खेल संस्था

म्याराथनमा सहभागि धावकको संख्या तोकियो

पोखरा-यही माघ २८ गतेभित्र नाम दर्ता गरिसक्नुपर्ने जनाउँदै नेपाल भुतपूर्व खेलाडी मञ्चले आगामी फागुन ५गते हुने १८ औं संस्करणको पोखरा अन्तराष्ट्रिय म्याराथनमा १६० जना धावकलाई मात्रै दौडाउने निर्णय गरेको छ । पुरुष तफको प्रतिस्पर्धामा १६० जना मात्रै दौडाउने गरी कोटा निर्धारण गरिएको मञ्चले उल्लेख गरेको छ । मञ्चले म्याराथनसँगै महिला हाफ म्याराथनसहित अन्य विभिन्न विधामा समेत धावकको संख्या तय गरेको छ । नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भुतपूर्व खेलाडी मञ्च नेपालले सञ्चालन गर्ने देशकै जेठो र पहिलो म्याराथन पोखरा… पुरा पढौ

उपविजेताको ट्याग हटाउने आर्मीको लक्ष्य,इतिहास दोहोर्याउने थ्रीस्टारको योजना

पोखरा-थ्रीस्टार पाँच पटकको विजेता । त्रिभुवन आर्मी क्लब पाँच पटकको फाईनलिष्ट टोली । पोखराको मैदानमा शनिबार आहा रारा पोखरा गोल्डकपको २३ औं संस्करणको उपाधि भिडन्त यी दुई टोली बीच हुदैं छ । फरक यत्ति छ कि उपाधि उचालेर पोखराको मैदानमा दुईदशक देखिको खडेरी तोड्ने लक्ष्यमा आर्मी छ । उपाधिमा नाम लेखाउने सपना छ । थ्रीस्टार भने आर्मीलाई फेरी उपविजेतामै सीमित राखेर छैटौं पटक पोखरामा उपाधि उचाल्ने योजनामा छ । दुवैको उपाधि प्रतिस्पर्धा पोखराको मैदानमा फेरी एकपटक पुनराबृत्ति हुने छ ।… पुरा पढौ

पुनहिल कप भलिबलः महिलातर्फ कावासेती र माछापुच्छे्र फाइनलमा

पोखरा-पुन समाज नेपालको आयोजनामा जारी प्रथम पुन हिल कप पुरुष, महिला तथा भेट्रान भलिबल प्रतियोगिताको चौथो दिन आठ खेल सम्पन्न भएका छन् । प्रतियोगिता अन्तरगत महिलातर्फ सेमीफाइनल खेल सम्पन्न भएका छन् । बिहिबार महिलातर्फ क्वाटरफाइनल र सेमीफाइनल गरी कुल चार तथा पुरुषतर्फ प्रिक्वाटरका चार खेल सम्पन्न भएका हुन् । महिलातर्फ भएको पहिलो सेमीफाइनल खेलमा कावासेतीले आयोजक पुन समाज नेपाललाई ३–१ को सेटमा हरायो । पहिलो सेट २५–२७ ले गुमाएको कावासेतीले खेलमा पुनरागमन गर्दै लगातार तीन सेट आफ्नो पक्षमा पा¥यो ।… पुरा पढौ

दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता फागुनमा

पोखरा-उच्च शिक्षालय तथा माध्यमिक शिक्षालय संघ (हिसान) गण्डकीको आयोजनामा हुने दोस्रो प्रदेशस्तरीय हिसान प्लस टु तथा युनिभर्सिटी लेवल फुटसल प्रतियोगिता फागुन पहिलो साता हुने भएको छ । फागुन ४ देखी ७ गते सम्म पोखरा रंगशालामा प्रतियोगिता हुनेछ । प्रतियोगिताको कास्की छनौट माघ २४ र २५ गते हुने आयोजकले जनाएको छ । प्रतियोगितामा हिसानमा आवद्ध विद्यालयहरुलाई सहभागीताका लागि हिसानले गण्डकीले अनुरोध गरेको छ । हिसान गण्डकीको सदस्य विद्यालय बिच हुने प्रतियोगितामा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुले सहभागीता जनाउन पाउने… पुरा पढौ

आर्मी आहा राराको फाईनलमा

पोखरा-उपाधिको दावेदार प्रस्तुत गरेको विभागीय टोली त्रिभुवन आर्मी क्लबले उपाधिको लागि थ्रीस्टारसँग शनिबार खेल्ने छ । बिहीबारको आफनो सेमिफाईनल प्रतिस्पर्धी चर्च ब्वाईज युनाईटेडलाई २-१ गोलले पराजित गर्दै उपाधि निकट पुगेको हो । थ्रीस्टारले आहा रारा पोखरा गोल्डकपको उपाधि जितिसकेको छ भने आर्मीले उपाधि २३ औं संस्करणसम्म आईपुग्दा पाएको छैन् । चर्च ब्वाइज युनाइटेडको चुनौति पन्छाउन आर्मीले अतिरिक्त समय लिएको थियो । पोखरामा भएको खेलमा आर्मीलाई जिताउन रसबहादुर मगरले ९९ औं मिनेटमा गोल गरेका थिए । रासबहादुर मगरले बसन्त जिम्बाको क्रसमा… पुरा पढौ

