गण्डकी

गण्डकी प्रदेशमा तीन विदेशी खेलाडी

पोखरा-माघ दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम मिलाडीसहित ३ खेलाडीलाई टिममा अनुबन्ध गरेको प्रदेश भलिब संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए । फाहिमसहित केन्याका निकोशल मातुयी र कंगोका यानिक सेशालाई गण्डकीले टोलीमा अनुबन्ध गरेको हो । अन्य खेलाडीको हकमा भने छलफल गरेर घोषणा गर्ने अध्यक्ष गुरुङले बताए । गण्डकी अघिल्लो संस्करणको उपविजेता टोली पनि… पुरा पढौ

सहप्रायोजन गर्दै सहारासँग जोडियो जयश्री फुड्स

पोखरा-सहारा क्लबसँग सह प्रायोजकको रुपमा जयश्री फुड्स प्रालि जोडिएको छ । २४ औं सँस्करणको आहा रारा पोखरा गोल्डकपको पूर्व तयारीमा जुटिरहँदा क्लबले जयश्री फुड्स प्रालिसँग सह प्रायोजकको रुपमा शनिबार सम्झौता गर्दै सहकार्यको हात बढाएको हो । शनिबार क्लब भवनमा आयोजित कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर भएपछि जयश्री फुड्स सहप्रायोजक बन्न पुग्यो । सम्झौता एक वर्षको लागि गरिएको जानकारी क्लबका अध्यक्ष केशव बरालले दिए । सहकार्य निरन्तरता रहने प्रतिबद्धता जनाउँदै जयश्री फुड्सका जनरल म्यानेजर अमित अग्रवालले क्लबसँग मार्फत जोडिदाँ आफनो व्यवसायको पनि… पुरा पढौ

टाईगर कप भलिबललाई एनसेलको मुख्य प्रायोजन

पोखरा-आगामी माघ दोस्रो साता आयोजना हुने पाँचौ संस्करणको टाइगर कप राष्ट्रिय तथा अन्र्तराष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितालाई सञ्चार सेवा प्रदायक एनसेलले मुख्य प्रायोजन गरेको छ । मुख्य प्रायोजन गरेसँगै प्रतियोगिताको नाम पनि एनसेल टाईगर कप हुने छ । टाइगर गु्रप अफ पोखराका सचिव डिबी नेपालीका अनुसार एनसेलले मुख्य प्रायोजन गर्ने सम्झौता गरेसँगै प्रतियोगिताको नाम समेत एनसेल टाईगर कप राखिएको हो । टाइगर गु्रप अफ पोखराको आयोजना हुने प्रतियोगिताको पुरस्कार राशी बृद्धि गरिएको छ । बिधागत तर्फको पुरस्कार… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल हुने

पोखरा-कास्कीको माछापुच्छे गाउँपालिकाले, गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा तेस्रो संस्करणको अध्यक्ष कप ,गण्डकी प्रदेश अन्तरपालिकास्तरीय खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता २०८१ गर्ने भएको छ । खेलकुदमा युवाहरुलाई आकर्षित गर्ने र खेलकुदकै माध्यमबाट पालिकालाई चिनाउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका अध्यक्ष मीन बहादुर गुरुङ बताए । माछापुच्छे«–७, धम्पुसमा फागुन १४ देखि १७ गते सम्म चल्ने पुरुष भलिबल प्रतियोगिताको बिजेताले उपाधिसँगै नगद रु २ लाख र उपविजेताले नगद रु १ लाख साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । सेमिफाइनलमा… पुरा पढौ

विल स्मृति नवौं संगम कप फागुन पहिलो साता

पोखरा-आगामी फागुनको पहिलो साता पोखरा रंगशालामा क्लबस्तरीय संगम कप फुटबल प्रतियोगिताको ९ औं संस्करण आयोजना हुदैं छ । संगम क्लबले आफनो पूर्व राष्ट्रिय खेलाडी विल तामाङको स्मृतिमा संगम कप आयोजना गर्दै आएको छ । क्लबले कास्की जिल्ला फुटबल संघमा आवद्ध १२ क्लब बीच प्रतिस्पर्धा हुने छ । संघमा आवद्ध १२ क्लबले सहभागिता जनाउने पाउने प्रावधान रहेको उल्लेख गर्दै क्लबका अध्यक्ष नरेन्द्रजंग गुरुङले राष्ट्रियस्तरका खेलाडी अनुबन्धन गरी समावेश गर्न सक्ने जनाए । सहभागि क्लबले ए डिभिजनसहित राष्ट्रियस्तरका कुनैपनि खेलाडीलाई अनुबन्धन गर्न… पुरा पढौ

