गण्डकी

एनआरटी सेडन डेथको शिकार

पोखरा-एनआरटीलाई सडन डेथमा पराजित गर्दै चर्च ब्वाईज युनाईटेड २४ औं आहा रारा पोखरा गोल्डकपको क्वार्टर फाईनल प्रवेश गरेको छ । एक गोलले पछि परेको अवस्थालाई बराबरी गरेको चर्च ब्वाईजको भाग्य सडन डेथमा उदायो । एनआरटी भने सडन डेथमा पराजित हुन पुग्यो । एनआरटीले खेलको २५ औं मिनेटमा अग्रता लियो । तर दोस्रो हाफमा पेनाल्टीको सामना गरेपछि एनआरटीले निर्धारित समय चर्च ब्वाईजसँग १—१ को बराबरीमा टुग्यायो । रिचार्ड विल्सनले २५ औं मिनेटमा गोल गर्दै लिएको अग्रतालाई चर्च ब्वाईजले पेनाल्टी मार्फत बराबरी… पुरा पढौ

सांग्रिला र कास्की विजयी

पोखरा-सांग्रिला क्रिकेट क्लब र कास्की क्रिकेट क्लबले क्रमश अरण्यज्योति र पोखरा क्रिकेट क्लबलाई पराजित गरेका छन् ।बिहीबार पोखरा रंगशाला क्रिकेट मैदानमा कास्की जिल्ला टी—२० क्रिकेट लिग प्रतियोगिता अन्तर्गत पहिलो खेलमा सिब्रिन श्रेष्ठको कसिलो बलिङ प्रेरित सांग्रिला क्रिकेट क्लबले अरण्यज्योतिलाई १०४ रनको फराकिलो अन्तरले गरेको छ । टस जितेको सांग्रिलाले निर्धारित २० ओभरमा १५५ रनको स्कोर खडा गर्यो । विराट दुवाडीले ओपनरको रुपमा २६ रन बनाए । अर्का ओपनर ६ रनमा पभेलियन फर्किएपछि दबावमा परेको सांग्रिलालाई सुदिप पौडेलले सम्हाले । दोस्रो… पुरा पढौ

खेलकुदमा राजनीति जोडिनुहुन्न

पोखरा-गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले खेलाडी, खेलसंस्था र सरकारबीच सहकार्य अपरिहार्य रहेको बताएका छन् । जिल्ला खेलकुद विकास समिति कास्कीद्वारा आयोजित वार्षिक आर्थिक प्रतिवेदन, समिक्षा एवम् अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाउँदै उनले खेलकुद क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पारे । मन्त्री थापाले खेलकुद पूर्वाधारको विस्तार, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेल क्षेत्रको समग्र प्रवद्र्धनलाई सरकारको प्राथमिकतामा राखिएको बताउँदै खेलाडीहरूका हकहित संरक्षण तथा प्रतिस्पर्धात्मक क्षमताको अभिवृद्धिका लागि विभिन्न नीति तथा कार्यक्रमहरू सञ्चालन गरिएको जानकारी… पुरा पढौ

पहल र अम्फा टाइगर कप भलिबलका सर्वोत्कृष्ट खेलाडी

पोखरा-पहल गहतराज र अम्फा सोमसुरात एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बनेका छन् । आफ्नो टोलीलाई उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका पहल पुरुषतर्फ र महिलातर्फ अम्फा सर्वोत्कृष्ट खेलाडी बनेका हुन् । पहल नेपाल पुलिस क्लब र अम्फा आयोजक टाइगर ग्रुप अफ पोखराबाट प्रतियोगिता खेलेका थिए । सर्वोत्कृष्ट बनेका दुवैजनाले ट्रफीसहित २५ हजार ७७७ रुपैयाँ प्राप्त गरे । पुरुषतर्फ उत्कृष्ट स्पाइकर गण्डकीका रमनकुमार, सर्भर गण्डकीकै सञ्जुकुमार शाह, सेटर विवश आलेमगर, ब्लकर पुलिसका रविन नगरकोटी, लिबिरो आर्मीका… पुरा पढौ

आयोजक टाईगर ग्रुपलाई उपाधि सशस्त्र उपविजेता

पोखरा-आयोजक टाईगर ग्रुुप अफ पोखरा नेपालले घरेलु कोर्टमा पहिलो उपाधि आत्मसात गरेको छ । महिला तर्फ साविक विजेता सशस्त्र प्रहरी बललाई पराजित गर्दै आयोजक टोलीले पाँचौ एनसेल टाईगर कप भलिबल प्रतियोगिताको उपाधिमा नाम लेखायो । लिगचरणमा व्यहोरेको हारको बदला समेत आयोजक टाईगर ग्रुपले फाईनलमा लियो । आईतबार पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा आयोजक टाईगर ग्रुपले ३–२ को सेटमा नजिता निकाल्यो । पहिलो सेट १७–२५ ले गुमाएको आयोजक टोलीले दोस्रो सेट २९–२७ ले आफ्नो पक्षमा पार्दै खेलमा… पुरा पढौ

