गण्डकी

शुक्लागण्डकीसंगै, मादी, हरिनास र बौदीकालीको विजयी सुरुवात

तनहुँ-शुक्लागण्डकी नगरपालिकाको आयोजनामा प्रथम मेयर कप पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार सुरु गण्डकी प्रदेश अन्तर्गतका पालिकास्तरिय पुरुष भलिबल प्रतियोगिताको पहिलो दिन चार खेल भयो । गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा भएको खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका ‘ए’ सहित कास्कीको मादी गाउँपालिका, स्याङजाको हरिनास गाउँपालिका र नवलपुरको बौदिकाली गाउँपालिकाले विजयी सुरुवात गरेका छन् । पहिलो खेलमा कास्कीको मादी गाउँपालिकाले आयोजक शुक्लागण्डकी ‘बि’ लाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । मादीले शुक्लागण्डकी ‘बि’ लाई २–० को सोझो सेटमा पाखा लगाउदै… पुरा पढौ

छात्र/छात्रा दुबैमा शान्ता मावि च्याम्पियन

पोखरा-तेश्रो सृजना कप सामुदायीक मावि छात्र÷छात्रा भलिवल प्रतियोगितामा शान्ता माविले दोहोरो उपाधि जितेको छ । कास्की जिल्ला भलिबल संघ र सृजना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा पोखरामा सम्पन्न तेश्रो सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिवल प्रतियोगिताको छात्र तथा छात्रा दुबैतर्फको उपाधि शान्ता मावि भकुण्डेले जितेको हो । पोखरा रंगशालास्थित भलिबल ट्रेनिङ सेन्टरमा शुक्रबार भएको फाइनल खेलमा छात्रतर्फ कालिका मावि र छात्रातर्फ अमरसिंह माविलाई हराउँदै शान्ता माविले दोहोरो उपाधिसहित नगद ७०÷७० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो । शुक्रबार… पुरा पढौ

लाइफ टाइम अचिभमेन्ट अवार्डलाई प्रायोजन

पोखरा-पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने लाइफ टाइम अचिभमेन्ट अवार्ड पोखरा लेकसिटी हस्पिटलले प्रायोजन गरेको छ । लेकसिटीका निर्देशक डा. विष्णु नेपाली र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी अध्यक्ष एकराज गिरीबीच सहमतिपत्रमा सम्झौता भएस्रँगै लाईफ टाईम अचिभमेन्ट अवार्डको प्रायोजन गरेको हो । खेल गतिविधिले मानव स्वास्थ्यमा सहयोग पुग्ने उल्लेख गर्दै डा. नेपालीले मञ्चले आयोजना गरेको स्पोर्टस् अवार्ड सबैको लागि महत्वपूर्ण रहेको बताए । मञ्च अध्यक्ष गिरीले स्पोर्टस् अवार्डमा सहयोगदाता रुपमा जोडिएकोमा आभार व्यक्त गर्दै सम्पूर्णको सहयोगबाट अवार्ड सभ्य र… पुरा पढौ

जेठ पहिलो साता हेमजामा ‘शुभकामना गोल्डकप’

पोखरा-नयाँ वर्षमा शुभकामना कप हुदैं आएको थियो । दुई वर्ष फुटबल रोकियो । पहिलो वर्ष फुटबल मैदान मर्मत सम्भारले रोकियो । दोस्रो वर्ष कोभिड–१९ ले रोकियो । तेस्रो वर्षमा आईपुग्दा हेमजा युनाईटेडले ‘शुभकामना कप’ को तयारीमा छ । तर यो वर्ष शुभकामना कपको आकार ठूलो बनेको छ । शुभकामना कपबाट ‘शुभकामना गोल्डकपको नामबाट शुरुवात हुदैं छ । नाम मात्रै परिवर्तन होईन पुरस्कार राशीको आकार पनि बढाइएको छ । नेपाली फुटबलको क्यालेण्डरमा समेटिएपछि फुटबलमा हेमजा युनाईटेडले नयाँ आयाम थप्ने विश्वास फुटबलप्रेमीले… पुरा पढौ

पोखरा क्रिकेट एकेडेमीलाई कन्चन क्यापिटल कप

पोखरा-भारतको सरगुजा क्रिकेट एकेडेमीलाई २० रनले पराजित गर्दै पोखरा क्रिकेट एकेडेमीले इण्डो नेपाल कन्चन क्यापिटल कप टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । चार टोली सम्मिलित कन्चन क्यापिटल कपमा पोखरा क्रिकेट एकेडेमीले जितको भारतको सरगुजा क्रिकेट एकेडेमीलाई १४७ रनको लक्ष्य प्रस्तुत गरेको थियो । १४७ रनको लक्ष्य पछ्याएको सरगुजा १२६ रनमा सेमिटएपछि पोखरा रंगशालामा बुधबार भएको फाईनल खेलमा पोखरा क्रिकेट एकेडेमीले सरगुजा क्रिकेट एकेडेमी भारतलाई २० रनले पराजित गर्दै उपाधि आफनो नाममा लेखाउन सफल रह्यो । टस जितेर व्याटिङ गरेको… पुरा पढौ

