खेल संस्था

ट्यालेन्ट हन्टले स्याङजामा बढ्दै महिला क्रिकेट क्रेज

पोखरा-जहाँ क्रिकेट खेल्ने व्यवस्थित खेल मैदान छैन् । खोलाको किनार र फुटबल मैदान खोज्दै क्रिकेट खेल्नुपर्ने बाध्यता छ । तर जहाँ ईच्छा त्यहाँ उपाय । स्याङजामा क्रिकेटको मैदान नभएपनि महिला क्रिकेटमा छलाङ मारेको छ । स्याङजा जिल्ला क्रिकेट संघले नारा नै तय गरेको छ—‘क्रिकेटबाटै महिला सशक्तिकरण ।’ स्याङजाको क्रिकेटको मुहार फेरिएको लामो समय भएको छैन् । जतिबेला संघको नेतृत्वमा दिवाकर थापाले सम्हाले । त्यसपछि क्रिकेटको माहोल सृजना भयो । उनी आफैं पनि क्रिकेटर हुन् । त्यही भएर नै उनले स्याङजालाई… पुरा पढौ

कास्की र गण्डकी प्रदेश गल्फ संघ गठन

पोखरा-तदर्थ समिति बनेको दशकपछि कास्की जिल्ला गल्फ संघ गठन गरिएको छ । तदर्थ समिति मार्फत नै गल्फका गतिविधि हुदैं आएपनि आधिकारिक रुपमा कास्की जिल्ला गल्फ संघ भने बल्ल गठन भएको छ । प्रथम अधिवेशन एवं वार्षिक साधारण सभाले जीवाराम गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको हो । संघको उपाध्यक्षमा भक्तराज गुरुङ,र बालाकाशी गुरुङ छन् । त्यस्तै सचिवमा प्रज्वल गुरुङ तथा कोषाध्यक्षमा लालबहादुर गुरुङ चयन भएका छन् । सदस्यहरुमा दिपक पहारी, विजय मोक्तान, लिलाजंग गुरुङ र टिका गुरुङ रहेका छन् ।… पुरा पढौ

८० किलोमिटर पन्चासे अल्ट्रा रेस कार्तिक तेस्रो साता

पोखरा-‘ओभर दि क्लाउड्स’(बादल भन्दा माथि) । सायद धावकहरु निकै उचाईमा पुग्नुपर्ने भएकोले नै होला नारा नै बादल भन्दा माथि तय गरिएको । नेपालकै पुरानो मध्येको ट्रेल रेसको आगामी कार्तिक १८ गते हुने संस्करणको नारा यही हो । धावकहरु मर्दी हिमाल टे«क अन्तर्गत बादलडाँडा पुगेर ओर्लिने छन् । बादल डाडाँ समुद्री सतहदेखि झण्डै ३३ सय मिटरको उचाईमा पर्छ । नेपालमा कर्णालीमा आयोजना हुने रारा ट्रेल रेस, रुकुममा हुने गोरिल्ला ट्रेल रेस निकै चर्चामा छन् । ती सँगै पोखरामा आयोजना हुने पोखरा… पुरा पढौ

प्रदेश परिषदद्वारा ‘गण्डकी खेलकुद पदक’ स्थापना तथा सञ्चालन कार्यविधि पास

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीले ‘गण्डकी खेलकुद पदक’ प्रदान गर्न आवश्यक कार्यविधि २०८०लाई पास गरेको छ । कार्यविधि पास गरेसँगै पदक प्रदान गर्ने र सञ्चालन गर्ने विषयलाई अनुमोदनको लागि प्रदेश मन्त्रीपरिषद पठाइने छ । कार्तिकभित्रमा कार्यविधिलाई प्रदेशको क्याविनेटले पास गरेपछि कार्यान्वयनमा आउने प्रदेश खेलकुद परिषदले जनाएको छ । प्रदेशले गण्डकी खेलकुद पदक प्रदान गर्ने निर्णय गरेपनि कहिलेसम्मका खेलाडीलाई पदक वितरण गर्ने भन्ने ठोस निर्णय भने गरिसकेको छैन् । ‘नयाँ र पुराना खेलाडीलाई गण्डकी खेलकुद पदक प्रदान गरिने छ’ प्रदेश खेलकुद परिषदका… पुरा पढौ

एशियाली खेलकुदमा पदक प्राप्त खेलाडीलाई भब्य स्वागत

काठमाडौं- मित्र राष्ट्र चीनको हाङ्गझाउ सहरमा आयोजना भएको १९ औं एशियाली खेलकुदमा पदक प्राप्त गर्न सफल खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई आज मंगलबार अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ । विजयी कराते र कबड्डी नेपाली टोलीलाई स्वागत गर्न विमानस्थलमा नेकपा माओवादीका नेता, नेपाली काँग्रेसका नेतो, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठ, महासचिव निलेन्द्र राज श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य सचिव प्रकाश कुसारी, राखेपका प्रशासन विभागका प्रमुख प्रेम मल्ल, नेपाल कराते महासंघका अध्यक्ष एवं राखेपका पूर्व सदस्य सचिव युवराज लामा… पुरा पढौ

