पोखरा-बाग्लुङ क्रिकेट संघको आयोजनामा पहिलो पटक गण्डकी प्रदेशस्तरीय ‘बाग्लुङ कप’ टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । यही कार्तिक २१ गतेदेखि २५ गतेसम्म बाग्लुङको बाङ्गेचौर बहुउद्देश्यीय खेल मैदानमा हुने छ । संघ गठनपछिको संघको यो पहिलो प्रतियोगिता समेत हो । म्याटमा खेलाईने प्रतियोगिता लिगकम नकाउटमा सञ्चालन हुने बाग्लुङ क्रिकेट संघले जनाएको छ । ‘संघ गठनपछि पहिलो प्रतियोगिता हो । यस भन्दा अघि क्लबस्तरीय प्रतियोगिता आयोजना भने गरिरहेका थियौं’ बाग्लुङ क्रिकेट संघका अध्यक्ष विष्णुप्रसाद आचार्यले भने–‘अहिले प्रदेशस्तरीय प्रतियोगिताको तयारीमा जुटेका हौं…
पुरा पढौ