खेलाडी तथा अफिसियलले कार्ड पाए जरिवाना

पोखरा-दर्शकले भाग्यमानी पुरस्कार पाउँदा खेलाडी तथा अफिसियलले भने जरिवाना तिर्नुपर्ने छ । प्रत्येक खेलमा पहेलो कार्ड पाउने खेलाडी तथा अफिसियलले जरिवाना बुझाउनुपर्ने नियम सहारा क्लबले शुरु गरेको छ । आईतबार २४ औं आहा रारा पोखरा गोल्डकपको अन्तिम पत्रकार सम्मेलन गर्दै क्लबले प्रत्येक खेलमा खेलाडी तथा अफिसियलले पहेलो कार्ड पाए जरिवाना तिनुपर्ने नयाँ प्रावधान राखिएको छ । पहेलो कार्ड पाउनेले १ हजार रुपैयाँ बुझाउनुपर्ने छ भने दुई पहेलो कार्ड(रातो)ले दुई हजार जरिवाना शुल्क बुझाउनुपर्ने पत्रकार सम्मेलनमा जानकारी दिईयो । तीन विभागीय… पुरा पढौ

आर्मी पराजित, गण्डकी फाईनलमा

पोखरा-नेपाल आर्मी क्लबलाई पराजित गर्दै गण्डकी प्रदेशले पाँचौ एनसेल टाईगर कप भलिबल प्रतियोगिताको फाईनल प्रवेश गर्दा महिला तर्फ पनि आयोजक टाईगर ग्रुप अफ पोखरा नेपालले टिपटप न्यु डायमण्ड स्पोर्टस क्लबलाई पराजित गर्दै फाइनल सुरक्षित गरेको छ । आर्मीसँगको कडा प्रतिस्पर्धामा गण्डकी प्रदेशको प्रदर्शन शनिबार निकै उत्कृष्ट रह्यो । हिमाल सुनारीको ब्लक र सन्जुविक्रम शाहको स्पाईकमा गण्डकीले आर्मीलाई दबाव बनाउँदै ३-१ को सेटले पन्छाउँदै उपाधि प्रतिस्पर्धा पक्का गर्यो । उपाधिको लागि नेपाल पुलिस क्लबसँग प्रतिस्पर्धा गर्ने छ भने महिला तर्फ आयोजक… पुरा पढौ

विभागीय डर्बी आर्मी पराजित, पुलिस फाईनलमा

पोखरा-पोखरा रंगशाला भलिबल कोर्टमा दुई विभागीय डर्बी प्रतिस्पर्धा निकै रोमाञ्चक रह्यो । पाँचौ संस्करणको एनसेल टाईगर कप भलिबल प्रतियोगितामा नेपाल पुलिसले अर्को विभागीय क्लबलाई टाईब्रेक सेटमा पराजित गर्दै फाईनल सुरक्षित गर्यो । आर्मीले भने अब फाईनल प्रवेशको लागि गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्ने छ । डर्बी प्रतिस्पर्धा दुवैलाई आफनो विभागीय इज्जतको सवाल रह्यो । एकपछि अर्को सेट आफनो पक्षमा र विपक्षीलाई सुम्पिदै निर्णायक सेटमा पुगेर खेल टुंगियो । बाजी पुलिसले मार्यो । पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको नेपाल पुलिस… पुरा पढौ

आयोजक सहारा र नेपाल पुलिस बीच उदघाटन खेल

पोखरा-आयोजक सहारा क्लबले विभागीय क्लब नेपाल पुलिससँग उदघाटन खेल्दै २४ औं आहा रारा पोखरा गोल्डकपको शुरुवात गर्ने छ । सार्वजनिक भएको खेल तालिका अनुसार नेपाल पुलिस क्लबले आयोजक सहारासँग खेल्ने छ । प्रतियोगिता आगामी मंगलबारदेखि पोखरा रंगशाला फुटबल मैदानमा शुरु हुने छ । आयोजक सहारा र नेपाल पुलिस क्लब दुवैले जित निकाल्दै सुखद शुरुवात गर्ने योजनासहित मैदानमा उत्रिने छन् । माघ २३ गते दोस्रो खेल भने अर्को विभागीय क्लब सशस्त्र प्रहरी बलले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्ने छ । तेस्रो खेल… पुरा पढौ

गण्डकीसँग हेल्प नेपाल पराजित

पोखरा-पोखरामा आयोजित टाईगर कप भलिबल प्रतियोगितामा टिपटप हेल्प नेपाल स्पोर्टस क्लब गण्डकी प्रदेशसँग पराजित भएको छ । एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ अन्तिम खेलमा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा हेल्प नेपाललाई ३–१ सेटले पराजित गर्दै गण्डकी एलिमिनेटरमा प्रवेश गरेको हो । पहिलो सेट २१–२५ ले गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै जित हासिल ग¥यो । गण्डकीले दोस्रो सेट २५–२१, तेस्रो सेट २५–२२ र चौथो सेट २६–२४ ले आफ्नो पक्षमा पा¥यो ।… पुरा पढौ