आरभ र सुनिरा च्याम्पियन

पोखरा -पोखरामा सम्पन्न २१ औं माछापुच्छ«े बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस अन्तर्गत सम्पन्न प्रतियोगितामा आरभसम्राट हाडा र सुनिरा थापा च्याम्पियन बनेका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिताको मंगलबार सम्पन्न फाइनलमा हाडाले प्रणव मानन्धरलाई पराजित गर्दै च्याम्पियन बन्दा सुनिरा थापाले सलोनी तामाङलाई हराउँदै उपाधि आफनो नाममा लेखाईन् । फाइनलमा आरभले प्रणवलाई ६–१, ६–१ को सेटमा पराजित गरे । सुनिराले सलोनीलाई ६–२, ६–३ को सोझो सेटमा पराजित गर्दै उपाधि जिते । च्याम्पियन दुबैले समान नगद रु ८०–८० हजार प्राप्त… पुरा पढौ

सूचीकृत हुन स्वयंसवक प्रशिक्षकलाई आग्रह

पोखरा-नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना गरियो । गण्डकी प्रदेशको राजधानीमा आयोजित प्रतियोगितामा इतिहास लेखियो । तीन विभागीय क्लबपछि सात प्रदेशमा गण्डकी प्रदेश च्याम्पियन बन्यो अर्थात चौथो स्थानमा रह्यो । जसको जस प्रदेश खेलकुद परिषद गण्डकीले लियो । राष्ट्रिय खेलकुद परिषदबाट नियुक्त भएका प्रशिक्षक पोखरामा नगण्य छन् । अधिकांश खेललाई स्वयंसेवक प्रशिक्षकले प्रशिक्षण दिदैं धानेका छन् । सितेरियो कराँते, शारीरिक सुगठन र तेक्वान्दो बाहेक पोखरामा प्रशिक्षण गराउने अन्य प्रशिक्षक छैनन् । परिषदबाट नियुक्त भएका प्रशिक्षक नहुदाँ खेलकुदलाई स्वयंसेवक प्रशिक्षकले धान्नुपर्ने… पुरा पढौ

पोखरामा वाटर स्पोर्टसको सम्भावना

पोखरा-फेवाताल निकै व्यस्त छ । नियमित डुंगा सयर छदै छ । पछिल्लो समय ड्रागन बोट रेसले तालको रौनक थपिदिएको छ । गत वर्ष मात्रै ड्रागन बोट पोखरामा भित्रिएको हो । ड्रागन बोट चीनबाट पोखरा भित्रिएको वाटर स्पोर्टस हो । भित्रिएको वर्षदिनमा पटक पटक प्रतियोगितात्मक गतिविधिले पोखरालाई वाटर स्पोर्टसको हब बनाउने सम्भावना बढ्दै गएको छ । फेवातालमा दुई पटक ड्रागन बोट रेस आयोजना भईसक्यो । एक पटक पोखराकै अर्को ताल बेगनासमा आयोजना गरियो । ड्रागन बोट रेसकै लागि चीनबाट एक जम्बो… पुरा पढौ

शीर्ष बरियताका खड्का हाडासँग पराजित

पोखरा-शीर्ष बरियताका प्रदीप खड्का घरेलु कोर्टमा पराजित हुदैं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिताबाट बाहिरिएका छन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा सञ्चालित प्रतियोगितामा शीर्ष बरियताका खड्का आरभसम्राट हाडासँग पराजित हुन पुगे । पराजित भएसँगै उनी प्रतियोगिताबाट बाहिरिन पुगे । पहिलो सेट सोझो सेटमा गुमाएका खड्काले दोस्रो सेटमा कमब्याक गरे । तर टाइब्रेकर सेटमा भने दोस्रो सेटको जस्तो लय समाउन सकेनन् । पहिलो सेट ६-० मा गुमाएका खड्काले दोस्रो सेट ६-४ मा लिदैं प्रतिस्पर्धात्मक बनाए । तर निर्णायक… पुरा पढौ

शंकरमान उदासको निधन

पोखरा -पोखरामा जिमको ब्यवसायिक शुरुवात गरेका शंकरमान उदासको निधन भएको छ। उनको ६२बर्षको उमेरमा निधन भएको हो। गएराति पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा निधन भएको हो। उनको निधनले शारिरिक सुगठन खेलमा अपुर्णिय क्षतिभएको छ।उनले पोखरामा जिमको ब्यवसायिक शुरुवात गरेका हुन्। पोखरा व्यायामशालामा जिमका सामान राखेर शुरु गरे।त्यसपछि उनले रत्नश्री जिमबाट ब्यबसायिक रूपमा जिनको थालनी गरेका हुन्। उदास शारीरिक सुगठनका अन्तराष्ट्रिय निर्णायक समेत हुन् । फोक्सो, कलेजो र आमासयमा समस्याको कारण पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपचारको क्रममा निधन भएको हो… पुरा पढौ