गण्डकी

पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेटमा सहभागि हुने गण्डकीको बिदाइ ।

पोखरा–नेपाल क्रिकेट संघको आयोजनामा यहि पौष ५ गते काठमाडौंमा सुरु हुने पिएम कप महिला राष्ट्रिय टि२० क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन गण्डकी प्रदेशको टोली मंगलबार त्यस तर्फ प्रस्थान गरेको छ । काठमाण्डौ प्रस्थान गर्नु अघि गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंम्खडाले एक कार्यक्रमका बीच टोलीलाई विदाई गरेकी छन् । मन्त्री सिंम्खडाले जितको शुभकामना दिंदै उच्च मनोबलका साथ अनुशासित भएर प्रतियोगितामा सहभागी हुन आग्रह गरिन् । उनले भनिन–“यहाँहरुलाई धेरै शुभकामना छ । अनुशासनको उदाहरण बनेर जितेर आउनुहोस हामी यहाँहरुलाई… पुरा पढौ

धावकलाई अनलाईनमै प्रमाणपत्रको व्यवस्था

पोखरा-२२ वर्ष अघि स्थापना भएको भूतपुर्व खेलाडी मञ्चले आगामी फागुनको पहिलो साता पोखरा अन्तराष्ट्रिय म्याराथन प्रतियोगिता आयोजना गर्ने तयारीमा जुटेको छ । स्थापनाको जवानीमा मञ्चले आफना ३२ जना आजिवन सदस्यलाई गुमाईसकेको छ । खेलपछि रिटायर्ड बनेका खेलाडीहरुको जमातबाट स्थापित मञ्चले आफनो अस्थित्वको लागि वर्षेनी म्याराथन गर्दै आएको छ । जुन म्याराथन नेपालकै पुरानो र सर्वाधिक पुरस्कार राशीको समेत हो । सिटी म्याराथनको अवधारणाबाट अघि बढेको पोखरा अन्तराष्ट्रिय म्याराथन अन्तराष्ट्रिय छवि बनाईसकेको छ । पोखरा म्याराथन नेपालकै जेठो रहेको र पछिल्लो… पुरा पढौ

पुस अन्तिम साता माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप भलिबल

पोखरा-कास्कीको माछापुच्छ्रे गाँउपालिकाले आगामी पुसको अन्तिम साता पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको छ । गाँउपालिकाले आगामी पौष २६ गते देखि २८ गते सम्म दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप–२०८०’ गर्ने निर्णय गरेको हो । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजना साथै ३ न. वडा कार्यालय घाचोकका समन्वय र भलिबल सघ माछापुच्छे«कोे व्यवस्थापनमा माछापुच्छ्रे –३, घाचोक मेधराज मा.विको प्राङ्गणमा प्रतियोगिता सञ्चालन हुने छ । युवाहरुलाई खेलप्रति आकर्षित गर्ने र खेलकुदको माध्यमबाट गाउँपालिकालाई चिनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको गाउँपालिका उपाध्यक्ष सीता… पुरा पढौ

बजेट र प्रशिक्षक अभावले प्रशिक्षण प्रभावित

पोखरा-दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समय एक वर्ष बाँकी छ । वर्षदिन बाँकी छदाँ नवौंमा उत्कृष्ट प्रदर्शन गरेको गण्डकी प्रदेशको दशौं तयारी भने शून्यमा छ । गण्डकी प्रदेशलाई नवौंको साख जोगाउनुपर्ने दायित्व छ । साख जोगाउन आवश्यक तयारी गर्नुपर्ने भएपनि गण्डकीको तयारी धिमा छ । पूर्वाधार छन् । पूर्वाधार भएपनि प्रशिक्षण गराउने प्रशिक्षक छैनन् । स्वयंसेवक प्रशिक्षकको भरमा राष्ट्रिय प्रतियोगितामा सहभागिता गराउनुपर्ने बाध्यता गण्डकी प्रदेशको नियति दोहोरिने सम्भावना छ । जिल्ला खेलकुद विकास समिति कास्कीसँग दरबन्दीका प्रशिक्षक छैनन् । प्रदेश खेलकुद… पुरा पढौ

मधेशलाई टी–२० क्रिकेट उपाधि

पोखरा-त्रिभुवन आर्मीलाई ११ रनले पराजित गर्दै मधेश प्रदेशले पोखरामा आयोजित केपी ओली टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । टस जितेर व्याटिङ गरेको मधेश प्रदेशले त्रिभुवन आर्मीलाई १३६ रनको लक्ष्य दिएको थियो । मध्यम लक्ष्य पछ्याएको आर्मी भने ७ विकेटको क्षतिमा १२४ रनमा समेटियो । विजेता मधेशले नगद ५ लाख रुपैयाँ प्राप्त गर्यो । उपविजेता आर्मीले २ लाख ५० हजार पायो । शुक्रबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको फाईनल खेलमा मधेशको शुरुवात उत्कृष्ट हुन सकेन् । मधेशले पावर प्लेमा ४६… पुरा पढौ

