गण्डकी

कार्यदलको सुझावपछि टेण्डर प्रक्रिया

पोखरा-आर्थिक वर्ष सकिन केवल चारमहिना मात्रै बाँकी छ । चार महिना मात्रै बाँकी रहँदा गण्डकी प्रदेश सरकारको बहुप्रतिष्ठित योजना प्रादेशिक अन्तराष्ट्रिय क्रिकेट रंगशाला बनाउने योजना अझै शुरु भएको छैन् । प्रदेश सरकारले क्रिकेट मैदानको लागि १ अर्ब ६५ करोड(अनुमानित) विस्तृत अध्ययन प्रतिवेदन(डिपिआर) बनाईसकेको पनि वर्षदिन भयो । क्रिकेट मैदानको निर्माण गर्न टेण्डर प्रक्रियामा गईसकेको छैन् । गण्डकी प्रदेश सरकारले पोखरा–३३ भरतपोखरीस्थित पशुपतिघाटमा क्रिकेट मैदान बनाउन जग्गा प्राप्ती गरिसकेको छ । ‘अझै टेण्डर प्रक्रियामा गएको छैन् । हामीले डिपिआर अनुसार प्रदेश… पुरा पढौ

चितवन र जनकपुर उपाधिको लागि भिड्ने

पोखरा-सुपर जनरल अन्तरक्लब टी–२० क्रिकेट प्रतियोगिताको उपाधिको लागि चितवन क्रिकेट संघ र जनकपुर क्रिकेट क्लब बीच भिड्ने छन् । के.एन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनामा पोखरा रंगशालामा आयोजित प्रतिस्पर्धामा सोमबार चितवनले तनहुँको पेलिकन्स क्रिकेट क्लबलाई पराजित गर्दै फाईनल तय गर्दा जनकपुर क्रिकेट क्लबले सुपर जनरल पोखरा –११ लाई १० विकेटले पराजित गर्दै फाईनल प्रवेश गरेको हो । सोमबारको पहिलो खेल चितवनले टस जित्दै साकार ढकालको अर्धशतकीय पारीमा ११९ रनको योगफल तयार पार्यो । ओपनिङ आएका ढकालले ४७… पुरा पढौ

पोखरामा पहिलो पटक मुआथाई च्याम्पियनसिप र सेमिनार

पोखरा-आगामी चैत अन्तिम साता पोखरामा मुआथाईको अन्तर्राष्ट्रिय सेमिनार हुने भएको छ । पोखरामा पहिलो पटक आयोजना हुने अन्तर्राष्ट्रिय सेमिनारमा अन्तराष्ट्रिय मुआथाई महासंघका प्रतिनिधि एवं प्रशिक्षकहरुको उपस्थिति रहने छ । अन्तर्राष्ट्रिय प्रशिक्षकले नेपालका मुआथाई खेलाडी तथा अफिसियललाई निर्णायक एवं रेफ्री कोर्ष बारे प्रशिक्षण दिने नेपाल मुआथाई संघका केन्द्रीय महासचिव सुदिप पण्डितले जानकारी दिए । उनका अनुसार सेमिनारमा प्रशिक्षण दिन थाईल्याण्डबाट मुआथाईका अन्तर्राष्ट्रिय निर्णायकहरु आउने छन् । सेमिनारसँगै पोखरामै राष्ट्रिय मुआथाई च्याम्पियनसिप हुने छ । आगामी चैत २४ गतेदेखि ३१ गतेसम्म हुने… पुरा पढौ

जनकपुर ५ विकेटले विजयी

पोखरा-सुपर जनरल अन्तर क्लब टी–२० क्रिकेट लिगको समीकरण टुंगिदाँ जनकपुर क्रिकेट संघले सेमिफाईनलको आतिथ्यता सुपर जनरल पोखरा–११ सँग हुने छ । जनकपुरले आईतबार मिम्समाण्डु क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेपछि सेमिफाईनल भेट पोखरासँग पक्का गरेको हो । अर्को सेमिफाईनल भने तनहुँको पेलिकन्स क्रिकेट क्लबले चितवन क्रिकेट संघसँग खेल्ने छ । के.एन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजनमा सञ्चालित अन्तरक्लबस्तरीय टी–२० क्रिकेट लिगमा आईतबार टस जितेर व्याटिङ रोजेको मिक्समाण्डुले २० अ‍ोभर खेल्दै ९० रन मात्रै बनायो । शुभ कंसाकारले… पुरा पढौ

पोखरा–११ टी–२० क्रिकेट लिगको सेमिफाईनल प्रवेश

पोखरा-चार बल बाँकी रहँदा बालुवाटार क्रिकेट क्लबलाई ४ विकेटले पराजित गर्दै पोखरा–११ सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० क्रिकेट लिगको सेमिफाईनल प्रवेश गरेको छ । चौथो विकेटको लागि रिजन प्रजु र विधान श्रेष्ठले ७६ रनको साझेदारी गरेपछि पोखरा–११ को जित सम्भव हुन पुग्यो । बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा दुवै टिमलाई सेमिफाईनल प्रवेश गर्न जितको विकल्प थिएन् । १२६ रनको लक्ष्य पछ्याएको पोखरा–११ ले मध्यक्रममा प्रजु र श्रेष्ठले सम्हालिएर क्रिजमा टिक्दै रन जोडेपछि जितको आधार तयार भएको थियो । अन्तिम ओभरमा जितको… पुरा पढौ