तीन उमेर समूहमा प्रतिस्पर्धा

पोखरा-पोखराको पुरानो टुँडिखेलमा नेपालकै उत्कृष्ट भेट्रान फुटबल प्रतियोगिताको दोस्रो संस्करणको हिमालयन ब्रुअरी तथा १३ औं बगर भाइखलक फुटबल प्रतियोगिता हुदैं छ । पर्सी शनिबारदेखि टुँडिखेल खेल मैदानमा तीन विधाको भेट्रान फुटबल प्रतियोगिता शुरु हुने आयोजकले जनाएका छन् । एट ए साइड फुटबल प्रतियोगिताको तीन विधाम ३६ टिमको सहभागिता रहेको छ । संस्थाका अध्यक्ष दिलबहादुर गुरुङले भेट्रान खेलाडीहरुलाई लक्षित गर्दै यो वर्षदेखि तीन विधामा प्रतियोगिता गर्न लागेको जानकारी दिए । उनका अनुसार यसपटक ४० वर्षमाथि, ५० वर्ष माथि र ६० वर्षमाथि… पुरा पढौ

बुद्धिचाल संघ कास्कीका अध्यक्ष कोईरालाको निधन

पोखरा-कास्की जिल्ला बुद्धिचाल संघका अध्यक्ष अनिलबहादुर कोईरालाको निधन भएको छ । उनको उपचारको क्रममा बुधबार निधन भएको हो । तीन दिन अघि हृदयघात भएको थियो । अध्यक्षको निधनले कास्की जिल्ला बुद्धिचाल संघ स्तब्ध बनेको छ । संघले उनको निधनले कास्कीलाई अपुरणीय क्षति भएको महशुस गरेको छ । स्व. कोईरालाको पार्थिव शरीरलाई सेतीनदी किनार शान्तिघाटमा अन्त्येष्टि गरिने छ । कोईराला तीन पटकका कास्की च्याम्पियन हुन् । सानैदेखि बुद्धिचालप्रति अभिरुची राख्ने कोईरालाले २०५४ सालमा आयोजित कास्की ओपन च्याम्पियनसिपमा च्याम्पियन बनेका थिए ।… पुरा पढौ

चर्च व्वाईज अन्तिम चारमा

पोखरा-समीर तामाङको निर्णायक गोलमा चर्च ब्वाईजले २३ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल यात्रा तय गर्दा नेपाल पुलिस क्लबको यात्रा भने क्र्वाटरफाईनलमै सीमित भएको छ । सहारा क्लबको आयोजनामा मंगलबार भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लबलाई पराजित गर्न चर्च ब्वाईजले दोस्रो हाफमा निर्णायक गोल गर्यो । ७२ औं मिनेटमा समीर तामाङले गोल गर्दै दिलाएको अग्रता जितको नजिता पक्का बन्यो । नेपाल पुलिस क्लबका खेलाडीहरु बीच आपसी समन्वयमा देखिएको कमजोरी फाईदा उठाउँदै उनले पेनाल्टी बक्सबाट पोष्टको दिशा दिएका थिए । ५६ औ… पुरा पढौ

जावलाखेल सेमिफाईनलमा

पोखरा-निर्धारित समयको अन्तिम मिनेटमा गोल गर्दै खेलमा फर्किएको मनाङ मस्र्याङ्दी अन्तत सडन डेथमा पराजित हुदैं २३ औं संस्करणको आहा रारा पोखरा गोल्डकपबाट बाहिरिएको छ । छ पटकको विजेता मनाङले गोल्डकपको यात्रालाई लम्ब्याउने प्रयास सोमबार पेनाल्टी सुटआउटमा पुगेर टुंगिएको छ । पेनाल्टी सुटआउटमा जावलाखेलसँग ७–६ गोलले पराजित हुदैं बाहिरिन पुग्यो । सोमबार पोखरा रंगशालामा भएको प्रतिस्पर्धामा जावलाखेलले जितको खुशी मनाउन केही क्षण मात्रै बाँकी थियो । तर अन्तिम मिनेटमा मनाङले गरेपछि निराश बन्न पुगेको थियो । हिसुब थपलियाले ५५ औं मिनेटमा… पुरा पढौ

आर्मी आहा रारा पोखरा गोल्डकपको अन्तिम चारमा

पोखरा-संकटामाथि सहज निकाल्दै त्रिभुवन आर्मी क्लब २३ औं आहा रारा पोखरा गोल्डकपको सेमिफाईनल प्रवेश गरेकोे छ । पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्दै आर्मीले संकटाको चुनौतिलाई ३–०ले पन्छाउँदै अन्तिम चारमा प्रवेश गरेको हो । पहिलो हाफको अतिरिक्त समयमा गोल गर्दै आर्मीले अग्रता लियो । कप्तान भरत खवासले मिलाईदिएको पासलाई जिलेस्पीजंग कार्कीले सुन्दर हेड गर्दै गोल गरेपछि आर्मीले अग्रता लियो । आर्मीले दोस्रो गोल भने पेनाल्टीमा गर्यो । खेलको ४९ औं मिनेटमा पाएको पेनाल्टीलाई दिनेश हेमजनले गोल गर्दै… पुरा पढौ