पोखरामा ‘इण्डो–नेपाल टी–२० कन्चन क्यापिटल कप’ शुरु

पोखरा-पोखरा क्रिकेट एकेडेमीको आयोजनामा आईतबारदेखि पोखरा रंगशालामा ‘इण्डो–नेपाल टी–२०’ क्रिकेट प्रतियोगिता शुरु भएको छ । कन्चन आभुषणको मुख्य प्रायोजनमा आयोजित कन्चन क्यापिटल कपको आईतबार पहिलो खेलमा पोखरा क्रिकेट एकेडेमीले भारतको अम्बिका क्रिकेट एकेडेमीलाई ७७ रनले पराजित गरेको छ । टस जितेर व्याटिङ रोजेको पोखरा क्रिकेट एकेडेमीले विपिन खत्रीको शतकीय पारीमा २०० रनको विशाल योगफल तयार पार्यो । खत्रीले ४२ बल खेल्दै १०२ रनको पारी खेले । सोहेल कुँवरले२४ बलमा ३० रन र मुस्कान थापाले १२ बलमा २३ रनको योगदान दिएका… पुरा पढौ

गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिवमा गुरुङ

पोखरा-गण्डकी प्रदेश मन्त्री परिषदको आईतबार बसेको निर्णयले गण्डकी प्रदेश खेलकुद परिषद सदस्य सचिवमा तेजबहादुर गुरुङलाई नियुक्त गरिएको छ । गुरुङलाई गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनको संयोजकत्वमा गठित तीन सदस्य समितिले सिफारिस गरेपछि नियुक्त गरिएको हो । छनोट समितिमा सामाजिक विकास मन्त्रालयका सचिव विनोद कुँवर तथा खेलकुदकर्मीको तर्फबाट जिल्ला खेलकुद विकास समिति कास्कीका पूर्व अध्यक्ष दिलबहादुर गुरुङ सदस्यको रुपमा थिए । नवनियुक्त गण्डकी प्रदेश खेलकुदका सदस्य सचिव गुरुङ नेपाल ह्याण्डबल संघका केन्द्रीय अध्यक्ष समेत हुन् । नेपाल ओलम्पिक कमिटिका… पुरा पढौ

आहामा आठ टिम

पोखरा-चारदिन पछि धकेलिएको आहा रारा गोल्डकपमा घरेलु क्लबसहित आठ टोलीले प्रतिस्पर्धा गर्न छन् । सहारा क्लबले आगामी चैत २१ गतेदेखि आयोजना गर्ने १९ औं सस्करणको आहा रारा गोल्डकपमा घरेलु टोली सहारा क्लब पोखरासहित ८ टोलीले उपाधि प्रतिस्पर्धा गर्ने शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो । क्लब सहभागितामा कम भएपछि आयोजक सहारा क्लबले चार दिन पछि सार्र्दै पोखरा रंगशालामा २१–२८ गतेसम्म सञ्चालन गर्ने छ । प्रतियोगितामा यस वर्ष डिफेण्डिङ च्याम्पीयन मनाङमस्र्याङ्दी क्लवसहित गत वर्षको उपबिजेता नेपाल पुलिस क्लव, थ्रीस्टार क्लव, सशस्त्र… पुरा पढौ

क्रिकेट–स्पोर्टस टुरिज्मको महत्वपूर्ण आधार–सिग्देल

खेलकुद र पर्यटन आर्थिक विकासको लागि परिपुरक हुन् । त्यसमा पनि अझ दर्शकयुक्त खेल पर्यटन प्रवद्र्धनको लागि कोेशेढुंगा नै हो । फुटबलसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने खेल क्रिकेट हो । क्रिकेटको विकास र विस्तार पर्यटन प्रवद्र्धनको आधार बन्नेमा दुईमत छैन् । घरेलु फ्रेन्चाईज प्रतिस्पर्धा होस या अन्य कुनै पनि प्रतियोगिता पर्यटनसँग जोडिन्छ । राष्ट्रिय खेलकुद परिषदले पोखरा रंगशाला क्रिकेट मैदानलाई अन्तराष्ट्रिय न्युट्रल भेन्युको रुपमा विकास गर्दै प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ । त्यसो त गण्डकी प्रदेश… पुरा पढौ

जनकपुरलाई सुपर जनरल टी–२० क्रिकेटको उपाधी

पोखरा-के.एन. स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरल कम्पनीको मुख्य प्रायोजनमा पोखरा रंगशालामा सम्पन्न अन्तरक्लव टी–२० क्रिकेट लिगको उपाधीका जनकपुर क्रिकेट क्लवले जितेको छ । बुधबार भएको फाइनल खेलमा चितवन क्रिकेट क्लवमाथि ५ विकेटको जित निकाल्दै जनकपुरले उपाधीमा आफ्नों नाम लेखाएको हो । टस जितेर व्याटिङ्ग गरेको चितवनले राम्रो प्रदर्शन गर्न सकेन । उसले मात्रै ७२ रनको योगफल तयार पार्ने क्रममा रोविन शर्माले १५ तथा संघर्ष पौडेलले १२ रनको पारी खेले । अन्य व्याट्सम्यानको प्रदर्शन भने उल्लेख्य रहेन । जनकपुरका बलरहरु… पुरा पढौ