संघ

आगामी बजेटमा खेलाडीलाई पुरस्कार व्यवस्था गर्न माग

पोखरा-ग्ण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमकै पूर्व सन्ध्यामा कास्की जिल्ला क्रिकेट संघले सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयलाई ज्ञापनपत्र पेश गरेको छ । संघले प्रदेश सरकारको आगामी बजेट मार्फत सम्बोधन गरिदिन आग्रहसहित सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडालाई एघारवुदें ज्ञापनपत्र पेश गरेको हो । संघका अध्यक्ष सन्जयकान्त सिग्देल, क्रिकेट प्रशिक्षक जगत टमटा, नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य ऋषिराम गौतम तथा प्रादेशिक क्रिकेट संघ गण्डकीका अध्यक्ष देवेनसन प्रजूसहितको टोलीले ज्ञापन पत्र पेश गरिएको हो । मागपत्रमा संघले गत वर्ष प्रदेशलाई प्रतिनिधित्व… पुरा पढौ

बजेटमा हेपिएको पोखरा क्रिकेट मैदान

पोखरा-नेपाली क्रिकेट लयमा छ । लयमा रहेको क्रिकेटलाई जोगाईराख्नुपर्ने चुनौति छ । लय जोगाउन नियमित अन्तराष्ट्रिय, राष्ट्रिय तथा घरेलु प्रतियोगितालाई निरन्तरता दिनुपर्छ । घरेलु प्रतियोगिता आयोजना गर्न आवश्यक पूर्वाधार निर्माणको खाँचो छ । क्रिकेट पूर्वाधार बनाउने ध्यानमा सरकारको गम्भीरता खासै देखिएको छैन् । सोमबार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को लागि बजेट सार्वजनिक गरे । बजेटमा केवल त्रिभुवन विश्वविद्यालयको अन्तराष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति गर्दै रात्रीकालिन प्रतियोगिताको लागि बत्ती जडान(फ्लड लाईट) गर्ने समेटियो । तर सरकारको ध्यान त्रिभुवन विश्वविद्यालयको मैदान,… पुरा पढौ

सेमिफाईनल समीकरण पुरा

पोखरा-पोखरा महानगर वडास्तरीय फुटबल प्रतियोगिताको सेमिफाईनल समीकरण पुरा भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजना तथा कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालित वडास्तरीय फुटबल प्रतियोगितामा वडा नं १५, वडा नं ३०, वडा नं १४ र वडा नं २७ अन्तिम चारमा प्रवेश गरेका छन् । अब फाईनल प्रवेशको लागि वडा नं १५ ले वडा नं ३० सँग र वडा नं १४ ले वडा नं २७ सँग प्रतिस्पर्धा गर्ने छन् । पोखरा रंगशाला फुटबल मैदानमा मंगलबार भएको प्रतिस्पर्धामा वडा… पुरा पढौ

मुवाथाई सैद्धान्तिक प्रशिक्षण

पोखरा -पोखरामा जारी मुवाँथाईको समर क्याम्पमा सहभागिहरुलाई मंगलबार मुवाँथाई खेलको सैद्धान्तिकतर्फको प्रशिक्षण सम्पन्न गरिएको छ । थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने संगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प सुरु गरिएको थियो । समर क्याम्पन अन्तर्गत मंगलबार मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको उक्त खेलका अन्तर्राष्ट्रिय सर्टिफाइड तथा नेपालका प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिएका छन् । विभिन्न विद्यालयका १ सय जना भन्दा बढि सहभागि… पुरा पढौ

काभा महिला भलिबल च्यालेन्ज कप, नेपाल सेमिफाईनलमा

काठमाडौं-बंगलादेशलाई ३–० सेटले पराजित गर्दै नेपाल एनएससी – काभा महिला भलिबल च्यालेन्ज कप २०२३ को सेमिफाईनलमा प्रवेश गरेको छ । नेपाल भलिबल संघको आयोजनामा पहिलो पटक आयोजना भएको च्यालेन्ज कपमा समूह ए मा रहेको नेपालले आफ्नो दोश्रो खेलमा बंगलादेशमाथी २५–१०, २५–८, २५–९ ले पराजित गर्दै एक खेल अगावै सेमिफाईनल प्रवेश गरेको हो । पहिलो खेलमा किर्गिस्तानलाई हराएर ३ अंक बटुलेको नेपालले बंगलादेशमाथीको जित संगै ६ अंक बनाएको हो । यसै समूहबाट भारतले किर्गिस्तानमाथी ३–० को सहज जित निकाल्दै सेमिफाईनल यात्रा… पुरा पढौ

