आमन्त्रण महिला तथा पुरुष भलिबल प्रतियोगितामा प्रतिस्पर्धा गर्न श्रीलङकन टोली नेपाल आईपुगेको छ । पोखरामा यहि माघ ८ देखि १४ सम्म हुने प्रतियोगितामा नेपालका ४ टिम सहित श्रीलङकन टिमले पनि सहभागिता जनाउन लागेको छ । श्रीलङकन टोली आजै बेलुका पोखरा पुग्ने छ । पुरा पढौ

दुलाल तेश्रो चरणमा प्रवेश

काठमाडौं- नेपाली खेलाडी राजेन्द्र दुलाल २० औं बिश्व भेट्रान्स च्याम्पियनसिप २०२३ को पुरुष ४५ बर्ष माथी समूहमा भारतमाथी ३–० को जित निकाल्दै तेश्रो चरणमा प्रवेश गरेका छन् । दुलालले भारतिय खेलाडी पारिख हार्दिकलाई ११–२, ११–२, ११–१ को सोझो सेटमा पराजित गर्दै तेश्रो चरण प्रवेश गरेको मस्कटबाट टिम प्रशिक्षक अनिता महर्जनले जानकारी गराएको छ । पुरा पढौ