गण्डकी

टाइगर कप भलिबलः पुलिसमाथि न्यू डायमन्डको रोमाञ्चक जित

पोखरा-एनसेल पाँचौं टाइगर कप भलिबल प्रतियोगितामा महिलातर्फ दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्ट्स क्लबले नेपाल पुलिस क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको खेलमा न्यू डायमन्डले पुलिसलाई ३–२ को सेटमा पराजित गर्दै आफनो लय कायम राख्यो । पहिलो सेट २५–१२ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २३–२५ ले डायमन्डलाई सुम्पिएको थियो । निकै प्रतिस्पर्धात्मक भएको तेस्रो सेट पुलिसले २६–२४ ले आफ्नो पक्षमा पारेका थियो । चौथो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै न्यू डायमन्डले २५–१८ आफ्नो पक्षमा पार्दा… पुरा पढौ

सशस्त्रको पुनरागमन जित

पोखरा-सशस्त्र प्रहरी बलले उत्कृष्ट पुनरागमन जित निकाल्दै पोखरामा आयोजित पाँचौ संस्करणको टाईगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा सुखद शुरुवात गरेको छ । शनिबार विहान पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा आमन्त्रित टोली ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई उत्कृष्ट पुनरागम जित निकाल्यो । दुई सेटले पछि परेको अवस्थालाई उल्ट्याउँदै सशस्त्रले ३–२ सेटको जित सुनिश्चित गर्यो । पहिलो सेटमा १२–७ अंकमा अग्रता लिएको सशस्त्रले लय गुमाएपछि २५- २१ सेटमा सुम्पिन पुग्यो । आमन्त्रित टोली… पुरा पढौ

शनिबार तीनै खेल महिलाहरुको मात्रै

पोखरा-एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेल महिला तर्फ डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपिएफ) र ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब, थाइल्यान्ड बीच हुने छ । पोेखरा रंगशाला भलिबल कोर्टमा शनिबार १० बजेबाट सुरु हुनेछ । पहिलो दिन तीन खेल सञ्चालन हुने छ । तीनवटै खेल महिला तर्फ हुने आयोजकले जनाएको छ । भोलि हुने दोस्रो खेलमा टिपटप न्यू डायमन्ड स्पोर्टस् क्लब र नेपाल पुलिस क्लबले प्रतिष्पर्धा हुनेछ । त्यसपछि साढे… पुरा पढौ

टाइगर कपको ट्रफि अनावरण

पोखरा -एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको ट्रफि अनावरण गरिएको छ । पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि हुने उक्त प्रतियोगिताको ट्रफि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले अनावरण गरेका हुन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगिता माघ १९ गतेसम्म चल्नेछ । ट्रफि अनावरण गर्दै मन्त्री थापाले टाइगर ग्रुपले छोटो समयमा भलिबलको क्षेत्रमा उत्कृष्ट काम गरेको बताए । उनले खेलाडी उत्पादन र एक्स्पोजर गर्न यो प्रतियोगिताले महत्वपुर्ण भूमिका… पुरा पढौ

खेलकुद पत्रकार मञ्च गण्डकीमा नयाँ कार्यसमिति

पोखरा- खेलकुद पत्रकार मञ्च गण्डकीको तेस्रो अधिवेशनबाट मानबहादुर घर्ती को अध्यक्षमा नयाँ कार्यसमिति निर्वाचित भएको छ। बिहीबार भएको अधिवेशनमा घर्तीले ३६ मत पाउदै अध्यक्षमा निर्वाचित भए। उनका प्रतिद्वन्द्वी सुरज श्रेष्ठले २७ मत प्राप्त गरे। लामो समयसम्म सर्वसम्मत गर्ने प्रयास भएको थियो। तर प्रयास असफल भएपछि निर्वाचन गरिएको थियो। उपाध्यक्षमा राजाराम पौडेल सर्वसम्मत चयन भए। महिला उपाध्यक्षमा उमा आले ३६ मतसहित बिजयी भइन्। त्यस्तै महासचिवमा परशुराम शर्मा ३८ मत सहित बिजयी भए। उनका प्रतिद्वन्द्वी लक्ष्मी पल्पसा २५ मत पाइन्। कोषाध्यक्षमा बिमल… पुरा पढौ