कास्कीमा फुटबलको ग्रासरुट कार्यक्रम

पोखरा-एशियन फुटबल कन्फेडेरेसन(एएफसी)ले वर्षेनी मे १५ मा ग्रासरुट फुटबल दिवस(डे)को रुपमा मनाउदै आएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले १२ वर्षमुनिलाई राखेर ग्रास रुट कार्यक्रम गर्दै आएको छ । ग्रासरुट कार्यक्रम गर्न आफना सदस्य देशहरुलाई एएफसीले निर्देशन गर्ने गरेको छ । निर्देशन अनुसार अखिल नेपाल फुटबल संघले आफनो जिल्ला फुटबल संघमा ग्रासरुट कार्यक्रम गरेको छ । एन्फाले आफना सदस्य जिल्ला मध्ये चार जिल्लामा ग्रासरुट कार्यक्रम गर्दै ग्रासरुट दिवस मनाएको छ । कास्की जिल्ला फुटबल संघले शनिबार पोखरा रंगशालामा ग्रासरुट कार्यक्रममा… पुरा पढौ

एभरेष्ट तेक्वान्दोको तयारी पूरा

काठमाडौ-संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको तत्वावधानमा यही जेठ ६ मा आयोजना हुने ‘प्रथम एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिता’को तयारी पूरा भएको छ । प्रतियोगिताका निर्देशक तथा एभरेष्ट वल्र्ड क्लास तेक्वान्दो स्कुलका सञ्चालक कुमार कार्कीले प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका हुन् । एक दिने प्रतियोगितामा ग्योरोगी र पुम्सेका प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चार सयभन्दा वढी खेलाडीले प्रतिस्पर्धा गर्ने कार्कीले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि सिनियर ग्रान्डमास्टर एचके लीको नेतृत्वमा मोहन थापा संयोजक रहेको ३५… पुरा पढौ

भलिबललाई पूर्व अध्यक्ष मनोरञ्जनद्वारा आर्थिक सहयोग

काठमाडौं- नेपाल भलिबल संघको आयोजनाम हुने काभा महिला भलिबल च्यालेन्ज कप –२०२३ को लागि संघका पूर्व अध्यक्ष मनोरञ्जन रमण शर्माले आर्थिक सहयोग गरेका छन् । आज सोमबार कार्की ब्याङकेट,बबरमहलमा आयोजित पत्रकार सम्मेलनका अवसरमा पूर्व अध्यक्ष शर्माले उक्त च्याम्पियनसिपका लागि नगद १ लाख प्रदान गरेका हुन् । यस्तै आर्थिक सहयोग गर्ने क्रममा टाईगर ग्रुप अफ पोखराले नगद १ लाख र बिद्यालय भलिबल कमिशनले नगद ७५ हजार आर्थिक सहयोग गरेका छन् । पूर्व अध्यक्ष शर्मा र बिद्यालय भलिबल कमिशनका सचिव लोकेन्द्र बहादुर… पुरा पढौ

अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने मुख्यमन्त्रीको प्रतिबद्धता

पोखरा-मंगलबार नेपाल एसिसी प्रिमियर कप च्याम्पियन बनेसँगै एशिया कपको लागि छनोट भएको छ । त्रिभुवन विश्वविद्यालयस्थित अन्तराष्ट्रिय क्रिकेट मैदानमा संयुक्त अरब ईमिरेट्स(युएई)लाई सात विकेटले पराजित गर्दै २१ वर्षपछि एशिया कपमा छनोट भएको हो । कमजोर पूर्वाधार बीच नेपाली क्रिकेटले पाएको यो सबैभन्दा ठूलो उपलब्धी हो । अघिल्लो महिना मात्रै यु—१९ क्रिकेट टिम विश्वकप छनोट भएसँगै क्रिकेटमा नयाँ उत्साह थपिएको छ । पूर्वाधार निर्माण गर्नुपर्ने दबाव सरकारलाई परेको छ । इतिहास कोरेको नेपाली क्रिकेटले भने गतिलो पूर्वाधार पाउन अझै सकेको छैन्… पुरा पढौ

अभिषेक पहिलो नेपाली आईटिएफको बरियता खेलाडी

पोखरा-इतिहास त्यसै लेखिदैन् । इतिहास लेख्न कडा मेहनत र परिश्रम चाहिन्छ । १५ वर्षको अवधिमा गरेको कडा मेहनत र परिश्रमले पोखराका २३ वर्षिय अभिषेक बास्तोलाले इतिहास कोरेका छन् । विश्व टेनिस महासंघ(वल्र्ड टेनिस फेडेरेसन)को विश्व बरियतामा १७९० औं स्थानमा रहँदै पहिलो नेपाली टेनिस खेलाडीले बरियता पाएका छन् । बरियता पाउने उनी पहिलो नेपाली युवा टेनिस खेलाडी हुन् । यद्यपी अहिले उनको बरियता केही खस्किएको छ । उनको अबको योजना ओलिम्पक गेम हो । त्यसपछिको लक्ष्य ग्राण्ड स्लाम हो । ग्राण्डस्लाम… पुरा पढौ