गण्डकी

६ बर्ष पछि फुटवलको लयमा फर्कदै आदर्श युवा क्लव

पोखरा-कोभिडसँगै सुस्ताएको मोफसलकै चर्चित आदर्श कप फुटवल प्रतियोगिता ६ बर्ष पछि लयमा फर्किएको छ । मंसिर २२ देखी २९ गतेसम्म क्लवले २५ औं सस्करणको आदर्श कपको आयोजना गरेर प्रतियोगितालाई लयमा फर्किने प्रयास गरेको हो । २०७५ सालमा २४ औं संस्करणको ऋदिसिद्धी आदर्श कप पछि लेखनाथकै सर्वाधिक राशीको प्रतियोगिता ६ बर्षसम्म रोकिएको थियो । झण्डै ६० लाख रुपैया खर्च हुने अनुमान गरिएको फुटवल प्रतियोगिताको तयारीलाई क्लवले अन्तिम चरणमा पुर्याएको छ । प्रतियोगितामा आयोजक सहित गण्डकी प्रदेशका ८ समूहले भाग लिदै छन्… पुरा पढौ

सहभागि टोली सार्वजनिक

पोखरा-आगामी मंसिर २२ गतेदेखि लेखनाथको भण्डारढीक खेलमैदानमा आयोजना हुने २५ औं आदर्श कपमा सहभागिता जनाउने टोली फाइनल भएको छ । तीन विभागीय टोलीले जनाउँदा अन्य पाँच टोली भने जिल्ला फुटबल संघको टोली रहने आयोजक आदर्श क्लबले जनाएको छ । सहभागि हुने टोलीमा आयोजक आदर्श क्लब, स्याङजा फुटबल संघ(होराईजन क्लब), कास्की जिल्ला फुटबल संघ(कास्की ११), तनहुँ जिल्ला फुटबल संघ, गोरखा जिल्ला फुटबल संघ, नेपाल आर्मीको सिद्धिदल गण(पश्चिम पृतना), सशस्त्र प्रहरी बल(गण्डकी मुख्यालय) र नेपाल प्रहरी(गण्डकी प्रदेश)ले सहभागिता जनाउने छ । २५… पुरा पढौ

रचनालाई महानगर क्रिकेटको सम्मान

पोखरा-भर्खरै मलेसियामा सम्पन्न यु १९ क्रिकेट प्रतियोगिताबाट विश्वकपको यात्रा तय गर्दा क्रिकेट टोलीकी सदस्य रचना चौधरीलाई सम्मान गरिएको छ । १९ वर्ष मुनिको विश्वकप क्रिकेट प्रतियोगितामा नेपाली राष्ट्रिय टोलीबाट छनौट हुन सफल पोखरा गलेश्वरकी रचना चौधरीलाई पोखरा महानगर क्रिकेट संघले सम्मान गरेको हो । उनलाई सम्मानपत्रबाट सम्मानित गरिएको थियो । पोखरा महानगर खेलकुद विकास समितिका निबर्तमान अध्यक्ष दीपक गोदारले उनीहरूलाई दोसल्ला ओढाएर सम्मान–पत्र प्रदान गरे । सो अवसरमा बोल्दै अध्यक्ष गोदारले खेलाडीहरू राष्ट्रको गहना भएको बताउँदै उनीहरुलेनै अन्तर्राष्ट्रिय जगतमा राष्ट्रको… पुरा पढौ

पोखरा एभेन्जर्सले शुरु गर्यो ट्यालेन्ट हन्ट

पोखरा-नेपाल प्रिमियर लिग अन्तर्गतको महत्वपूर्ण फ्रेन्चाईज टोली पोखरा एभेन्जर्सले पोखरा क्रिकेट मैदानमा शनिबारदेखि ट्यालेन्ट हन्ट शुरु गरेको छ । ट्यालेन्ट हन्टबाट गण्डकी हिरोज छनोट गरिने छ । जुन भविष्यमा गण्डकी प्रदेशको छुट्टै क्रिकेट टोली बन्ने छ । पोखरा एभेन्जर्सका व्यवस्थापक किरण भट्टराईका अनुसार गण्डकी हिरोज भविष्यमा विभागीय टोली जस्तै रहने गरी टोली निर्माण गर्ने लक्ष्य छ । गण्डकी हिरोजसँगै पोखरा एभेन्जर्सले आईकोनिक प्लयेर छनोट गर्ने छ । जुन छनोट भएको खेलाडी पोखरा एभेन्जर्सको टोलीमा समावेश हुने छ । साथै गण्डकी… पुरा पढौ

माघ २२ गतेदेखि आयोजना गर्न एन्फाद्वारा स्वीकृति

पोखरा-पोखराको प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको २४ औं संस्करण आगामी माघ २२ गतेदेखि फागुन ३ गतेसम्म हुने मिति तय भएको छ । अखिल नेपाल फुटबल संघ(एन्फा)ले गोल्डकपको आयोजना गर्ने सहारा क्लबलाई मिति स्वीकृति प्रदान गरेको पत्रले जनाएको छ । एन्फाका महासचिव किरण राईले हस्ताक्षर गरेको पत्र अनुसार कास्की जिल्ला फुटबल सघमा आवद्ध सहारा क्लबको आयोजनामा मिति २०८१ माघ २२ गतेदेखि फागुन ३ गतेसम्म २४ औं सस्करणको आहा रारा पोखरा गोल्ड कप फुटबल प्रतियोगिता २०८१ पोखरामा सञ्चालन गर्न देहायका… पुरा पढौ

