संघ

प्रधानमन्त्री कप भलिबल सुरु,गण्डकीको दुवै टोली पराजित

काठमाडौं-नेपाल भलिबल संघको आयोजनमा राजधानीमा आजबाट सातौं प्रधानमन्त्री कप एन।भि।ए। महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग २०८० सुरु भएको छ । पहिलो दिन नेपाल पुलिसले पुरुष तर्फको खेलमा संघर्षपूर्ण जित निकाल्दै गण्डकी प्रदेश भलिबल क्लब संग अंक बाढ्न बाध्य भएको छ । आज पहिलो दिनको खेलमा पुलिसले बिदेशी खेलाडीले सज्जित गण्डकीलाई ३–२ सेटमा पराजित गरेको हो । पहिलो र दोश्रो सेट २५–२१, २५–१६ ले जितेको पुलिसले तेश्रो सेट १३–२५ ले गण्डकीलाई सुम्पन पुग्यो । चौथो सेटमा ६ अंकको अग्रता… पुरा पढौ

तिन दिने गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण

पोखरा-गण्डकी प्रदेश सरकार प्रदेश खेलकूद परिषद्, गण्डकीद्धारा आयोजित एवं नेपाल तेक्वान्दो संघ गण्डकीको व्यवस्थापनमा तिन दिने गण्डकी प्रदेशस्तरीय तेक्वान्दो प्रशिक्षक प्रशिक्षण आज पोखरा रंगशालामा एक कार्यक्रमका बिच सम्पन्न भएको छ । तालिमको समापनमा प्रमुख अतिथि प्रदेश खेलकूद परिषद्का सदस्य सचिव श्रीधर शर्माले खेलकूदका प्रतियोगितालाई वृद्धि गरी अति शुष्म तवरबाट हरेक क्षेत्रमा फैलाउने उद्धेश्य रहेको बताए । प्रदेश खेलकूद परिषद्ले जुनियर प्रतियोगिता संचालनको लागि मात्र ७५ लाख बराबारको वजेट विनियोजन गरेको हुनाले यो क्षेत्रमा खेलकूदका गतिविधिहरुलाई अझै तिव्र प्रतिस्पर्धी बनाएर लैजाने… पुरा पढौ

यु–२० एशियन रग्बी सेभेन्स ट्रफीको लागि पोखरामा प्रशिक्षण

पोखरा-एक महिनाको अन्तरमा रग्बीले दुई अन्तरराष्ट्रिय प्रतियोगिता खेल्दै छ । पहिले काठमाडौंमा आगामी अगष्टमा आयोजना हुने यु–२० एशियन रग्बी सेभेन्स ट्रफीमा सहभागिता जनाउने छ । त्यसको एक महिनापछि सेप्टेम्बरमा सिनियर टोलीले चीनमा आयोजना हुने १९ औं एशियाडमा सहभागिता जनाउने छ । अन्तरराष्ट्रिय प्रतियोगिताको लागि यतिबेला रग्बी सेभेन्सको टोली पोखरामा प्रशिक्षणमा व्यस्त छ । यु–२० छनोट प्रशिक्षणमा व्यस्त हुदाँ सिनियर टोली अर्को साता मात्रै बन्द प्रशिक्षणको लागि पोखरा आईपुग्ने नेपाल रग्बी संघका बरिष्ट उपाध्यक्ष चेतनराज गिरीले जानकारी दिए । ‘यु–२० एशियन… पुरा पढौ

राष्ट्रिय च्याम्पियन प्रिन्सलाइ पराजित गर्दै प्रफुललाई उपाधी

काठमाडौं-नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जनले राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाललाई पराजित गर्दै तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८० मा पुरुष एकल तर्फ उपाधी उचालेका छन् । निकैनै संघर्षपूर्ण खेलमा बिश्व जुनियर नम्बर एक रहिसकेका दाहाललाइ महर्जनले २१–१९, २१–२३, २१–१८ ले पराजित गर्दै उपाधी उचालेका हुन् । महर्जनको राष्ट्रिय प्रतियोगितिामा यो पहिलो जित हो । उनी हालै मात्र जापान बसेर फर्केका थिए । यस प्रधानमन्त्री कपको पहिलो बिजेता दिपेश धामी रहेका थिए । धामीले फाईनलमा प्रिन्सलाई पराजित गर्दै… पुरा पढौ

प्रफुल र रुकेशको जोडी सेमिफाईनलमा

काडमाडौं-त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन र रुकेश महर्जनको जोडी ललितपुरमा जारी तेश्रो प्रधानमन्त्री कप खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको सेमिफाईनल प्रवेश गरेका छन् । महर्जन जोडीले नेपाल पुलिस क्लबका सुनिल जोशी र अमन श्रेष्ठको जोडीलाई २१– १०, २१–१५ ले पराजित गर्दै सेमिफाईनल प्रवेश गरेका हुन् । महर्जन जोडीले फाईनल प्रवेशका लागि कास्कीका बिधान अधिकारी र आर्मीका पविन लिनथेपको जोडी संग प्रतिस्र्धा गर्ने छन् । बिधान र लिनथेपको जोडीले नखिपोटका बिवेक कन्दङ्गवा र नेल्सन राईको जोडीलाई २१–१२, २१–१४ ले पराजित गरे ।… पुरा पढौ