भुर्तेलको शतकमा पुलिसको फराकिलो जित

पोखरा-नेपाल पुलिस क्लबले केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई ५७ रनले पराजित गरेको छ । भुर्तेलले प्रतियोगिताको पहिलो शतक प्रहार गर्ने क्रममा ५७ बल खेल्दै ८ चौका र सात छक्का हाने । उनले १०२ रनको शतकीय पारी खेल्दै उत्कृष्ट शुरुवात दिलाएका थिए । कुशल भुर्तेलको शतकीय पारीमा मधेशले १७६ रनको लक्ष्य पाएको थियो । ओपनर सुनिल धमला र कुशल भुर्तेलले पहिलो विकेटको लागि १३८ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । धमलाले ४५ रन बनाई आउट भए । उनले… पुरा पढौ

गण्डकी पराजित हुदाँ एपीएफ सेमिफाईनलमा

पोखरा-लुम्बिनी प्रदेशसँग पराजित भएसँगै गण्डकी प्रदेश केपी ओली टी–२० क्रिकेट प्रतियोगिताबाट बाहिरिदाँ सशस्त्र प्रहरी बल भने सेमिफाईनल प्रवेश गरेको छ । आईतबार लुम्बिनी प्रदेशलाई जित्नै पर्ने दबावमा रहेको गण्डकी प्रदेश ९८ रनमा समेटिदै ५ रनले पराजित हुदाँ घरेलु मैदानमा अभागी बन्यो । सशस्त्र प्रहरी बललाई पराजित गरेको गण्डकी लुम्बिनीसँग हार व्यहोर्दै बाहिरियो । सशस्त्रले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो । नेट रनरेटकै आधारमा सशस्त्र अन्तिम चारमा सुरक्षित हुन पुग्यो । मदन भण्डारी स्पोर्टस एकेडेकीको आयोजनामा पोखरा रंगशाला क्रिकेट मैदानमा… पुरा पढौ

पोखरा एन्ड्युरोको उपाधि इन्डोनेसियाका रामा तेगुलाई

पोखरा-११ देशका खेलाडीको सहभागिता रहेको अन्तर्राष्ट्रिय माउन्टेन बाइक रेसको उपाधि (पोखरा एन्ड्युरो) इन्डोनेसियाका रामा तेगु अदि प्रतामाले जितेका छन् । उनले ५ स्टेज (ट्रयाक)को ११.९२० किमीको दुरी ९ मिनट ५९ सेकेण्ड ५२ मिलिसेकेण्डमा पार गरे । विभिन्न ७ विधामध्ये इलिट पुरुष तर्फको उक्त विधामा उपाधि हात पार्दै रामाले नगद रु ५० हजार सहित प्रमाणपत्र, मेडल र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । त्यसैगरि सोही बिधामा युकेका क्रिस्टोफर किलिङले दोस्रो र नेपालका प्रचित थापा मगरले तेस्रो स्थानमा आए । किलिङले सोही… पुरा पढौ

सशस्त्रको सेमिफाईनल आशा जिवितै

पोखरा-अर्जुन ऐरीको उत्कृष्ट बलिङ प्रेरित सशस्त्र प्रहरी बलले लुम्बिनी प्रदेशलाई ८४ रनले पराजित गर्र्दै केपी ओली टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाईनलको सम्भावना जिवितै राखेको छ । सेमिफाईनलको लागि गण्डकी र लुम्बिनी प्रदेश बीचको खेलसम्म कुर्नुपर्ने छ । यद्यपी अघिल्लो गण्डकीले सशस्त्र प्रहरी बललाई दुई बलबाँकी छदाँ ४ विकेटले पराजित गरेको थियो । सेमिफाईनल प्रवेश जिवितै राख्न जित्नै पर्ने दबावमा रहेको सशस्त्रले टस जित्दै सात विकेटको क्षतिमा १५१ रन बनायो । नेपाली राष्ट्रिय टोलीका भरपर्दा व्याटर आशिफ शेखलाई १३ रनमै गुमाएको सशस्त्रले… पुरा पढौ

अन्तराष्ट्रिय क्रस कन्ट्री दौडमा नेपाली टोलीको बर्चस्व

पोखरा-पोखरामा आयोजित अन्तराष्ट्रिय क्रस कन्ट्री दौडमा नेपाली टोलीको बर्चस्व रहेको छ । शनिबार आयोजित प्रतिस्पर्धामा नेपाली टोली प्रथम भएको छ । ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली जोडी सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बुको टिम प्रथम भएको हो । पोखरा महानगरपालिका, नेपाल पर्यटन बोर्ड र नेपालस्थित चिनिया राजदूताबासको संयुक्त आयोजनामा शनिबार पोखरामा आयोजित प्रतिस्पर्धामा श्रेवी महर्जन, मुहेश थारु र बसन्त थारुको टिम दोस्रो भएको छ । ४० किलोमिटरकै प्रतिस्पर्धामा नेपाली टोलीले तेस्रो स्थान प्राप्त गरेको छ । श्रीकास राई, तिलक सुनुवार… पुरा पढौ