संघ

जुनियर गल्फको उपाधि लामा र विकलाई

पोखरा-नेपाल ओलम्पिक कमिटिको आयोजनामा पोखराको हिमालयन गल्फ कोर्षमा शनिबार भएको यु—१३ गल्फ प्रतियोगिताको उपाधि दिप्सन लामाले जितेका छन् । त्यसैगरी यु—१८ तर्फको उपाधि भने संसार विकले आफनो नाममा लेखाए । ओलम्पिक दिवसको अवसरमा ओलम्पिक कमिटिको आयोजना तथा नेपाल गल्फ संघको सह आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत यु—१३ लाई ९ होलमा प्रतिस्पर्धा गराईएको थियो । पार ६९ को कोर्षमा ९ होललाई पार ३७ मा खेलाईएको थियो । पार ३७ को खेलाइएको प्रतिस्पर्धामा लामाले ६ ओभर ४३ को स्कोर सहित उपाधि जित्न सफल… पुरा पढौ

एशियन गेम्सको लागि आर्चरीका खेलाडी छनोट

पोखरा-चीनको हाङझाउमा हुने १९ औं एशियन गेम्सको लागि आर्चरीबाट चारजना खेलाडी छनोट भएका छन् ।पोखरा रंगशालामा शनिबार भएको अन्तिम छनोट प्रतिस्पर्धामा चारजना खेलाडी छनोट गरिएको नेपाल आर्चरी संघमा बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले जनाए । पुरुष रिकर्भ तर्फ तिलक पुन मगर, महिला रिकर्भमा मन्जु बजगाँई रहेका छन् । तिलक दोस्रो पटक एशियन गेम्सका लागि छनोट भएका छन् । उनले पोखराका अशिम शेरचनलाई पछि पार्दै एशियन गेम्समा छनोट भएका हुन् । छनोट चरणमा पुनमगरले १२६७ स्कोर हिर्काएका थिए । पोखराका अशिम शेरचनले… पुरा पढौ

संघ गठनमा परिषदको बलमिच्याँई–एनएफबीएफ उपाध्यक्ष गुरुङ

पोखरा-नेपालको खेलकुद संघ राजनीतिको उल्झन फसेको छ । एकै प्रकृतिका दुई संघलाई एउटै बनाई अगाडि बढ्ने निर्देशन राष्ट्रिय खेलकुद परिषदको छ । तर परिषदले बलमिच्याँई ढंगले आफनो अनुकुल हुने गरी संघ गठन गर्ने प्रवृत्ति देखिएको छ । यसको पछिल्लो उदाहरण हो नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ । नेपालमा दुई वटा शारीरिक सुगठन संघ थिए । अन्तराष्ट्रिय शारीरिक सुगठन तथा फिटनेस महासंघ(आईएफबीबी) र विश्व शारीरिक सुगठत तथा फिटनेस महासंघ(डब्लुएफबीबी) थिए । नेपालमा ती दुवैका संघ थिए । अन्तराष्ट्रिय मान्यता प्राप्त… पुरा पढौ

कास्की गण्डकी प्रदेशस्तरीय हक्की च्याम्पियन

पोखरा-प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना कास्की जिल्ला हक्की संघको व्यवस्थापनमा भएको गण्डकी प्रदेशस्तरीय हक्की प्रतियोगिताको उपाधि कास्कीले जितेको छ । कास्कीले सोमबार फाईनल खेलमा तनहुँलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै उपाधि जितेको हो । आईतबारदेखि शुरु भएको प्रतियोगितामा पाँच जिल्लाको सहभागिता रहेको थियो । कास्की, तनहुँ, पर्वत, स्याङजा र बाग्लुङ जिल्लाको सहभागिता रहेको थियो । सहभागित टोलीलाई राउण्ड रोविन लिगमा खेलाइएको थियो । शीर्ष दुईमा रहेका कास्की र तनहुँ बीच सोमबार दिउँसो फाईनल खेलमा कास्कीले तनहुँलाई सडन डेथमा १—० गोलले पराजित… पुरा पढौ

दोश्रो साक चेस च्याम्पियनसिप भोलीबाट

काठमाडौं- नेपाल बुद्धिचाल महासंघको आयोजनमा दोश्रो साक चेस च्याम्पियनसिप २०२३ भोली जेष्ठ ३० गते बाट हुने भएको छ ।असार ४ गते सम्म गोदावरीस्थित होटेल भ्यु भृकुटीमा पुर्ण आवासीय सुविधा सहित हुने प्रतियोगितामा महिला र पुरुष गरि दुई स्वर्ण पदकका लागि दक्षिण एशियाका आयोजक नेपाल सहित भारत, बंगलादेश, पाकिस्तान, मालदिभ्स, श्रीलंका, भुटान र अफगानिस्तानका १० महिला र १० पुरुष खेलाडीहरुले राउण्ड रोविनको आधारमा प्रतिस्पर्धा गर्ने आज आयोजित पत्रकार सम्मेलनमा जनाकारी गराईयो । च्याम्पियनसिपको पहिलो संस्करण बंगलादेशमा खुला प्रतिस्पर्धाको आधारमा भएको थियो… पुरा पढौ

