संघ

पुस दोस्रो साता मेयरकप साईकल दौड

पोखरा-‘बोसो पगाल, इन्धन नबाल’ साईकल सिटी पोखराको मूलमन्त्र हो । मन्त्र लाई आत्मसात गर्दै साईकल सिटी पोखराले ‘टुर दि पोखरा’ आयोजना गर्दै छ । खास गरी साईक्लिङ टुरको अभियान फ्रान्सबाट शुरु भएको हो । फ्रान्समा टुर दि फ्रान्सको शुरुवातसँगै विश्वमा साईकल यात्रा ‘टुर दि’ अभियानले महत्व पाएको हो । पोखराले पनि छैटौं पटक ‘टुर दि पोखरा’ अभियान सञ्चालन गर्दै छ । अभियान ७२ किलोमिटरको हुने छ । बाग्लुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यवासिनी मन्दिरसम्मको यात्रा तय गरिने छ । धार्मिक पर्यटन… पुरा पढौ

एन्फा टेक्निकल सेन्टरबारे स्थानीयसँग छलफल गर्छौ–बरिष्ठ उपाध्यक्ष खड्का

पोखरा-कास्कीको माछापुच्छ्रे गाँउपालिका भिंडाबारी निर्माणाधिन एन्फा टेक्निकल सेन्टरको विषयमा अखिल नेपाल फुटबल संघ(एन्फा)का बरिष्ठ उपाध्यक्ष बीरबहादुर खड्काले सेन्टरको यथार्थ बुझ्न स्थानीयसँग छलफल गर्ने बताएका छन् । उनले योजना रद्द भईनसकेको जनाउँदै स्थानीय सरोकारवालासँग बसेर छलफल गरेर अगाडि बढ्ने स्पष्ट पारे । ‘एन्फा टेक्निकल सेन्टर योजना रद्द भएको छैन् । तर दुई खोलाको बाढीको त्रासको हल्ला छ’ उनले शनिबार पोखरामा बि.जी फुटबल एकेडेमीको उदघाटन गर्दै भने–‘स्थानीयसँग बसेर छलफल गरेर अगाडि बढ्छौं ।’ कास्कीको धितालस्थित भिंडाबारीमा तीन वर्ष अघि एन्फा टेक्निकल सेन्टर… पुरा पढौ

वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेट शुरुः नवलपुरको विजयी शुरु

पोखरा-कास्कीमाथि दुई रनको रोमाञ्चक जितसँगै नवलपुरले वाईवाई यु–१९ गण्डकी छनौंट क्रिकेटमा सुखद शुरुवात गरेको छ । प्रादेशिक क्रिकेट संघ, गण्डकीको आयोजनामा शुरु प्रतियोगिताको बिहीबार भएको उद्घाटन खेलमा नवलपुरले कास्कीमाथि २ रनको रोमाञ्चक जित निकालेको छ । टस जितेर व्याटिङ रोजेको नवलपुरले पुरा ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ८७ रनको योगफल तयार पारेको थियो । नवलपुरको तर्फबाट म्यान अफ द म्याच दिपक डुम्रेले ५१ रन बनाए । त्यस्तै,गोविन्द विकले ३९ तथा सगुन सापकोटाले २८ रनको पारी खेले ।… पुरा पढौ

गण्डकीको दोस्रो जित

पोखरा-गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ३२ रनले पराजित गर्दै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोतिगामा दोस्रो जित आत्मसात गरेको छ । जितसँगै गण्डकीले सेमिफाईनलको सम्भावनालाई बलियो बनाएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधबार टस हारेर व्याटिङको निम्तो पाएको गण्डकीले ५० ओभर खेल्दै ९ विकेटको क्षतिमा २०८ रनको प्रतिस्पर्धात्मक लक्ष्य प्रस्तुत गरेको थियो । ओपनर अर्जुन कुमाल र समीर कँडेलले २३ रनको साझेदारी गरे समीर व्यक्तिगत ४ रनमा खेलिरहँदा दिनेश अधिकारीको बलमा आउट भएपछि गण्डकीलाई पहिलो झ्टका लाग्यो । तर दोस्रो विकेटको… पुरा पढौ

एमसिसीमाथि क्यान–११ को क्लिनस्वीप

पोखरा-नेपाल भ्रमणमा रहेको इग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब(एमसिसी) महिला क्रिकेट टीम माथि नेपालको क्यान–११ ले मैत्रीपूर्ण प्रतिस्पर्धामा क्लिनस्वीप गरेको छ । मंगलबार अन्तिम दिनको एकदिवसीय खेलमा क्यान ११ ले एमसिसीलाई २ विकेटले पराजित गर्दै क्लिनस्वीप गरेको हो । क्यान ११ ले टी–२० मा समेत एमसिसीलाई पराजित गरेको थियो । मेरिलेबोन क्रिकेट क्लब(एमसिसी)ले नेपाल क्रिकेट संघ(क्यान) ११ लाई जितको लागि १ सय ५६ रनको लक्ष्य प्रस्तुत गरेको थियो । लक्ष्य पछ्याउने क्रममा क्यान ११ ले छ विकेटको क्षतिमा ८ विकेटको क्षतिमा ३९… पुरा पढौ