फुटबलका महारथी श्याम थापाद्वारा सहारा एकेडेमी भ्रमण

पोखरा-श्याम थापा । दक्षिण एशियली फुटबलका महारथी । उनै फुटबलका दिग्गज श्याम थापाले पोखराको सहारा एकेडेमी भ्रमण गरेका छन् । आईतबार पोखरा–१७ दोविल्लास्थित सहारा एकेडेमीको अवलोकन गरेका छन् । अवलोकनपछि थापाले एकेडेमीका रहेको बालकहरुलाई फुटबलर बन्न प्रेरित गरे । उनले राष्ट्रिय फुटबल खेलाडी बन्न उत्प्रेरणा दिए । थापाले सहारा क्लबले खेलाउने गोल्डकपमा शसक्त टिम सहभागि गराउने प्रतिबद्धता समेत जनाए । एकेडेमी व्यवस्थापन उपसमिति संयोजक तथा सहारा क्लब पोखराका वरिष्ठ उपाध्यक्ष पूर्णबहादुर गुरुङले स्वागत मन्तव्य व्यक्त गर्दै एकेडेमीको उद्देश्यमाथि प्रकाश पारेका… पुरा पढौ

पोखरामा शनिबारदेखि अन्तर क्लव टी–२० क्रिकेट

पोखरा-पोखरा महानगर खेलकुद विकास समितिको आयोजना पोखरामा शनिबारदेखि पोखरा महानगरस्तरीय अन्तर क्लव टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा पोखराका ८ वटा क्लवहरुको सहभागिता रहने शुक्रबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । पोखरा महानगर क्रिकेट संघको व्यवस्थापनमा हुने प्रतियोगितामा राइजिङ क्रिकेट क्लव, साँग्रिला क्रिकेट क्लव, पोखरा क्रिकेट क्लव, अरण्यज्योती क्रिकेट क्लव, कास्की क्रिकेट क्लव, आर के भिक्टोरी क्रिकेट क्लव, आदर्श युवा क्लव र लेकसाइड क्रिकेट क्लवले सहभागिता जनाउने भएका हुन् । प्रतियोगितामा वितेजा, उप–विजेता तथा विभिन्न विद्यागत खेलाडीहरुले… पुरा पढौ

कास्कीकोटमा प्रथम सेभेन ए साइड कश्यप कालिका कप हुने

पोखरा-पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा प्रथम सेभेन ए साइड कश्यप कालिका कप २०८० हुने भएको छ । कश्यप कालिका युवा क्लबको आयोजनामा आगामी कार्तिक १ र २ गते हुने उक्त प्रतियोगीतामा पोखरा महानगरपालिका वडा नं। २४, १८ र २३ का खेलाडीहरुमात्र सहभागी हुन पाउने क्लबले जनाएको छ । संस्थाका अध्यक्ष तिर्थ अधिकारीले सेभेन ए साइड फुटबल र खुल्ला दौड प्रतियोगीताबाहेक मुख्य आकर्षणको रुपमा प्रथम कश्यप कालिका भेन्ट्रान्स कप रहेको जानकारी दिए । फुटबल तर्फका विजेताले ५५ हजार ५ सय… पुरा पढौ

ईन्जिनियर सन्तोषलाई गल्फको मन्थ्ली मेडल

पोखरा-हिमालयन गल्फ क्लबको यो सेप्टेम्बर महिनाको मन्थ्ली मेडलको उपाधि ईन्जिनियर सन्तोष गुरुङले जितेका छन् । पोखरा–१४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा शनिबार भएको प्रतिस्पर्धामा ईन्जिनियर गुरुङले ३५ स्कोर बनाउँदै उपाधि आफनो नाममा लेखाए । ३/४ ह्याण्डीक्याप फर्रम्याटमा खेलाईएको प्रतिस्पर्धामा २२ जना पोखरेली गल्फरले प्रतिस्पर्धा गरेका थिए । लेफ्टिेन्टकर्णेल याम राना उपविजेता बने । उनले ३२ स्कोर बनाए । क्याप्टेन हरि राई तेस्रो स्थानमा आए । उनले ३१ स्कोर गरेका थिए । ग्रस तर्फको पुरस्कार भने मेजर मदन गुरुङले जिते । उनले… पुरा पढौ

अन्तर नगरपालिका क्रसकन्ट्री असोजमा

काठमाडौं- एथलेटिक्स परिवार, नेपालको आयोजना तथा चन्द्रागिरी नगरपालिकाको सहआयोजनामा अन्तर नगरपालिका राष्ट्रिय क्रसकन्ट्री दौड असोज१३ गते हुने भएको छ । चन्द्रागिरी नगरपालिकामा आयोजना हुने क्रसकन्ट्री दौडमा सिनियर महिला तथा पुरुषको १० कि.मी. र जुनियर तर्फ महिला तथा पुरुषको ५ कि.मी. गरि ४ विधामा ब्यक्तिगत, टिम र समष्टिगत रुपमा खेलाडीहरुलाइ प्रतिस्र्पा गराईने जानकारी गराईयो । शिर्ष तीन स्थान हात पार्ने सिनियर ब्यक्तिगत तर्फका खेलाडीहरुले नगद २५ हजार, १५ हजार र १० हजार सहित पदक, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।… पुरा पढौ