खेल संस्था

दोस्रो हिसान फुटसलका लागि कास्कीबाट १२ टिम छनौट

पोखरा-उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिताको कास्की छनौटबाट १२ टिम छनौट भएका छन् । कास्की छनौटका लागि ४० टिमले भागलिएकोमा १२ टिम छनौट भएका हुन् । छनौट भएकोमा सृजना उच्च मावि, न्यु ग्यालेक्सि इङलिस सेकेन्डरी स्कुल, पोखरा आर्दश सेकेन्डरी स्कुल, त्रिभेनी पब्लिक सेकेन्डरी स्कुल, ग्लोबल कलेजियट स्कुल, स्नोभियु इङलिस बोडिङ स्कुल छनौट भएको प्रतियोगिता संयोजक सन्तोष पराजुलीले जानकारी दिए । त्यसै गरी प्रतिभा सेकेन्डरी स्कुल, स्टेप… पुरा पढौ

फेब्रुअरी २१ देखि सुर्य नेपाल वेष्टर्न ओपन गल्फ

पोखरा-हिमालयन गल्फ क्लबमा आयोजित जनवरी महिनाको मन्थ्ली मेडलको उपाधि एएसपी भक्तराज गुरुङले जितेका छन् । उनले पार ६९ को कोर्षमा स्ट्रोक प्लेको आधारमा खेलाईएको प्रतिस्पर्धामा ३ अण्डर ६६ को स्कोर सहित उपाधि जितेका हुन् । १८ जना सहभागिता जनाएको प्रतियोगितामा इन्जिनियर सन्तोष गुरुङ उपविजेता बने । त्यस्तै ग्रस तर्फको पुरस्कार इन्स्पेक्टर जीवाराम गुरुङले पाए । क्लबमा आगामी शनिबार क्लब च्याम्पियनसिप शुरु हुने छ । त्यसैगरी सुर्य नेपालद्वारा प्रायोजित सुर्य नेपाल वेष्टर्न ओपन गल्फ प्रतियोगिता भने यही फेब्रुअरीको २१ तारिख देखि… पुरा पढौ

खेलकुद क्षेत्रलाई प्रदेशले मन फुकाउन सकेको छैन मन्त्री आलेमगर

पोखरा-गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जितप्रकाश आले मगरले प्रदेश सरकारले सिमित श्रोत साधनका कारण खेलकुदका विभिन्न गतिविधिमा मन फुकाएर सहभागि हुन नसकेको बताएका छन् । उनले मन फुकाउन नसकेपनि केही न केही हिसावले जोडिइरहेको दावी गरे । शुक्रबार नेपाल तेक्वान्दो संघ गण्डकी प्रदेशको तेश्रो वार्षिक साधरण सभाको पोखरामा उद्घाटन गर्दै उनले सीमित श्रोत साधन भएकोले अपेक्षा अनुसारको बजेट विनियोजन नभएको प्रप्ट पारे । उनले भने आगामी दिनमा पनि यसलाई कसरी सम्बोधन गर्न सक्छौं त्यसमा हाम्रो प्रयास रहनेछ ।’ गण्डकी प्रदेशसभा सदस्य… पुरा पढौ

६० वर्ष माथि बगरभाइखलक च्याम्पियन

पोखरा-पोखराको टुडिखेल खेलमैदानमा जारी दोस्रो हिमालय ब्रुअरी तथा तेह्रौं बगर भाइखलक ६० वर्ष माथि आयोजक बगर च्याम्पियन बनेको छ । शुक्रबार सम्पन्न ६० वर्षमाथि उमेर समूहको फाइनल खेलमा युके मास्टर (उत्तरखण्ड) भारतको टोलीलाई २–० गोलअन्तरले हराउँदै आयोजक बगर भाइखलक च्याम्पियन बनेको हो । बगरको जितमा ७० वर्षिय पुर्व राष्ट्रिय खेलाडी आनन्द रञ्जित र ६२ वर्षिय युद्ध गुरुङले गोल गरे । उपाधिसँगै बगरले नगद ५० हजार रुपैयाँ प्राप्त ग¥यो । भारतको टिमले ३० हजार रुपैयाँ प्राप्त ग¥यो । खेलको म्यान अफ… पुरा पढौ

लनर्स एकेडेमीमा स्पोर्टस मिट

पोखरा-पोखरा ७ माछापुच्छ्रे टोलमा रहेको पोखरा लनर्स एकेडेमीको १७ औं स्पोर्टस मिट सम्पन्न भएको छ । स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद मुख्य नारासहित १७ औं स्पोर्ट मिट सकिएको विद्यालयले जनाएको छ । पोखरा लनर्स एकेडेमीमा ३ दिन अघि सुरु भएको खेलकुद प्रतियोगितामा अन्तरसदनात्मक तथा समूहगत प्रतियोगिता भएको थियो । विद्यालय सञ्चालक समितिका अध्यक्ष ईश्वर बन्धु गौतमको अध्यक्षतामा सुरु भएको वार्षिक कार्यक्रममा डोरी तान्ने प्रतियोगिता चेस, लङ जम्प, दौड, सटफुट, रिले दौड लगायतका खेलहरुमा प्रतिस्पर्धा गराईएको थियो । खेल प्रतियोगताको… पुरा पढौ