पोखरा कप राष्ट्रिय पुरुष बास्केटबलको उपाधि गण्डकीलाई

पोखरा-पोखरामा पहिलो पटक आयोजित पोखरा कप राष्ट्रिय पुरुष बास्केटबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेशले जितेको छ । बुधबार पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा भएको फाईनल प्रतिस्पर्धामा बागमती प्रदेशलाई ८१( ७८ स्कोरमा पराजित गर्दै उपाधि आफनो नाममा लेखायो । प्रदेश बास्केटबल संघ गण्डकीको आयोजनामा सञ्चालित प्रतियोगितामा ६ प्रदेशको सहभागिता रहेको थियो । पहिलो क्वार्टरदेखि नै अग्रता लिएपनि गण्डकीले जितको लागि निकै संघर्ष गर्नुपरेको थियो । विजेता बनेको गण्डकीले १ लाख ११ हजार १११ रुपैयाँ प्राप्त गर्यो । उपविजेता बनेको बागमतीले भने ६६ हजार… पुरा पढौ

पोखरा कप राष्ट्रिय बास्केटल प्रतियोगिता

पोखरा-पोखरामा आजदेखि पोखरा कप राष्टिय पुरुष बास्केटबल प्रतियोगिता शरु भएको छ। प्रदेश बास्केटबल संघ गण्डकीको आयोजनामा शुरु भएकोप्रतियोगितामा ६ प्रदेशले सहभागिता जनाएका छन्। प्रतियोगिताको सामाजिक विकास एवं युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उदघाटन गरेका थिए। प्रतियोगिताको बिजेतालाई एक लाख ११ हजार ११ सय रुपैयाँ प्राप्त गर्नेछ। उपबिजेताले ६६ हजार रुपैयाँ प्राप्त गर्ने प्रदेश बास्केटबल संघ गण्डकीका अध्यक्ष धोजकुमार गुरुङले जानकारी दिए । पुरा पढौ

भलिबल खेलाउन शुल्क तिरेर सम्झौता

पोखरा-माघ १२ गतेदेखि पाँचौ संस्करणको राष्ट्रिय तथा अन्तराष्ट्रिय आमन्त्रित क्लबस्तरीय भलिबल प्रतियोगिता शुरु हुदैं छ । प्रतियोगिताको पूर्वसन्ध्यामा भलिबल कोर्टको मर्मत सम्भार अन्तिम चरणमा छ । भलिबल कोर्ट मर्मत सम्भारमा जुटेको टाईगर ग्रुपले कोर्ट प्रयोग वापत जिल्ला खेलकुद विकास समिति कास्कीलाई शुल्क स्वरुप १ लाख रुपैयाँ बुझाएको छ । समितिले व्यवसायिक प्रयोजनाको लागि कोर्टको शुल्क दैनिक ४० हजार तोकेको छ । तोकिएको शुल्क बुझाएपछि मात्रै टाईगर ग्रुपले सम्झौतासँगै कोर्टलाई अन्तिमरुप दिने संघारमा जुटेको हो । ‘कोर्टको दैनिक शुल्क ४० हजार… पुरा पढौ

पोखरामा फेन्सिङको लेभल वान तालिम

पोखरा-गण्डकी प्रदेश फेन्सिङ संघ र कास्की जिल्ला फेन्सिङ संघको आयोजनामा पोखरामा पहिलो पटक लेभल वानको दुई दिने तालिम गरिएको छ । तालिममा नवलपुर, गोरखा, स्याङ्जा र कास्की जिल्लाका १६ जना खेलाडीहरुको सहभागिता रहेको थियो । तामिलका सहभागीहरुलाई गण्डकी प्रदेश खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले प्रमाण पत्र बितरण गरेका थिए । उपाध्यक्ष गुरुङले श्रोत साधनको कमिका बाबजुत पनि यस फेन्सिङ संघले खेलाडी उत्पादन तथा प्रशिक्षणमा जोड दिईरहेको बताए । उनले प्रदेश खेलकुद परिषदको साथ सँधै रहने भएकोले दशौं राष्ट्रिय खेलकुदको लागि… पुरा पढौ

गण्डकी प्रदेश टेबलटेनिस संघको अध्यक्षमा जोशी

पोखरा-गण्डकी प्रदेश टेबलटेनिस संघको हालै सम्पन्न प्रथम अधिवेशन उत्तम जोशीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरी सम्पन्न भयो । संघको उपाध्यक्षमा किसन जिसी, सचिवमा अनुष कुँवर, कोषाध्यक्षमा भिममाया गुरुङ (ज्योति), सहसचिवमा शिव प्रसाद न्यौपाने ९नवलपुर०, सदस्यहरुमा क्षितिज गुरुङ (मनाङ), विकासकृष्ण नकर्मी (कास्की), दिपकराज गिरी (कास्की), अविश्चल भुजेल (स्याङजा), खुमबहादुर कार्की (तनहुँ) र दर्पण श्रेष्ठ .(स्याङ्जा) सर्वसम्मत रुपमा चयन भएका थिए । संघमा रिक्त एक उपाध्यक्ष र एक सदस्य पदमा प्रदेश खेलकुद परिषद् गण्डकीले मनोनयन गरी संघ १३ सदस्यीय हुने… पुरा पढौ