मुख्य प्रतिस्पर्धामा नेपाल मुआथाईका दिपेश च्याम्पियन

पोखरा-स्ट्रोङगेष्ट मुवाथाईका अनिष बुढामगरलाई पराजित गर्दै नेपाल मुआथाईका दिपेश गुरुङ ५० केजी तौल समूहको प्रतिस्पर्धामा च्याम्पियन बने । पोखरामा मंगलबार आयोजित गण्डकी प्रदेशस्तरीय मुआथाई प्रतियोगितामा दिपेशले अनिषलाई अंकको आधारमा पराजित गर्दै च्याम्पियन बने । उनीहरुको फाईटलाई स्पेशल फाईट(मुख्य प्रतिस्पर्धा अथाव मेन इभेण्ट)को रुपमा घोषित गरिएको थियो । अनिष नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा फुल कन्टयक्ट कराँतेका स्वर्ण पदक विजेता खेलाडी समेत हुन् । पछिल्लो समय उनी स्ट्रोङगेष्ट मुवाथाईमा आवद्ध हुदै आएका थिए । प्रतियोगितामा ७० केजी भन्दा माथीको प्रतिस्पर्धामा पुरुषतर्फ सागर… पुरा पढौ

महिला तथा पुरुष लिग भलिबल आषाढ अन्तिम साता

काठमाडौं-नेपाल भलिबल संघको आयोजनमा हुने सातौं प्रधानमन्त्री कप – एन। भि। ए। महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग–२०८० आषाढ अन्तिम साता हुने भएको छ । राजधानीमा आयोजित पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले बार्षिक कार्यक्रम (२०७९÷८०) अनुरुप नेपालको राष्ट्रिय खेल भलिबललाई बृहत रुपमा विकास, विस्तार र प्रवर्धन गर्दै र ब्यावसायीकरण गर्दै लैजाने नीति अनुरुप यही मिति २०८० आषाढ २३ देखि ३० गते सम्म सातौं प्रधानमन्त्री कप – एन।भि।ए। महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिग गर्न गईरहेको जनाएको हो… पुरा पढौ

प्रथम गण्डकी प्रदेशस्तरीय गल्फको ग्रसमा रमेश र नेटमा राजुलाई उपाधि

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा शनिबार भएको गण्डकी प्रदेशस्तरीय गल्फ प्रतियोगताको उपाधि ग्रस तर्फ रमेश गुरुङले जितेका छन् । नेट तर्फका उपाधि भने राजु थकालीले जित्न सफल भए । कास्की जिल्ला गल्फ संघ र पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोषको व्यवस्थापनमा भएको प्रतिस्पर्धामा रमेश गुरुङले ३० स्कोर गर्दै उपाधि जित्न सफल भएका हुन् । त्यसैगरी जिवराम गुरुङ काउण्ट व्याकमा २८ स्कोरसहित दोस्रो स्थानमा रहे । सुरेश तामाङ जिवरामसँग काउण्ट व्याकमा पछि परे । उनले समान २८ स्कोर गरेका थिए ।… पुरा पढौ

खेल संघ नियमले मिल्ने बनाउ, नभए ब्याक आउ–मन्त्री लिम्बु

पोखरा-युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले राजनैतिक स्वार्थको लागि एकै खेलका दुई संघ दर्ता गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताएका छन् । ‘राजनीतिक स्वार्थको लागि संघ दर्ता गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ’ पोखरामा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री लिम्बुले भने–‘एकै प्रकृतिका दुई खेल संघलाई एउटै बनाउनुपर्छ ।’ नेपालमा एकै प्रकृतिका खेलको दुई संघहरु दर्ता हुदाँ समस्या सृजना हुदैं आएको छ । कराँतेको विभिन्न संघ दर्ता हुदाँ अन्तराष्ट्रिय सहभागिता अन्योल हुदाँ सबै कराँतेलाई एउटै छातामुनि राख्दै कराँते महासंघ गठन गरिएको छ ।‘खेल संघहरु इमान्दार… पुरा पढौ

खुल्ला सडक दौडमा गोरखाका बोगटी र तनहुँकी रानाभाट च्याम्पियन

पोखरा-गण्डकी प्रदेश खेलकुद परिषदको आयोजना तथा कास्की जिल्ला खेलकुद विकास समितिको समन्वयमा शनिबार आयोजित ३ किलोमिटर सडक दौडमा पुरुष तर्फ गोरखाका दिनेश बोगटी प्रथम भएका छन् । बोगटीले ९ मिनेट ३४.७० सेकेण्डमा दौड पुरा गरेका थिए ।तनहुँका साहस पन्त दोस्रो र पोखराका तेन्जोन रोका तेस्रो भए । पन्तले ९ मिनेट ३६.४० सेकेण्डमा दौड पुरा गरेका थिए भने रोकाले ९ मिनेट ५६.६० सेकेण्डमा पुरा गरेका थिए । कास्की जिल्ला एथलेटिक्स संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगिताको महिला तर्फको प्रतिस्पर्धाामा तनहुँकी सुष्मिता रानाभाटले… पुरा पढौ