क्रिकेट मैदान स्तरोन्नति गर्न बजेट माग

पोखरा-संघीय बजेटले पोखराको क्रिकेट मैदानको स्तरोन्नतिको लागि सम्बोधन नभएपछि कास्की जिल्ला क्रिकेट संघले गण्डकी प्रदेश मुख्यमन्त्री समक्ष ज्ञापन पत्र पेश गर्दै क्रिकेट मैदानको लागि आवश्यक बजेट छुट्टाउन आग्रह गरेको छ । गण्डकी प्रदेश सरकारले आगामी असार १ गते बजेट ल्याउँदै छ । प्रदेश सरकारले ल्याउने बजेटमा पोखरा रंगशाला क्रिकेट मैदानलाई स्तरोन्नति गर्न आवश्यक बजेट उपलब्ध गराउन संघले आईतबार विहान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे समक्ष ज्ञापनपत्र पेश गरेको छ । आगामी सन २०२७मा यु–१९ महिला क्रिकेटको विश्वकप बंगलादेशसँग सह आयोजना गर्ने तयारी… पुरा पढौ

प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङमा बागमती च्याम्पियन

पोखरा-पोखरामा आयोजित प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगितामा बागमती प्रदेश च्याम्पियन बनेको छ । ८ स्वर्ण पदकको लागि भएको टिम तथा व्यक्तिगत प्रतिस्पर्धामा बागमती प्रदेशले ५ स्वर्ण पदकसहित च्याम्पियन बन्यो । गण्डकी प्रदेश दोस्रो स्थानमा रह्यो । गण्डकीले दुई स्वर्ण पदकमा चित्त बुझायो । एपीएफले एक स्वर्ण पदक जितेको छ । जुनियर मेन्स ईपीमा गण्डकीका नवराज कार्कीले स्वर्ण पदक जितेका छन् । उनले बागमती प्रदेशका अक्चेत शेरचनलाई पराजित गर्दै स्वर्ण पदक जितेका हुन् । सोही इभेण्टमा कोशी प्रदेशका सन्देश… पुरा पढौ

पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ शुरु

पोखरा-आज शुक्रबारदेखि पोखरामा प्रथम राष्ट्रिय जुनियर तथा खुल्ला फेन्सिङ प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा इन्डिभिजुअल र टिम इभेन्टमा गरी १० स्वर्ण, १० रजत र ४० कास्य गरी कुल ६० पदकका लागि प्रतिस्पर्धा हुने छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा कास्की जिल्ला फेन्सिङ संघको समन्वयमा पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिएको छ । प्रतियोगितामा दुई विभागिय टिम नेपाल आर्मी र शसस्त्र प्रहरीको एपिएफ क्लबसहित कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश गरी ६ टिमका खेलाडीहको… पुरा पढौ

पौडीमा दोश्रो दिन थप ४ किर्तिमान

काठमाडौं-नेपाल पौडी संघको आयोजनमा भएको ११ औं एनएसए कप पौडी प्रतियोगिताको दोश्रो दिन थप चार किर्तिमान कायम भएका छन् । दोश्रो दिन एलेक्सजेन्डर गादेगाद शाहले ५० मिटर र १०० मिटर फ्रिस्टायलमा दुइ किर्तिमान कायम गरेका हुन् । ५० मिटर फ्रि स्टायलमा एलेक्सले विहान हिट चरणमा आफ्नै नाममा रहेको २४.९७ सेकेन्ड समयमा सुधार गर्दै २४.१२ सेकेन्डमा दुरी पुरा गरेका थिए । उनले फाईनलमा पुनः त्यस समयमा सुधार गर्दै २३.९७ सेकेन्डको नयाँ किर्तिमान कायम गरे । यस्तै १०० मिटरमा एलेक्सले आफ्नो नाममा… पुरा पढौ

आगामी बजेटमा खेलाडीलाई पुरस्कार व्यवस्था गर्न माग

पोखरा-ग्ण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमकै पूर्व सन्ध्यामा कास्की जिल्ला क्रिकेट संघले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र पेश गरेको छ । संघले प्रदेश सरकारको आगामी बजेट मार्फत सम्बोधन गरिदिन आग्रहसहित सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडालाई एघारवुदें ज्ञापनपत्र पेश गरेको हो । संघका अध्यक्ष सन्जयकान्त सिग्देल, क्रिकेट प्रशिक्षक जगत टमटा, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम तथा प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेनसन प्रजूसहितको टोलीले ज्ञापन पत्र पेश गरिएको हो । मागपत्रमा संघले गत वर्ष प्रदेशलाई प्रतिनिधित्व… पुरा पढौ