गौचनलाई सेप्टेम्बरको गल्फ मन्थ्ली मेडल

पोखरा-पोखरा १४ छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित सेप्टेम्बरको मन्थ्ली मेडल गल्फको उपाधि क्याप्टेन राजेन्द्र गौचनले जितेका छन् । शनिबार पार ६९ को कोर्षमा भएको स्टेबल फोर्ड फुल ह्याण्डीक्याप अन्तर्गतको प्रतिस्पर्धामा गौचनले ३८ को कार्ड बनाउँदै उपाधि जितेका हुन् । उपविजेता भने एएसपी लिलाजग गुरुङ भए । उनले ३५ को कार्ड बनाए । १८ होलको कोर्षमा मासिक रुपमा मन्थ्ली मेडल हुदैं आएको छ । ग्रस तर्फको पुरस्कार क्याप्टेन गणेश गुरुङ बने । विजेतालाई कास्की जिल्ला गल्फ संघका उपाध्यक्ष एएसपी भक्तराज गुरुङले… पुरा पढौ

पोखरा पर्वतीय दौडको उपाधि सशस्त्रका भट्टलाई

पोखरा-पोखरामा आयोजित पर्वतीय दौड प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलका (एपिएफ क्लब) निरोज भट्ट क्षत्रीले जितेका छन् । पोखरा २२ (पुम्दीभुम्दी) को खेल पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले शनिबार आयोजित दौडमा क्षत्रीले निर्धारित ८ किलोमिटरको दुरी ३८ मिनेट २३ सेकेण्डमा पार गर्दै उपाधि जितेका हुन् । पोखरा क्लिक प्रालिले आयोजना गरेको प्रतियोगितामा सल्यानको कुमाख गाउँपालिकाका रुद्र बुढाथोकी निर्धारित दुरी ४१ मिनेट २२ सेकेण्डमा पूरा गरी दोस्रो भए । पोखरा–१७ का प्रकाश थिँक ४२ मिनेट ४२ सेकेण्डम पूरा गरी तेस्रो भए । विजेतालाई… पुरा पढौ

बाग्लुङमाथि स्याङजाको ९३ रनको जित

पोखरा-बाग्लुङमाथि ९३ रनको जित निकाल्दै स्याङजा पोखरामा आयोजित वाइ वाई यु १९ प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा सुखद शुरुवात गरेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा बिहीबार भएको प्रतिस्पर्धामा टस हारेर व्याटिङको निम्तो पाएको स्याङजाले ४२। ओाभरमा सबै विकेट गुमाउँदै १६० रनको योगफल तयार पार्यो । सातौं नम्बरमा आएका किरण भट्टराईले ६४ बल खैल्दै ४९ रनको महत्वपूर्ण इनिङ खेले । ओपनर अनिस ताम्राकारले ९ र करण पंगेनीले ३० रन बनाए । तेस्रो नम्बरमा आएका व्याटर कृष्ण खड्का शून्यमै… पुरा पढौ

पर्वतमाथि तनहुँको फराकिलो जित

पोखरा-देवकुमार पासवानको ९-०-१५-४ को स्पेल र वन्स क्षत्रीको अविजित २१ को महत्वपूर्ण योगदानमा गरेपछि तनहुँले एकदिवसीय क्रिकेट प्रतियोगितामा पर्वतमाथि ९ विकेटको फराकिलो जित निकालेको छ । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सञ्चालित वाइवाई यु १९ छनोट क्रिकेट प्रतयोगिता अन्तर्गत मंगलबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको प्रतिस्पर्धामा पर्वतले दिएको ७७ रनको लक्ष्यलाई तनहँुले १ विकेटको क्षतिमा पुरा गर्यो । टस हारेर व्याटिङको निम्तो पाएको पर्वतले ७६ रनको योगफल तयार पार्यो । ५६ रन व्याटरबाट निस्किदा २३ रन अतिरिक्त थपियो… पुरा पढौ

कास्कीको विजयी शुरुवात

पोखरा-पोखरा रंगशाला क्रिकेट मैदानमा सोमबारदेखि शुरु भएको एक दिवसीय वाई वाई यु १९ क्रिकेट प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । कास्कीले पर्वतलाई ८ विकेटले पराजित गर्दै सुखद शुरुवात गर्यो । प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा सोमबारदेखि सुरु भएको प्रतियोगिता मा टस जितेर व्याटिङ गरेको पर्वतले ६८ रन बनाउँदा सबै विकेट गुमायो । केवल १२ ओभर ५ बल खेलेको पर्वतलाई सस्तैमा समेटन् नितेश गिरीको बलिङ महत्वपूर्ण रह्यो । गिरीले ९ ओभरमा ६ मेडन राखे । केवल १० रन खर्चिएर ३… पुरा पढौ