नेरी र अस्मिनाको उत्कृष्ठ साझेदारी, एमसिसी २ विकेटले पराजित

पोखरा-नेरी थापा र अस्मिना कर्माचार्यले नवौं विकेटको लागि ५८ रनको अविजित साझेदारी गरेपछि नेपाल क्रिकेट संघ(क्यान) ११ ले पाहुना टोली मेरिलेबोन क्रिकेट क्लब(एमसिसी)लाई २ विकेटले पराजित गरेको छ । हारको संघारमा पुगेको क्यान ११ लाई नेरी र अस्मिनाको महत्वपूर्ण साझेदारी निभाएपछि ११४ रनको लक्ष्यलाई ८ विकेटको क्षतिमा पुरा गरेको थियो । अस्मिनाले विजयी चौका प्रहार गर्दै जित पक्का गरिनन् । आठौं नम्बरमा क्रिज ओर्लिएकी नेरी थापाले क्यान ११ लाई कमब्याक गराउने क्रममा ३३ रनमा अविजित रहिन् । उनले ४८ बल… पुरा पढौ

रुबिनाको ह्याट्रिक, क्यान ११ सँग एमसिसी पराजित

पोखरा-रुबिना क्षत्रीको ह्याट्रिक प्रेरित नेपाल क्रिकेट संघ(क्यान )११ ले भ्रमणकारी टोली मेरिलेबोन क्रिकेट क्लब(एमसिसी)लाई १९ रनले पराजित गरेको छ । पोखरा रंगशाला क्रिकेट मैदानमा शुरु भएको मैत्रीपूर्ण टी–२० को पहिलो खेलमा टस जितेर व्याटिङ गरेको क्यान ११ ले ९ विकेटको क्षतिमा ९९ रनको योगफल तयार पार्यो । काजल श्रेष्ठलाई २ रनमै गुमाएको क्यान ११ ले दोस्रो विकेट पनि थप एक जोड्ने क्रममा गुम्यो । इन्दु बर्मा एक बलमै गोल्डेन डक आउटको शिकार भईन् । २/१३ को अवस्थामा रहेको क्यान ११… पुरा पढौ

नेपाली चेस टोलि बंगलादेश प्रस्थान

काठमाडौं-शेख रसेल कप अन्र्तराष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपमा सहभागी हुने नेपाली टोलि मंगलबार बंगलादेश प्रस्थान गरेको छ । अक्टोबर १२ देखि २१ सम्म ढाकामा सम्पन्न हुने प्रतियोगितामा नेपालको तर्फबाट ५ खेलाडी तथा १ आर्विटर गरी ६ जनाको सहभागीता रहने छ । प्रतियोगितामा फिडेमास्टर बिलमलाल श्रेष्ठ तथा रिजेन्द्र राजभण्डारी, भेट्रान खेलाडी राजेन्द्र प्रसाद श्रेष्ठ तथा सिंगेश्वर दास र राजेन्द्र बज्राचार्यको सहभागीता रहेको छ । पूर्व राष्ट्रिय च्याम्पियन समेत रहेका बिलमलाल, रिजेन्द्र राजभण्डारी तथा राजेन्द्र प्रसाद श्रेष्ठ नेपालको तर्फबाट विभिन्न ओलम्पियाडमा समेत… पुरा पढौ

फेन्सिङ शुरु

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत सोमबारदेखि फेन्सिङ शुरु भएको छ । पप्रतियोगितामादुई विभागिय सहित ६ टिमको सहभागिता जनाएका छन् । नेपाली आर्मी, शसस्त्र प्रहरी बलसहित गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश नम्बर १ र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ । छ टोलीको १४४ जना खेलाडीले विभिन्न इभेण्टमा प्रतिस्पर्धा गर्न एरिनामा छन् । ईपी(शरीरको जुनसुकै भागमा छोएपनि प्वाईन्ट आउने, तरबार(सोर्ड)को टुप्पोले छुने), फोयल(हाफ ज्याकेट लगाईन्छ जहाँ तार जडित हुन्छ, छोएपछि नम्बर आउँछ ।) र फाबेर(टाउकोदेखि कम्मरसम्म र हातको बाउलासम्म फुल ज्याकेट जुन… पुरा पढौ

सामाजिक सञ्जाल मार्फत सहयोग जुटाउँदै कास्की फेन्सिङ संघ

पोखरा-‘नवौं राष्ट्रिय खेल सुरु हुन धेरै दिन बाँकि छैन, प्रदेश खेलकुद परिषद र मन्त्रालयबाट खेल सामाग्रीको लागि पैसा आउला र भारतमा गएर खेल सामाग्री किनेर ल्याई प्रतिस्पर्धामा खेलाडीहरुलाई उतारौंला भनेर बस्ने हो भने हातलागे सुन्य होला जस्तो लागेर लाजै नमानी सामाजिक संजाल मार्फत नै हात फैलाउन बाध्य भएँ । गण्डकी प्रदेशका खेलाडीहरुको हितको लागि जिल्ला अध्यक्षको नाताले मैले कतै भनसुन गरेर हुन्छ भने किन नगर्ने भन्ने सोचेर यो कदम चालें । खेलप्रेमी ब्यक्ति वा सँस्था जो कसैले कास्की जिल्ला फेन्फिङ… पुरा पढौ