स्याङजामाथि बालुवाटारको महत्वपूर्ण जित

पोखरा-बालुवाटारले स्याङजा क्रिकेट संघलाई २७ रनले पराजित गरेपछि सेमिफाईनल प्रवेशको सम्भावना जिवितै राखेको छ । अब लिगको अन्तिम खेल पोखरा ११ सगँ खेल्ने छ । विजेताले सेमिफाईनल प्रवेश गर्दा पराजित हुने टोलीले प्रतियोगिताबाट विदाई लिने छ । के.एन स्पोर्टस प्रालिको आयोजना तथा सुपर जनरलको मुख्य प्रायोजन रहेको सुपर जनरल अन्तरक्लबस्तरीय टी-२० क्रिकेटको बुधबार भएको दोस्रो खेलमा बालुवाटारले स्याङजामाथि महत्वपूर्ण जित निकाल्दै अन्तिम चारको लागि आफनो सम्भावना जिवितै राख्यो । यो समुहमा पोखराले पनि २ अंकनै जोडेको छ । समुहबाट सेमिफाइनल… पुरा पढौ

अर्को साता बगर भाइखलक एट ए साईड फुटबल

पोखरा-यही फागुन २४ गतेदेखि पोखराको टुडिखेलमा बगर भाइखलक एट ए साईड फुटबल प्रतियोगिता शुरु हुदैं छ । बढ्दो उमेरसँगै स्वास्थ्यप्रतिको सचेतनासँगै युवापुस्तालाई फुटबलप्रति अभिप्रेरित गराउने अभिप्रायले बगर भाइखलबले वर्षेनी एट ए साईड फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । रन्जित गुरुङ स्मृति १० औं सस्करणको बगर भाइखलक एट ए साईडमा पोखरा तथा अन्य विभिन्न शहरका गरी २८ टोलीले उपाधिको लागि प्रतिस्पर्धा गर्ने छन् । पोखरा–१ पुरानो टुडिखेलको खेल मैदानमा आयोजना हुने प्रतियोगितामा विजेताले १लाख ११ हजार १ सय ११ रुपैयाँ… पुरा पढौ

पोखरा–११ पराजित,चितवन सेमिफाईनलमा

पोखरा-टी–२० क्रिकेटमा पहिलो ओभर नै मेडन खेलेपछि चुनौतिपूर्ण लक्ष्य पछ्याएको पोखरा चितवन क्रिकेट संघसँग १८ रनले पराजित हुदैं सेमिफाईनल यात्रा अर्को खेलको प्रतिक्षा गर्नुपरेको छ । १५० रनको लक्ष्य पछ्याएको सुपर जनरल पोखरा–११ ले अन्तिम ओभरसम्म खेल्दै १३१ रनमा समेटिएपछि सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० क्रिकेटको सेमिफाईनल प्रवेश गर्न अब बालुवाटारलाई जित्नै पर्ने दबावमा परेको छ । ६ ओभरमा केवल २३ रन जोडेर कमजोर शुरुवात गरेको पोखरा–११ ले पहिलो ओभर नै मेडन खेल्यो । गौतम केसीको बललाई ओपनर गोविन्द प्रधानले पुरै… पुरा पढौ

चितवनको दोस्रो जित

पोखरा-प्रतिक शर्माको अर्धशतकीय योगदानमा चितवन क्रिकेट टिमले बालुवाटार क्रिकेट क्लब काठमाडौंलाई चार विकेटले पराजित गर्दै सुपर जनरल क्लबस्तरीय टी–२० क्रिकेट लिगको सेमिफाईनल सम्भाबना बनेको छ । बालुवाटारले दिएको १२७ रनको लक्ष्यलाई चितवनले ६ विकेटको क्षतिमा पुरा गर्यो । के.एन स्पोर्टस प्रालिको आयोजनामा पोखरा रंगशालामा आयोजित प्रतियोगिताको दोस्रो दिन मंगलबार शर्माले ३१ बलमा ५३ रनको महत्वपूर्ण इनिङ खेले । पहिलो ओभरको दोस्रो बलमा पहिलो विकेट गुमाएको चितवन केही दबावमा परेको थियो । दोस्रो विकेट पनि सस्तैमा गुमेपछि चितवनको इनिङलाई शर्माले सम्हाल्दै… पुरा पढौ

चितवनको विजयी शुरुवात

पोखरा-चितवनको विजयी शुरुवातसँगै पोखरामा सोमबारदेखि सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० क्रिकेट प्रतियोगिता शुरु भएको छ । स्याङजामाथि ६६ रनले पराजित गर्दै चितवनले सुपर जनरल अन्तरक्लबस्तरीय टी–२० मा जित निकाल्दै ३ अंक जोड्यो । के एन स्पोर्टस प्रालिको आयोजनामा सञ्चालित प्रतियोगिताको टस हारेर व्याटिङ गरेको चितवनले २० ओभर पुरै खेल्दै १५४ रनको योगफल तयार पार्यो । पहिलो विकेट ५६ रनमा गुमाएको चितवनले दोस्रो विकेट ८८ रन बनाउँदा खस्यो । केवल ८ ओभरमा ८८ रन बनाएर अगाडि बढेको चितवन बाँकी १२ ओभर खेल्दा… पुरा पढौ