फागुन १ देखि सातौ विरेन स्मृति १७ औं ‘बिटी कप’

पोखरा-पोखरामा क्रियाशिल बुद्धटोल युवा (बिटी) क्लबले सातौं विरेन स्मृति १७ औं बिटी कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ पुरानो टुडिखेल मैदानमा आगामी फागुन १ गतेदेखि खुल्ला सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्ने आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । क्लबका अध्यक्ष असिम थापाले फुटबलको विकास गर्ने उद्देश्यसहित प्रतियोगिता आयोजना गर्दै आएको बताए । ‘पोखरामा निरन्तर हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको लिस्टमा हाम्रो प्रतियोगिता पनि पर्छ । त्यसैले हामी १७ औं… पुरा पढौ

पोखरामा भोलि र पर्सी विद्यालयस्तरीय बुद्धिचाल प्रतियोगिता

पोखरा-पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा र बुद्धिचाल संघ कास्कीको व्यवस्थापनमा भोलि शुक्रबार र शनिबार विद्यालयस्तरीय छात्र÷छात्रा बुद्धिचाल प्रतियोगिता हुदैं छ । पोखरा रंगशालास्थित बहुउद्देशीय कभर्ड हलमा हुने प्रतियोगितामा ६० विद्यालयका २५० जना छात्र÷छात्राको सहभागिता रहने खेलकुद विकास समितिका सदस्य सचिव सुवास खड्काले जानकारी दिए । स्वीस प्रणालीअनुसार ७ चरणमा खेल खेलाइने छ । प्रतियोगितामा एउटा विद्यालयबाट बढीमा दुई टिम सहभागी हुन पाउने नियम राखिएको छ । एउटा टिममा दुई छात्र वा दुई छात्रा सहभागी हुन पाउने खड्काले बताए ।… पुरा पढौ

मर्यादा ख्याल नगर्ने कास्की र स्याङजासँग परिषदको स्पष्टीकरण

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले कास्की र स्याङजा जिल्लालाई स्पष्टीकरण माग गरेको छ । परिषदका सदस्य सचिव श्रीधर शर्माद्वारा हस्ताक्षरित स्पष्टीकरण पत्रमा ‘आसन ग्रहणका लागि उदघोषणको क्रममा यस परिषदका पदाधिकारी ज्यूहरुको मर्यादा क्रमलाई ख्याल नगर्ने कास्की र स्याङजा जिल्ला खेलकुद विकास समितिलाई त्यसो किन गरिएको हो ?’उल्लेख छ । परिषदले दुई जिल्लासँग स्पष्टीकरण माग गर्दै सत्यतथ्य छानविन गरी एक महिनाभित्रमा प्रतिवेदन पेश गर्न समिति नै गठन गरेको छ । समितिको संयोजकको जिम्मेवारी परिषदका सदस्य ऋषिराम गौतमलाई तोकिएको छ । गौतमको संयोजकत्वमा… पुरा पढौ

आर्मी आहा रारा पोखरा गोल्डकप च्याम्पियन

पोखरा-थ्रीस्टार क्लबलाई ३-० गोलले पराजित गर्दै त्रिभुवन आर्मीक्लबले पोखराको मैदानमा पहिलो उपाधि जित्दै उपविजेताको ट्यागलाई अन्त्य गरेको छ । सहारा क्लबको आयोजनामा सञ्चालित आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि उचाल्दै आर्मीले पाँच वर्ष अघि थ्रीस्टारसँग फाईनलमा व्यहोरेको हारको बदला समेत लिएको छ । आर्मी यस अघि चार पटक उपविजेता बनेर रित्तै फर्किएको थियो । आर्मीले उपाधि उचाल्न झण्डै डेढदशककाो समय लगायो । अन्य दुई विभागीय क्लब नेपाल पुलिस र सशस्त्र प्रहरी बलले आहा राराको उपाधिमा नाम लेखाईसकेका थिए… पुरा पढौ

म्याराथनमा सहभागि धावकको संख्या तोकियो

पोखरा-यही माघ २८ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने जनाउँदै नेपाल भुतपूर्व खेलाडी मञ्चले आगामी फागुन ५गते हुने १८ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनमा १६० जना धावकलाई मात्रै दौडाउने निर्णय गरेको छ । पुरुष तफको प्रतिस्पर्धामा १६० जना मात्रै दौडाउने गरी कोटा निर्धारण गरिएको मञ्चले उल्लेख गरेको छ । मञ्चले म्याराथनसँगै महिला हाफ म्याराथनसहित अन्य विभिन्न विधामा समेत धावकको संख्या तय गरेको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा… पुरा पढौ