गण्डकी

गोपी र धरमको जोडी क्वार्टरफाईनलमा

पोखरा-विभिन्न उमेर समूहको प्रिक्वार्टर फाईनलको समीकरण पुरा हुँदा ४५ वर्षमाथिको डबलमा गोपीबहादुर भट्टराई र धर्मबहादुर लामिछानेको क्र्वाटर फाईनल प्रवेश गरेको छ । जोडीले टी.तुलेश्वर र के.जयन्तको जोडीलाई ६–२, ६–२ को सेटमा पराजित गर्दै क्र्वाटरफाईनल तय गरेका हुन् । कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरामा जारी २१ औं माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगितामा शनिबार पुुरुष एकल नेहाल जङ्गबहादुर थापाले ओजेन महर्जनलाई ६–०,६–० को सेटमा पन्छाएका थिए । राजबीर प्रधानले शक्ति शर्मालाई ६–०,६–० सेटमा पराजित गर्दा सक्षमबिक्रम शाहले उगेन… पुरा पढौ

डेविस कपमा सहभागि नेपाली खेलाडीलाई सम्मान

पोखरा-कास्की जिल्ला टेनिस संघको आयोजनामा बिहीबारदेखि पोखरामा २१ औं माछापुच्छ्र्रे बैंक पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु भएको छ । उदघाटन समारोहमा बहराइनमा सम्पन्न डेविस कपमा नेपाललाई एशिया ओशियाना क्षेत्रमा डिभिजन ५ बाट ४ मा पुर्याउने खेलाडीहरु अभिषेक बाँस्तोला, प्रदीप खड्का, रितिक राना, प्रणव मानन्धर, प्रणव खनाल तथा टिम व्यवस्थापक गोपाल ज्ञवालीलाई सम्मान गरिएको थियो । पोखरा टेनिस कम्प्लेक्सभित्र टेनिस कोर्ट निर्माण गरेका हेम गुरुङ्ग, किरण केसी, उत्तम लामा, बिमल बसेल, हङकङ नेप्लीज टेनिस सोसाइटी, सहयोगी नेपाली घरका राजु… पुरा पढौ

लक्ष्य खेलाडी उत्पादन, जुनियर प्रतियोगिता शून्य

पोखरा-लन टेनिसको पोखराको इतिहास जति गर्विलो छ त्यति नै खेलाडी उत्पादनमा कमजोर छ । खेलाडी उत्पादनको लागि आवश्यक प्रशिक्षण र प्रतियोगिता कास्की जिल्ला टेनिस संघले समावेश गर्नै सकेको छैन् । बिहीबारदेखि पोखरामा २१ औं संस्करणको माछापुच्छ्रे बैंकको मुख्य प्रायोजन रहेको पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैं छ । ओपन र भेट्रान्स प्रतियोगितालाई निरन्तरता दिदाँ खेलाडी उत्पादनको जग मानिएको जुनियर प्रतियोगितालाई संघले समेट्न सकेको छैन् । ‘जुनियर टेनिस प्रतियोगिता आयोजना गर्न नसकिरहेको स्वीकार्छौ ।’ कास्की जिल्ला टेनिस संघका अध्यक्ष… पुरा पढौ

प्रज्वललाई ग्रस र थमेशलाई नेट तर्फको उपाधि

पोखरा-चौथो होलमा होल ईन वान गरेका कास्कीका एमेच्योर गल्फर प्रज्वल गुरुङले ग्रस तर्फको उपाधि जितेका छन् । नेट तर्फका उपाधि भने थमेश राईले जितेका छन् । कास्की जिल्ला गल्फ संघको आयोजनामा पार ६९को पोखरा १४ स्थित हिमालयन गल्फ क्लबमा शनिबार प्रतिस्पर्धामा पुरुष खुल्ला तर्फ प्रज्वलले दुई ओभर ३४ स्कोरसहित उपाधिसहित नगद पुरस्कार प्राप्त गरे । उनले नगद पुरस्कार स्वरुप २० हजार प्राप्त गर्दा होल ईन वान हिर्काउँदै नगद १ लाख रुपैयाँ प्राप्त गरे । ग्रस तर्फ काठमाडौं गोकर्ण गल्फ क्लबका… पुरा पढौ

कास्की ११ आदर्श कपको फाइनलमा

पोखरा-पेनाल्टी सुटआउटमा आयोजक आदर्श युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै कास्की ११ आदर्श कपको फाईनल प्रवेश गरेको छ । आदर्श युवा क्लबको आयोजनामा भण्डारढीक खेल मैदानमा भएको प्रतिस्पर्धामा निर्धारित र अतिरिक्त समयमा गोलरहित टुंगिएपछि निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा कास्कीले आयोजकलाई ४–३ गोलमा पराजित गर्दै उपाधि निकट पुगेको हो । कास्कीलाई जिताउन हेमन्त तामाङ, संगम ठकुरी, आशिष गुरुङ र युनिक तामाङले गोल गरे । भने कास्कीका खेलाडी सरोज तितुङको प्रहारलाई आर्दशका गोल रक्षक दिप कार्कीले उत्कृष्ट… पुरा पढौ

पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिताको तयारी अन्तिम चरणमा

पोखरा- मंसिरको अन्तिम साता पोखरा १४ मझेरीपाटनस्थित हिमालयन गल्फ कोर्षमा प्रथम पोखरा खुल्ला एमेच्योर गल्फ प्रतियोगिता हुदैं छ । कास्की जिल्ला गल्फ संघको पुर्नगठनपछि पहिलो पटक संघले एमेच्योर गल्फ प्रतियोगिता आयोजनाको जमर्को गरेको हो । प्रतियोगिता मंसिर २८ र २९ गते हुने छ । प्रतियोगिताको आवश्यक तयारी अन्तिम चरणमा छ । पार ६९ को कोर्षमा नेपालका विभिन्न गल्फ क्लबबाट एकसय भन्दा बढी एमेच्योर गल्फरको सहभागिता हुने कास्की जिल्ला गल्फ संघका अध्यक्ष जीवाराम गुरुङले आज बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए… पुरा पढौ

कास्की विजयी

पोखरा-कास्की ११ लेखनाथमा आयोजित २५ औं आदर्श कपको सेमिर्फानल प्रवेश गरेको छ । सोमबार भण्डारढीक खेल मैदानमा भएको प्रतिस्पर्धामा कास्कीले स्याङजको होईजन क्लबलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । आर्दश युवा क्लब भण्डारढीकको आयेजनामा सञ्चालित प्रतियोगितामा अन्तिम क्र्वाटरफाईनल खेल नेपाल प्रहरी र एन्फा गोरखाका बीच हुने छ । कास्कीको जितमा मुकुन्द निउरे र अनिष तामाङले गोल गरेका थिए ।खेलको पहिलो हाफको अन्तिम समयमा कास्की–११ का मुकुन्द निउरेले पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने सेकेण्ड… पुरा पढौ

तनहुँलाई पराजित गर्दै आयोजक सेमिफाईनल प्रवेश

लेखनाथ-आदर्श क्लबले तनहुँ फुटबल संघलाई १—० गोलले पराजित गर्दै २५ औं आदर्श कपको सेमिफाईनल प्रवेश गरेको छ । घरेलु मैदानमा सुखद शुरुवात गराउँदै अन्तिम चारमा स्थान पक्का गर्न सजिन मगरको गोल निर्णायक रह्यो । उनले खेलको ४१ औं मिनेटमा पेनाल्टी बक्स नजिकैबाट हानेको बलले पोष्टभित्र जाली चुमेपछि आदर्श क्लब जितको खुशीसँगै अन्तिम चारमा प्रवेश गर्यो । खेलको दोस्रो हाफमा पनि दुवै समुहको प्रतिष्पर्धात्मक खेलले दर्शकलाई थप मनोरञ्जन प्रदान गरेको थियो । सुरुवाती देखि नै अग्रता लिएको आदर्श युवा क्लवले खेलको… पुरा पढौ

आयोजक र तनहुँबीच उदघाटन खेल

पोखरा-आयोजक आदर्श युवा क्लबले तनहुँसँग आगामी २२ गते शनिबार भण्डारढीक खेल मैदानमा २५ औंआर्दश कप फुटबल प्रतियोगितामा उदघाटन खेल्दै शुरु गर्ने छ । झण्डै ६ वर्षपछि आदर्श क्लबले प्रदेशस्तरीय प्रतियोगिता आयोजना गर्दै फुटबलको शाखलाई जोगाउने प्रयास गरेको हो । आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराउँदै आवश्यक सम्पूर्णत तयारी पुरा भएको जनाएको छ । क्लबले प्रतियोगिताको लागि आफनो जर्सी समेत सार्वजनिक गरेको छ। दोस्रो दिन विभागीय डर्बी प्रतिस्पर्धा हुने छ । नेपाल आर्मीको सिद्धीदल गणले सशस्त्र प्रहरी बलको गण्डकी मुख्यालयसँग… पुरा पढौ

पोखरा आइटिएफ जे३० प्रतियोगिता सुरू

पोखरा- कास्की जिल्ला टेनिस संघको आयोजनामा आइटिएफ वल्र्ड टेनिस टुर जे३० सर्किट १ शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन पहिलो सर्किटमा विश्व नं १ बरियता जापानका रिकु हागासीले भारतका रौनक कश्यपलाई ६–०, ६–१ को सोझो सेटमा पराजित गरेका छन् । गत वर्ष समेत नेपाल आएका रिकुले आफ्नो लयमा खेल खेल्दै आफ्नो पहिलो खेल जिते । त्यसै ब्वाइजतर्फ नै नेपाली खेलाडी सक्षम विक्रम शाहले भारतीय खेलाडी शौनक चटर्जीलाई ६–४, ३–६ र ६–३ ले जित दर्ता गरे । त्यस्तै आजबाट सुरू… पुरा पढौ