खेल संस्था

सेनाका प्रफुल र रसिला सेमिफाईलनमा

काठमाडौं-नेपाली सेनाका प्रफुल महर्जन र रसिला महर्जन दोश्रो ललितपुर मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेका छन् । सेमिफाईलनको पुरुष एकलमा प्रफुलले एपिएफका देवराज रानालाई २१–७, २१–६ ले र रसिलाले एपिएफकी सुनयना मुखियालाई २१–१२, २१–१० ले पराजित गर्दै सेमिमा प्रवेश गरेका हुन् । अव प्रफुलले फाईनल प्रवेशका लागि नेपाल पुलिसका बिष्णु कटुवालको सामना गर्ने भएका छन् । बिष्णुले सेनाका अभय महरालाई २१–११, २१–१५ मा पराजित गर्दै सेमिफाइनलमा प्रफुल संगको भेट पक्का गरेका हुन् । यस्तै रसिलाले फाईलन प्रवेशका लागि सेनाकी… पुरा पढौ

पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटमा सहभागि हुने गण्डकीको बिदाइ ।

पोखरा–नेपाल क्रिकेट संघको आयोजनामा यहि पौष ५ गते काठमाडौंमा सुरु हुने पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । काठमाण्डौ प्रस्थान गर्नु अघि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले एक कार्यक्रमका बीच टोलीलाई विदाई गरेकी छन् । मन्त्री सिंम्खडाले जितको शुभकामना दिंदै उच्च मनोबलका साथ अनुशासित भएर प्रतियोगितामा सहभागी हुन आग्रह गरिन् । उनले भनिन–“यहाँहरुलाई धेरै शुभकामना छ । अनुशासनको उदाहरण बनेर जितेर आउनुहोस हामी यहाँहरुलाई… पुरा पढौ

सुमित र सुरोजको जोडी दोश्रो चरणमा

काठमाडौं-बालकुमारी रिमिक्स क्लबका सुमित महर्जन र सेनाका सुरोज महर्जनको जोडी ललितपूर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको दोश्रो मेयरकप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० को दोश्रो चरणमा प्रवेश गरेका छन् । मंगलबार सम्पन्न उच्च २० बरियता बाहेकका पुरुष युगलमा महर्जन जोडीले जोरपाटी ब्याडमिन्टन क्लबका संजीव कटवाल र केदार सुवेदीको जोडीलाई २१–७, २१–३ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेका हुन् । बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा भएको प्रतियोगिताको अर्को खेलमा दथुलँका रत्न बज्राचार्य र सुजन शाक्यको जोडले पनि आफ्ना प्रतिद्वन्दि सुनाकोठीका अनिल कुमार… पुरा पढौ

धावकलाई अनलाईनमै प्रमाणपत्रको व्यवस्था

पोखरा-२२ वर्ष अघि स्थापना भएको भूतपुर्व खेलाडी मञ्चले आगामी फागुनको पहिलो साता पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ । स्थापनाको जवानीमा मञ्चले आफना ३२ जना आजिवन सदस्यलाई गुमाईसकेको छ । खेलपछि रिटायर्ड बनेका खेलाडीहरुको जमातबाट स्थापित मञ्चले आफनो अस्थित्वको लागि वर्षेनी म्याराथन गर्दै आएको छ । जुन म्याराथन नेपालकै पुरानो र सर्वाधिक पुरस्कार राशीको समेत हो । सिटी म्याराथनको अवधारणाबाट अघि बढेको पोखरा अन्तराष्ट्रिय म्याराथन अन्तराष्ट्रिय छवि बनाईसकेको छ । पोखरा म्याराथन नेपालकै जेठो रहेको र पछिल्लो… पुरा पढौ

दोश्रो मेयरकपराष्ट्रिय ब्याडमिन्टन अर्को हप्ता

ललितपुर-ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा बालकुमारी रिमिक्स क्लबको सहआयोजनामा दोश्रो ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताअर्को हप्ताहुने भएको छ । यहिपौष ३ गते बाट हुने ¥याङ्किगप्रतियोगिता समेत रहेको प्रतियोगिताको मूख्यप्रायोजकमाललितपुर नगरपालिकाको रहेको छ । प्रतियोगितामा पुरुष एकल, महिला एकल, यु—१७ छात्र तथा छात्रा एकल, नेपाल ब्याडमिन्टन संघको शिर्ष २० बरियता बाहेकको पुरुष युगल र ४५ बर्ष माथीको भेट्रान्स युगल (खुला) गरि ६ बिधामाप्रतिस्पर्धा हुने आयोजकललितपुर जिल्ला ब्याडमिन्टन संघले जनाएको छ । प्रतियोगितामापुरुषएकल र महिला एकल तर्फ बिजयी खेलाडीहरुले नगद… पुरा पढौ

