संघ

बुधबार दोस्रो मेयरकप साईकल दौड

पोखरा-वर्षेनी इन्धन आयातमा खर्बौ खर्च हुन्छ । दैनिक रुपमा इन्धन प्रयोग घटाउने प्रयास गर्नुपर्छ । बातावरणीय संरक्षणसँगै इन्धन बचाउने अभियानलाई आत्मसात गर्नुपर्छ । इन्धन विना जीवन चल्दैन् । तर विस्तारै कटौती गर्दै लैजानुपर्छ । पोखराको साईकल सिटीले अभियान नै चलाएको छ( ‘बोसो पगाल, इन्धन नबाल’ । साईकल सिटी पोखराले ‘टुर दि पोखरा’ आयोजना गर्दै छ । खास गरी साईक्लिङ टुरको अभियान फ्रान्सबाट शुरु भएको थियो । साईकल सिटीका पूर्व अध्यक्ष प्रकाश बज्रचार्यका अनुसारपर्यावरण जोगाउँदै साईकल सँस्कृतिलाई बलियो बनाई पोखरालाई साईकल… पुरा पढौ

सेन्ट्रल जोन खेल्न जाने भलिबल टोलीलाई बिदाई

काठमाडौं-बंगलादेशको राजधानी ढाकामा आयोजना हुने बङ्गबन्धु एशियन यु–२३ सेन्ट्रल जोन अन्तराष्ट्रिय भलिबल प्रतियोगितामा सहभागी हुन जाने नेपाली भलिबल टोलीलाई आईतबार नक्सालस्थित क्राउन प्लाजामा प्रमुख अतिथी राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले राष्ट्रिय झण्डा प्रदान गरेर शुभकामना सहित बिदाई गरे । खेलाडीहरुलाई बिदाई गर्दै सदस्य सचिव घिसिङले खेलकुदको विकासका लागि विभिन्न उमेर समूहको प्रतियोगिताको आवश्यकता रहेको भन्दै खेलाडीहरुलाई राष्ट्रको झण्डा उचाल्दै नेपालको नाम र शान राखेर प्रतियोगितामा विजयी हुन शुभकामना प्रदान गरे । यसै क्रममा बंगलादेश जाने टोलीका लागि संघका… पुरा पढौ

पुस १३ देखि पोखरामा प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता

पोखरा-पोखरामा यही पुस १३ गतेदेखि प्रथम राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना हुदैं छ । कास्की जिल्ला व्याडमिन्टन संघले विभिन्न १० वटा इभेण्टमा राष्ट्रिय खुल्ला व्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ । पोखरामा यो सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता समेत हो । प्रतियोगितामा नेपालका शीर्ष बरियता खेलाडीहरुसहित विभिन्न जिल्लाबाट सहभागिता रहने कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष शुशिलकुमार श्रेष्ठले बताए । उनका अनुसार संघले आयोजना गरेको सर्वाधिक पुरस्कार राशीको प्रतियोगिता पहिलो पटक हो । यसभन्दा अघि संघले विद्यालयस्तरीय र जिल्लास्तरीय एवं महानगरस्तरीय… पुरा पढौ

मुआथाई सेमिनारको लागि नेपाली टोली त्रिपुरा प्रस्थान

काठमाडौं-नेपाली मुआथाई टोली भारतको त्रिपुरा अग्रतलामा आयोजना हुने प्रथम दक्षिण एशियाली मुआथाई सम्मेलन सहभागि हुन प्रस्थान गरेको छ । भारतमा आगामी डिसेम्बर १५ देखि १७ गतेसम्म हुने सम्मेलनमा नेपाल मुआथाई संघका खेलाडी तथा प्रतिनिधि मंगलबार प्रस्थान गरेका हुन् । सम्मेलनमा विशेष गरी दक्षिण एशियाली मुआथाई महासंघको अधिवेशन, रेफी तथा प्रशिक्षक सेमिनार लगायत साम फाईट नाईट समेत हुने जनाइएको छ । सम्मेलनमा महासचिव सुदिप पण्डित, तुलसी थापा मगर र योगकुमार थापाले सहभागिता जनाउने संघका कार्यबहाक अध्यक्ष सम्पन्न श्रेष्ठले जानकारी दिए ।… पुरा पढौ

विजेतालाई अध्यक्षद्वारा नगदले सम्मान गर्ने

काठमाडौं-थाईल्याण्डको फुकेतमा आयोजित १३औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिपमा रजत र कास्य पदक प्राप्त गर्ने खेलाडीहरुलाई नेपाल शारीरिक सुगठन तथा फिजिकल फिटनेस संघका अध्यक्ष राजेशबाबु श्रेष्ठले आफ्नो ब्यक्तिगत तर्फबाट नगदले सम्मान गर्ने घोषणा गरेका छन् । । अध्यक्ष श्रेष्ठले रजत पदक प्राप्त खेलाडीलाई नगद १ लाख ५० हजार र कास्य पदक प्राप्त गर्ने खेलाडीलाई नगद ७५ हजार प्रदान गर्ने घोषणा गरेको टिम ब्यवस्थापक दिनेश राजभण्डारीले जानकारी गराए । अध्यक्ष श्रेष्ठ बिश्व शारीरिक सुगठन तथा फिजिक्स स्पोर्टसे फेडेरेशनका साइन्स… पुरा पढौ

