गण्डकी

पोखरामा ‘मेयर साईकल दौड’

पोखरा-पोखरा महानगरपालिकाले नयाँ वर्षको अवसरमा बैशाख १ गते ‘मेयर साइकल दौड प्रतियोगिता’ आयोजना गर्ने भएको छ । साईकल दौडमा स्थानीय तहका प्रमुखहरुले प्रतिस्पर्धा गर्ने छ । कास्की जिल्ला साइक्लिङ संघ, साइकल सिटी पोखरा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघसँग हातेमालो गर्दै ‘वातावरण जोगाऔं, स्वस्थ रहौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए । ‘स्थानीय तहका प्रमुखहरुले साईकल दौडमा प्रतिस्पर्धा गर्ने छन्’ मेयर साईकल दौड प्रतियोगिताका संयोजक दर्शन लामाले भने–‘एकसयजना स्थानीय तहका प्रमुखहरुको सहभागिता हुने विश्वास… पुरा पढौ

एपीएफ सेमिफाईनलमा, सहारा बाहिरियो

पोखरा-तीन मिनेट सम्हालिन नसक्दा घरेलु मैदानमा सहारा क्लब सशस्त्र प्रहरी बलसँग आहा राराको उदघाटन खेलमा दोस्रो भेटमा फेरी एकपटक पराजित हुदैं बाहिरिएको छ । दु्रई वर्ष १७ औं सस्करणमा पनि उदघाटन खेलमै सशस्त्र प्रहरीसँगै पराजित सहाराले शनिबार घरेलु मैदानमा फेरी एकपटक सेमिफाईनल पुग्ने सपना अन्तिम मिनेटमा आईपुग्दा पुरा हुन सकेन् । सशस्त्र प्रहरी बल बागमती गोल्डकपको हारको पीडालाई पोखरा रंगशालामा शनिबार भुल्दै १९ औं संस्करणको आहा रारा गोल्डकपको सेमिफाईनलमा प्रवेश गर्ने पहिलो टोली बन्यो । पहिलो हाफ गोलरहित टुंगियो ।… पुरा पढौ

सहारा र एपीएफ फेरी एकपटक आमने सामने

पोखरा-१९ औं सस्करणको आहा रारा गोल्डकप शनिबारदेखि पोखरा रंगशालामा शुरु हुदैं छ । गत वर्ष लकडाउन अघि १८ औं सस्करणका टुग्याएको सहाराले फेरी कोरोना कहरकै बीचमा गोल्डकप टुग्याउने प्रयासमा छ । सहाराले उदघाटन खेल विभागीय क्लब सशस्त्र प्रहरी बललाई आतिथ्यता गराउने छ । घरेलु मैदानमा सहाराले गर्विलो छवि बनाउने प्रयासरत रहदाँ सशस्त्र प्रहरीले भने उदघाटन खेलमा सहारालाई पराजित गर्दै अन्तिम चारमा प्रवेश गर्ने ध्येयमा रहने छ । सहाराको नकाउट फुटबलमा सिजनको पहिलो प्रतिस्पर्धा हुने छ । सशस्त्रले हेटौडामा आयोजित बागमती… पुरा पढौ

सहाराको प्लेइङ स्क्वाडमा एकेडेमीको एकजना खेलाडी

पोखरा-तेस्रो व्याचको एकेडेमी ८ वर्ष पुग्यो । पहिलो र दोस्रो फेजआउट गरेपछि सहारा क्लबले तेस्रो व्याच शुरु गर्यो । २०७० सालमा तेस्रो व्याचमा २८ अनाथलाई राख्यो । अनाथ अहिले लर्के भईसकेका छन् । क्लबको योजना आहा रारा गोल्डकपमा आफनै उतार्ने हो । तर बिडम्बना १९ औं संस्करणमा भने एकेडेमीका एकजनाले मात्रै सहाराको जर्सी लगाउँदै नियमित खेलाडीको रुपमा मैदान छिर्ने छन् । गत वर्षको सिजनमा पनि एकेडेमीलाई परिपक्क बनाउने योजनासहित बैकल्पिक खेलाडीमा राखेको थियो । १९ औं सस्करणको आहा रारा गोल्डकप… पुरा पढौ

पुन परिवारद्वारा खेल पत्रकार पुरस्कार प्रायोजन

पोखरा-नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गर्ने पाँचौं पोखरा स्पोर्टस् अवार्ड–२०७६÷०७७ मा प्रदान गरिने उत्कृष्ट खेलकुद पुरस्कारलाई प्रायोजन सम्झौता भएको छ । पोखरा–१० रामबजार निवासी स्व. सेनानी हेमबहादुर पुनको स्मृतिमा उनको परिवारजनले पुरस्कार वापत ३५ हजार रुपैयाँ प्रायोजन गरेका हुन् । सो सम्बन्धी सम्झौतापत्र बुधबार मञ्च अध्यक्ष एकराज गिरी र उमेश पुनबीच आदानप्रदान भएको छ । मञ्चका कार्यसमिति सदस्य समेत रहेका उमेश पुन स्व. सेनानी हेमबहादुरका नाति हुन् । पुन परिवारले स्पोर्टस् अवार्डमा हरेक वर्ष लगातार सहयोग गर्दै आएको छ… पुरा पढौ

खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता हुने

पोखरा-कास्की जिल्ला टेबुलटेनिस संघको मंगलबार वसेको वैठकले आगामि चैत्र २४ गते (अप्रिल ६, २०२१) विश्व टेबुलटेनिस दिवसको अवसरमा खुल्ला एकल टेबुलटेनिस प्रतियोगिता गर्ने निर्णय गरेको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि कार्यक्रम संयोजकमा सचिव फणिन्द्र तिमिल्सिनालाई जिम्मेवारी दिने निर्णय गरिएको छ । कास्की जिल्ला स्तरीय उक्त प्रतियोगितामा १६ वर्ष मुनि र १६ वर्ष माथिको उमेर समुहमा विभाजन गरी खेल खेलाइने छ भने विजेता दुबै तर्फका प्रथम, दितिय र तृतियलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने तिमिल्सिनाले वताए । बैठकले तुलसीपुर… पुरा पढौ

मनोनयन सार्वजनिक

पोखरा-खेलकुद पत्रकार मञ्च गण्डकीले पाँचौ स्पोर्टस अवार्डमा परेको खेलाडीहरुको मनोनयन सार्वजनिक गरेको छ । विभिन्न चार विधामा मनोनयन गरिएको खेलाडीहरुको सोमबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो । आगामी २०७८ साल बैशाख २० गते आयोजना गर्ने पाचौं पोखरा स्पोर्टस अवार्ड २०७७ मा वर्ष पुरुष खेलाडीहरुमा कराँतेका नवीन रसाइली, टेबलटेनिसका विनेश खनिया र फुटबलका सुमन अर्याल मनोनयनमा परेका छन् । वर्ष महिला खेलाडीमा साइक्लिङकी जमुना थापा, तेक्वान्दोकी पार्वती गुरुङ र तेक्वान्दोकै प्रशंसा क्षेत्री मनोनयनमा परेको छ । वर्ष उत्कृष्ट उदीयमान खेलाडीमा… पुरा पढौ

शुक्लागण्डकी मेयर कपको उपाधि गलकोट नगरपालिकालाई

पोखरा-घरेलु टोलीलाई निराश बनाउँदै शुक्लागण्डकी नगरपालिकाले आयोजना गरेको प्रथम मेयर कप भलिबलको उपाधि बाग्लुङको गलकोट नगरपालिकाले जितेको छ । चौथो सेटमा उत्कृष्ट कमब्याक गरेको गलकोटले २५–१६ले आफनो पक्षमा पार्दैै प्रथम मेयर कपको उपाधि आफनो नाममा लेखाउन सफल रह्यो । २–१ सेटले अग्रता लिएको गलकोटले चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्यो । १३–१४ को स्कोरमा पछि परेको गलकोटले लगातार १० अंक जोड्दै २३–१४ को स्थिति पुर्याउँदै उपाधि निकट पुग्यो । गलकोटका खेलाडीको उत्कृष्ट स्पाईकमा लगातार अंक जोड्दा घरेलु दर्शक भने निराश… पुरा पढौ

शुक्लागण्डकी मेयर कपः शुक्लाण्डकी ‘ए’ फाइनल प्रवेश

तनहुँ– शुक्लागण्डकी नगरपालिकामा जारी गण्डकी प्रदेश अन्तर्गतका पालिका स्तरिय मेयर कप पुरुष भलिबलमा आयोजक शुक्लागण्डकी ‘ए’ फाइनल प्रवेश गरेको छ । शनिबार भएको पहिलो सेमिफाइनल खेलमा घिरिङ गाउँपालिकालाई हराउदै शुक्लागण्डकी ‘ए’ ले फाइनल यात्रा तय गरेको हो । गाउँफर्कोदय मावीको खेलमैदान ढोरफिर्दीमा घरेलु दर्शकको भरपुर साथ पाएको शुक्लागण्डकी ‘ए’ पाहिलो र दोस्रो सेट आफ्नो पोल्टामा पार्न सफल भयो । पहिलो सेटमा शुक्लागण्डकीले २५–१४ को फराकिलो अन्तरमा जित निकाल्यो । दोस्रो सेटमा घिरिङका खेलाडीले खेलमा केही सुधार गरेपनि २५–२३ को पराजय… पुरा पढौ

मौजामा फुटबल मैदानको शिलान्यास

पोखरा-पोखरा महानगरपालिकाको महत्वपूर्ण योजनाको रुपमा रहेको मौजा फुटबल मैदान निर्माणको प्रक्रिया अघि बढाउन शनिबार शिलान्यास गरिएको छ । पोखरा महानगरपालिका मेयर मानबहादुर जिसीले १६ सय ५० मिटरको उचाईमा फुटबल मैदान निर्माणको शुभारम्भ गरेका हुन् । शिलान्यास मेयर मानबहादुर जिसीसँगै गण्डकी प्रदेशका सांसद विन्दुकुमार थापाले संयुक्त रुपमा मैदानको शिलान्यास गरे । खेलकूदको माध्यमबाट पर्यटन प्रर्वद्धन गर्ने उद्धेस्यका साथ खेल मैदान निर्माण गर्न थालिएको महानगरका मेयर मानबहादुर जिसीले बताए । मैदानका लागि आवस्यक सहयोग गर्न प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने गण्डकी… पुरा पढौ