पुस अन्तिम साता माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल

पोखरा-कास्कीको माछापुच्छ्रे गाँउपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । गाँउपालिकाले आगामी पौष २६ गते देखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०’ गर्ने निर्णय गरेको हो । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकका समन्वय र भलिबल सघ माछापुच्छे«कोे व्यवस्थापनमा माछापुच्छ्रे –३, घाचोक मेधराज मा.विको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने छ । युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सीता… पुरा पढौ

म्याराथनको विद्यालय दौड इभेण्टलाई शान्ति निकेतनले प्रायोजन गर्ने

पोखरा-आगामी फागुनको पहिलो शनिबार आयोजना हुने पोखरा अन्तराष्ट्रिय म्याराथानमा सामवेश गरिने विद्यालयस्तरीय छात्र तथा छात्रा दौडलाई पोखरा पस्र्याङस्थित शान्ति निकेतन बोर्डिङ स्कुलले प्रायोजन गर्ने सहमति भएको छ । नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुँदै आइरहेको अन्तर्राष्ट्रिय म्याराथनको १८ औं संस्करणमा शान्ति निकेतनले विद्यालय दौड अन्तर्गत इभेण्टको पुरस्कार प्रायोजन गर्ने भूतपुर्व खेलाडी मञ्च नेपालले जनाएको छ । ‘साथ सहयोग रहने विषयमा सहमति भएको छ । हाम्रो बुझाईमा स्कुलले विद्यालयस्तरीय दौड इभेण्टमा प्रायोजन गर्ने छ । सहमति पनि त्यही अनुसार गरिएको छ… पुरा पढौ

बजेट र प्रशिक्षक अभावले प्रशिक्षण प्रभावित

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एक वर्ष बाँकी छ । वर्षदिन बाँकी छदाँ नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको दशौं तयारी भने शून्यमा छ । गण्डकी प्रदेशलाई नवौंको साख जोगाउनुपर्ने दायित्व छ । साख जोगाउन आवश्यक तयारी गर्नुपर्ने भएपनि गण्डकीको तयारी धिमा छ । पूर्वाधार छन् । पूर्वाधार भएपनि प्रशिक्षण गराउने प्रशिक्षक छैनन् । स्वयंसेवक प्रशिक्षकको भरमा राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउनुपर्ने बाध्यता गण्डकी प्रदेशको नियति दोहोरिने सम्भावना छ । जिल्ला खेलकुद विकास समिति कास्कीसँग दरबन्दीका प्रशिक्षक छैनन् । प्रदेश खेलकुद… पुरा पढौ

दुई नेपाली धावकले प्रतिस्पर्धा गर्ने

पोखरा-पोखरा ट्रेल रेस सिरिजका विजेता धावकहरु यतिबेला थाईल्याण्डमा आयोजना हुने युटिएमबी विश्व सिरिजमा प्रतिस्पर्धा गर्दै छन् । दुई खेलाडी तथा दुई सहयोगी गरी चारजना खेलाडी दुईदिन अघि मात्रै थाइल्याण्ड पुगेका हुन् । थाईल्याण्डमा हुने ट्रेल रेस अन्तर्गत विश्व सिरिजमा प्रिया राई र वेद सुनुवाले प्रतिस्पर्धा गर्ने छन् । उनीहरुको सहयोगीको रुपमा आलोक खड्का, युगेश पौडेल रहेका छन् । प्रियाले ५० किलोमिटरको रेसमा सहभागिता जनाउने छिन् भने सुनुवारले १०० किलोमिटरको दुरीमा प्रतिस्पर्धा गर्ने पोखरा ट्रेल रेस सिरिजका संस्थापक अध्यक्ष विकास गुरुङले… पुरा पढौ

गण्डकी स्पोर्टस क्लबले गर्यो आफनो पूर्व क्लब सदस्यलाई सम्मान

पोखरा-गण्डकी स्पोर्टस क्लबले आफना तीन जना पूर्व क्लब सदस्यसदलाई आज विशेष सम्मान गरेको छ । क्लबले गर्दै आएको गतिविधिमा आर्थिक सहयोग जुटाएका क्लबका पुर्व फुटबल खेलाडी पारस कुँवर,सचिन बाटाजू र दिपेश श्रेष्ठलाई विशेष सम्मान गरिएको हो । क्लबका अध्यक्ष उमेश सिकेले खादा लगाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । क्लबले सदस्यहरुलाई पुर्नताजगि बनाई राख्न बनभोज कार्यक्रम समेत गर्यो । बनभोज कार्यक्रममा क्लबले आफनो वार्षिक गतिविधि सहित आर्थिक प्रतिवेदन समेत प्रस्तुत गरेको थियो । पोखराकै पुरानो मध्येको गण्डकी स्पोर्टस क्लब लामो समय… पुरा पढौ