चाईनिज ताईपेईका हङ र भारतकी दुर्गाङ्सी च्याम्पियन

पोखरा -पोखरामा आयोजित अन्तराष्ट्रिय टेनिस महासंघ(आईटिएफ) जुनियर ५ टेनिस प्रतियोगिताको सर्किट १ को उपाधि चाईनिज ताईपेईका केहाउ हङले जितेका छन् । पोखरा रंगशाला टेनिस कोर्टमा शनिबार भएको फाइनल प्रतिस्पर्धामा हङले चाईनिज ताईपेईका चेन हुईहोलाई ६–०, ६–१ सोझो सेटले पराजित गर्दै सर्किट १ च्याम्पियन बनेका हुन् । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबार पोखरा रंगशालामा भएको महिला एकलतर्फ भारतकी दुर्गाङ्सी कुमारले भारतकै श्रीनिधी बालाजीलाई ६–४ र ७–६ ले पराजित गरिन् । प्रतियोगिता अन्तर्गत मेन्स डबल्सतर्फ भारतका… पुरा पढौ

पोखरामा आईटिएफ जुनियर–५ टेनिस शुरु

पोखरा-अन्तराष्ट्रिय टेनिस फेडेरेसन(आईटिएफ)को वार्षिक कार्यक्रम आईटिएफ जुनियर–५ पोखरामा शुरु भएको छ । जुनियर–५ अन्तर्गत १८ वर्षमुनिका विभिन्न ९ देशका टेनिस खेलाडीहरु पोखरामा ¥याङकिङ खेल्न आईपुगेका हुन् । नेपाल टेनिस संघको आयोजना तथा कास्की जिल्ला टेनिस संघको व्यवस्थापनमा सोमबारदेखि शुरुभएको सर्किट–१ र सर्किट–२ को प्रतिस्पर्धामा ९८ जना खेलाडीको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत सर्किट १ खेल्न विभिन्न ९ राष्ट्रका ९८ खेलाडी पोखरा आएको कास्की जिल्ला टेनिस संघले जनाएको छ । दुई साता सम्म चल्ने प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका… पुरा पढौ

राष्ट्रिय च्याम्पियन प्रिन्स र रशिलालाई उपाधी

काठमाडौं-राष्ट्रिय च्याम्पियन प्रिन्स दाहाल र रशिला महर्जन प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को उपाधी जित्न सफल भएका छन् । नेपाल ब्याडमिन्टन संघले बरियताको मान्यता प्रदान गरिएको प्रतियोगितामा नेपाल पुलिस क्लबबाट खेलेका प्रिन्सले सेनाका प्रफुल महर्जनलाई २१–९, २१–१४ ले र सेनाकी रशिलाले सेनाकै अनुमाया राईलाई १९–२१, २१–१५, २१–१८ ले पराजित गर्दै उपाधी जितेका हुन् । विजयी भएबापत प्रिन्स र रशिला प्रत्येकले नगद ४० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरे । उपबिजयी महर्जन र राई प्रत्येकले नगद… पुरा पढौ

पोखरामा जुनियर-५ आइटीएफ टेनिस

पोखरा-पोखरामा सोमबारदेखि अन्तर्राष्ट्रिय आइटिएफ जुनियर–५ टेनिस प्रतियोगिता शुरु हुदैं छ । नेपाल टेनिस संघको सहयोग तथा कास्की जिल्ला टेनिस संघको आयोजनामा हुने प्रतिस्पर्धामा विभिन्न १० देशका टेनिसका जुनियर खेलाडी पोखरा आईपुगेका छन् । शुक्रबार आयोजक संघले पोखरामा पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको तयारी पुरा भएको जनाएको छ । सर्किट–१ र २ गरी दुई सातासम्म चल्ने प्रतियोगितामा ब्वाइज र गल्सतर्फ सिंगल्स र डबल्स इभेण्टमा प्रतिस्पर्धा हुने प्रतियोगिता निर्देशक अजय विष्टले जानकारी दिए । प्रतियोगितामा १३ देखि १८ वर्ष सम्मका खेलाडीहरु सहभागी… पुरा पढौ

युएईमाथि नेपालको सानदार जित

पोखरा-सातौं विकेटको लागि गुलशन झा र आरिफ शेख बीच ६२ रनको साझेदारी गरेपछि युएईमाथि नेपालले तीन विकेटको जित निकाल्न सफल भएको छ । जितसँगै नेपाल भ्रमणमा रहेको युएइसँगको तीन खेलको एकदिवसीय श्रृंखला बराबरी गरेको छ । खराब ब्याटिङ सुरुवात गरेपनि युवा ब्याटर गुलशन झा र आरिफ शेखले बीचको उत्कृष्ट साझेदारीले जितको सम्भावना बनेको थियो । १७९२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब शुरुवात गर्यो । शुरुमै धर्मराउन थालेको नेपाललाई सम्हाल्ने प्रयास पूर्व कप्तान ज्ञानेन्द्र मल्लले प्रयास गरे । यद्यपी उनी… पुरा पढौ